NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कबाट नेपाली सरदारजिको सलाम ! PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Prathaa Magar   
Sunday, 06 September 2009 20:04
न्यू योर्क- नेपाल मै जन्मेका, हुर्केका "पिन्चु नेपाली" उर्फ देबिन्दर सिंह असली नेपाली सरदार हुन्। सन् २००१ को जनवरीमा अमेरिका आइ पुगेका देबिन्दरले गत अगस्ट ३१ मा आफ्नो ३० औं जन्म दिवस मनाउँदा दुखेसो पोखे- "नेपालमा जन्मेर, त्यही हुर्केर अनि नेपाली बोलेर मात्र नेपाली बन्न नपाउँदा दु:ख लागेको छ।"


Devinder Singh aka "Pinchu Nepali" in New York. Photos: eEyeCam.com
 
"नेपालीहरु छोरा छोरी जन्माउन अमेरिका छिर्छन् किन कि अमेरिकामा जन्मे पछि यहाँको नागरिक बन्न पाईन्छ तर खोइ हामीले नेपाली भन्न पाएको?" देबिन्दरले हिमालयन याक रेस्टुरेन्ट, कुइन्स न्यू योर्कमा आयोजित आफ्नो जन्म दिवस कार्यक्रममा यो पङ्क्तिकारसंग प्रश्न गरे।
 
Devinder "Pinchu Nepali" with his friends during his birthday celebration in New York. Photo: Shyam Budha Magar for usnepalonline.com
 
यि नेपाली सरदारका बुवा स्व. जगदेब सिंह र आमा जस्बिर कौर (गुटी) ५० बर्ष अघी भारतको जम्मु तबीबाट काठमाडौं आएका थिए। ललितपुरको कुपोन्डोलमा बसोबास थालेका सिंह परिवारमा देबिन्दरका दाजु सुकु भाई र दिदी सिन्दु पनि नेपाल मै जन्मिएका हुन्।

"पिन्चु नेपाली" को नामबाट कुपोन्डोलमा मात्र होइन न्यू योर्कमा पनि साथीभाई बिच परिचित देबिन्दरका नशामा पन्जाबी रगत भएपनि नेपाली जोशका साथ नांच्न खप्पिस छन्।
 
Nepali Sardars: Suku Bhai, Sarabjit Singh, Devinder Singh "Pinchu Nepali", Satindra Singh, Jasprit Singh and Amardeep Singh during Pinchu's birthday celebration in New York. Photos: eEyeCam.com
 
उनका अर्का नेपाल मै जन्मेका सरदार मित्र सतिन्द्र सिंहले गाएको नेपाली गीत "असारै मैनामा" गीतमा नाँच्दा ढल्केको उनको जिउ हेर्दा लाग्छ अब देबिन्दर पन्जाबी "बल्ले बल्ले" भाङ्गडा गीतमा होइन नेपाली "पानको पात" गीतमा नाँच्दा सुहाउँदो छ।
 
Devinder and his friends dancing. 
 
देबिन्दरको न्यू योर्क वान्टक, लङ आइल्यान्डमा ग्यास स्टेसन छ। उनका दाजु सुकु भाई पनि न्यू योर्क मै छन्। दुई भाई अविवाहित छन्। उनले भने -"बिहे त गर्नु पर्ला तर पहिले नेपाली नागरिक बन्न पाउनु त पर्‍यो नि !"
 
Satindra Singh singing Nepali song "Asarai maina ma". Photos: eEyeCam.com
 
देबिन्दरको जन्म दिवसमा आएका अर्का नेपाली सरदार सरबजित सिंह चाँही आफुसंग नेपाली नागरिकता भएकोमा निक्कै गर्ब गरे। उनका हजुर बुवा दुर्बक्स सिंह जम्मुको सिम्बल क्याम्पबाट काठमाडौं आएका रहेछन्। काठमाडौं धरहरा खिचापोखरीस्थित शेरे पन्जाब रेस्टुरेन्ट आफ्नो हजुरबुवा र बुवा ज्ञान सिंहले संचालन गरेको उनले बताए।

देबिन्दरको जन्म दिवसमा दिलिप लामाले क्यारिकेचर प्रस्तुत गरेर सबैलाई निक्कै हँसाउन सफल भएका थिए।
 
Dilip Lama performing comedy.
 
पिन्चु नेपालीलाई युएस नेपाल अनलाइनकोतर्फबाट जन्म दिवसको हार्दिक शुभ कामना। उनको नेपाली नागरिक बन्ने अमेरिकि काइदाको सपना पनि पुरा होस्।
 
सो अबसरमा देबिन्दरका अनन्य मित्र दाजु मामलाल भुसालले आफु युएस नेपाल अनलाइनको आजिबन सदस्य बने बापत ५०१ डलरको चेक युएस नेपाल मेडिया सेन्टर कि अर्की आजिबन सदस्य जमुना गुरुङ र अनलाइनका प्रधान सम्पादक प्रदिप थापालाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो।
 
Mamllal Bhusal (left) handing over his life membership check of $ 501.00 to Jamuna Gurung, another life member of US Nepal Media Center and Editor-in-Chief Pradeep Thapa. Photo: Shyam Budha Magar for usnepalonline.com
 
१० बर्ष अघी अमेरिका आइ पुगेका मामलाल भुसाल एतिखेर ग्रीन कार्ड पर्खि रहेका छन्‌। नोर्थ ईण्डियन सेफ्को रुपमा काम गर्दै आएका भुसाल साथी भाईहरुमा अत्यन्त लोकप्रिय छन्- उन्को मिजास र सहयोगी भाबनाले गर्दा।

बाग्लुङको बुर्तिबाङ घर भएका भुसाल हाल ज्याक्सन हाइट, कुइन्स, न्यूयोर्कमा बस्दछन्। उन्को परिवार अहिले काठमाडौंको गोङ्बुमा छन्। "भुसाल दाई" भनेर चिनिने मामलाल भुसालले मुनाफा रहित संचार संस्थाको आजिबन सदस्य बन्न पाएकोमा आफुलाई खुशी लागेको बताए।
 
-Prathaa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Follow him at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com

 

 






Jamuna Gurung and singer Anita Subba. Photos: eEyeCam.com









Devinder Singh and Mamlal Bhusal. Photos: eEyeCam.com


Photo: Shyam Budha Magar for usnepalonline.com
 
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

 

Comments

avatar Tilak Shrestha
0
 
 
Many many happy returns of the day dear debindar ( pinchu nepali).....
tapinko harek yatra haru saphal rahos....
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Ritesh Mittal
0
 
 
Pinchu Singh is the King.
Pretty article brother
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar laxman
0
 
 
pinchu bro.. i will cum next yr..ur bday.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?