Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 16 September 2009 03:59
न्यू योर्क - गत शनिबार बिहान ४ बजे देबेन्द्र छन्त्याल नाम गरेका म्यादी जिल्ला घर भएका न्यू योर्क निवासी नेपालीले आफ्नै ट्याक्सी ड्राइभर साथीलाई धारिलो खुकुरी जस्तो मासु काट्ने हतियारले घुच्चुकमा हानेर आफु फरार रहेका छन् ।

Pemba D. Sherpa and Devendr Chhantyal.
घाइते पेम्बा डि. शेर्पा अहिले न्यू योर्कको कुइन्सस्थित Elmhurst Hospital मा उपचार गराइरहेका छन् । उनको घुच्चुक र छातीमा गहिरो चोट लागेको छ । डाक्टरहरुका अनुसार शेर्पाको स्वास्थ खतरा बाहिर छ ।
शेर्पाका अनुसार, उनि र देबेन्द्रले एउटै ट्यासी आलो पालो गरी  चलाउदै आएका थिए । शनिबार बिहान देबेन्द्रले रातभर चलाएपछी बिहान उक्त ट्याक्सी उनलाई दिन पर्ने हुँदा उनि खुद ट्याक्सी लिन ब्रड वे कुइन्समा गएका थिए ।
सिन्धुपाल्चोकका शेर्पा न्यू योर्कमा श्रीमती, २ बर्शिय छोरीका साथ बस्दै आएका छन् ।
Sherpa with his wife and friend Munindra Nembang. Photos: eEyeCam.com
शेर्पाका अनुसार, आफुले गाडीको ढोका खोल्न लाग्दा एक्कासी पछाडीबाट आइ छन्त्यालले खुकुरीले हानेको थिए । आफु त्यस पछी भुइमा लडेको, त्यसैबेला छन्त्यालले पुन: खुकुरी प्रहार गर्दा छातीमा चोट लाग्न पुगेको थियो भने त्यस पछी छन्त्यालको प्रहारलाई भुइ मै लडेर दुइटा खुट्टाले चलाएर छन्त्यालको हातबाट खुकुरी झार्न सफल भएको बताए ।
This knife is similar to used by Devendra. Impage courtesy: ecx.images-amazon.com
यो घटना पछी छन्त्याल उक्त गाडी लिएर फरार भएका थिए भने शेर्पा नजिकैको ज्ञास स्टेसनमा गएर गुहार मागेका थिए ।
कुइन्सको १०८ पृस्टिन्क्ट पुलिसका अनुसार छन्त्यालले उक्त ट्याक्सी कुइन्स कै ट्राइबोरो बृज नजिकै तर पुलमा रहेको सुरक्षा क्यामेरा  नदेख्ने स्थानमा गाडी पार्क गरी राखेर आफु चाही भागेको बताएको छ ।
घाइते शेर्पाका अनुसार आफुहरु बिच कुनै दुस्मनी नभएको बताएका छन् ।
बिगत ६ महिनादेखी आलोपालो गरी एउटै ट्यास्की चलाउदै आएको, छन्त्याल कम बोल्ने बानी रहेको शेर्पाले बताए ।
प्रहरीद्वारा छन्त्यालको खोजी कार्य जारी छ ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

For more news York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.