NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएनको आगामी चुनावमा पुरुषहरुलाई नेपाली महिलाहरुले देखाएको रेड कार्ड PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Vinodkumar Nepal   
Thursday, 06 October 2011 16:42

Exclusive: न्यू योर्क- गैर आबासीय नेपाली संघ (गैआनेसंघ) पुरुष प्रधान भयो भनेर कतिपय महिलाहरुले ९ बर्षदेखि उठाउँदै आएको आबाज अहिले बिस्फोटनको संघारमा छ । ...गैर आबासीय संघमा बढ्दो अनाबस्यक खर्च, आर्थिक अनियमितता र अपारदर्शिता कम गर्न महिलाहरुको भूमिका अपरिहार्य छ ।

 

"गैर आबासीय संघको ३ सदस्यीय संरक्षक समिती महिला बिहिन छ । ७ सदस्यीय कार्य समिती पुरै पुरुसहरुको जुवाडे घर जस्तो छ । ...छ सदस्यीय क्षेत्रीय उप-संयोजक पुरुसहरुको बियर बार जस्तो छ । ...५६ जना संलग्न सदस्यहरुमा पाँच महिलाबाहेक सबै उपेन्द्र महतोको देउघाट ब्रिद्दाश्रमका ब्रिद्दहरु, भद्र पुरुसहरु छन्"

संघको संरक्षक काउन्सिल, सल्लाहकार, कार्य समिति, क्षेत्रीय संयोजक, क्षेत्रीय उप-संयोजक, महिला बिभाग, युवा बिभाग र सदस्यहरुको कूल १०१ स्थान रहेको जम्बो मन्त्रीमण्डल भित्र जम्मा हाल ९ जना मात्र महिलाहरु रहेको पृष्ठभूमिमा पुरुसहरुबाट मनमोजी काम भएको महिलाहरुले औल्याउंदै आएका हुन् तर जसरि नेपाल सरकार भित्र, राजनीतिक दलहरु भित्र महिलाहरुलाई दबाइएको छ त्यहि पारा गैर आबासीय संघ भित्र पनि सन् २००३ देखि नै प्रत्येक कार्यकालमा दोहोरिंदै आइरहेकै छ ।

 

ICC General Secretary candidates: Bishnu Maya Pariyar and VP candidate Indra Ban. Photos courtesy: eEyeCam.com, NRN.org.np

संघका प्रमुख संरक्षक उपेन्द्र महतोको पालादेखि अहिलेसम्म पनि संघमा महिला उपस्थिति न्यून गराइदै ल्याइएको छ । यसको प्रमुख कारण हो, महिलाहरुलाई कम आकिनु । उनीहरु केहि गर्न सक्दैनन् भन्ने सामन्ती सोच र महिला माथिको विभेद हो त्यो । गैर आबासीय संघ प्रतिस्पर्धामा आधारित सक्षम र उच्च मनोबलका साथ् संघका गतिबिधि हाक्न सक्ने क्षमतापूर्ण व्यक्तित्व भन्दा पनि धन-सम्पत्तिबान बैभबशाली व्यक्तित्वको खोजि र छनौटमा आधारित रहँदै आएकोले महिलाहरुको संघमा उपस्थिति कम देखिएको हो ।

झन्डै बिलियन डलरको कारोबार गर्ने उपेन्द्र महतो, मिलियन डलरको कारोबार भएका जिबा लामिछाने र सोहि हैसिएतका देवमान हिराचनको कारोबार गर्नेको हालीमुहाली भएको संघमा डलर त के नेपाली रुपैया पनि काठमान्डूका क्युरियो पसलमा किनिएका थैलिबान सम्झीइने, हेपीइने, पेलीइने र आइमाई भनिने महिलाहरुलाई बिलियन-मिलियन डलरधारिले माथि आउन कदापी देलान्? निश्चय पनि दिन्नन, बाटो छेक्छ्न तर अब त्यो समय गयो भनेर महिलाहरुमा उत्साहा र आँट जागेको अनुभव गरिदैछ ।

''परिबर्तन सम्भव छ'' भन्दै संयुक्त राज्य अमेरिकाबाट बोस्टन निबासी बिष्णुमाया परियारले संघको कार्य समितिको महासचिब पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन् । यो पुरुसप्रधान गैर आबासीय संघका धनाड्य पदाधिकारीहरुकोलागि चुनौती मात्र होइन, सुरुक्क परियारकालागि बाटो छोडी दिन नेपाली महिलाहरुले देखाएको रेड कार्ड पनि हो ।"



गैर आबासीय संघको ३ सदस्यीय संरक्षक समिती महिला बिहिन छ । ७ सदस्यीय सल्लाहाकारहरुमा एक जना महिला अस्ट्रेलियाकी इन्द्र बन बाहेक सबै पुरुस छन् । ७ सदस्यीय कार्य समिती पुरै पुरुसहरुको जुवाडे घर जस्तो छ । ६ सदस्यीय क्षेत्रीय संयोजकहरुमा अफ्रिकाकी रन्जना उदासबाहेक सबै पुरुस छन् । छ सदस्यीय क्षेत्रीय उप-संयोजक पुरुसहरुको बियर बार जस्तो छ । महिला बिभाग भने पद्मकन्या कलेजको बिद्यार्थी युनिएन जस्तो छ जहा द्वय महिलाहरु उषा शर्मा र रन्जु थापा छन् । महिला विभागको ठिक बिपरित युबा बिभाग छ जहा युवाको नाउमा द्वय ब्रिद्द बालकहरु छन् । ५६ जना संलग्न सदस्यहरुमा पाँच महिला बाहेक सबै उपेन्द्र महतोको देउघाट ब्रिद्दाश्रमका ब्रिद्दहरु, भद्र पुरुसहरु छन्, पाँच महिलाहरुमा क्यानाडाकी राधा बस्न्यात, रसियाकी सपिला राजभण्डारी, साउदी अरबियाकी यास्मिन बेगम, सिंगापुरकी पुजन राइ र द नेदरल्याण्डसकी सारदा बराइली छन्। संघको ब्रुनाई शाखाबाट कसैको प्रतिनिधित्व छैन । ब्रुनाई शाखा पुरुसहरुको प्ले कार्ड क्लब जस्तो भर्खर जन्मिएको छ ।

गैर आबासीय संघ पुरुस प्रधान समाजको एउटा स्वरूप भए पनि, थोरै भए पनि, नवै जना महिला भए पनि, सामाजिक र सार्बजनिक ठाउमा नाउ फैलने गरि उनीहरुलाई भूमिका खेल्न नदिइएपनि हाललाई उनीहरुको उपस्थिति काफी सम्झने महिलाहरु पनि मनग्ये छन् तर यतिमा चित्त बुझाउन अब महिलाहरु बाध्यकारी नहुने तर्क गैर आबासीय संघका नेसनल कोअर्डीनेसनल काउन्सिलका केहि सशक्त क्रियाशील हुन चाहाने महिलाहरुले व्यक्त गरेका छन् ।

इजराएलबाट कल्पना श्रेष्ठ भन्छिन् - गैर आवाशीय क्षेत्र भनेको महिलाहरुलाई दबाएर राज्य गरिदै आएको नेपाल अधिराज्य जस्तो होइन, बिदेशमा कतिपय महिलाहरु पुरुसभन्दा सक्षम र सर्बोत्तम छन् । धनमा, ज्ञानमा र प्रतिस्पर्धामा महिला पुरुससंग डटेर फ्रन्टमा आउन सक्छन् । उनि थप्छिन् - प्रतिस्पर्धी हुन अब महिलाबाट पुरुसहरुले सिक्नेछन् । हंगकंगबाट अनुपमा राइ लेख्छिन्- पुरुसहरुले बाटो छेकेकाले नै महिलाहरु फ्रन्ट रनर हुन नसकेका हुन्, तर महिलाहरु पुरुसभन्दा केहि कुरामा कमि छैनन् । बरु महिलामा संघ संस्थामा आर्थिक पारदर्शिता, सकारात्मक प्रबृत्ति, बिबादरहित निर्णय क्षमता, सहनशीलता र बृहत्तर जबाफदेहिता पुरुसमा भन्दा बढी हुन्छ- उनी भन्छिन् ।

यहि अक्टोबर १२ देखि १४ सम्म सम्पन्न हुन् गैरहेको पाचौ गैर आवाशीय सम्मेलनका दौरानमा हुने निर्बाचनमा केहि मुलुकहरुबाट उत्साहित महिलाहरु संघको कार्य समितिको जबाफदेही पदमा प्रतिस्पर्धा गर्न लागिरहेको खबर बाहिर आएको छ ।

''परिबर्तन सम्भव छ'' भन्दै संयुक्त राज्य अमेरिकाबाट बोस्टन निबासी बिष्णुमाया परियारले संघको कार्य समितिको महा सचिब पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन् । यो पुरुसप्रधान गैर आबासीय संघका धनाड्य पदाधिकारीहरुको लागि चुनौती मात्र होइन, सुरुक्क परियारकालागि बाटो छोडी दिन नेपाली महिलाहरुले देखाएको रेड कार्ड पनि हो ।

आशा गरौ, सायदै अर्को जुँगा मुठे भद्र भलाद्मी परियारको उम्मेद्वारी बिपरित नठडिइला । सामाजिक सेवा क्षेत्रमा हरेक पुरुससंग सक्षम प्रतिस्पर्धी हुन् परियार, सर्ब सहमतिमा उनकै नाउ अग्र स्थानमा छ भने प्रतिस्पर्धामा अर्को जुँगा मुठे धर्तीमा देखिएको छैन, यो समग्र महिलाहरुको लागि खुसीको कुरो हो भनेर कनेक्टिकटकी बिध्या रंजित मुस्कुराईरहेकी छन् । हरेक सामाजिक संस्थामा चुक्नु हुन्न भन्ठान्ने वाशिंगटन डिसिकी बिष्णु थापाले निधार चाउरी पारेपनि, क्यानाडाकी राधा बस्न्यातले एएनए भन्दा त एनआरएन नै... पो बेश भन्ठाने पनि आखिर उनीहरु भन्दा कान्छी तर पाकी परियारको प्रयास, आँट र योजना सायदै पुरुसभन्दा कम देखिन्न । यो समग्र महिला समाजका लागि बाटो देखाउने कदम हुन् सक्ने अनुमान गरिदैछ ।

उता अस्ट्रेलियाकी इन्द्र बन पनि संघको कार्य समितिमा उपाध्यक्ष पदका लागि प्रतिस्पर्धी रहेको खबर एक दुइ दिन पहिले चर्चामा थियो तर उनको उम्मेद्वारी प्रस्टिएको छैन । कतिपय पुरुसहरुले नै औल्याएका छन् बन पनि सन् १९७० देखिनै बिदेसमा रहेर नेपाली समाजको लागि योगदान गर्दै आएकी महिला भएकोले उनको प्रयासलाई मुर्त रुप दिन पुरुसहरुले पनि सघाउनु पर्ने बताउन थालेका छन् । गैर आबासीय संघ बिलियन-मिलियन डलरधारीको मात्र होइन, बिध्याबारिधि विद्वानहरुको पनि कैदमा फस्दै आएको छ । गैर आबासीय नेपाली संघ डलरको थुप्रोले पुरिएको मात्र छैन, फ्रान्सेली महंगा कलम, याप्पल्का कम्पुटर, आइपड र आइफोनको संजालमा फसेको मात्र छैन, नेपाली पीएचडिबानहरुको दिमागी खेलमा बेरिएको पनि छ, तालुको रौ उडेका गौतमदेखि लिएर डाक्टर भुर्तेलहरुको सल्लाहा र सुझावमा रुमल्लिएको संघ भिम उदासहरुको वेब डिजाइनको चक्करमा डुबेको पनि छ । ''काम भन्दा कुरा ज्यादा'' गर्ने फरार सुमन तिम्सिना, प्रोजेक्ट ह्यान्डल गर्ने भनिएका प्रमोद ढकाल र राजु अधिकारि, धन लगानी गर्ने उपेन्द्र एण्ड जिबा  कम्पनी र नाम कमाउने देवमान हिराचनहरुको घनचक्करमा फसेको गैर आबासीय संघमा महिला हस्तक्षेप तत्काल आबस्यक छ ।

गैर आबासीय महिलाहरु पुरुषको निगाहामा दिइने जुनिएर पदमा मात्र होइन, कार्य समितिको अध्यक्ष पदमै प्रतिस्पर्धी बन्नु पर्छ । ९ बर्षसम्म पुरुसहरुका प्रतिनिधि अध्यक्षले गैर आबशीय क्षेत्रमा आसलाग्दो काम केहि गरेनन् । एकमात्र मिसन दोहोरो नागरिकता पनि एउटा जाबो परिचय पत्रमा नेपाल सरकारले थन्क्याई दिंदा हिराचनहरुको ठुलो उपलब्धि भयो, तर हिराचनका भजन मण्डलीले बुझेनन् की दोहोरो नागरिकताको निर्णय हुँदै थियो भनेर । अर्को कुरा क्षेत्रीय सम्मेलन र टेली कन्फरेन्सबाट बात मार्दैमा गैर आबासीय संघका बजेट सिध्याइयो, जसले केहि ठोस उपलब्धि गैर आबासीय नेपालीहरुले पाएनन्, संघको बजेट पचाउने, सम्मेलनको नाउमा देश विदेश घुम्ने र बिदा मनाउने सिबाए संघको कार्य समितिले केहि जबाफदेही काम गरेन । ओशाकाबाट उडेर ह्युस्टन, ह्युस्टनबाट उडेर फ्र्यांकफर्ट, फ्रान्कफर्टबाट उडेर दुबई अनि दुबईबाट उडेर मस्को त्यो पनि बिजनेस क्लासमा घुम्दै हिराचन र महतोको दिन बिते ।

इकोनोमी क्लासमा उड्ने देशका प्रधानमन्त्री र बिजनेस क्लासमा उड्ने गैर आबासीय प्रमुखको ट्राभल बिरोधासपूर्ण भएन र? यो परिस्थितिमा पनि असल र सहि काममा बजेट खर्चदा थोरै कन्जुस्याई गरि संघका अन्य सदस्यलाई केहि ठोस उपलब्धि हात लगाई दिन महिलाहरुले मात्र केहि गर्न सक्छन् । प्रेम र सद्भावमा, काम र जिम्मेवारीमा, अफिसियल काममा मितव्ययी बन्नमा, अनियमितता र भ्रस्टाचार प्रकरणमा महिलाहरु पुरुसभन्दा बढी सचेत हुन्छन् । बिस्वकै र नेपालकै पनि भ्रस्टाचार प्रकरणमा बिरलै महिलाहरुको नाउ आउछ किन? किनकी गलत काम गर्न र दिन दुइ गुणा रात चौगुणा कमाउने चतुर्याई महिलाहरु गर्दैनन्, जति पुरुसहरु गर्छन् । यी सारा पृष्ठभूमिमा र ९ बर्षमा गैर आबासीय नेपाली संघका गतिबिधि र सुन्य उपलब्धि हेर्दा जिम्मेवार महिलाहरुले फ्रन्ट सिट रोज्नु पर्ने र प्रतिस्पर्धी हुनु पर्ने देखिन्छ, आखिर गैर आबासीय क्षेत्रमा उनीहरुको उपस्थिति पनि आधा त छदैछ नी ।

कतिपय महिलाहरु भन्छन्- अफ्रिकाकी रन्जना उदास, क्यानाडाकी राधा बस्न्यात, द नेदरल्याण्डकी शारदा बराइली र अमेरिकाकी बिध्या रंजितहरु पनि फ्रन्टमा आउनु पर्छ । गैर आबासीय संघमा बढ्दो अनाबस्यक खर्च, आर्थिक अनियमितता र अपारदर्शिता कम गर्न महिलाहरुको भूमिका अपरिहार्य छ ।

-Vinodkumar Nepal in USA

Note: यो रिपोर्ट लेखक बिनोदकुमार नेपालसंग अनुमति लिएर पुन: प्रकासित गरिएको हो। -सं.

Source: http://vinodkumarnepal.blogspot.com

Read related news:

-For exclusive reporting on NRN Issue, go to:

-http://usnepalonline.com/nrn-issues/ Or, www.NRNToday.com

-गैर आवासीय नेपाली संघ (NRNA) को ५ औं विश्व सम्मेलन (5th Global Conference) मा उम्मेद्वारहरुको रोचक भिडन्त हुँदै            
एनआरएन अन्तरराश्ट्रिय अध्यक्षमा हिराचन कि लामिछाने?
अन्तरराश्ट्रिय महासचिबमा पहिलो महिला उम्मेद्वार अमेरिकाकि बिष्णुमाया परियार र जापानका डा. कुमार बस्नेतबिच भिडन्त
उत्तर अमेरिकाको क्षेत्रीय संयोजकमा अमेरिकाका वकिल मुकेश सिंह र क्यानाडाका डा. द्रोण रसाइली प्रतिस्पर्धी

-न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

-गैरआवासीय नेपाली संघ (NRNA) को छैठौ क्षेत्रीय सम्मेलन मस्कोद्धारा जारी घोषणा पत्रमा के के माग गरिएको छ?

-गैर आबासीय नेपाली संघ (NRNA) को ५ औं क्षेत्रीय सम्मेलन १२ बुँदे दुबइ घोषणा पत्र जारी गर्दै समापन

-गैरआवासीय नेपाली संघ (NRN Europe) युरोपीयको चौथो बैठक फ्रान्सको राजधानी पेरिसमा सम्पन्न

-अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन- २०१० द्वारा १४ बूँदे ह्युस्टन घोषणा पत्र जारी

-गैरआवासीय नेपाली संघद्वारा खुल्ला विश्वविद्यालयको अवधारणा सार्वजनिक

-गैरआवसीय नेपालीहरुले नेपाल सरकारबाट विशेष सुविधायुक्त परिचयपत्र पाउन थाले

 

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?