Inside

All Time Top 50 News

न्यू योर्क शहरद्वारा शेर्पा किदुगलाई ल्होसारको अबसरमा सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Lhakpa Gelu Sherpa   
Wednesday, 03 March 2010 18:55

Special 19 photos: न्यू योर्क- विश्वको राजधानी मानिने न्यू योर्क शहरद्वारा विश्वको सर्बोच्च शिखर सगरमाथा चढ्न बिख्यात शेर्पाहरुको अमेरिकि संस्था शेर्पा किदुगलाई न्यू योर्क शहर महानगरपालिकाद्वारा सम्मान गरिएकोछ।


 

New York City Copmtroller John Liu handing over NYC Commendation Letter to United Sherpa Association USA Inc President Chhongba Sherpa in New York City during Lhosar celebration on February 27, 2010. Photos: Ang Kami Sherpa (PhotoHera.com) for USNepalOnline

युनाईटेड शेर्पा एसोसिसियसन (शेर्पा किदुग) द्वारा शेर्पाहरुको महान चाड च्य फो तग्लोको शुभ अवसरमा गत फेब्रुवरी २७ मा आयोजित ल्होसार साँस्कृतिक कार्यक्रममा न्यू योर्क शहरका कोम्ट्रोलेर जोन सि. लिउले किदुगले गरेको गतिबिधीहरुलाई प्रंसास गर्दै किदुगलाई न्यूयोर्क शहरकोतर्फबाट सम्मान स्वरुप कदर पत्र प्रदान गर्नु भएको हो।



उक्त अबसरमा न्यू योर्क शहर मेयर माइकल ब्लुम बर्गले ल्होसार शुभ कामना सन्देश पठाउनु भएको थियो। उक्त शुभ कामना सन्देशमा शेर्पा समुदायले न्यू योर्कको साँस्कृतिक, आर्थिक र सामाजिक क्षेत्रको बिकासमा नयाँ आयाम थपिएको कुरा उल्लेख छ। उक्त सन्देशमा शेर्पा किदुगलेद्वारा गरिएको सामाजिक कार्यको मेयर ब्लुम बर्गले मुक्त कन्ठले प्रसंशा गर्नु भएकोछ।



उक्त कार्यक्रममा प्रमुख अतिथि संयुक्त राष्ट्र संघकालागि नेपाल नियोगका स्थायी प्रतिनिधी तथा महामहिम राजदुत ज्ञानचन्द्र आचार्य र न्यू योर्क शहरका कोम्प्ट्रोलर जोन सि. लिउ हुनु हुन्थ्यो।


Ambassador Gyanchandra Acharya. Photos: Ang Kami Sherpa (PhotoHera.com) for USNepalOnline

कार्यक्रमका प्रमुख अतिथी राजदुत आचार्यले शेर्पा र सगरमाथा नेपालको गौरब भएको कुरा उल्लेख गर्दै बिदेशमा आएर पनि आफ्नो कला, संस्कृतिलाई शेर्पा किदुगले जिबन्तता दिएको उल्लेख गर्दै लोसरको शुभकामना गर्नु भएको थियो।

अन्य अतिथिहरुमा क्यलिफोरनिय राज्यका सिनेटार ओमर अर राइन्स, शेर्पा जातिहरुमा पहिलो बिद्यावारीधी (पिएच्डी) गर्ने ब्यक्तित्व डा. ल्हाक्पा नुर्बु शेर्पा, वर्डेन निमा वोङ्छु शेर्पा, शेर्पा किदुगका पूर्व अध्यक्ष एंबम बर्तमान सल्लहकार छेवाङ शेर्पा लामा र सोनाम गेल्जेन शेर्पा, शेर्पा किदुगका सल्लहकारहरु आङ दावा शेर्पा, डा. युला शेर्पा, आङ गेल्मु लामा, नुकु डोल्मा शेर्पा, शेर्पा कल्चर सेन्टरका संयोजक छोङ्बा लामा, भुपु मानानीय आङ ङवाङ शेर्पा, डा. तारा निरौला, एभरेष्ट टाईम्सका प्रधान सम्पादक आङ छिरिङ्ग शेर्पा, ङिङ्मा छोक्पाका अध्यक्ष काजी शेर्पा, लोपेन ग्युर्मे छोटक, ह्योल्मो समाजका अध्यक्ष पेम्बा शेर्पा, जनजाति महासंघ दिप्तिय उपध्यक्ष बिनोद पोमो, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष ईन्द्र तामाङ, लाङघाली एसोसिएसनका उपाध्यक्ष राजेश थापा मगर, युनाईटेड किरात राइ न्यूयोर्क च्याप्टरका अध्यक्ष प्रभाकर राइलागयत अन्य संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती थियो।


The guests at the Lhosar event.

उक्त दिन बिहानैदेखी शेर्पा धर्मगुरु लामाहरुद्वारा साङ् सेर्किम (पाठ पूजा ) गरी आयोजना गरेको उक्त कार्यक्रम तीन चरणमा बिभाजन गरी सन्चालन गरिएको थियो। पहिलो चरणको कार्यक्रम दिउसो दुई बजे शेर्पा विद्यार्थीहरुको सस्था NSSP द्वारा न्यू योर्कमा रहेको विद्यार्थीहरुबिच चेस, चित्रकला, हाजिरीजवाफ प्रतियोगिता र अमेरिकामा रहेका शेर्पा महिला विद्यार्थीहरुको परिचय र अन्तर्कृया कार्यक्रम सन्चालन गरिएको थियो।

विद्यार्थीहरुको उक्त कार्यक्रम पश्चात डा. ल्हाक्पा नुर्बु शेर्पा र छिरिङ्ग रितर शेर्पाद्वारा निर्मित शेर्पासँग सम्बन्धित "बेयुल" नामक ब्रितचित्र पनि प्रदर्सन गरिएको थियो।

दोस्रो चरणको औपचारिक कार्यक्रममा शेर्पा किदुगका अध्यक्ष छोङ्बा शेर्पाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने शेर्पा किदुग संरक्षक समितिका संयोजक छोङबा लामाले शेर्पा किदुगको कल्चरल सेन्टरको अबधारणा र गतिबिधीबारे प्रस्ट पार्नु भएको थियो।


President Chhongba Sherpa. Photos: Ang Kami Sherpa (PhotoHera.com) for USNepalOnline

क्यलिफोर्निय राज्यका सिनेटर राइन्सले आफु शेर्पाहरुबाट प्रभाबित भएको र आफु पनि शेर्पाहरुको गनिस्ठ मित्र भएको कुरा बताउनु भएको थियो। सिनेटर राइन्सले नेपालको बिकट र ग्रामीण क्षेत्रमा करिब ५० भन्दा बढी पुस्तकालय स्थापना गरी उल्लेखनीय सहयोग पु-याउदै आउनुभएको छ।

कार्यक्रममा किदुगका सदस्य तथा भुपु महासचिब आङ गेल्जेन शेर्पाले अतिथिहरुको परिचय गराउनुभएको थियो। शेर्पा किदुगकै साँस्कृतिक बिभाग अन्तर्गत गठन भएको शेर्वी रिक्स्युङ्का संयोजक दावा जाङ्बु शेर्पाले रिस्युङ्को गतिबिधिको बारेमा स्पस्ट पार्नु भएको थियो।

त्यसै अवसरमा डा. ल्हाक्पा नुर्बुद्वारा यस बर्ष ग्र्याजुएट गरेका शेर्पा विद्यार्थीहरुलाई प्रमाण पत्र र दिउसो NSSP द्वारा गरिएको प्रतियोगिताका बिजेताहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो।

त्यसैगरी, कार्यक्रममा शेर्पा किदुगद्वारा शेर्पा किदुगकै साँस्कृतिक बिभागको रुपमा स्थापना भएको शेर्वी रिक्स्युङ्का सदस्यहरुलाई खाता लगाइ धन्यवाद प्रदान गरियो भने यस बर्षका लाप्सु आयोजक समितिका सदस्यहरुलाई पनि खाता लगाइ धन्यवाद प्रदान गरियो। सोही अवसरमा किदुगका कोश अध्यक्ष आङ ङवाङ शेर्पाले शेर्पा किगुग आर्थिक विवरण पेश गर्नु भएको थियो भने किदुगका महासचिब ल्हाक्पा गेलु शेर्पाले किदुगको वार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो।

साँझको साँस्कृतिक कार्यक्रममा शेर्पा कलाकारहरुद्वारा शेर्पा जातिको मौलिक संस्कृति झल्कने विभिन्न मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरिनुका साथै नेपालबाट आएका चर्चित कलाकारहरु रोज मोक्तान र प्रेम लोप्चनको गीतले उपस्थित शेर्पा हरु र पाहुनाहरुलाई राती अबेरसम्म नचाउन सफल भएको थियो।


Singer and musician Dendi Sherpa with other Shera girl artists. Photos: Ang Kami Sherpa (PhotoHera.com) for USNepalOnline

ल्होसार साँस्कृतिक कार्यक्रमका संयोजक किदुगका सचिब निमा शेर्पा हुनुहुन्थ्यो । पहिलो चरणको औपचारिक कार्यक्रम किदुगका महासचिब ल्हाक्पा गेलु शेर्पा र दोस्रो चरणको साँस्कृतिक कार्यक्रम आङ ल्हेमी शेर्पा र छिरिङ्ग शेर्पाले सन्चालन गर्नु भएको थियो।

-Lhakpa Gelu Sherpa
General Secretary
United Sherpa Association Inc
New York, USA



New York City Copmtroller John Liu. Photos: Ang Kami Sherpa (PhotoHera.com) for USNepalOnline



General Secretary Lhakpa Gelu Sherpa



Singer Roj Moktan-Tamang. Photos: Ang Kami Sherpa (PhotoHera.com) for USNepalOnline





Singer Prem Lopchan-Tamang









Photos: Ang Kami Sherpa (PhotoHera.com) for USNepalOnline




USNepalOnline's contributing Videographer Shambhu Moktan (MoktanDigital.com) with his family and singers Roj Moktan and Prem Lopchan. Photos: Ang Kami Sherpa (PhotoHera.com) for USNepalOnline

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.