Inside

All Time Top 50 News

न्यू योर्कका चर्चित हेयर स्टाईलिस्ट पासाङ शेर्पाको गीतको म्यूजिक भिडियो ५ दिनमा ४ लाख यूट्यूब भ्यू PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 30 November 2017 22:17

Special: 3 photos, 1 video: न्यू योर्क- गीतकार एवं न्यू योर्कका चर्चित हेयर स्टाईलिस्ट पासाङ शेर्पाको 'नरोउ तिमी' गीतको भिडियो सार्बजनिक भएको ५ दिनमा हाईलाईट्स नेपालको यूट्यूब च्यानलमा ४ लाख भ्यू नाध्न सफल भएको छ । उक्त म्यूजिक भिडियोको रिलिज नोवेम्बर २४ तारिख भएको हो । गीतकार शेर्पाको चाँडै बजारमा आउँने तयारीमा रहेको पहिलो गीति एल्बम 'नरोउ तिमी' को टाईटल गीत यसरी रातारात हिट भएकोमा उनी दंग परेकाछन् । 'नरोउ तिमी' को संगीत नेपाली सांगीतिक क्षेत्रका चर्चित संगीतकार हरि लम्सालले गरेका हुन् भने चर्चित गायिका निखिता थापा मगरको सुमधुर स्वर रहेको छ ।

'Narou Timi' music video by Pasang Sherpa from New York crossed 4,00,000 views in Youtube within 5 days of release on November 24, 2017.

चलचित्र 'फाटेको जुत्ता' का निर्देशक निकेश खड्काको निर्देशनमा यो भिडियो बनेको हो । कुटुमा कुटु गीतबाट अत्यधिक चर्चा कमाएकी नायिका स्वस्तिमा खड्काको अभिनय यस भिडियोमा हेर्न सकिन्छ । चक्लेटी नायक तथा मोडल आशिष श्रेष्ठले स्वस्तिमालाई साथ दिएका छन् । म्युजिक भिडियो छायांकन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन निशान घिमिरेको रहेको छ । मेकअप आर्टिस्ट सामारा लामाले गरेकी छिन् ।


'नरोउ तिमी' गीति एल्बममा मदन दिपबिम, हरि लम्साल, राजकुमार बगर, सुरेश अधिकारी, नरेन्द्र प्यासी जस्ता चर्चित संगीतकारहरुको संगीत रहेको छ भने ल्हाक्पा शेर्पा, निखिता थापा मगर, मेलिना राई, नेपाल तारा दिपक लिम्बू र प्रथम नेपाल आइडल बुद्ध लामाको सुमधुर आवाज सुन्न सकिने छ ।

Lyricist and Hairstylist Pasang Sherpa who has hairstyle salon in New York. Photos courtesy: Pasang Sherpa

गीतकार एवं हेयर स्टाईलिस्ट पासाङ शेर्पा सन् २००५ देखि विश्व र फेशनको राजधानी मानिने न्यू योर्क शहरमा हेयर स्टाईलिस्टको रुपमा कार्यरत छन् भने सन् २०१२ देखि न्यू योर्कको कुईन्स ज्याक्सन हाईट्समा उनको आफ्नो पासाङ हेयर स्टाईल सलुन सन्चालनमा छ । यस अघी उनका २ वटा म्यूजिक भिडियो र १५ वटा गीतहरु रेकर्ड भैइसकेका छन् ।

-Pradeep Pariyar Thapa in New York. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it



Narou Timi | New Nepali Adhunik Song 2017/2074 | Nikhita Thapa | Ft. Swastima, Aakash
https://youtu.be/SwKnbpvOjIY

Other music videos by Pasang Sherpa:

Best Of Lakpa :Tala Paryo Salleri ta mathi Namche gaun
https://youtu.be/zgY47krFG3s
Sanjha - Lakpa Sherpa Ft. Malina Joshi (Miss Nepal 2011) | New Nepali Adhunik Song 2016
https://youtu.be/wqZualp8FWI

Read related news:

-न्यू योर्कका पहिलो नेपाली हेयर स्टाइलिस्ट पासाङ्गको हेयर सलुनको इन्डियन आईडल प्रशान्त तामाङ र अमित पलद्वारा उद्घाटन

-विश्वकप फूटबल २०१० संगै न्यू योर्कमा नेपालीको लहड

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.