Inside

All Time Top 50 News

न्यू योर्क कला मन्चद्वारा दशैं पूजा सम्पन्न, कामना प्रकासन समूह र पत्रकार प्रदीप थापा मगर सम्मानित PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pratha Magar   
Tuesday, 23 October 2012 21:06

Special: 1 video, 12 photos: न्यू योर्क- बिगत १३ देखि न्यू योर्क शहरमा "न्यू योर्क कला मन्च" द्वारा मनाइदै आएको बडा दशैं शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम यसपाली पूजा आराधना र सम्मान कार्यक्रमकासाथ सम्पन्न भएको छ।


 

New York Kala Manch honored Journalist Pradeep Thapa Magar (1st from L) & Kamana Prakashan (Kathmandu) in New York on October 21, 2012. L to R: Mr. Thapa, Acting Permanent Representative of Nepal Mission to the UN Sewa Lamsal Adhikari, Narbahadur Dahal (with Kamana Prakashan award), Subarna Chhetri, Goma Yonjan Gurung & Ramraj Chhetri. Photo: Ashok Pant (NepalPHotoNews.com)

सम्मान २०१२

अक्टोबर २१ तारिख आईतवार न्यू योर्कको उडसाइडस्थित सत्यनारायण मन्दिरमा आयोजित दशैं पूजा र शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कला, संस्क्रिती, संगित र पत्रकारिता क्षेत्रको प्रबर्धन गर्न योगदान पुर्याएकोमा काठमाडौंस्थित कामना प्रकाशन प्रालिलाई सम्मान गरिएको छ।

त्यसैगरी, पत्रकारितामार्फत नेपाली कला, संस्क्रितीको प्रबर्धन गरेकोमा युएस नेपाल अनलाइन डट कमका प्रधान सम्पादक प्रदिप थापा मगर (NJ) लाई बिशिस्ट सेवा पुरस्कार (Distinguished Service Award) द्वारा सम्मानित गरिएको छ।

USNepalOnline.com Edito-in-Chief Pradeep Thapa Magar being honored by Acting Permanent Representative of Nepal Mission to the UN Sewa Lamsal Adhikari. Photo: Ashok Pant (NepalPHotoNews.com)

उक्त कार्यक्रममा प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली कार्यबाहक स्थाई प्रतिनिधि सेवा लम्साल अधिकारीले सम्मानित पत्रकार थापालाई कदर पदक र दोसल्ला ओढाएर सम्मान गरेकि थिइन्। कामना प्रकाशन प्रालिकोतर्फबाट संगीतकार तथा गायक नरबहादुर दाहालले कदर पदक ग्रहण गरेका थिए।



कार्यक्रममा मन्चका संस्थापक तथा अध्यक्ष बरिस्ठ कलाकार रामराज छेत्रीले न्यू योर्क कला मन्चको स्थापना कालदेखि हालसम्मको गतिबिधीहरुबारे प्रकाश पारेका थिए भने जगदिश शर्मा, डा. तारा निरौलाले शुभ-कामना मन्तब्य ब्यक्त गरेका थिए।

उक्त कार्यक्रममा मन्चकोतर्फबाट देबघाट संस्क्रित विश्व बिद्यालयकोलागि ५१ हजार रुपैयाँ अनुदान प्रदान गरिएको घोषणा गरियो।

उक्त मन्दिरका नेपाली पंडित कृष्णप्रशाद शर्माले बिजय दशमीबारे प्रबचन दिएका थिए भने कलाकार नरबहादुर दाहाल, शिसिर श्रेष्ठ, सानु शेर्पाले भजन प्रस्तुत गरेका थिए। कार्यक्रमको सन्चालन कलाकार शैलेश श्रेष्ठले गरेका थिए।

Acting Permanent Representative of Nepal Mission to the UN Sewa Lamsal Adhikari lighting the lamp at the event. Photo: eEyecam.com

सम्मान २०११

मन्चद्वारा सन् २०११ मा मोक्तान डिजिटलका शम्भू मोक्तान (NY) लाई 'नगरकोटी एचिभ्मेन्ट अवार्ड', सुपरिचित अभिनेत्री एबं न्रित्यङ्गना लक्ष्मी श्रेष्ठ (VA) लाई 'लाइफटाइम एचिभ्मेन्ट अवार्ड', लेखक तथा नाट्य निर्देशक प्रचन्ड मल्ल (Nepal) लाई 'लाइफटाइम एचिभ्मेन्ट अवार्ड' र न्रित्यङ्गना रोजी शेर्पा (NY) लाई 'नोबेल आर्टिस्ट अवार्ड' प्रदान गरेको छ। त्यसैगरी, यसै साल नेपालबाट अमेरिका भ्रमणमा रहेका सुप्रसिद्ध न्रित्य निर्देसक बसन्त श्रेष्ठ, गायिका देबिका प्रधान 'बन्दना' र गायिका प्रधानका श्रीमान तथा उद्दमी महेशमान सिंहलाई सम्मान गरिएको थियो।

सम्मान २०१०

मन्चद्वारा सन् २०१० मा नेपालका बरिस्ठ संगितकार तथा नेपाल नाट्य तथा संगित प्रज्ञा प्रतिस्ठानका कुलपति अम्बर गुरुङ, गायिका निर्मला श्रेष्ठ (Colorado) र न्रित्यङ्गना बसन्ती राई (NY) लाई सम्मान गरिएको थियो।

बिगतमा सम्मानित अन्य ब्यक्तित्वहरु

मन्चले सन् २००० र २००९ बिच सम्मान गरेका ब्यक्तित्वहरुमा नेपालका संगितकार तथा अभिनेता प्रेमदेब गिरी, गायिका स्व. कोइली देबी, गायक भक्तराज आचार्य, अभिनेत्री शुभद्रा अधिकारी, स्व. शान्ती मास्के, संगितकार तथा गायक कमल छेत्री, संगितकार संगितकार स्व. न्हुछेनारायण डङ्गोल, द्वन्द निर्देशक स्व. गोपाल भुटानी, अभिनेता पवन मैनाली, अभिनेता जयचन्द सिंह ठाकुर, निर्देसक स्व. दिपक आलोक, निर्देसक भैरबबहादुर थापा, निर्देशक, गायक, अभिनेता हरीप्रशाद रिमाल, गोरखापत्र सम्पादक रामचन्द्र पौडेल, मुना डङ्गोललाई नगद र कदल पत्रले सम्मान गरिसकेको छ ।

त्यसैगरी, मन्चद्वारा अमेरिकामा सम्मानित अन्य कलाकार र समाजसेवीहरुमा कलाकार ध्रुब वन्त (Baltimore), अनु वन्त (Baltimore), स्व. राम नगरकोटी (PA), फुलबारी क्लब (VA), Dance Theater of Nepal (Sherry Ona Handline) (NY), नारायण श्रेष्ठ (CO), गायक तथा संगितकार नरबहादुर (एनबि) दाहाल (NY), गायिका गोमा गुरुङ (NY), लाक्पा शेर्पा (NY), गायक संजोग लामा (NY), गायक सानु शेर्पा र अमेरिका भ्रमणमा रहँदा बरिस्ठ अभिनेत्री बसुन्धारा भुसाल (NY हाल Nepal) रहेकाछन्।

सन् १९९८ मा न्यू योर्क शहर कुइन्समा स्थापित गरिएको उक्त कला मन्चका संस्थापकहरुमा रामराज छेत्री, न्हुछेनारायण डङ्गोल, शिर्शिर श्रेष्ठ, नायिका सुबर्णा छेत्री, गायिका गोमा गुरुङ, कर्मा जि. शेर्पा, राम नगरकोटी र नरबहादुर दाहाल छन्।

मन्चसंग आबद्ध अन्य कलाकार सदस्यहरुमा नायक सरोज खनाल, सुर्यमाला शर्मा खनाल, कलाकार देबी थापा मगर वली, निर्देसक बिनोद वली, नायिका सारङ्गा श्रेष्ठ, सुनिल उप्रेती, रोशनप्रताप राना मगर, निर्देसक कृष्णमुरारी ढुङ्गेल, निर्देसक नबिन केसी, न्रित्य निर्देसक लुना केसी, गायक सानु शेर्पा, गायक कर्ण दास, गायिका सपना श्री, संगितकार बिमल बुढाथोकी, गायक रोशन गुरुङ, गायक राजेन्द्र राइ र सहयोगीहरु जीत गुरुङ र दिपक श्रेष्ठ छन्।

-Pratha Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read related news:

-http://usnepalonline.com/nykalamanch/

-न्यू योर्कमा स्वर्गिय अभिनेत्री सुशिला रायमाझीको स्‍मृति सभा सम्पन्न (2012)

-न्यू योर्कमा संचारकर्मी स्व. मीरा आचार्यको असामयीक निधनप्रति शोकसभा सम्पन्न (2011)

-न्यू योर्क कला मन्चद्वारा दशैंको रमाइलो साँझ सम्पन्न, ४ नेपाली सम्मानित (2011)

-न्यू योर्कमा ४ स्वर्गिय कलाकारहरु शान्ती मास्के, हिरादेबी वाइबा, कुमार कान्छा र गोपाल भुटानीको स्‍मृतिमा शोक सभा सम्पन्न (2011)

-न्यू योर्कमा दशैंको रमझम र न्यू योर्क कला मन्चको मन्थन(2010)

-न्यू योर्क कला मन्चद्वारा सुप्रसिद्ध न्रित्य निर्देसक बसन्त श्रेष्ठ र गायिका प्रधान सम्मानित(2010)


Musician Shisir Shrestha, Sanu Sherpa and Narbahadur Dahal. Photo: eEyecam.com


Sewa Lamsal Adhikari. Photo: eEyecam.com

Pandit Krishna P. Sharma. Photo: eEyecam.com


Jagadish Sharma. Photo: eEyecam.com



Dr. Tara. Niraula. Photo: eEyecam.com



Nabahadur Dahal receiving award on behalf of Kamana Prakashan, Kathmandu. Photo: Ashok Pant (NepalPHotoNews.com)

Photo: Ashok Pant (NepalPHotoNews.com)

Photo: eEyecam.com

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.