Inside

All Time Top 50 News

अमेरिकाको बोस्टनमा आईसिसी अध्यक्ष शेष घलेको भब्य स्वागत, एनआरएन भवनकोलागि १५ हजार डलर संकलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 16 August 2014 08:47

Special: 22 photos, 1 video: बोस्टन- झन्डै एक महिनाकोलागि अमेरिका भ्रमणमा निस्केका गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) अध्यक्ष शेष घलेलाई बोस्टनमा भब्य स्वागत गरिएको छ । अध्यक्ष घलेको स्वागतसंगै बोस्टनबासी नेपालीले नेपालमा एनआरएन भवन निर्माणकोलागि १५ हजार ४९६ अमेरिकि डलर अनुदान दिएकाछन् ।

NRN ICC President Shesh Ghale greeted in Boston, MA, USA on August 15, 2014. Photos by Pratha Magar for USNepalOnline

अगस्ट १५ तारिख टर्फ बिश्वबिद्याय मेड्फोर्टमा आयोजित अन्तरकृया एबं फन्डरेजिङ कार्यक्रममा उक्त अनुदान रकम संकलन गरिएको हो ।

त्यसैगरि, बोस्टन तमु (गुरुङ्) समाजले एनआरएन आईसिसी पूर्व सदस्य भुवन (भुवानी) गुरुङको बेल्मोन्टस्थित निवासको ब्याकयार्डमा अध्यक्ष शेष घलेको सम्मानमा रातृभोजको आयोजना गरी उनलाई परम्परागत खादा, पुष्प गुच्छा र गुरुङ पुरुषले पहिरिने परम्परागत गादो पहिर्‍याएर स्वागत गरिएको छ । अध्यक्ष घले गुरुङ जातिभित्रको घले थरका लम्जुङ जन्मथलो भएका अस्ट्रेलियाका मिलिनियर ब्याबसायी पनि हुन् ।

NRN ICC President Shesh Ghale greeted by Boston Tamu (Gurung) Samaj in Boston, MA, USA on August 15, 2014. Photos by Pratha Magar for USNepalOnline

रातृभोज अघि आयोजित अन्तरकृया एबं फन्डरेजिङ कार्यक्रम एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिकोरुपमा नेपाली कार्यबाहक राजदूत रिशिराम घिमिरे उपस्थित रहेका थिए भने अध्यक्ष घलेलाई बिशिस्ट अतिथीकोरुपमा निम्त्याइएको थियो ।

NRN ICC Women Empowerment Chair Dr. Bishnu Maya Pariyar welcoming the guests at the interaction and fundraising event in in Boston, MA, USA on August 15, 2014. Photos by Pratha Magar for USNepalOnline

कार्यक्रममा एनआरएन आईसिसी महिला शसक्तिकरण टस्कफोर्सकि अध्यक्ष एबं इम्पावर दलित वोमन अफ नेपाल बोस्टनकि संस्थापक डा. बिष्णुमाया परियारले स्वागत मन्तब्य गरेकी थिईन् भने कार्यक्रमका संयोजक भुवानी गुरुङ र उपसंयोजक लक्ष्मी बजगाईले कार्यक्रमको महत्वबारे प्रकास पारेका थिए ।

उक्त अन्तरकृया एबं फन्डरेजिङ कार्यक्रममा अध्यक्ष घलेले आफूलाई 'म्यान अफ दि मिसन प्रमाणित गरेरै छाडे, उनले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो मन्तब्यको शुरुमै "म प्राय: एक चोटी भनेको कुरा फेरी दोहोर्‍याउन चाँहदिन तर त्यसो गर्दा खतारा के हुन्छ भने म प्रायजसो बेप्रसंगमा बोल्न पुग्छु । त्यसमाथि पनि म बडो मुस्किलले कहिले काँही मात्र राम्रो बोल्न सक्छु किनकि म राजनितिज्ञ हैन" भनेर राम्रो मीठो भाशण गर्ने तर बोलेको आश्वासन पुरा नगर्ने नेपाली नेताहरुप्रति ब्यंग कस्न सफल भए ।

NRN ICC President Shesh Ghale speaking at the interaction and fundraising event in in Boston, MA, USA on August 15, 2014. Photos by Pratha Magar for USNepalOnline

आफूले नेपालमा दर्ता भएको संघको नेतृत्व गर्न पाएकोमा एनआरएनका पूर्व नेतृत्व वर्गलाई एनआरएन संघलाई १० बर्शसम्म हाँकेर यहाँसम्म ल्याई पुर्‍याउन सफल भएकोमा धन्यबाद दिँदै उनले संघलाई अझ माथिल्लो तहामा पुर्‍याउने ठूलो जिम्मेवारी काँधमा आएको बताए ।

अध्यक्ष घलेले नेपालमा एनआरएन संघको भवन निर्माणमा हामी सबै एनआरएनको सहभागिता र स्वामित्व होस भन्ने आफूले चाहेको र त्यस कारण सबैबाट सहयोगको अपेक्षा गरेको बताए । उनले भने- "जर्नी भन्ने कुरा एक्लो हुन सक्दैन । जर्नी क्यान नट बि अलोन । इट इज टु बि सेयर्ड्, आई निड योर सपोर्ट । नट ओन्ली फर द बिल्डिङ बट फर एभृथिङ" ।


भवन निर्माणकोलागि १५ करोड चाहिने र अहिले ६ करोड कमिट्मेन्ट भई सकेको जानकारी गराउँदै अध्यक्ष घलेले हामीले कमिट्मेन्ट गरिएको छ भने दिनु ढिलाई गर्नु नहुने आग्रहा गरे- "ईफ वी आ रियल पिपुल, वी मस्ट डु रियल थिङ । हैन भनेदेखि कमिट्मेन्ट मात्र गर्ने हो भने कमिट्मेन्ट मात्र राम्रो काम होइन । वी निड रियल मनी विथ रियल पिपुल ।"

Nepalese at the interaction and fundraising event in in Boston, MA, USA on August 15, 2014. Photos by Pratha Magar for USNepalOnline

उनले आफूले संघको नेतृत्व लिदा भवन निर्माणकोलागि ३६ लाख बैंकमा जम्मा भएकोमा अहिले ३ करोड जम्मा गर्न सफल भएको पनि अध्यक्ष घलेले सगर्ब घोशणा गरे । तर उनले यो पनि थपेकि- "इट इज नट माई अन्डरटेकिङ्, इट इज अर्गनाईजेसन अन्डरटेकिङ ।"

प्रवासी नेपालीहरुको हक हीतको पक्षमा संघले काम गर्ने बताउँदै आफूमा महत्वपूर्ण जिम्मेवारी रहेको तर एकै पटक सबै काम गर्न नसकिने भन्दै अध्यक्ष घलेले "अपर्चुनिटी वोन्ली कम्स फर ए सर्ट टाइम, देयर इज स्माल विन्डो अफ अपर्चुनिटी एन्ड आईएम ट्राईङ टु ग्राब ड्याट अपर्चुनिटी विथ ह्यूज रेस्पोन्सिबिलिटी" भनेर जिवनमा सफल हुने गुरुमन्त्र सुझाए ।

युएस नेपाल अनलाईनले तयार पारेको अध्यक्ष घलेद्वारा ब्यक्त मन्तब्यको पूर्ण पाठ हेर्नुहोस्:

Video being uploaded

उक्त कार्यक्रम प्रमुख अतिथी कार्यबहक राजदूत घिमिरे, ग्रेटर बोस्टन नेपालिज सोसाइटी अध्यक्ष मिलन गुरुङ, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष शिबकुमार राई, पूर्व उपाध्यक्ष डा बिद्या रन्जित, पूर्व अध्यक्ष उम्मेद्वार बिष्णुहरी देउराली, बोस्टन तमु समाजकि उपाध्यक्ष सम्झना गुरुङ्, न्यू ह्याम्प्सायर नेपाली समाजका अध्यक्ष रबिन थापाले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रमको सन्चालन सोम गुरुङले गरेका थिए ।

अध्यक्ष घलेको अमेरिका भ्रमण अगस्ट ११ देखि २४ तारिखबीच अमेरिकाका बिभिन्न शहरहरुमा हुँदैछ । अध्यक्ष घलेसंग अगस्ट ११-१२ मा वासिङ्टन राज्यको सियाटल शहरमा, अगस्ट १३-१४ मा क्यालिफोर्निया राज्यको लस एन्जेलस शहरमा, अगस्ट १५-१६ मा मासाचुसेट्स राज्यको बोस्टन शहरमा, अगस्ट १७-१८ इलेनोई राज्यको सिकागो शहरमा, अगस्ट १९-२० टेक्सास राज्यको डालस शहरमा, अगस्ट २१-२२ मा वासिङ्टन डिसीको डिसी मेट्रो एरियामा र अगस २३-२४ मा न्यू योर्क राज्यको न्यू योर्क शहरमा बिशेष अन्तरकृयाहरु र नेपालमा एनआरएन मुख्यालय भवन निर्माणकोलागि फन्डरेजिङ डिनर रातृभोजहरुको आयोजना हुँदैछ । यसैबीच, एनआरएन भवन निर्माणकालागि अष्ट्रेलियाबाट झन्डै २ करोड रूपैयाँ अनुदान संकलन भैसकेको खबर प्राप्त भएको छ । हालसम्म उक्त भवन निर्माणकोलागि २ करोड ७२ लाख ५ हजार २३८ रुपैयाँ संकलन भएको छ । अब अमेरिकाबाट पनि एनआरएन एआईसिसिले अमेरिकावासी नेपालीहरुबाट पनि ठूलो अपेक्षा गरेको छ।

-Pradeep Thapa Magar in Boston. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-लस एन्जेलस शहरमा एनआरएन अमेरिकाद्वारा २७ हजार डलर संकलन

-अमेरिकाको सियाटलमा एनआरएन भवन निर्माणकालागि २१ लाख रुपैयाँ संकलन

--एनआरएन आईसीसी अध्यक्ष शेष घलेको अमेरिका भ्रमण केकालागि हुँदैछ ?



























Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.