Inside

All Time Top 75 News

न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 18 September 2011 08:10
Article Index
न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न
Photos of the Speakers (25)
Group photos of the AGM
All Pages

Updated: आइसिसी (ICC) सदस्यमा आदित्य महर्जन र भुवानी गुरुङ, कन्ट्री रिप्रिसेन्टेटिभमा टेम्बा शेर्पा लामा निर्बाचित
Exclusive: 46 photos: 1 video:
न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा (अधिबेशन) यही सेप्टेम्बर १७ तारिख न्यू योर्क शहरको कुइन्सस्थित कुइन्स प्यालेसमा सम्पन्न भएको छ। उक्त साधारण सभाबाट ३ जना आइसिसी सदस्यहरु निर्बिरोध निर्बाचित भएकाछन्।

 

NRN USA hosted its 1st Annual General Meeting (AGM) in New York on September 17, 2011. Photos: eEyeCam.com


बिजयी अन्तरराश्ट्रिय प्रतिनिधी (ICC) सदस्यहरु को को हुन्?

निर्वाचन समितीद्वारा बिजयी घोषणा गरिएको सुचीअनुसार आगामी दुई बर्षकोलागि अन्तरराश्ट्रिय समिती (ICC) मा निर्बिरोध निर्बाचित अन्तरराश्ट्रिय प्रतिनिधी (ICC) सदस्यहरुमा आदित्य महर्जन (न्यू योर्क) र भुवानी गुरुङ (बोस्टन) तथा आइसिसी कन्ट्री रिप्रिसेन्टेटिभमा टेम्बा शेर्पा लामा (न्यू योर्क) निर्बाचित भएकाछन्।

Newly elected ICC Representatives: L t R: Bhuwani Gurung, Aditya Maharjan and Temba Sherpa Lama. Photos: eEyeCam.com

अन्तरराश्ट्रिय प्रतिनिधी (ICC) सदस्य निर्बाचित आदित्य महर्जन न्यू योर्क नेवा गुठीका अध्यक्ष र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का उपाध्यक्ष पनि हुन्।

त्यसैगरी अन्तरराश्ट्रिय प्रतिनिधी (ICC) सदस्य निर्बाचित निर्बाचित हुनु अघी भुवानी गुरुङ एनआरएन अमेरिकाका प्रबक्ता (Spokesperson) रहेका थिए।

उता आइसिसी कन्ट्री रिप्रिसेन्टेटिभमा बिजयी टेम्बा शेर्पा लामा (न्यू योर्क) एनआरएन अमेरिकाको सदस्यता बितरण समितीको संयोजक हुन्। उनको नेत्रित्वमा उनी १ हजारभन्दा बेशि सदस्यता बनाउन सफल भएका थिए।

The Members of the NRN USA Board with newly elected ICC Representatives: L t R: Bhuwani Gurung, Aditya Maharjan and Temba Sherpa Lama. Photos: eEyeCam.com

संघको अन्तरराश्ट्रिय समितीको बिधानअनुसार हरेक १ हजार सदस्य रहेको शाखा को १ अन्तरराश्ट्रिय प्रतिनिधी (ICC) हुने ब्यबस्थाअनुसार अधिबेशनको दिन (सेप्टेम्बर १७ तारिख) सम्म एनआरएन अमेरिका (NRN USA) को ३ हजार ५० जना सदस्य संख्या पुगेकोले ३ ICC पदमा भएको निर्वाचनमा खडा भएका ८ जना मध्ये ४ जनाले उम्मेद्बारी फिर्ता लिएपछि र एक जना अधिबेशन स्थलमा अनुपस्थित रहेपछि उम्मेद्बारी स्वतह: खारेजिमा परेपछि बाँकी ३ प्रतिस्पर्धीहरुलाई निर्वाचन समितीले निर्बिरोध निर्बाचित भएको घोषणा गरेको हो।

यसरी आफ्नो उम्मेद्बारी फिर्ता लिनेहरुमा शिव प्रकाश (बोस्टन), राजा घले (एटलान्टा), सोनाम लामा (न्यू योर्क) र राम खरेल (भर्जिनिया) थिए भने अनुपस्थित रहेको कारण उम्मेद्बारी खारेजीमा पर्नेमा कुलमणी आचार्य (वासिङ्गटन डिसी) थिए।

निर्वाचन समिती

निर्वाचन समितीका प्रमुख निर्वाचन आयुक्त राजेन्द्र खतिवडा थिए भने अन्य सदस्यहरुमा अधिबक्ता दुर्गाप्रशाद भुर्तेल, इश्वरी मास्के, डा. मारोहाङ लिम्बु र सुनिल शाह रहेका थिए।

The Election Committee members and the newly elected ICC Representatives. Photos: eEyeCam.com

हरेक २ बर्षमा नेपालमा हुने गैर आवासीय नेपाली संघ अन्तरराश्ट्रिय समिती (NRNA ICC) को विश्व सम्मेलन (global conference) यो बर्ष अक्टोबर १२ देखी १४ काठमाडौंमा हुन गैरहेको छ। उक्त सम्मेलन अघी हाल कायम ५६ देशका राष्ट्रिय समितीहरुले साधारण सभा डाकेर केन्द्रिय समिती प्रतिनिधी चुन्नु पर्ने प्राबधानअनुसार यसपाली संघको अमेरिका शाखा NRN USA ले न्यू योर्कको सभाबाट ३ जना अन्तरराश्ट्रिय प्रतिनिधी (ICC अर्थात International Coordination Council Member) को छनौट गरेको हो।

प्रथम वार्षिक साधारण सभा (अधिबेशन) उद्घाटन सत्र

एनआरएन अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा (अधिबेशन) भब्यता पूर्वक सम्पन्न भएको छ।

अधिबेशनमा आयोजक बक्ता र शुभ कामना मन्तब्य ब्यक्त गर्ने अतिथीहरु बक्ताले एनआरएन अमेरिकाले अझ जनस्तरसम्म आफूलाई पुर्‍याउनु पर्ने कुरामा जोड दिदै एकता र सहकार्यबाट अमेरिकाका नेपालीहरुले नेपालमा अन्य देशमा रहेका नेपालीहरुलेभन्दा लगानी, प्रबिधी र ज्ञानको आदान प्रदानमा बढी योगदान पुर्याउन सक्ने सम्भावना रहेको औँल्याए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त अधिबेशन बारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:


NRN USA General Secretary & AGM Chair Shivakumar Rai. He is also the president of FIPNA. Photos: eEyeCam.com

अधिबेशनको उद्घाटन सत्रको सभापतित्व महासचिब शिवकुमार राईले गरेका थिए भने स्वागत भाषण कार्यबाहक अध्यक्ष प्रह्लाद केसीले गरेका थिए।

अध्यक्ष सुमनराज तिम्सिनाले अधिबेशनको पूर्व सन्ध्यामा एक्कासी राजिनामा दिएपछि बरिस्ठ उपाध्यक्ष रहेका केसी बोर्डको आकस्मिक बैठकबाट कार्यबाहक अध्यक्ष भएका थिए। तर अधिबेशनबाट उनलाई अध्यक्षमा बढुवा गरियो।

NRN USA newly nominated President Prahlad KC. Photos: eEyeCam.com

उक्त अधिबेशनमा मन्तब्य ब्यक्त गर्नेहरुमा संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधी तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, संघको अन्तरराश्ट्रिय समितीका महासचिब रतन झा, संघको उत्तर अमेरिका संयोजक डा. अम्बिका अधिकारी थिए।

Nepalese Ambassador to the UN H.E. Gyanchandra Acharya. Photos: eEyeCam.com

NRNA ICC General Secretary Ratan Jha. Photos: eEyeCam.com

त्यसैगरी, अन्य बक्ताहरुमा संघको अन्तरराश्ट्रिय समितीमा महासचिबकि उम्मेद्वार तथा इम्पावोर दलित वुमन अफ नेपालकि संथापक बिष्णुमाया परियार, एशोसियसन अफ नेपालीज इन अमेरिका (एएनए) का प्रमुख छेवाङ शेर्पा लामा, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा. तारा निरौला थिए।

NRNA ICC General Secretary candidate and Empower Dalit Women of Nepal (EDWON) founder Bishnu Maya Pariyar. Photos: eEyeCam.com

त्यसैगरी, अन्य बक्ताहरुमा एनआरएन अमेरिकाका पूर्व बरिस्ठ उपाध्यक्ष तथा ANMA का पूर्व अध्यक्ष मुकेश सिंह, नेपाली जनसंपर्क समिती अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) महासचिब दिपेश लिम्बु, सिन्धु युएस वेल्फेयर सोसाइटीका अध्यक्ष बंशलाल तामाङ, निर्वाचन समिती प्रमुख एबं  Association of Nepalese in Midwest America (ANMA) का अध्यक्ष राजेन्द्र खटिवडा, सदस्य अधिबक्ता दुर्गाप्रशाद भुर्तेल, अधिबक्ता गिरिजा गौतम र सतेन्द्र शाह थिए।

ANA Chief Chhewang Sherpa Lama. Photos: eEyeCam.com

अधिबेशनमा महासचिब शिवकुमार राई जो फिप्ना अध्यक्ष पनि हुन्, ले एनआरएन अमेरिकाको वार्षिक प्रतिबेदन, कोशाध्यक्ष डा. बिनोद शाहले आर्थिक प्रतिबेदन र उपाध्यक्षबाट बरिस्ठ उपाध्यक्षमा बढुवा भएकी डा. बिद्या रन्जितले संघको प्रोजेक्टका बिषयमा प्रतिबेदनहरु प्रस्तुत गरेका थिए भने मन्तब्य ब्यक्त गर्ने अन्य बोर्ड सदस्यहरुमा अधिबक्ता रमेश श्रेष्ठ, दुर्गा सुब्बा र डिल्ली पौडेल थिए।

निर्वाचन परिणाम पश्च्यात अन्तरराश्ट्रिय समिती (ICC) मा निर्बिरोध निर्बाचित अन्तरराश्ट्रिय प्रतिनिधी (ICC) सदस्यहरु आदित्य महर्जन र भुवानी गुरुङ तथा आइसिसी कन्ट्री रिप्रिसेन्टेटिभमा टेम्बा शेर्पा लामाहरुले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रमको सन्चालन संघका मिडिया कोओर्डोनेटर राम खरेलले गरेका थिए। उनी अमेरिकाबाट सन्चालित सगरमाथा टोलिभिजनका प्रोड्युसर पनि हुन्।

प्रथम वार्षिक साधारण सभा (अधिबेशन) र निर्वाचन अबधी भर के के भयो?

एनआरएन अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा (अधिबेशन) सदस्यता लिनेहरुको संख्या ३ हजार ५० जना घोषणा गरिएपनि उपस्थिती भने भने अपेक्षाक्रित संख्यामा हुन सकेन।

The members at the NRN USA AGM in New York. Photos: eEyeCam.com

तर मतदान हुने सम्भावना अन्तिमसम्म पनि रहेको कारण अधिबेशनमा आउन नचाहेपनि न्यू योर्कबाट उम्मेद्बारी बनेका टेम्बा शेर्पा लामालाई मतदान गर्न आउनकोलागि ३ सयभन्दा बेशी सदस्यहरुलाई न्यू योर्क शहर वरिपरि स्ट्यान्डबाईमा राखिएको थियो। उता नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले पनि केही सय न्यू योर्कबासी सदस्यहरुलाई आफ्नो उम्मेद्वार फिप्ना उपाध्यक्ष आदित्य महर्जनलाई मतदान गर्न परे भन्दै अलर्ट गरेर राखेको सुत्रले युएस नेपाल अनलाइनलाई जानकारी गराएको छ।

उता बोस्टनबाट पनि बोस्टनका उम्मेद्वार भुवानी गुरुङलाई जिताउनकोलागि दुई दर्जनबेशी सदस्यहरु न्यू योर्कको अधिबेशनमा आएको देखिन्थ्यो।

अन्य राज्य र शहरहरुबाट भने निक्कै कम सदस्यहरु मात्र सहभागि भएको देखियो।


संघको आजीवन सदस्य अर्जुन मैनालीले त ३ हजार साधारण सदस्य रहेको संघको अधिबेशनमा सय डेढ सयको उपस्थितीलाई बैधानिक मान्न सकिन्छ भनेर प्रश्नसमेत गरेकाछन्।

तर आयोजकहरु भने गत बर्षसम्म झन्डै १ हजार सदस्य रहेको संघमा चुनावको कारण एक बर्षभित्र सदस्यता लिन चाख राख्नेहरुको संख्या ह्वात्तै बढेर सदस्यहरुको संख्या ३ हजार नाघेकोमा दङ्ग परेका छन्।

डेढ लाखदेखी दुई लाख नेपालीहरु बसोबास गरेको अमेरिकामा सदस्ता लिनेहरुको संख्या आगामी दिनहरुमा अझ बढने देखिन्छ।

अझ गैर आवासीय नेपाली संघ अन्तरराश्ट्रिय समितीका महासचिब अमेरिका निवासी रतन झाले उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा मध्य पूर्व एशिया (Middle-East) पछि सबैभन्दा बढी नेपाली बसोबास गर्ने अमेरिकाको एनआरएन अमेरिका (NRN USA) ले पनि दुई बर्ष अघी सम्पन्न चौथो ग्लोबल एनआरएन अधिबेशन अघी बेलायत (युके) शाखाले ५ हजार सदस्यता बनाएर ५ जना प्रतिनिधी चुनेर पठाएको सम्झना गराउँदै एनआरएन अमेरिकालाई पनि ५ हजार सदस्य बनाई अरु दुई जना सदस्य थप्न सकिने जुक्ती आयोजकहरुलाई दिएका थिए।

उत्तर अमेरिकाको क्षेत्रिय संयोजक (रिजनल कोअर्डिनेटर) मा मुकेश सिंहलाई उठ्न दबाब

अमेरिका र क्यानाडाको 'अलिखित सम्झौता' (unwritten agreement) रहेको भन्दै हालको संयोजक रहेका अमेरिकि प्रतिनिधी डा. अम्बिका अधिकारीको कार्यकालपछि क्यानडाको पालो आएको भन्दै दबाब आएपछि क्षेत्रिय संयोजक (RC) मा उम्मेद्बारी दिएका अमेरिकाका मुकेश सिंह, जस्ले उक्त पदबाट नउठी उपसंयोजक (DRC) पदमा उठ्ने घोषणा गरेका थिए, लाई अधिबेशनको समापनपछि आयोजना गरिएको रात्री भोजका बेला बसेको अनौपचारिक छलफलमा उत्तर अमेरिकाको क्षेत्रिय संयोजक (रिजनल कोअर्डिनेटर) मा उठाउनु पर्ने कुरा उपस्थित अधिकाँस महानुभाबहरुले ब्यक्त गरे।

Mukesh Singh, former NRN USA Senior VP and former President of ANMA speaking about his candidacy for NRN Regional Coordinator. Photos: eEyeCam.com

सिंहले सर्ब सम्मत भएमा आफू चुनाव लड्ने, निर्वाचन भए क्यानाडालाई  झस्काएर पद नलिने आफ्नो मनसाय ब्यक्त गरेपनि सिंहले त्यस्तो गरे आफूले RC पदमा उम्मेद्वारी दिने कुरा छेवाङ शेर्पा लामाले घोषणा गर्दै सिंहलाई किम्कर्तब्यबिमुढ पारे।

उता झन्डै लाखको संख्यामा माओवादी जनयुद्धका बेला अमेरिका छिरेर गैर कानूनीरुपमा अमेरिकामा रहेका नेपालीहरुकोलागि आस्थाई राजनितिक शरण ('TPS' or Temporary Protection Status) दिलाउने आफ्नो प्रमुख एजेन्डा बनाएका सिंह NRN क्षेत्रिय संयोजक (RC) भएको खन्डमा उक्त माग अमेरिकि सरकारसंग पुरा गराउन पहल गर्न सजिलो हुने भएको कारण क्यानाडाका डा. द्रोण रसाइली, जो हाल उपसंयोजक छन् तर संयोजक दाबी गरेकाछन्, लाई पुन: उपसंयोजक मै रहनकोलागि अनुरोध गर्ने भन्ने धेरैको धारणा रह्यो। यो सन्देश लैजान र डा. रसाइलीलाई फकाउन क्षेत्रिय संयोजक डा. अम्बिका अधिकारीलाई जिम्मासमेत लगाईयो।

छलफलमा सहभागीहरुको यो दबाबपछि ओहायो राज्यमा सरकारी वकिल (persecutor) समेत रहेका सिंहले एनआरएन क्यानाडाको वार्षिक साधारण सभाबाट सर्बसम्मतरुपमा यसपालिको RC कोरुपमा उम्मेद्वार तोकिएका डा. द्रोण रसाइलीसंग यदी भिड्न परेमा के गर्ने हुन् त्यो भने उनले छलफलको अन्तमा बताएनन्।

तर क्षेत्रिय संयोजक (RC) को निर्वाचन हरेक दुई बर्षमा विश्व सम्मेलनको बेला हुने भएकोले आगामी ओक्टोबर १२ देखी १४ मा हुने विश्व सम्मेलनसम्म सहमतीको बिन्दु नभेटिएला भनेर निराश भईहाल्नु पर्ने स्थिती भने छैन।

एनआरएन अमेरिका (NRN USA) कार्यालयको उद्घाटन

यसै बिच, एनआरएन अमेरिकाको अधिबेशन लगत्तै एनआरएन अमेरिकाको न्यू योर्कस्थित लोकल च्याप्टरको सकृयतामा पहिलो पटक NRN USA ले आफ्नो पहिलो कार्यालय न्यू योर्क शहरको ज्याक्सन हाइट्समा खोलेको छ। यो कार्यालय 40-08, 76th Street, Jackson Heights, NY 11373 मा रहेको छ।

NRNA ICC General Secretary Ratan Jha inaugurating NRN USA new office in New York. Photos: eEyeCam.com

उक्त कार्यालय रहेको भवनमा फिप्ना कार्यालय र बसन्त डान्स सेन्टर रहेको छ भने नेपाली ब्याबसायीहरुले सन्चालन गरेको ग्रोसरी स्टोर, ट्राभल एजेन्सी, मनी ट्रान्स्फर, प्रिन्टिङ प्रेसलगायत रहेकाछन्।

NRN USA Members at their new office in New York. Photos: eEyeCam.com

उक्त कार्यालयको उद्घाटन संघको अन्तरराश्ट्रिय समितीका महासचिब रतन झाले रातो रिबन काटेर गरे। उद्घाटनमा NRN USA का पदाधिकारी र बोर्ड सदस्यहरुको उपस्थिती रहेको थियो।

उक्त कार्यालय भवन सहुलियत भाडामा केशबराम राईले उपलब्ध गराएका हुन्। राई फिप्ना र NRN USA को न्यू योर्क च्याप्टरका बोर्ड सदस्य हुन्।

 

--Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

NRN USA Board Meeting being held after the AGM. Photos: eEyeCam.com. More photos click below links:

न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न
Photos of the Speakers (25)
Group photos of the AGM
All Pages



 

Find Us at Facebook

Member Login