Inside

All Time Top 50 News

एनआरएन अमेरिका (NRN USA) को दोश्रो वार्षिक अधिवेसन सम्पन्न, अध्यक्ष केसीद्वारा अन्तरराश्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijay Thapa   
Saturday, 25 May 2013 23:56

Exclusive: 3 photos: लस एन्जेलस- गैर आवासीय संघ अमेरिका (NRN USA) को दोश्रो वार्षिक अधिवेसन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।


 

The Chief Guest and Nepalese Ambassador Dr. Shankar P. Sharma inaugurating 2nd Annual and General Convention of NRN USA in Los Angeles, CA, USA on May 25, 2013. Photos courtesy: Bijay Thapa

मेई २५ तारिख शनिबार अमेरिकि राज्य क्यालिफोर्नियाको लस एन्जेलस शहरमा आयोजित दुई दिनसम्म चल्ने उक्त अधिबेशनमा नेपाल, जापान, क्यानाडा तथा अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिनिधी र अतिथीहरुको सहभागिता रहेको थियो ।

उक्त अधिवेसनको शुभारम्भ प्रमुख अतिथि अमेरिकाकालागि नेपाली महामहिम राजदूत डा. शंकरप्रसाद शर्माले पानसमा बत्ती बालि गरेका थिए।

एनआरएन अमेरिका (एनआरएन युएसए) का अध्यक्ष प्रल्हाद केसीले स्वागत गर्दै दुई बर्षसम्म आफ्नो नेत्रित्वमा एनआरएन अमेरिकाले गरेका कामहरुको संक्षेपमा जानकारी गराएका थिए।

कार्यक्रमबारे संक्षिप्त परिचय सम्मेलनका संयोजक तथा एनआरएन अमेरिकाका कोशाध्यक्ष राजेन्द्र सिवाकोटीले दिएका थिए भने कार्यक्रममा बालबालिकाहरुले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए ।

The artists performing Nepalese anthem at the 2nd Annual and General Convention of NRN USA in Los Angeles, CA, USA. Photos courtesy: Bijay Thapa

अध्यक्ष केसीले अधिबेशनलाई सम्बोधन गर्दै एनआरएन अमेरिकाको आगामी चुनाबको घोषणा गरिदिन निर्वाचन आयुक्तलाई पत्रचार गरि सकेको जानकारी दिए । उनले एनआरएन अमेरिकाले धेरै कुरा उपलब्धि गरेको भन्दै सबैको सहयोग र समर्थनकालागि अनुरोध गरे। मन्तब्यकै क्रममा अध्यक्ष केसीले एनआरएन आईसिसीको आगामी अक्टोबर १९-२० तारिखबिच काठमाडौंमा हुने छैठौं महाधिबेशन एबं विश्व सम्मेलनमा अन्तराष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरे।

अध्यक्ष केसीले एनआरएन अमेरिकामा बिगतमा आर्थिक हिसाबकिताब तथा सदश्यहरुको बिषयमा पारदर्शी नभएको चर्चा परिचर्चा र गुनासो रहको अवस्थामा पारदर्शी गर्न अधिवेसनको स्मारिका र एनआरएन अमेरिकाको संजाल (वेबसाइट) www.nrnusa.org मा हिसाबकिताब र सदश्यहरुको सुची तैयार गरि राखिएको मन्तब्यमा उल्लेख गरे।

प्रमुख अतिथि राजदूत डा. शर्माले अधिबेशनलाई सम्बोधन गर्दै नेपालमा आयातमा ८ प्रतिसतले वृद्धि भएको छ भन्दै दुखको कुरा नेपालले निर्यातमा १ प्रतिसतले मात्र वृद्धि गरेको उल्लेख गरे। डा. शर्माले एनआरएनले नेपालमा करिब २०० मेगावाट जल बिद्युतको क्षेत्रमा लगानी गर्ने भएको उल्लेख गदै अझ पनि अमेरिका निर्यात गर्ने सबैभन्दा ठुलो राष्ट्र हो भन्दै दोहोरो कर प्रणाली बिषयमा दूताबासले नेपाल सरकारलाई पत्राचार गरि सकेको जानकारी दिए। डा. शर्माले एनआरएनले धेरै काम गरेको आफुले देखेको र धेरै होनहार नेतृत्व जन्माएको चर्चा गरेका थिए।

The organizers and the guests at the 2nd Annual and General Convention of NRN USA in Los Angeles, CA, USA. Photos courtesy: Bijay Thapa

गैर आवासीय संघ (एनआरएनए) आईसिसीका पुर्व अध्यक्ष देवमान हिराचनले मन्तब्य ब्यक्त गर्दै एनआरएन बारे जानकारी दिए। उनले आफ्नो एनआरएनएसंग बिशेष साईनो रहको बिचार ब्यक्त गर्दै आफ्नो रगतको जाँच गर्यो भने एनआरएन भेटिन्छ होला भने। पुर्व अध्यक्ष हिराचनले हामीले नेपाली भएर मर्नु पर्छ र नेपाली भएर जन्मनु पर्छ, एनआरएनमा हाम्रो बिचार मिल्नु पर्छ, भावना मिल्नु पर्छ भन्दै एनआरएनए परिचय पत्रकोबारेमा बिस्तृत जानकारी गराए । यसैगरि, उनले दोहोरो नागरिकताकोपक्षमा बोल्दै एनआरएन धनिको संस्था नभै सबैलाई समेट्ने संस्था हो भने।

उक्त अधिबेशनको उद्घाटन समारोहमा सम्बोधन गर्ने अन्य अतिथीहरुमा पुर्व मन्त्रि राजेशकाजी श्रेष्ठ, संयुक्त राष्ट्र संघकालागि नेपाली स्थायी नियोगकी कार्यबाहक स्थायी प्रतिनिधि सेवा लम्साल अधिकारी, क्यानाडाबाट सहभागि एनआरएन आईसीसी महिला संयोजक राधा बस्नेत, नेपाल सरकारकातर्फबाट क्यालीफोर्नियाकालागि महाबाणिज्यदुत ऋषि ढकाल, एनआरएन आइसीसी उत्तर अमेरिकि क्षेत्रीय संयोजक मुकेश सिंह, एएनएका अन्तरिम अध्यक्ष एबं एनआरएन अमेरिकाका निबाचन प्रमुख आयुक्त छेवाङ शेर्पालामा र एनआरएन आइसीसी उत्तर अमेरिकि उप-क्षेत्रीय संयोजक राम खरेल थिए।

कार्यक्रममा आयोजक समितिमा अहोरात्र खटिई यो सम्मेलनलाई सहयोग गर्ने स्वयम् सेवक, बिभिन्न संघ तथा संस्थाहरु, स्मारिका समिति तथा अन्य बिभिन्न महानुभावहरुलाई खादा ओढाईदै सम्मान गर्दै प्रसंसा पत्र वितरण  गरिएको थियो ।

कार्यक्रमको संचालन एनआरएन अमेरिकाकि महासचिब उपमा कंडेल लामा तथा सहसचिब जय मण्डलले संयुक्तरुपमा गरेका थिए ।

युएस नेपाल अनलाइन न्यूज डेस्क थप टिप्पणी:

स्मरण रहोस्, एनआरएन अमेरिकाको हाल सकृय सदस्य (सदस्यता नबिकरण गरेका) संख्या २८८ जना रहेको छ। सन् २०११ को सेप्टेम्बर १७ तारिख न्यू योर्कमा सम्पन्न एनआरएन अमेरिकाको प्रथम साधारण सभामा ३ हजार ५० जना सकृय साधारण संख्या रहेको थियो भने एनआरएन अमेरिकाले ३ जना एनआरएनए आईसिसी सदस्यहरुको चयन गरी पठाएको थियो। एनआरएनए आईसिसी (NRNA ICC) को बिधानअनुसार प्रति १ हजार सदस्यता बापत १ आईसिसी सदस्य मनोनित गर्न पाउने ब्यबस्थाका कारण यसपाली भने १ हजारभन्दा कम सदस्य संख्या भएको कारण १ जना आईसिसी सदस्य मात्र पठाउन पाउने अवस्था श्रीजना भएको छ।

-Bijay Thapa in Los Angeles

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समिती २०१३-१४ को घोषणा

-एनआरएन अमेरिका (NRN USA) को सदस्यता नबिकरण गर्ने होइन?

-नेपालमा "गैरआवासीय नेपाली दिवस" (NRN Day) यसरी मनाइयो

-Make your New Year 2012 wish by donating for charitable causes of NRN USA

-एनआरएन अमेरिका (NRN USA) र अमेरिकि राजदूत स्कट डेलिसीबिच भेटघाट

-एनआरएन अमेरिका (NRN USA) बाट ५ औं एनआरएन विश्व सम्मेलनमा ९८ जना प्रतिनिधिहरुले भाग लिने

-First NRN NCC USA Annual General Meeting sucessfully held in New York

-न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

-न्यू योर्कमा एनआरएन अमेरिका (NRN USA) को वार्षिक अधिबेशन र निर्वाचन आज हुँदै

-न्यू योर्कमा एनआरएन अमेरिकाको केन्द्रिय कार्य समितिको निर्वाचन हुँदै तर न्यू योर्कबासी बेखबर

-न्यू योर्कमा एनआरएनद्वारा "नेपालको संबिधान निर्माण प्रकृया र चुनौतीहरु" अन्तर्कृया सम्पन्न

-एनआरएन अमेरिकाका महासचिब शिवकुमार राईलाई किन जङ्गेको जङ्ग चलेको छ?

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समितिको पदस्थापनसंगै एकताको सन्देश दिने प्रयास

Read more about NRN Issues at:

http://usnepalonline.com/nrn/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.