Inside

All Time Top 50 News

एनआरएन अमेरिकाका उम्मेद्वारहरुको घोषणा पत्रहरु कस्ता छन्? मत हाल्नु अघि पढ्ने कि? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 23 May 2014 11:28

Exclusive: 71 photos, documents: न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका उर्फ एआरएन अमेरिका (NRN USA) को आगामी जुन ४-९ तारिखवीच अनलाइन र हुलाकी चिठ्ठीद्वारा हुने निर्वाचनकोलागि अध्यक्षलगायत बिभिन्न १८ पदकालागि उम्मेद्वार दिनेहरु ५२ जनामध्ये ४५ जना चुनावी मैदानमा आ-आफ्नो घोषणा पत्र र कार्यक्रमहरुसहित प्रचार प्रसारमा जुटेकाछन्। उनीहरुको चुनावी दौडाहाले नेपालीहरुको बाक्लो बसोबास रहेको न्यू योर्क, लस एन्जेलस, टेक्सास, वासिङ्टन डिसी, भर्जिनिया, बाल्टिमोर, बोस्टनलगायतका अमेरिकि शहर र राज्यहरुमा चुनावी चर्चा र चहलपहल ह्वात्तै बढेको छ। उम्मेद्वारहरुले नेपालीहरुको रेस्टुरेन्ट, कार्यालय, सभा-समारोह र फेसबुक जस्ता अनलाइन सामाजिक सन्जालमार्फत आ-आफ्नो आकर्शक रंगिन घोषणापत्र र पोस्टरहरु बाँड्ने काम तीब्र पारेकाछन्। केही उम्मेद्वाअरहरुद्वारा अमेरिकाबाट प्रकाशित नेपाली प्रिन्ट र अनलाइन संचार माध्यमहरुमा पैसा तिरेर बिज्ञापनकोरुपमा आफ्नो उम्मेद्वारीको प्रचार प्रसार गर्ने कामसमेत भएको छ। एनआरएन अमेरिकाका उम्मेद्वारहरुको घोषणा पत्रहरु कस्ता छन्? मत हाल्नु अघि पढ्ने कि? हेर्नुहोस्: समावेश गरिएका घोषणापत्रहरु: बिष्णुहरी धौराली, खगेन्द्र छेत्री, शिवकुमार राई, लोक तिवारी, घनप्रसाद दबाडी, सानुबाबु सिलवाल, शेषराज खतिवडा, कृष्ण पोख्रेल, प्रेम गुरागाईं, तिल (तिलक) श्रेष्ठ, बाबुराम लामा, पुरुषोत्तम बोहरा, नारायण क्षेत्री, कृष्ण सन्जेल-के.सी. र बिनोदकुमार नेपाल:

NRN USA Candidates: Online and snail mail voting is scheduled between June 4-9, 2014. Photos courtesy: Pratha Magar for USNepalOnline, Khasokhas Weekly, Lanepal.com and candidates facebook profile pages.

अध्यक्षका ४ मध्ये ३ जना प्रतिपर्धीहरु बिष्णुहरी धौराली (मासाचुसेट्स), खगेन्द्र छेत्री (न्यू जर्सी) र शिवकुमार राई (न्यू ह्याम्प्सायर) चुनावी मैदानमा छन् भने कृष्ण पि कोइराला (क्यालिफोर्निया) प्रतिस्पर्धाबाट हटेका छन् । महिला कोअर्डिनेटरमा उमा कार्की थापा (क्यालिफोर्निया) निर्बिरोध निर्वाचित भएकिछिन् भने युवा संयोजकमा बर्षा मोक्तान निर्बिरोध बनेकिछिन्। मोक्तानलाई उनका प्रतिद्वन्दी कृष्णकुमार श्रेष्ठ (फ्लोरिडा) र डिल्लिराम भट्टराई (क्यालिफोर्निया) ले समर्थन गर्दै आ-आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए।

सैगरी, वरिस्ठ उपाध्यक्ष (१ सिट) पदबाट छिरिङ्ग राप्के लामा (न्यू योर्क) र डा. केशब पौडेल (न्यू मेक्सिको) ले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएकाछन्। अब यो पदकोलागि चुनावी मैदानमा लोक तिवारी (मेरिल्यान्ड), घनप्रशाद दबाडी (क्यालिफोर्निया) र सानुबाबु सिलवाल (नर्थ क्यारोलिना) छन्।

उता उपाध्यक्ष पद (२ सिट) कालागि ५ प्रतिस्पर्धीहरु श्री पराजुली (न्यू योर्क), बनिता कतिला (न्यू योर्क), शेशराज खतिवडा (मासाचुसेट्स), सुर्य (सल) लम्साल (न्यू योर्क) र मुकुन्द ढुङ्गाना (क्यालिफोर्निया) भिडन्त गर्दैछन्।

महासचिब (१ सिट) पदमा प्रतिस्पर्धी रहेका ५ उम्मेद्वारहरु कृष्ण पोख्रेल (न्यू योर्क), प्रेम गुरागाई (क्यालिफोर्निया), तिल (तिलक) श्रेष्ठ (न्यू योर्क), बाबुराम लामा (न्यू योर्क) र पुरुसोत्तम बोहोरा (आयोया) बीच टक्कर पर्दैछ।

उता कोशाध्यक्ष (एक सिट) कोलागि ४ प्रतिस्पर्धीहरु मिलनकुमार शाही (न्यू योर्क), सुमनराज सापकोटा (न्यू योर्क), बेदराज बस्नेत (टेक्सास) र गोकर्ण दाहाल (टेक्सास) बीच भिडन्त हुँदैछ।

त्यसैगरी, उपसचिब (एक सिट) कोलागि सतेन्द्र शाह (न्यू जर्सी), उपेन्द्रराज भट्ट (न्यू योर्क), नारायण छेत्री र दिलबहादुर श्रेष्ठ (क्यालिफोर्निया) बीच प्रतिस्पर्धा हुँदैछ। उता सह-कोशाध्यक्षका प्रतिस्पर्धीहरुमा सन्जिब श्रेष्ठ (न्यू जर्सी) र प्रकाश सापकोटा (कोलोराडो) छन्।

कार्य समिती सदस्य (७ सिट) पदमा १४ जना प्रतिस्पर्धीहरु बलराम थापा (क्यालिफोर्निया), लक्ष्मीप्रशाद बजगाई (कनेक्टिकट), सुक्रराज घिमिरे (न्यू योर्क), सरोजकुमार श्रेष्ठ (न्यू योर्क), रविन बज्राचार्य (न्यू योर्क), बिमल ज्ञवाली (टेक्सास), धर्म भट्टराई (मिचिगन), बैकुण्ठ खनाल (क्यालिफोर्निया), राधा पौडेल (टेन्नेसी), बिष्णुमान प्रधान (न्यू योर्क), युबराज खनाल, चेत भट्टराई (नर्थ क्यारोलिना), देवीप्रशाद पाण्डे (टेक्सास) र बेदनिधी दाहाल (टेक्सास) बीच प्रतिस्पर्धा हुँदैछ।

त्यसैगरी, एनआरएन आईसिसीको बिधानअनुसार एक हजार सदस्य बराबर एक जना आईसिसी सदस्य चुनेर पठाउनु पाउने ब्याबस्थाअनुसार ३,९८८ कूल सदस्य रहेको एनआरएन अमेरिकाले ३ जना आईसिसी सदस्य पठाउन पाउने भएकोमा ५ जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएकाछन्। एनआरएन आईसिसी उम्मेद्वारहरुमा नबिन शेरचन (न्यू योर्क), सन्जिब सापकोटा (जर्जिया), राजा घले (जर्जिया), बाला घिमिरे (इलिनोइस) र डा. बिनोद शाह (न्यू योर्क) छन्।

एनआरएन अमेरिकाका उम्मेद्वारहरुको घोषणापत्रहरु

समावेश गरिएका घोषणापत्रहरु: बिष्णुहरी धौराली, खगेन्द्र छेत्री, शिवकुमार राई, लोक तिवारी, घनप्रसाद दबाडी, सानुबाबु सिलवाल, शेषराज खतिवडा, कृष्ण पोख्रेल, प्रेम गुरागाईं, तिल (तिलक) श्रेष्ठ, बाबुराम लामा, पुरुषोत्तम बोहरा, नारायण क्षेत्री, कृष्ण सन्जेल-के.सी. र बिनोदकुमार नेपाल:

बिष्णुहरी धौराली

खगेन्द्र छेत्री

शिवकुमार राई

Dear All NRNA ICC Leaders, NCC leaders, Members, and  Friends,

 

I would like to announce my candidacy for the President position of the NRN NCC of USA. I always remember a quotation from Henry Ford "coming together is beginning; keeping together is starting; working together is the success." Let's start working together to build our NRN NCC of USA as the strongest social organization in the United States. We should forget "I" and start thinking "we", let's think of the difficulties of the NRNs in the United States first then help our motherland Nepal. If I were to be elect, first, I would keep all financial matters in transparency, enhance membership drive, and open more states chapters in the United States.

 

प्रमुख एजेन्डाहरु

 

१. NRN NCC of USA लाई अमेरिकाका ५० वटै राज्यका च्याप्टरमा बिस्तार गर्न पहल गर्ने,

२. संस्था भित्र रहेको आर्थिक अनिमियततालाई हटाई पारदर्शिता कायम गर्न पहल गर्ने,

३. आपतकालिन परोपकारी कोश स्थापना गर्ने,

४. एक पटकको नेपाली संधैको नेपाली भन्ने अभियानलाई सार्थक बनाउन सफल गर्ने,

५. युवा लक्षित कार्यक्रमलाई महत्व दिने

 

I hope that everyone will support my candidacy and will elect me as a president of NRN NCC of USA.

 

February 18, 2014

 

Thank you.

 

Respectfully,

 

Bishnuhari Dhaurali(Deurali)

Interim Board  of Director,

NRN  NCC of USA,

Adviser of Greater Boston Nepali Community,

Adviser of Phashupati Buddha Foundation of New England

617-959-2700

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

एनआरएनको आगामी चुनावमा अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा खगेन्द्र जीसीको अपिल

 

सर्वप्रथम यहाँहरु सबैलाई नयाँ वर्ष २०७१ को अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै तपाईहरु सबैको सफलताकोलागि कामना गर्दछु ।

 

आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु,

 

नयाँ बर्षको आगमनसँगै एनआरएन अमेरिकाको आगामी जुन महिनाको ४ देखि ९ तारिखसम्म हुन लागेको निर्वाचनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको कुरा जानकारी गराउन चाहन्छु । जुन महिनामा हुन लागेको निर्वाचनले चयन गर्ने नयाँ नेतृत्वले अमेरिकामा रहेका आम प्रवासी नेपालीहरुको हक, अधिकारलाई सुरक्षित गर्न र जन्मभूमि नेपालमा तपाईं हाम्रो सम्बन्ध बिस्तार गर्न विशेष भुमिका खेल्नुपर्ने लगायतका धेरै महत्वपूर्ण जिम्मेवारीहरु रहेका छन् । त्यसैले मैले व्यक्तिगतरुपमा यो निर्वाचनलाई सामान्य परिस्थितिमा गरिनेभन्दा ज्यादै महत्वपूर्णरुपमा हेरेको र यस चुनावले नेपालीहरुको साझा मुद्दाहरुलाई समाधान गर्नसक्ने सक्षम नेतृत्व प्रदान गर्नेछ भन्ने ठानेको छु ।

 

अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था एनआरएनको आजको यथार्थबाट यहाँहरु सबै जानकार नै हुनुहुन्छ भन्ने मलाई विश्वास छ । आजसम्मको समयमा एनआरएन अमेरिका एउटा नामको मात्र संस्था, लक्षित समुदायप्रति अत्यन्त उदासीन, कुनै पनि नयाँ ठोस कार्यक्रम ल्याउन नसक्ने,एनआरएनहरुको हक र अधिकारका रक्षाका लागि बुलन्द आवाज उठाउनुको सट्टा आन्तरिक गुट उपगुटहरुका चक्रब्युहमा फसेर आफ्नो साख नै जोगाउन हम्मेहम्मे परेको अवस्थाबाट गुज्रिरहको छ ।

 

एनआरएन अमेरिकाले अहिलेसम्म नेपाल लगायत अन्य मुलुकका च्याप्टरहरु माझ पनि आफ्नो गतिलो छाप छोड्न सकेको छैन । खासगरी एनआरएन समुदायको हक र अधिकारको विषयमा उदासीन रहेको महशुुस हुन्छ । उता नेपालमा एनआरएन अमेरिकाले वैदेशिक लगानी भित्र्याउन नसकेको तथा कुनै पहल नगरेको गुनासाहरु प्रशस्तै सुनिन्छन् । फलस्वरुप संस्थाको साखप्रति नै प्रश्नचिन्ह खडा भएको छ । तपाईंहरु पनि यसमा सहमत हुनुहुन्छ भन्नेमा मलाई विश्वास छ र आज जसरी एनआरएन अमेरिका चल्दैछ त्यसप्रति तपाईंहरुको व्यापक गुनासो भएको कुरासँग म पूर्ण अवगत छु ।

 

आम प्रवासी मित्रजनहरु,

 

मेरो ३० वर्षको अमेरिका बसाइमा प्रवासी नेपालीहरुले आजको अवस्थासम्म आइपुग्न अनेकौं दुःख कष्टका बावजुद अत्यन्त मेहेनत गर्नुपरको मैले देख्दै र भोग्दै आएको छु तर यसका लागि एनआरएन अमेरिकाको भूमिका शुन्य प्रायः रहेको यथार्थ पनि प्रष्ट छ । एनआरएन अमेरिकामा परिवर्तन ल्याउन आवश्यक छ र परिवर्तनको नेतृत्व पनि तपाईं, हामीले नै गर्नुपर्दछ । एनआरएन अमेरिकाको साख जोगाएर यो संस्थालाई तपाईं, हामी सबैको साझा संस्था बनाउने प्रण गर्दै यसपटक मैले नेतृत्वको दावी गरेको हुँ । यसका लागि म तपाईंहरु सबैको साथ,समर्थन र सहयोगको अपेक्षा राख्दछु ।मेरा योजनाहरु लक्षित समुदायप्रति सेवा तथा हक–अधिकारका पैरबीमा केन्द्रीत हुनेछन् । दुई दशकभन्दा लामो समयदेखि म अध्यागमन वकालतको पेशामार्फत् तपाईंहरुको माझ सेवारत् छु । नेपाली समुदायको हक, अधिकारलाई यो विशाल मुलुक अमेरिकामा सुरक्षित गर्न, गराउनका लागि म सदा प्रयत्नरत छु । मेरा योजनाहरु सेवामा केन्द्रीत छन् ।

 

म गैर आवासीय नेपालीहरुकातर्फबाट अपेक्षित समुदायकालागि आवश्यक सेवा चुस्त र सर्बसुलभ ढंगले पुर्याउन सक्षम छु र कुरा मात्र हैन काम पनि गरेर देखाउँछु भन्ने यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।

 

मैले हामीहरु माझ व्याप्त समस्याहरुको निराकरण,आफ्ना हक र अधिकारहरुको सुरक्षाको प्रत्याभूति तथा एनआरएनका अन्य महत्वपूर्ण उद्देश्य पुरा गर्नका लागि अल्पकालीन तथा दीर्घकालीन गरी अलग अलग कार्ययोजनाहरुसहित विगतमा हुननसकेका केही सकारात्मक कार्ययोजनाहरुको कार्यान्वयनका लागि पूर्ण समय खर्चेर अहोरात्र काम गर्नेछु । तसर्थ, यदि यहाँहरुको विश्वास र समर्थन पाएर निर्बाचित भएको अवस्थामा म मेरो कार्यकालमा निम्नबमोजिम उद्देश्य र लक्ष्यहरुलाई मुर्तरुप दिनकालागि पहल गर्नेछु ।

 

१. "एकपटकको नेपाली सधैंको नेपाली" यो कुरा अब बन्ने नेपालको संबिधानमा सुरक्षित गराई नेपाल सरकारसँग आफ्ना गैर आवासीय नागरिकहरुलाई दोहोरो नागरिकताको ब्यबस्था गरी समान इज्जत, मान, मर्यादा तथा बिना कुनै रोकटोक नेपालमा सम्पति खरिद बिक्रीको अधिकार दिइनु पर्ने विषयमा जोडदार पहल गर्ने ।

 

२. गैर आवासीय नेपालीहरुको संस्था एनआरएन अमेरिकालाई राजनीतिक तथा आर्थिक लाभबाट मुक्त राखी समुदायको हक, हितप्रति समपिर्त संस्थामा रुपान्तरण गरी बर्तमान धुमिलिएको छबिबाट मुक्त गराउंदै एनआरएनको विश्वव्यापी नेतृत्वतर्फ उन्मुख गराउने ।

 

३. एनआरएन एनसिसीको नियम–उपनियमहरुको पुनर्मुल्याङकन गरी आवश्यक संशोधन मार्फत् प्रभाबकारी नीति नियम बनाइ आर्थिक तथा प्रशासकीय पक्ष बलियो बनाउँदै नेपाल लगायत अमेरिकामा आफ्ना हक, हित र अधिकारहरुकालागि सशक्त आवाज उठाउन सक्षम, चुस्त तथा संगठित गैर आवासीय समाजको निर्माण गर्ने ।

 

४. सहयोगको आवश्यकता परेका गैर आवासीय नेपाली समुदायका ब्यक्ति तथा परिवारको हित तथा स्तरोन्नतिका निम्ति आवश्यक आकस्मिक कोष तथा स्मृति कोषको (Legacy Fund) बिस्तार गर्ने ।

 

५. स्थानीय तहमा समुदायका समस्याहरुको पहिचान गरी सान्दर्भिक मुद्दाहरुको सम्बोधन गर्न अमेरिकाका बिभिन्न शहरहरुमा टोली बनाइ भ्रमण गर्ने तथा स्थानीय स्तरमा संगठनको बिस्तार गरी सदस्य संख्यामा बृद्धि गर्ने ।

 

६. नेपाल सरकार र अमेरिकी सरकारबीच अबिलम्ब सन्धी सम्झौता गराउँदै हाल लागू रहेको दोहोरो कर प्रणाली, नेपाली विद्यार्थीहरुको सामाजिक सुरक्षा वापतको रकम फिर्ताको ब्यबस्था तथा अन्य सुबिधाहरु दिलाउन पहल गर्ने ।

 

७. भर्खरै मात्र नेपाल सरकारद्धारा बन्द गरिएको न्यूयोर्कस्थित एक मात्र नियोग तुरुन्त सुचारु गर्न र अमेरिकाको पश्चिमी शहरमा पनि नियोग खुलाउन पहल गर्ने ।

 

८. लामो समयदेखि अवरुद्ध लाभका हिसाबले अत्यन्त आकर्षक नेपालबाट अमेरिका निर्यात हुने मुख्य बस्तुहरु तयारी पोशाक, हस्तकलाका सामान, गलैचा, पस्मिना लगायतका विषयमा अमेरिकी सरकारसँग सम्झौता गरी सामान्यकृत प्रणाली अन्तर्गत कर कट्टाको दायरामा ल्याई पुन: सुचारु गराउनेतर्फ पहल गर्ने ।

 

९. विश्वब्यापी एनआरएन समुदायमा आफ्नो सम्मानजनक उपस्थिती जनाई विश्वभरि छरिएर रहेका गैर आवासीय नेपालीहरुको समस्या समाधान गर्न महत्वपूर्ण तथा नेतृत्वदायी भूमिका निभाउने ।

 

१०. वैदेशिक लगानी सम्बन्धी विद्यमान नियम कानूनमा सहजता ल्याउनका लागि वैदेशिक लगानीमैत्री वातावरण तथा ऐन कानूनको लागि नेपाल सरकारसँग आवश्यक पहल गर्ने ।

 

उपरोक्त लक्ष्य र उद्देश्यहरुलाई संस्थागत गरी लक्षित समुदायप्रति जिम्मेवार संस्थाको निर्माणार्थ मैले एनआरएन अमेरिकाको आगामी अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी मनोयन-पत्र दर्ता गराइसकेको छु । तसर्थ समुदायको हक, हितमा समर्पित सवल र सम्वृद्घ संस्थाको निर्माण गर्ने मेरो अभियानमा यहाँहरुको अमुल्य मत दिई सहयोग गरिदिनु हुन सम्पूर्ण अमेरिकाबासी नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछु ।

 

धन्यवाद,

 

खगेन्द्र जीसी

अध्यक्षका उम्मेदवार, एनआरएन अमेरिका

363,7th Avenue, Suite 1500 New York

फोन नम्वरः ६४६— २८५— २६९३

इमेलः This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Dear Fellow Non Resident Nepali (NRN), People of Nepali Origin (PNO), Friends and well-wishers:

 

This year, the NRN election is something different. Unlike in years past, they are not only about electing the next set of officers. They are about the future of the NRN in the USA and how to deal with growing needs of Nepali community and ensure their rights in Nepal.

 

Now, NRN has gained the reputation as an organization that does little for the Nepali in the USA. Nepali in Nepal think that the NRN in the USA are least interested to invest in Nepal and are not doing enough about Nepal. Many of you are unhappy with the way it is working today

I am seeking the Presidency to change that. My visions of the Presidency are based on advocacy and service. I look to work on behalf of, and provide services to the NRN and PNO community.

 

During my 30 years in the USA, I have watched NRN community grow slowly to where it is today. I have watched NRN/PNO have worked hard to build it to the level it is today. But we have not reached to the level where the NRN organization in the USA needs to be to lead the NRN community in the world.

 

This change must come from the leadership. I will be such a President. I will set both long and short term goals to be achieved. I will work to achieve a level of positive activity unprecedented in past years. I approach this position with dedication, commitment, and fresh idea for the future. I ask for your help in achieving the following goals:

 

1. “Once a Nepali Always a Nepali” must be included in the constitution of Nepal.

 

2. Nepal Government needs to enter into treaty with USA concerning double taxation, social security withholding and treaty traders visa.

 

3. NRN and PNO must have rights to own and sale property without any restrictions and NRN shpould have equal rights, respect and dignity in Nepal.

 

4. Foreign Investment laws must be liberalized and the Government of Nepal should eliminate red tape and NRN/PNO investment friendly laws and regulations are needed.

 

5. Make NRN/PNO, a non-political and non-profit organization, more effective and organized community in the USA.

 

FOR THE ABOVE REASONS AND TO ACHIEVE THESE GOALS, I AM DECLARING MY CANDIDACY FOR THE POSITION OF PRESIDENT OF NRN NCC USA.

I REQUEST AND URGE ALL NRN/PNO-- NEPALIS IN THE USA TO BECOME ITS MEMBER BY MARCH 4, 2014, AND CAST YOUR VOTE IN THE UPCOMING NEXT ELECTION TO BRING A CHANGE.

 

THANK YOU.

 

March 1, 2014

 

Sincerely,

 

Khagendra G.Chhetry

363 7th Avenue, New York, NY 10001

646 285 2693

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

अमेरिकी नेपाली समुदायमा एनआरएन युएसए सभापतिका उम्मेदवार शिबकुमार राईको हार्दिक अपील

 

आदरणीय दाजुभाई तथा दिदिबैनीहरु,

 

मैले एनआरएन युएसएको बिधान समितिमा, महासचिवमा, प्रथम उपाध्यक्षलगायतको पदमा रही कार्य गरि एनआरएन अमेरिकाको समस्या र समाधानका धेरै बिषयमा धेरै नजिकबाट अनुभब हासिल गरिसकेको र अहिले सभापति पदमा रही कार्य गरि रहेको कुरा अवगत गराउँदछु । मेरो सभापतित्व कालको छोटो समयको बाबजुद यो सँस्थालाई अझ ब्यबहारिक, बैज्ञानिक र नेपाली समुदायकोलागि फलदायी बनाउन यहाँहरुकै सुझाब सहयोग र सल्लाहलाई शिरोपर गर्दै बिबिध समस्या र अबरोधसंग जुध्दै यस अवधिमा केहि महत्वपूर्ण कुरा भएका छन् । त्यो कुरा गर्वकासाथ यहाँ उल्लेख गर्न चाहन्छु ।

 

१- बिभिन्न कार्यक्रमहरु अन्तरक्रिया, मिट द प्रेस, सभा, सेमिनार, गोष्ठी जस्ता कार्यक्रमहरुको आयोजना गरी तथा सहभागी भई एनआरएन युएसएलाई अमेरिकामा रहनु भएका सम्पूर्ण बिभिन्न तह र तप्काका नेपालीहरुको संस्थाकोरुपमा परिचय गराउनु महत्वपूर्ण भूमिका निर्वाह गरी एनआरएन अमेरिकालाई मेरो नेतृत्वको वर्तमान कार्यसमितीले सक्रिय पारेको छ ।

 

२- नेपाल तथा अन्य मुलुकमा रहेका नेपालीहरुलाई आपतविपद, दैबीप्रकोपलगायतका समस्या पर्दा व्यक्तिगत र सँस्थागतरुपमा एनआरएन अमेरिकालाई अग्रपंक्तिमा उभ्याउन सक्दो प्रयास मेरो नेतृत्वको वर्तमान कार्य समितीले गरेको छ ।

 

३- यहाहरुकै सल्लाह सुझाब बमोजिम एनआरएन युएसएको बिधान संशोधन गरि डेलिगेटले मात्रै मतदान गर्ने प्रणाली हटाई साधारण सदस्यहरुले विद्युतीय प्रणाली प्रयोग गरि मतदान दिने व्यवस्था आगामी निर्बाचनदेखि नै लागु गर्न लागिएको छ । यस प्रकारको सरल प्रणालीको ब्यबस्थापन गर्न सुझाब दिनु हुने तपाईहरु सबैलाई मेरो नेतृत्वको कार्य समिति हार्दिक आभार प्रकट गर्दछ ।

 

४- यसै अबधिमा एनआरएन अमेरिकामा महिला तथा युवाको-अर्डिनेशन कमिटिको व्यवस्था मेरो नेतृत्वको वर्तमान कार्य समितीले गरेको छ ।

 

५- प्रचार प्रसार तथा पारदर्शिताको अभावमा एनआरएन युएसएको साधारण सदस्य लगभग १००० हजार मात्र रहेकोमा अहिले ४००० हजारभन्दा बढी सदस्यता वितरण गर्ने काम पनि मेरो नेतृत्वको वर्तमान कार्यसमितीले गरेको उपलब्धि हो भन्ने कुरो अमेरिकी नेपाली समुदायका अगुवा एबम अन्य व्यक्तित्वहरुले महसुस गर्नु भएकै छ ।

 

६- एनआरएन युएसएको स्थापना कालदेखि नै चुनाव नगरी सहमति भनी कार्यसमितीको चयन हुने परिपाटीको अन्त्य गरी प्रजातान्त्रिक र पारदर्शी तरिकाले निर्वाचन गराई सक्षम कार्यसमिती गठन होस् भन्ने उदेस्यले एनआरएन अमेरिकाको बिधान संशोधनलगायतका बिभिन्न काम सम्पन गरि एक सक्षम निर्वाचन समितीको गठन मेरो नेतृत्वको कार्यसमितीले गरेको छ, जुन यहाँहरुलाई अबगत नै छ ।

 

आदरणीय अमेरिकी नेपाली समुदायका दाजुभाई तथा दिदिबैनीहरु,

 

यो पहिलो निर्बाचनमा मेरो अनुभब र लगनसिलता, एनआरएन अमेरिकाकोलागि अझ फलदायी बनाउनकोलागि यहाँहरु समक्ष अमुल्य मत, बिश्वास र आशिर्वाद पाउने र पुन:सेवा गर्ने अवसर दिनु हुने छ भन्ने बिस्वासकासाथ, म तपाईंहरुको बिश्वासलाई कहिले पनि बिश्वास घात गर्ने छैन भन्ने बाचाकासाथ निम्न लिखित कार्यहरु गर्ने लक्ष  एबम प्रतिज्ञाका साथ निबेदन गर्दछु:

 

१- एनआरएन युएसएलाई यहाँ रहेका सम्पूर्ण नेपालीहरु र बिभिन्न पेशा, ब्यबसाय एबम समुदायको सम्पर्क र पहुचमा पुर्याई एनआरएन अमेरिका साच्चिकै नेपाली समुदायकोलागि फलदायी बनाउन बिभिन्न कार्य योजना बनाएको छु ।

 

२- आगामी २०१५ सम्ममा साधारण सदस्यता संख्या कम्तिमा १०,००० हजारभन्दामाथि पुर्याउने र पारदर्सी र प्रजातान्त्रिक तरिकाले दोस्रो निर्वचन सम्पन्न गराएर अर्को सक्षम नेतृत्व निर्माण गरी जिम्मा लगाउने यहाँहरुको भावनामा मेरो पूर्ण समर्थन र प्रमुख चाहना  छ ।

 

३- एनआरएन एनसीसीलाई हरेक राज्यहरुमा च्याप्टर गठन गरी महासंघको अवधारणाअनुसार यो सँस्थालाई वास्तविक महासंघमा रुपान्तरण गर्नको निमित्त तदनुसारको बिधान संसोधनसमेत गरी सकिएको र यो निर्बाचनपछि तुरुन्तै यसलाई कार्यान्वन गर्ने छु ।

 

४- एनआरएन युएसएलाई राजनीतिक, धार्मिक, जातीय, क्षेत्रीयताको घेराभन्दा माथि राखी सम्बृद्द नेपाल र नेपालीको साझा संस्थाकोरुपमा बिकाश गर्ने यहाँहरुको चाहनामा म प्रतिबद्ध छु ।

 

५- "एक पटकको नेपाली संधैको नेपाली" भन्ने नारालाई सार्थक बनाउन नेपालमा बन्दै गरेको नयाँ संबिधानमा समाबेश गराउन एनआरएन अमेरिकाकोतर्फबाट यहाँहरुलाईसमेत सहभागी बनाई नेपाल सरकार समक्ष पहल गर्न सक्रिय रहनेछु ।

 

६- प्रवाशी नेपालीहरुले दोहोरो कर तिर्नु पर्ने मार खप्नु परेको छ । यो कुरा हटाई एकोहोरो मात्र कर तिर्ने व्यवस्था गर्न नेपाल र अमेरिकाको सम्बन्धित निकायमा पहल गर्न एनआरएन अमेरिकाकोतर्फबाट एक "कार्यदल" (Task Force) गठन गर्ने अबधारणा तयार पारेको छु ।

 

७- प्रवाशी नेपालीहरुले नेपालमा लगानी गर्न सहज र सरल व्यवस्थाको उपाय खोज्ने र बृहत लगानीका सम्भावना र चुनौतीलाई अध्ययन विश्लेषण गरि सुझाब एबम कार्यन्वयन गर्न एनआरएन अमेरिकाकोतर्फबाट एक अर्को "कार्यदल" (Task force) गठन गर्ने मेरो योजना रहेको छ ।

 

८- अमेरिकामा अहिले पनि बैधानिकरुपमा बसोबाश नभएका धेरै नेपालीहरु हुनुहुन्छ, वहाहरुकोलागि कानुनीरुपमा मान्यता दिलाउनु सम्बन्धित निकायमा पहल गर्न सम्बन्धित कानुन ब्यबसायी सम्मिलित एउटा समिति बनाई सहयोग गर्न प्रयत्न गर्ने योजना बनाएको छु ।

 

९- मध्य पुर्व खाडी राष्ट्रमा काम गर्ने नेपालीहरुको श्रमशोषणलगायतका बिबिध अमानवीय समस्या अन्य देशहरुकोभन्दा जटिल प्रकृतिको भएको बुझिएकोले त्यसमा सुधार ल्याउन युएन हेडक्वाटर अमेरिकामा रहेकोले सम्बन्धित निकायहरुसंग समन्वय गरी सुरक्षित, मर्यादित रोजगारीकोलागि प्रयाश गर्न सक्रिय रहने छु ।

 

१०- अमेरिकास्थित नेपाली समुदायमा होस वा नेपालमा आईपर्ने दैबीप्रकोप वा असहाय बिरामी वा अन्य अत्याबस्यक मानबिय सेवामा सहयोग पुर्याउनकोलागि एक बर्षभित्रमा कम्तिमा एक लाख डलरको आकष्मिक सहायता कोष स्थापना सम्पन गर्ने छु ।

 

११- अमेरिकी कानुनअनुसार Notory प्रमाणीकरण गरेको कागजलाई नेपाल सरकारले मान्यता नदिएर भौतिकरुपमै दुताबासमा हाजिर भै "अख्तियारनामालाई प्रमाणीकरण गराउनु पर्ने अब्याबहारिक र खर्चालु प्रक्रियाको अन्त गरि पुर्बबत Notory प्रमाणीकरणलाई मान्यता दिलाउन नेपाल सरकारसित सम्पर्क र समन्वयन गरि समाधान निकाल्नेछु ।

 

१२- हाल अमेरिकामा राजनैतिक सुरक्षामा रहेका नेपालीहरु जसले अमेरिकी नागरिकता लिएका छैनन् वा लिन चाहदैनन् वहाँहरुलाई नेपाली राहदानी लिन असहज गरिएको भन्ने सुन्नमा आएको हुँदा सो सम्बन्धमा नेपाल सरकार र अमेरिकास्थित दुताबाससित सम्पर्क गरि सो प्राबधान हटाई अमेरिकाको नागरिकता नलिएको हकमा नेपाली राहदानीको निरन्तरताकोलागि एनआरएन अमेरिकालाई सक्रिय पार्ने छु ।

 

१३- हाल बिशेष प्राबिधिक कारण देखाई राहदानी नबिकरण वा नयाँ बनाउन बर्षौ लागेको गुनासो आईरहेको छ, यो सन्दर्भमा गम्भीर भै म नेपाल सरकार र परराष्ट्रमा निरन्तर सम्पर्क र चासो राखी यथा सम्भब यो समस्या समाधानकोलागि सक्रिय रही रहने छु ।

 

१४- साथै एनआरएन अमेरिकालाई बिस्व नेपाली समुदायसित सम्पर्क र सहभागिता बढाउनुको साथै नेपालमा पर्यटन र युवा रोजगार प्रबर्धनकोलागि अलग्गै बिशेष कार्यक्रमसमेत तयार पारिसकिएको छु र छिट्टै सो योजना घोषणा र कार्यन्वयनतर्फ अगाडी बढ्ने तयारि भैसकेको जानकारी गराउँदछु ।

 

१५- अमेरिकाबासी नेपाली समुदायलाई अब नेपाली नेपाली बीचमात्र सिमित नराखी अमेरिकी समुदायमा पनि संयन्त्रमा परिचित गराई आगामी पुस्तालाई अमेरिकी राजनैतिक नेतृत्वको पहुचमा पुर्याउने बिशेष कार्यक्रम तयार पारेको छु ।

 

एनआर.एन अमेरिकालाई यसको लक्षितसमुह अर्थात सम्पूर्ण एनआरएनहरुलाई आबध्द गराई अन्तर्राष्ट्रियस्तरमै एक सक्षम तथा सशक्त एनआरएन निर्माण गर्ने मेरो उदेश्यलाई साकार बनाउन आगामी निर्वाचनमा मलाई आफ्नो अमुल्य मत दिई उक्त जिम्मेवारी सम्पादन गर्ने अवशर प्रदान गर्न हुन समस्त एनआरएन बन्धुहरुलाई हार्दिक अपिल गर्दछु।

 

अमेरिकाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा मेरो छोटो परिचय र भनाई राख्नु सान्दर्भिक ठान्दछु ।

 

म पूर्बी पहाडी जिल्ला भोजपुरमा जन्मिएर नेपालको बिबिध क्षेत्रको अनुभब बटुल्दै आज कर्मथलोकोरुपमा अमेरिकामा बिगत सन्१९९८ देखि निरन्तररुपमा बसी अमेरिका स्थित धेरै नेपाली समुदायसित नजीक रही बिभिन्न सेवामुलक कार्यमा आफ्नो योग्यता क्षमता र समयले साथ दिएसम्म निरन्तर लागीरहेको छु । मेरो शैक्षिक योग्यताको हकमा मैले अरुण मा.बि. दिंगला भोजपुरबाट एसएलसी उतिर्ण गरी निम्न लिखितस्थानबाट निम्न बिषयहरुमा उच्च शिक्षा अध्ययन पुरा गरेको छु:

 

1) I. Sc. & B. Sc. Agriculture - IAAS Paklihawa & Rampur, Nepa।

2) MS in Tropica। Animal Production and Hea।th (TAPH) Edinburg University, Scotland, UK

3) MS. in International Community Deve।opment (ICED) SNHU-USA

4) MBA-SNHU-USA , 5) MS IT-SNHU-USA

6) PhD Candidate in ICED (Social Policy) Southern New Hampshire University, USA

 

(क) सरकारी तथा गैरसरकारी संघ संस्था

 

-Officer and Supervisor PlAN International Nepal

-Chief of Utterpani Technical Institute, Dhankuta, CTEVT, Nepal

-Officer II in Skill Testing division in CTEVT Nepal

-Program Manager and coordinator in IPPI USA

 

(ख) विशुध्द सामाजिक संस्था

 

-NRN NCC of USA: Present President

-Former Senior Vice president, NRN NCC of USA

-Former General Secretory, NRN NCC of USA

-Former Bylaw committee member.

-Present Founder BOD of New Hampshire Nepali community.

-Present Adviso,r INLS CC and INLS NH Chapter.

-Former President, Federation of Indigenous Peoples of Nepal in  America (FIPNA)

-Volunteer Lutheran Social Service for Bhutanese Refugee Settlement Program

-Former Founder President, UKROA & Former BOD in KRSA

 

सँधै तपाईहरुको दुखसुखमा साथ रहने,

 

शिबकुमार राई

सभापति उम्मेदवार,

एनआरएन युएसए

न्यू ह्याम्प्सायर

603-545-8855

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-'म जहाँ भएपनि जहाँ गएपनि, नेपाली हूँ, म 'गैरनेपाली' (एनआरएन) हुन सक्दिन' -छेवाङ शेर्पालामा, अन्तरिम अध्यक्ष, एएनए

-एनआरएन अमेरिका (NRN USA) को निर्वाचनमा २ पदमा निर्बिरोध, अब अध्यक्षका ३ जना प्रतिपर्धी मैदानमा, न्यू योर्कको १,२८७ मत निर्णायक

-Update: एनआरएन अमेरिका (NRN USA) को निर्वाचनमा १९ पदकालागि ५२ जना उम्मेद्वार प्रतिस्पर्धामा, अध्यक्षमा ४ जना प्रत्यासी

एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेद्वारी दिने अन्तिम मिति अप्रिल १५ तारिख, मतदाता सदस्य ३,९८८, अनलाइन भोटिङ जुन ४-९ तारिखवीच हुँदै

NRN USA Final Voters List Published as of Apr 11, 2014 NRN NCC OF USA ELECTION NOTICE All Pages

-एनआरएन अमेरिकाको ४ हजार २०२ सदस्यहरु मध्ये ९२८ जनाको विवरण अपुरो, सच्याउने समय मार्च ३१ तारिख मध्यरातसम्म, तपाईंको नाम छुट्ला है !

-एआरएन अमेरिकाको निर्वाचन दुई महिनापछि सर्ने, ७ पदाधिकारी पदकालागि २० उम्मेद्वार, सदस्यता नविकरणको म्याद मार्च ४ तारिखसम्म थप, अनलाइन भोटिङ हुने

-एआरएन अमेरिका (NRN USA) मा चुनावी भिडन्त: अध्यक्षमा ४ प्रतिस्पर्धी, सहमतीमा नेत्र्तिव चयन हुने सम्भावना

-एआरएन अमेरिकाको चुनावी सरगर्मी, आईसिसी अगुवाहरु नै लागेर नयाँ नेत्रित्व चुन्न आतुर

-एनआरएन अमेरिकाको चुनावी भाँड्भैलो: एनआरएन आईसिसीद्वारा आबद्धता तोड्ने चेतावनी, अब के होला?

 

एनआरएन अमेरिकाका उम्मेद्वारहरुको घोषणा पत्रहरु

समावेश गरिएका घोषणापत्रहरु: बिष्णुहरी धौराली, खगेन्द्र छेत्री, शिवकुमार राई, लोक तिवारी, घनप्रसाद दबाडी, सानुबाबु सिलवाल, शेषराज खतिवडा, कृष्ण पोख्रेल, प्रेम गुरागाईं, तिल (तिलक) श्रेष्ठ, बाबुराम लामा, पुरुषोत्तम बोहरा, नारायण क्षेत्री, कृष्ण सन्जेल-के.सी. र बिनोदकुमार नेपाल:

लोक तिवारी
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार


आदरणीयबर,
आसन्न NRN NCC of USA निर्बाचनमा म बरिष्ठ उपाध्यक्षको पदमा आफुलाई प्रस्तुत गरेको कुरा सर्बबिदितै छ। समयको अभाब र भौगोलिक कठिनाईको कारणले म प्रत्यक्ष उपस्थित हुन् सक्ने सम्भाबना क्षीण देखियको हुदा इमेलमार्फत मेरो अनुरोघ पठायको छु ।तपाइको अमुल्य भोटले मात्र मेरा प्रतिबद्धतालाई साकार पार्न सक्ने हुदा यस निर्बाचनमा तपाईको सहयोगकोलागि अनुरोध गर्दछु ।

मेरा प्रतिवद्धताहरु

जीवन यापनकाक्रममा आफ्नो जीवनलाई सुखद र समृद्ध बनाउने सपना बोकेर विदेशिएसँगै मातृभूमीमा भने हामीलाई गैर आवासीयको दर्जा दिई सकिएको हुन्छ । अवशरको खोजीमा विदेश जाने क्रममा अमेरिका आएर विभिन्न पेशा गरेर बसोबास गर्ने नेपालीहरुलाई अमेरिकामा बस्दा बस्दै नेपालमा राज्यले गैर आवासीय घोषणा गर्दै विभिन्न अधिकारबाट वञ्चित गरिसकेको हुन्छ । तर पनि हाम्रो मन र पन भने सधै नेपाली नै रहिरहेको हुन्छ । घरबाट टाढा बस्न बाध्य हुनेलाई घरको माया बढी भएजस्तै नेपालबाट टाढा बस्न बाध्य नेपालीलाई नेपालप्रतिको माया अझ बढि लाग्छ । नेपालको हिमाल, पहाड र तराई आखा अगाडि घुमिरेहको छ । तर नेपालमा भने राज्यले हाम्रा अधिकार यसरी कटौती गरिसकेको हुन्छ कि मानौं हामीले अपराध नै गरेर देशबाट निकालिएका छौं ।

यसरी हामी र हाम्रो मातृभूमी बीचमा अनायास हुन गएको सम्बन्ध विच्छेदलाई जोड्न, विदेशमा बसोबास गर्ने नेपालीलाई एकशुत्रमा आवद्ध गर्न संगठनको खाँचो महसुस गर्दै हाम्रा अग्रजहरुले एनआरएनको स्थापना गरेका हुन् । अहिले एनआरएनले विश्वका ६७ वटा देशमा संगठन विस्तार गरिसकेको छ । विश्वमा छरिएर रहेका नेपालीहरुलाई एकआसमा मिलन गराउनेमात्र नभई हाम्रा श्रोत र साधनलाई नेपालसम्म पुर्याएर समृद्ध नेपाल बनाउने अनि हाम्रा आन्तरिक समस्याहरुलाई समाधान गर्ने दिशामा संगठन अगाडि बढिरहेको अवस्थामा एनआरएन एनसीसी अमेरिका पनि कृयाशिल रहेको छ । यद्यपी विश्वले अपेक्षा गरे अनुरुप हाम्रा योगदानहरु शुन्य प्राय रहेका छन् । नेतृत्व वर्गको कमजोरीका कारण उल्लेख्य योगदान हुन नसकेको स्पष्ट छ । सवल नेतृत्व विना समाजलाई सही मार्गदर्शन नहुने र संगठन पनि विखण्डनतर्फ उन्मुख हुने भएकाले आसन्न निर्वाचन एनआरएन एनसीसी अमेरिकाकोलागि कोशेढुंगा सावित हुन जरुरी छ । त्यसैकालागि मैले बरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिएको छु । संगठनको विकाश गर्न र संगठनको लक्ष्य प्राप्त गर्नमा मेरो नेतृत्व सफल हुनेमा म विश्वस्त छु । त्यसमा पनि चारैप्रहर साथीहरु र जनसमुदायको अमूल्य मार्गदर्शनले बाँकी रहने कसरलाई पुरा गर्ने छ । यो निर्वाचन पछिको कार्यकाल एकदमै छोटो हुने भएपनि अगाडिको यात्रा तय गर्नका लागि यो छोटो कार्यकाल त्यती नै महत्वपूर्ण हुने भएकाले तपाई अमेरिकामा बस्ने आम नेपालीहरुको साथ, विश्वास , माया र समर्थन प्राप्त हुनेमा म विश्वस्त छु।

नेपालमा भएका सबै खाले परिवर्तनमा विदेशमा बस्ने नेपालीहरुको महत्वपूर्ण भुमिका रहेको जगजाहेर छ । राणा शासन, पंचायती शासन र राजतन्त्रको अन्त्यका आन्दोलनहरुमा विदेशमा बस्ने नेपालीहरुको भूमिका महत्वपूर्ण रह्यो । देश प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्रमा पुग्यो । तर विदेशमा बस्ने नेपाली सम्बन्धि नेपालबाट राज्यले हेर्ने दृष्टिकोण जंगबहादुर राणाको मुलुकी ऐनको दफामा सिमित रहेको छ । अब त्यसलाई परिवर्तन गर्दै विश्वमा छरिएका नेपालीहरुलाई एकजुट गराई उनीहरुको हक अधिकारलाई सुनिश्चित गर्ने, विश्वबाटै नेपालीले कमाएको दक्षता, सीप, सृजनाशिलता र लगानी नेपालमा भित्राई समुन्नत नेपाल बनाउने र विदेशमा भएका नेपालीहरुबीच भाईचाराको सम्बन्ध अभिवृद्धि गर्ने दिशामा अगाडि बढ्न जरुरी छ । मैले विगतमा अमेरिकाको बसाईका क्रममा अमेरिकाको नेपाली समाजको सेवा गर्ने विभिन्न अवशरहरु पाएको छु । यसलाई अभिवृद्धि गर्दै एनआरएन अमेरिकालाई अमेरिकामा बस्ने सबै नेपालीको साझा मञ्च बनाउनका निमित्त निरन्तर लागिरहने प्रण गर्दै निम्न लिखित प्रतिवद्धताहरु प्रस्तुत गरेको छु ।

१ एनआरएन एनसीसी अमेरिकाको सदस्य संख्या बढाउदै एनआरएन अमेरिकालाई संस्थागत गर्ने ।
२ एकपटकको नेपाली सधैको नेपाली भन्ने विदेशमा बस्ने नेपालीको मागलाई सार्थक तुल्याउने ।
३ अमेरिकामा रहेका नेपालीहरुको सीप, दक्षता, सृजनशिलता र लगानीलाई नेपाल भित्राएर सम्मुनत नेपाल बनाउने दिशामा कृयाशिल रहने ।
४ अमेरिकामा रहेका नेपाली व्यवसायीहरुलाई संगठित गर्दै आवश्यक सहयोग र सल्लाह आदानप्रदान गर्ने ।
५ नेपालमा अमेरिकी लगानी भित्राउनका लागी पहल गर्ने ।
६ अमेरिकामा रहेका नेपालीको आर्थिक समृद्धिकालागि  स्वरोजगार लगायतका कार्यक्रमहरु ब्यापक रुपमा अगाडि बढाउने ।
७ अमेरिकामा रहेका नेपाली युवा खेलाडीहरुलाई प्रोत्साहित गर्दै नेपालका तर्फबाट अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी गराउन व्यापक पहल गर्ने ।
८ नेपालमा अमेरिकी पर्यटक भित्राउन र पर्यटन प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
९  अमेरिकामा जन्मे हुर्केका नेपाली मुलका विद्यार्थी, बालबालिका र युवायुवतीहरुलाई नेपाल जानकालागि प्रेरित गर्ने खालका विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।  
१० अमेरिकामा नयाँ आउने नेपाली आप्रवासीहरुलाई अमेरिकामा जीवनयापनकालागि सहज बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।

लोक तिवारी
उम्मेदवार
वरिष्ठ उपाध्यक्ष
एनआरएन अमेरिका ।

घनप्रसाद दबाडी
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार

NRN NCC USA 2014 को Senior Vice President का उम्मेद्वार
घनप्रसाद दबाडीको अपिल

सम्पुर्ण उत्तर अमेरिकामा बस्नु हुने नेपाली आमा-बुवा, दिदी-बहिनी तथा दाजु-भाईहरु सर्ब प्रथम त नेपाली नयाँ बर्ष २०७१ को हार्दिक मंगलमय शुभकामना साथै सादर नमस्कार !!!

जुन ४ देखी ९ सम्ममा हुने NRN NCC USA को चुनावमा मेरो वरिस्ठ उपाद्ध्यक्ष पदमा उम्मेद्वारी परी सकेको कुरा अबगत गराउँदै मेरो सानो परिचय, जित पस्चात गरिने काम कार्यको छोटो टिपणी यहाँहरु समक्ष राख्ने जमर्को गरेको छु ।

मानिस नितान्त सामाजिक प्राणी भएकोले जहाँ रहेता पनि आफ्नो राष्ट्र राष्ट्रियता, सस्कृती र संस्कार भुल्न सक्दैन र कुनै न कुनैरुपले एक आपसमा घुल मिल भै आफ्नो दुख सुख बाँडफाड गरी सामाजिक हिसाबले बस्न चाहन्छ यही स्वभाव ममा पनि रहेको कुरा यहाँहरु प्रति उध्गार गर्न चाहन्छु । सहयोग र सेवा कर्तब्य र परम धर्म भन्ने कुरालाई आत्मासाथ गरी सामाजिक सेवा मा पाहिला टेकेको बिसौं बर्ष भै सक्दा पनि हिजो जस्तो लागिरहेको कुरा यहाँहरु माझ सेर गर्दै सामाजिक सेवालाई एउटा जिबनको अभिन्न अङ्ग मान्दै जाने अठोट प्रण गरेको छु ।

NRN को स्थापना भएर विस्वब्यापीरुपमा सक्रियता बढिरहेको यतिका बर्ष भैसक्दा पनि विविध कारणहरुले NRN NCC, USA जुनरुपमा अगाडि बढ्नु पर्ने हो दुर्भाग्यवश त्यो गतिमा अगाडि बढ्न नसकेको सत्य हो तापनि अमेरिकाको NRN NCC मा रहेर आजसम्म सेवा पुर्याउने अग्रजहरुलाई धन्यबाद टक्र्याउन चाहान्छु । आमरुपमा सबैलाई समेटेर व्यवस्थित र प्रजातान्त्रिक विधीबाट NRN,USA को नेत्रित्वको चयन गर्ने जुन प्रयास यति बेला भएको छ यसले सबैलाई खुशी र उत्साहित बनाएको छ । यसै सन्दर्भमा समाजसेवा प्रती रुची राख्ने र लामो समयदेखी विभिन्न संघ संस्थामा आवद्द रही प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाज सेवा गरेको आफ्नो अनुभवलाई NRN, USA मा रहेर इमान्दारिता पुर्वक विशुद्द सेवामा समर्पण हुने प्रतिबद्दता र पवित्र भावनाका साथ वरिष्ठ उपाध्यक्ष (Senior Vice President) पदमा म घनप्रसाद दवाडी ले उम्मेद्वारी घोषणा गरी सकेको यहाँहरुलाई पुन: अबगत गराउन चाहन्छु ।

म विगत दश बर्षदेखी आफ्नै व्यवसायमा संलग्न रहंदै San Francisco, Northern California मा बसोबास गर्दै आइरहेको छु । नेपालमा रहंदा पनि दर्जनौं संघ संस्थामा आवद्द रही काम गर्दै आएको र उत्तर अमेरिका भरिमै धेरै सदस्य संख्या भएको एक सामाजिक सस्था Nepali Association of Northern California (Current member 1800) को निवर्तमान President रहेको कुरासमेत जानकारी गराउन चाहन्छु । सच्चा सामाजिक सेवामा कुनै पनि प्रकारको स्वार्थ राखिनु हुन्न भन्ने मन्यता राख्दछु र सेवा गर्ने अवसर मिल्यो भने यही मान्यता नै मेरो सेवाको मुल मन्त्र रहने कुरा अन्तर हृदयदेखी प्रतिबद्दता जनाउन चाहन्छु ।

मेरो साधारण परिचय यस प्रकार छ :-
नाम: घनप्रसाद दबाडी
जन्म मिती: इ. सं १९६६ जौबारी, गोर्खा, नेपाल
शिक्षा: त्रिचन्द्र (स्नातक)
परिवार: दुई छोरी र श्रीमती

सामाजिक संघ सस्थाप्रति आबद्धता र अनुभव:

President: २००२-२००३- लायनस क्लब अफ मेरिगोल्ड काठमाण्डु (डिस्ट्रिक् ३२५ ए )
Zone Chairman: २००३ -२००४ -लायन्स क्लव International, डिस्ट्रिक् ३२५ ए
संयोजक (Co-Ordinator): अनुशासन समिति राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल २००२/२००३
President: नेपाली यसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) २०११/ २०१२ (www.nanconline.org) (हाल १८०० सदस्य सङ्ख्या रहेको सस्था)
सल्लाहकार: २०१३/२०१४ नेपाली यसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC)

Life Member: सामाजिक विकाशकालागि सहयोगी हातहरु
- नेपाली यसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC)
- नेप्लिस यस्सोसिएसन अफ ग्लोबल कोप्रेसन (NAGC)
- मदर्ल्याण्ड नेपाल,
- क्रेटिभ युथ अर्गानाइजेसन

यहाँहरुको सहयोग, सपोर्ट, सुझाव तथा सल्लाहको अपेक्षा राख्दै

"एकता नै सफलता" (Unity is Strength) भन्ने नाराकासाथ मेरो जित पस्चात संस्थामा गरिने कामका बुँदाहरु:

1. एनआरएन युएसए (NRN NCC USA) को महत्व र औचित्यतामाथी प्रकाश पार्दै यस्को ब्यापक प्रचारप्रसार गरी उत्तर अमेरिका भरी छरिएर रहेका नेपालीहरुबिच एकता र सामन्जस्यता कायम गर्ने । सकेसम्म बढी प्रान्तहरुमा यस्को साखा उपशाखाहरु खोल्ने । आउने निर्बाचनसम्म उत्तर अमेरिकामा NRN members को संख्या हालकोभन्दा दश दोब्बर पुर्याउने लक्ष राख्ने ।
2. "एक पटक को नेपाली सधैँ को नेपाली" भन्ने साझा नारा (जुन आजको सन्दर्भमा भन्नु पर्दा NRN USA को पर्यायबाची वाक्य) लाई हालको नेपालको संबिधान सभा तथा सरकारसंग न्यायोचित हिसाबले टेबल टक गरी यथार्थतामा बदली सम्बिधानमा संलग्न गर्न लगाउने । आज बिश्व ब्रमाण्ड नै उदारतामा उन्मुख भै रहेको परिप्रेक्षमा दोहोरो नागरिकतालाई सहजता प्रदान गर्न नेपाल सरकारलाई सचेत गराइ सुनिश्चितता गराउनकोलागि पहल गर्ने।
3. उत्तर अमेरिकामा बसोबास गर्ने नेपालीहरुलाई आइ पर्ने साना तिना समस्याहरु समाधानार्थ सहजता रहोस भन्ने हेतुले उत्तर अमेरिकाको पुर्बी क्षेत्र, मध्य क्षेत्र र पश्चिम क्षेत्रमा कम्तिमा एक एक नियोगको स्थापनाकोलागि पहल गर्ने ।
4. अमेरिकाको शुन्दर र उज्वल भबिस्यको सपना देखाई एजेन्ट (मानब तस्कर) मार्फत ठुलो धनराशी खर्ची बिना भिषा बिभिन्न देशहरुको खतर्नाक स्थल र जल मार्ग प्रयोग गरी अमेरिका भित्र्याउने क्रममा धेरै नेपालीहरुको ज्यानसमेत जाने गरेको सुन्नमा आएको पाइन्छ । हाम्रा सोझा र सरल नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस्तो घटनाबाट बच्न सरकारी तथा गैर सरकारी सस्थाहरुसँग हातेमालो गरी नेपाल तथा अमेरिका दुबै देशमा बिभिन्न गोष्ठी तथा अन्तर्कृया कार्यक्रमहरु गरी सचेत गराउन पहल गर्ने ।
5. हाम्रो देश नेपालको दयनिय आर्थीक स्थिती तथा बिग्रदो राजनैतिक परिबेशका कारणले बढ्दो क्रममा नेपालीहरु बिदेश पलायन हुने क्रम कटु सत्यता हो हामी सबैले महशुस गरेका छौँ । यस परिबेशमा हस्तकला, गार्मेन्ट, उनि गलइचा, पश्मिना तथा मुर्तिकलामा सम्लग्न नेपाली ब्यबसायीहरु पनि रहेकाले यि ब्यबसायहरुलाई प्रभाबकारी बनाइ आयत निर्यात बढाउन बिशेसज्ञहरुको टोली बनाइ बिभिन्न कर, महशुल तथा ढुवानी शुलभकोलागि दुबै देश अमेरिका तथा नेपालका समबन्धीत निकायहरु सङ्ग आबस्यकिय पहल गर्ने ।
6. उत्तर अमेरिका पर्यटकहरुको उर्जा भएको देश र बुद्ध र सगरमाथाको नामले परिचित नेपालको मुख्य बिदेशी मुद्रा आर्जन गर्ने क्षेत्र पर्यटन भएकोले यस्को प्रचारप्रसार तथा प्रबर्धनकोलागी बिभिन्न मेला तथा प्रदर्शनिहरु आयोजना गर्ने ब्यबस्थाकोलागि पहल गर्ने ।
7 सँस्कृति, संस्कार तथा रितिरिवाजले धनी हामी नेपाली र हाम्रो देश, यसैमा गौरव छ हामिहरुलाई, हाम्रा आदरणिय बिभिन्न गित संगीत, गान बजान्, नृत्य, स्पोर्ट्स तथा अन्य बिधामा आबद्धित नेपालीहरु बिभिन्न बाध्यता, बिबशता र परीस्थितीले अमेरिकामा पलायन हुन बाध्य पारेको छ । वहाँहरु सङ्ग भएको प्रतिभालाई समुदायमा ल्याएर समुदायकै हितकोलागि उपयोग गरी हाम्रा श्रष्टाहरुसँग भएका कला, कौसल, सिप तथा सँस्कारको प्रबर्धन, सम्भर्धन र विस्तार गर्ने ।
8. उत्तर अमेरिकाका गैर आवासीय नेपालीहरुमा पर्न सक्ने ठुला समस्याहरु निराकरणकालागि आकस्मिक कोशको ब्यबस्था गर्ने । कोश ब्याबस्थाकोलागि आबस्किय कोश बृध्दी कार्यक्रमहरु ल्याउने ।
9. गैर आवासीय नेपाली संस्था एनआरएन युएसए सुस्त र निदाएको अवस्थामा गुज्री रहेको हुँदा गतिसिल रचुस्त बनाउन निस्पक्ष र ब्यबहारिक ढङगले अगाडी बढाई राजनिती र आर्थीक लाभबाट टाढा राखी सर्बोपरी हितकालागि काम गर्ने ।
10. गैर आवासीय अन्तरराष्ट्रिय समिती आइसिसिलाई आबस्यकिय सुझाब तथा सह्योग गरी प्रभाबकारी कार्यहरु अगाडी बढाउन मद्धत पुर्याउने । आबस्यकता अनुरुप अन्य अन्तर्देशिय गैरआवासीय नेपाली सस्थाहरुसँग हातेमालो गरी सामुहिक मुद्धाहरुमा सहकार्य गर्ने ।
11. एनआरएन युएसएको आर्थीक पारदर्शितामा ध्यान पुर्याउँदै यस्का निती नियमहरु अध्ययन गरी निर्माणकालागि ब्यापक जन सुझाभहरु लिई कार्बाई अगाडी बढाउने ।
12. यसबाहेक आबस्यक परे तथा साधन र श्रोतले भ्याएसम्म संस्था र सामुहिक हितका कार्यहरु गरिने छ ।

धन्यबाद !

घनप्रसाद दबाडी
उम्मेद्वार्: वरिस्ठ उपाध्यक्ष
NRN NCC USA
email: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Tel: 415-4242731

सानुबाबु सिलवाल
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार


मेरो अपिल

अवसरको मुलुक मानिने यस संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरूमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू !

हामी अहिले महत्वपूर्ण अवसर सदुपयोगको दौरानमा आइपुगेका छौं । सीमित घेरामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएन) भर्खरै एउटा परिस्थिति पार गर्दै यहाँ अवस्थित सम्पूर्ण नेपालीहरूको छाता संगठनकोरुपमा स्थापित गर्न आसन्न निर्वाचनको मुखमा आइपुगेका छौं ।
सवल र सम्मुनत नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक र हामीहरूको पहुँच बृद्धिका निमित्त छाता संगठनको निर्वाचनमार्फत् गुणात्मक एवं सक्षम नेतृत्व र समूहको छनौटतर्फ हामी सबैको ध्यान आकृष्ट हुनुलाई मैले एउटा महत्वपूर्ण अवसरको रुपमा लिएको छु । यस अवसरलाई सम्पूर्ण मतदाताहरूले पनि अमूल्य अवसरका रुपमा लिनुहुने विश्वास लिएको छु । एनआनरएनमा सहमतीय, सवल र सक्षम नेतृत्व रहोस् भन्ने हामी सबैको चाहना हो । एउटा सशक्त टिमले एनआरएनको नेतृत्व सम्हालोस् र आउँदा दिनहरूमा विशुद्ध ‘विकासमुखी सामाजिक संस्था’कोरुपमा यसले आफूलाई रुपान्तरण गरोस् भन्ने मेरो चाहना हो । एकपक्षीय र एकोहोरो व्यवहारबाट हुने सहमतिले संस्थालाई अघि बढाउन मद्धत नपुग्ने हामी सबैले महसुस गरेकै छौं । यस सन्दर्भमा प्रजातन्त्रमा विश्वास राख्ने मलगायत मेरा मित्रहरुले निर्वाचन नै प्रजातन्त्रको महत्वपूर्ण कडी सम्झेर चुनावी प्रक्रियाबाटै संस्थाको भविष्य बनाउने बाटो रोजेका छौं । मैले विकास पत्रकारिता र व्यावसायिक क्षेत्रमा रहेको आफ्नो लामो अनुभव र क्षमतालाई सदुपयोग गर्ने जमर्को स्वरुप यहाँहरू समक्ष बरिष्ठ उपाध्यक्षको उम्मेदवारी प्रस्तुत गरेको छु ।

अहिलेको अवस्थामा गैरआवासीय संस्थामा समय, क्षमता, श्रोत–साधन र नेतृत्व खुबी भएका ब्यक्तिहरूको उपस्थिति हुन जरुरी छ । त्यसैगरी छोटो समयमा संस्थाको सांगठानिक र दीर्घकालीन नीति–कार्यक्रम तर्जुमा गरी बढीभन्दा बढी संख्यामा हाम्रो उपस्थिति बृद्धि गर्न जरुरी छ । त्यसका लागि हामी सबैको चासो र प्रतिबद्धताको खाँचो देखेको छु । राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा व्यावसायिक आधारमा संस्था सञ्चालन गर्ने ब्यक्तिहरूको छनौट नै अहिलेको आवश्यकता देखेको छु । त्यसो हुन सकेमात्र हाम्रो चाहना र भावनाअनुसार संस्थाको मूल मर्मको जरो समाउन सकिन्छ ।

मैले उम्मेदवारी दिएको बरिष्ठ उपाध्यक्ष पद मेरालागि गरिमामय र सक्षम नेतृत्वको आधार ठानेको छु । यस संस्थाको मर्म र भावनालाई प्रतिनिधित्व गर्दै गुणात्मक क्षमता प्रदर्शन गर्न सक्ने ब्यक्तिका रुपमा आफूलाई यहाँहरु समक्ष उभ्याएको छु । आगामी दिनमा संस्थाको क्षमता र आवश्यकतालाई मध्यनजर गर्दै संसारभर रहेका गैरआवासीय नेपाली संस्थाभन्दा पृथक, सक्षम र उदाहरणीय बनाउनका लागि नै मैले आफ्नो उम्मेदवारी दिएको हुँ ।

‘आफ्नो साहु आफैं बनौं’ भन्ने नाराका साथ अमेरिकामा अवसर सदुपयोग गरी आर्थिक स्वतन्त्रताका निमित्त मेरो क्रियाशिलता र लक्ष्यलाई निरन्तरता दिँदै आर्थिक स्वतन्त्रतामार्फत् सवल र सक्षम समाजको निर्माणमा अमेरिकन चेम्बर, अमेरिकाकै ठूलो संस्था ‘न्याक्स’(NACS) र अमेरिका नेपाल व्यवसायी संघमार्फत् आफ्नो क्रियाशिलता बढाउँदै आइरहेकोमा गैरआवासीय नेपाली संघमार्फत् यो सक्रियतालाई अझ ब्यापक बनाउन चाहन्छु ।

यहाँहरूका भावना र विचारलाई कदर गर्दै सक्षम ब्यक्तिहरू छनौट गरी यस संस्थाको गरिमा र अमेरिकामा अवस्थित हामी सम्पूर्ण नेपालीको हीत, अवसर र अधिकारलाई स्थापित गर्न यहाँहरूको ध्यान आकृष्ट गर्न चाहन्छु । प्रजातन्त्रमा विश्वास राख्ने एक कर्मठ प्रजातन्त्रवादी ब्यक्तिको हैसियतले यहाँहरू समक्ष सहयोग, सदभाव र महत्वपूर्ण मतको अपेक्षा राख्दछु ।

धन्यवाद

सानुबाबु सिलवाल
वरिष्ठ उपाध्यक्षको उम्मेदवार
गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिका

शेषराज खतिवडा
उपाध्यक्ष पदका उम्मेदवार


आदरणीय उत्तर अमेरिकामा बसोबास गर्नु हुने नेपाली नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

सर्बप्रथम मेरोतर्फबाट नयाँ बर्ष २०७१ को हार्दिक मंगलमय शुभ कामना । आगामी जून महिनामा हुने एनआरएन अमेरिकाको चुनावमा म उपाध्यक्षकोलागि उमेदद्वार भएको हुँदा यहाँहरु समक्ष मेरो परिचय र चुनावमा मेरो जीत भएपछि के गर्ने र सींगो टीम लाई के गराउने बचन बद्द्ताहरु पस्तुत गर्न गई रहेको छु ।

मेरो जन्म २०१४ साल मंसिर १५ गते ओखलढुंगा जिल्लाको हर्कपुर गाबिस वार्ड २ माने सल्लेरी मा भएको हो । मेरो हाईस्कूल सोही जिल्लाको बिगुटारमा भएको हो र बाँकी शास्त्री सम्मको शिक्षा सम्पुर्णानन्द बिस्वबिद्यालय बनारश भारतबाट पुराभएको हो । मेरो १ श्रीमती, ३ छोरा, १ छोरी, १ बुह्वारी सहित १५ बर्षदेखि बोस्टन अमेरिकामा बसोबास हुँदै आएको छ । म नेपालमा छँदा र यहाँ १९९९ मा आएपछि पनि लगातार रुपमा नेपाली हस्त निर्मित गलैचा ब्यबसाय सञ्चालन गर्दै आएको छु । नेपालमा छंदा गलैंचा निर्यात गर्थे भने अमेरिका आएदेखि यता नेपाली गलैंचा आयात ब्यबसाय गर्दै आएको छु । नेपालमा रहदा आफ्नो ब्यबसायको अतिरिक्त केन्द्रिय उनि धागो संघको अध्यक्ष (२०४३-२०४७), २०४७ देखि २०५५ सम्म नेपाल सरकारको उद्योग बाणिज्य मन्त्रालय अन्तर्गतको गलैचा तथा उन बिकास समितिमा लगातार ७ पटक मनोनीत बोर्ड सदस्य र २०५३-२०५४ केंद्रीय गलैचाउद्योग संघ को निर्बिरोध महा-सचिब भई काम गर्ने मौका पाएंको थिएँ, जसका मुख्य कामहरुमा: १) बालमजदूर समस्या समाधान, २) आजो डाइज समस्या समाधान, ३) भ्याटको समस्या समाधान, ४) भारतीय कार्पेटको समस्या समाधान, ५) गुणस्तरको समस्या समाधान लगायतका समस्याहरुको सफलताका साथ समाधान गरेर सबै जिम्मेबारी पुरा गरेको मेरो इतिहास छ ।

प्रिय मित्रहरु,

मेरो गलैचा ब्यबसाय होलसेल ब्यबसाय भएको र छोराछोरीहरु पनि आ-आफ्नो ठाउँमा ब्यबस्थित भै सकेकोले र दृढतासाथ कार्य संपादन गर्न अनुभब समेत रहेको हुँदा बांकी समय सामाजिक काममा समर्पण गर्ने उद्देस्यले बिभिन्न कार्यक्रमहरु पहिलो चरणमा सम्पादन गर्न सक्ने देखेर निम्न कुराहरु सम्पन्न गर्ने अमेरिकामा बसोबास रहेका प्रबासी नेपालीहरु समक्ष यो प्रतिबद्दता जाहेर गर्दछू । यो आह्वानलाई आत्मसात गर्ने मनसाय बोकेका अरु १८ जना बिभिन्न पदका उमेदद्वारहरुलाई यो समूहमा आमंत्रण गर्दै समूह निर्माण गर्ने जानकारी गराउदछु । मलाई बिस्वास छ एनआरएन एनसीसी युएसएको आसन्न निर्बाचनमा उपाध्यक्ष पदमा सबैले मेरो प्रचार प्रसारमा सहभागी भई मतदान गर्नु हुनेछ भन्ने बिस्वास लिएकोछु । एनआरएन अमेरिकाको निर्बाचनका लागि मेरा एजेण्डाहरु सबै सामु यहाँ प्रस्तुत गरेको छु:

१) नेपाली नागरिक सरह प्रत्येक प्रबासी नेपालीको पनि नागरिकता कायम गर्ने र तिनका संतान दरसन्तानले पनि नागरिकता पाउने ब्यबस्था संबिधानमै उल्लेख गर्न लगाउने
२) प्रत्येक प्रबासी नेपालीलाई नेपालको राजनीतिक गतिविधिमा संलग्न हुन कानूनत: बन्देज गर्न लगाउने जस्ले गर्दा बाहिरबाट आएर राजनैतिक हस्तक्षेप नहुने कुरामा नेपाली राजनीतिक दल र नेताहरुले शंका आशंका गर्ने अबस्था बन्द हुने
३) एनआरएन अमेरिकाको अर्को चुनाव अघि ५० हजार सदस्य पुर्याउने लक्ष अनुसार काम गर्ने
४) अमेरिकाका सबैजसो राज्यहरुमा च्याप्टरहरु गठन गर्ने
५) एनआरएन आपतकालिन कोष निर्माण गर्ने
६) एनआरएनलाई सदा सर्बदा नेपाली राजनैतिक हस्तक्षपबाट मुक्त राख्ने
७) एनआरएन अमेरिकाको संघीय संरचनाको बाइलज बनाउने
८) एनआरएन अमेरिकाको च्याप्टरको बाइलज बनाउने
९) नेपाल लगानी कोष गठन गर्ने र कोषको संचालन निर्देशिका तयार गर्ने
१०) नेपाल प्रबर्धन बोर्ड गठन गर्ने, संचालन निर्देशिका तयार गर्ने
११) हरेकजसो राज्यमा स्थानिय संघ, संस्थाहरुको सहयोगमा नेपाली निकासी योग्य बस्तुहरुको बजार प्रबर्धन कार्यक्रम गर्ने, ट्रेड शो, नेपाल महोत्सब र स्टोर क्रेडिट को आयोजना गर्ने
१२) १० देखि २५ हजार डलर संचय भएकाहरुका लागि शिपको आधारमा स्वरोजगारको ब्यबस्था गर्ने
१३) कमसेकम १० राज्यहरुमा ब्यबसायिक ढंगले सामुदायिक भवनहरुको ब्यबस्था गरि धार्मिक र व्यापारिक प्रयोजनमा लगाउन सुरुवात गर्ने
१३) नेपालमै उद्योग धन्दा खोल्न चाहाने प्रबासीहरुलाई कुनै पनि किसिमको दोहोरो कर तिर्नु नपर्ने ब्यबस्था गर्न लगाउने
१४) नेपालबाट सम्पत्ति बेच बिखन गरि अमेरिका ल्याउन पाउने ब्यबस्था गर्न लगाउने
१५) प्रबासीहरुले अमेरिकामा गर्ने ब्यापारको लागि नेपालबाट झिकाइने बस्तुहरुमा भन्सार शुल्क मिनाहा गर्न लगाउने
१६) नेपाल उद्योग बाणिज्य महासंघ र बस्तुगत संघहरुले उत्पत्तिको प्रमाणपत्र बापत प्राप्त गर्ने रकमको ५० प्रतिशत अमेरिका-नेपाल ब्यापार गर्नेहरुलाई फिर्ता गर्ने ब्यबस्था गर्न लगाउने
१७) नेपाल सरकारको उद्योग बाणिज्य मन्त्रालय अन्तर्गतको ब्यापार प्रबर्धन केन्द्रको अमेरिकाको लागि छुट्टयाइने बार्षिक बजेट एनआरएन अमेरिकाको नेपाल प्रबर्धन कोषमा निकासा गर्ने ब्यबस्था गर्न लगाउने
१८) नेपाल सरकारले अमेरिकामा बाणिज्य दुत नियुक्ति गर्दा एनआरएन अमेरिकाको शुझावमा गर्नु पर्ने ब्यबस्था गर्न लगाउने
१९) नेपाल सरकारले अमेरिकामा निकासी प्रबर्धन सम्बन्धि बार्षिक १० वटा भन्दा बढी ट्रेड शो आयोजना गर्न लगाउने र एनआरएन अमेरिकालाई त्यसको संयोजन गर्न दिने ब्यबस्था गर्न लगाउने
२०) हस्त निर्मित नेपाली निकासीयोग्य बस्तुहरुको बजारको खोजी गर्ने कार्यमा प्रबासीहरुलाई परिचालन गर्ने ।

शेषराज खतिवडा
उपाध्यक्षका उम्मेदवार
एनआरएन एनसीसी युएसए

फोन: ६१७ ४५८ १६४५
अध्यक्ष
नेपाल अमेरिका वेलफेयर एसोसिएसन
बोस्टन, अमेरिका
वेब साइट: www.nawaus.org
इमेल: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

कृष्ण पोख्रेल
महासचिब पदका उम्मेदवार


आदरणीय दाजुभाई दिदि बहिनीहरुमा सर्वप्रथम २०७१ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

नयाँ वर्ष सँगसँगै हामी सबै नेपालीहरु बीच एकता, खुशी, संमृद्धि एवं नयाँ आयामकमो थालनी होस् । यसै समयको दौरानमा एनआरएन अमेरिका (NRN NCC, USA) को आगामी निर्वाचनमा मैले महासचिव (GENERAL SECRETARY) को उम्मेदवार पद जस्तो गरिमामय स्थानमा उभ्याउँदा आफूलाई गौरवान्वित ठानेको छु । लामो समयको अन्तराल पछि NRN NCC, USA तपाई सबैको साझा संस्थामा प्रस्तुत भएको छ । हामी अमेरिकामा रहेका आम प्रवासी नेपालीहरुको हक-अधिकारलाई सुनिश्चित एवं प्रत्याभूती दिन र मातृभुमी नेपालमा तपाई हाम्रो अन्तर सम्बन्धलाई व्यवस्थीत एवं सुमधुर बनाउन NRN NCC, USA को आगामी नयाँ नेतृत्वले उल्लेखनीय भुमिका खेल्ने प्रण गर्दछु । म मेरो कार्यकालमा मैले उल्लेख र प्रण गरेका उद्धश्य र लक्ष्यहरुलाई सहि मार्गतिर डोर्‍याउँदै पुर्णता दिनकालागि पहल गर्नेछु ।

१) “एक चोटिको नेपाली सधैको नेपाली” साथै विदेशमा रहेका, जन्मेका र नयाँ पुस्ताका बाल–बालिकालाई गर्भका साथ नेपाली हुँ भन्ने वातावरण बनाउने र अधिकार दिलाउन पहल गर्ने ।
२) अमेरिकामा जन्मेका र नेपाल रहन चाहने कुनै पनि नेपाली अमेरिकनलाई (शुल्क नलिने र परिचयपत्रको आधारमा सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल सरकारसँग जोडदार माग गर्ने ।
३) हामी नेपालीसगँ रहेको SKILL, KNOWLEDGE, TECHNOLOGY नेपाली हितकोलागि प्रयोग गर्ने ।
४) DOUBLE TAXATION: नेपाल सरकार र अमेरिकी सरकार समक्ष बुझाउनै पर्ने दोहोरो Tax System लाई अविलम्व हटाउन पहल गरि अमेरिकी लगानीलाई नेपाल भित्र्याउने सहज वातावरण सिर्जना गर्ने ।
५) नेपालको उद्योग धन्दालाई प्रवर्धन गर्न अन्तराष्टिय क्षेत्रमा विषेशगरी हामी नेपालीले नेपालको उत्पादनलाई सिधै अमेरिकन बजारमा उपलब्ध हुने वातावरण सृजना गर्न आवश्यक पहल गर्ने ।

६) नेपाली भाषा, साहित्य कला र संस्कृतीलाई जैवित राख्न एवं प्रवर्धन गर्न विभिन्न कार्यक्रम गर्ने ।
क) मन्दिर, गुम्बा, पुस्तकालय तथा सँग्रालय खोल्न प्रेरित र सहयोग गर्ने ।
ख) विभिन्न जात-जातीका चाडपर्व, भेषभुषा र संस्कृतिको प्रवर्धनमा जोड दिने ।
ग) बाल-बालिकाको बिचमा निबन्ध, कथा, कविता, चित्रकला, बक्तृत्वकला एवं वादविवाद जस्ता प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गर्ने ।

७) नेपालको TOURISM SECTOR लाई PROMOTE गर्ने
क) प्रत्यक वर्ष आफ्नो १० साथीलाई नेपाल -गराउन पहल गर्ने ।
ख) नेपालको कला, संस्कृति झल्किने खालका कार्यक्रमहरुलाई अमेरिकाका विभिन्न शहरहरुमा प्रदर्शन गरी देशको TOURISM प्रवर्धनलाई सहयोग गर्ने ।
८) अमेरिकामा रहि अलपत्र परेका तथा रोग र मृत्यु जस्ता परिस्थितीमा साथ सहयोग पुर्याउन महिनाको एक डलर WELFARE PROGRAM कालागि अभियान चलाउन प्रेरित गर्ने ।
९) नेपालको शिक्षा, स्वास्थय आपतकालिन (दैवी प्रकोप) लगाएत समाज सेवाका क्षेत्रमा सहयोग तथा योगदान पुर्याउन ।
१०) हामी नेपालीको सामाजिक सुरक्षा तथा अधिकारलाई संरक्षण गर्न अ‍ेमेरिकी सरकारको विभिन्न तहमा एकतावद्ध आवाज पुर्याउन जस्तै
क) DELEGATIONS ख) PRESS RELEASE ग) FACE TO FACE INTERACTION PROGRAMME गर्ने

११) हामी नेपाली भन्ने सामाजिक पहिचान गर्न स्थानीय रुपमा विभिन्न ACTIVITIES गर्ने ।
क) BLOOD DONATIONS
ख) HEALTH CAMP
ग) सर–सफाई PROGRAM
घ) हाम्रा राष्टिय अन्तराष्टिय खेलाडीहरुलाई सम्मान एवं आवश्यक सहयोग पुर्याइ LOCAL AMERCIAN SOCIETY कोबिचमा आफ्नो पहिचानलाई बलियो बनाउने विभिन्न आ-आफ्नो क्षेत्रमा सफल व्यक्तित्वहरुलाई अझ प्रेरणा दिदै विभिन्न LOCAL CHAPTER बाट पुरस्कृत गर्ने ।
१२) NRN NCC, USA हामी सबै नेपालीको साझा गौरवमय संस्था बनाई सबै नेपालीलाई स्वत-स्फूर्तरुपमा सदस्यता लिने वातावरण  बनाउन अबको ५ वर्षभित्र सबै अमेरिकामा रहने नेपालीले सदस्यता लिनुमा गर्वको महसुस गराउन LOCAL CHAPTER ले अझ विभिन्न संघ संस्था सँग CO-ORDINATION गरी GRASS ROOT सम्म पुर्याउने ।
१३) अमेरिकन सरकारी अफिसहरु एवं हस्पीटलहरुमा नेपाली भाषाको INTERPRETATION गर्नकोलागि सम्बन्धित निकायमा आवश्यक जोडदार पहल गर्ने ।
१४) नेपाली भाषा, साहित्यलाई अमेरिकामा विभिन्न COLLEGE तथा UNIVERSITIES हरुमा OPTIONAL SUBJECT कोरुपमा पढाउने व्यवस्थाकोलागि पहल गर्ने ।
माथि उल्लेखित लक्ष्य र उद्येश्यलाई  संस्थागत विकास गर्न तपाई समक्ष NRN NCC, USA को महासचिव (GENERAL SECRETARY) पदमा उम्मेदवारी दिएको सहर्ष जानकारी गराउँदै यो अभियानलाई निर्दिष्ठ दिशा दिन यहाँहरुको सल्लाह सुझावको गर्दै आफ्नो अमूल्य मत दिइँ सहयोग गरिदिनु हुन सम्पूर्ण अमेरिकावासी नेपाली दाजुभाई दिदिबहिनीहरुमा हार्दिक बिनम्र अनुरोध गर्दछु।

धन्यवाद ।

कृष्ण पोख्रेल
महासचिब पदका उम्मेदवार
न्यू योर्क

प्रेम गुरागाईं
महासचिव पदका उम्मेदवार


को हुन् त प्रेम गुरागाईं ?

१. पेशाले कम्प्युटर ईन्जिनियर (गुगल्, याहू, बिङ्गमा एसईओ एक्स्पर्ट)
२. श्री पशुपतिनाथ फाउन्डेसन, युएसए (लस एनजलस्) का संस्थापक महासचिब र हाल बोर्ड सदश्य
३. बहुचर्चित नेपाली स्वदेश गानले भरिएको 'नेपालको माया' सीडी एल्बमका रचयिता
४. 'बुद्ध नेपालमा जन्मेका हुन्' र 'सगरमाथा नेपालमा पर्छ' भनेर विश्वका २०० मुलुकबाट हस्ताक्षर संकलन गर्ने अभियानका अभियानकर्ता
५. सयौं घरबारविहिन बालबालिकालाई बर्षौंदेखी संरक्षण दिंदै आएको 'हर्टबिट, नेपाल' का बरिष्ठ सल्लाहकार
६. 'रक्तदान, जीवनदान' लाई आत्मसात गर्दै नियमितरुपमा रक्तदान गर्ने रक्तदाता
७. अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, लस एन्जलस च्याप्टरका सल्लाहकार
८. नेपालमा भ्रष्टाचार निर्मुल पार्न स्थापित संस्था 'हेम सरिता पाठक एकेडमी' को बरिष्ठ सल्लाहकार
९. ईटहरा-४, मोरङ्गको सर्वेश्वर सामुदायिक भवन तथा ब्रिद्धाश्रम (२ करोड ३३ लाखको प्रोजेक्ट) का बरिष्ठ सदस्य र प्रबर्धक
१०. लेखक, कवि, साहित्यकार, नेपाल प्रबर्धक
११. 'नेपाल सम्मान, २०७०' द्वारा सम्मानित (तत्कालिन अर्थमन्त्री शंकर कोइराला र बरिष्ठ संस्क्रितिबिद डाक्टर सत्यमोहन जोशीको उपस्थितिमा)
१२. अंग्रेजी गाना 'संग् फर अमेरिकन' का रचयिता जुन लाइब्रेरी अफ कङ्रेसमा दर्ता भई सकेको छ र राष्ट्रपति बराक ओबामाबाट व्हाईट हाउसमा पुगिसकेको जानकारी
१३. क्यालिफोर्नियाका ३७ सौं गवर्नर ग्रे डेविस, पहिलो अमेरिकन महिला सेक्रेटरी अफ स्टेट म्याडलिन अल्ब्राईटसँग भेट गरि नेपालको प्रबर्धनमा सहयोगको अपेक्षा राखेको
१४. प्रेम गुरागाईंले लेखेको 'हेल्प हेल्प हेल्प' भन्ने अंग्रेजी गाना “सीएनएन” मार्फत फिलिपिन्समा नोवेम्बर, २०१३ मा भएको टाइफुनकालागि सहयोगकोलागि आव्हान
१५. दुई जना नेपाली सीएनएन हिरो अनुराधा कोइराला र पुष्पा बस्नेतलाई लस एन्जलसमा होस्ट गरेर स्थानिय संघ, संस्थाहरुसँग अन्तर्क्रिया कार्यक्रममा समन्वय गरेको
१६. गूगल वा याहू वा बिङ्गमा साथै युट्युबमा गएर Prem Guragain सर्च गरेमा बिभिन्न लेखहरूलगायत आजसम्मका हरेक क्रियाकलापहरू देखिने छन्

महासचिबका उम्मेदवार प्रेम गुरागाईंका प्रतिबद्धताहरू:

१. 'एक पटकको नेपाली सधैंको नेपाली' भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै अघि बढ्ने
२. अमेरिकाभरी २०,००० सदश्य बनाउन प्रमुख भूमिका निर्वाह गर्ने
३. अमेरिकामा रहनु भएका नेपालीहरूको हक, हित, आदर र सम्मानकालागि सधैं लागि पर्ने
४. नेपालको आर्थिक, सामाजिक, वौद्धिक विकाशकालागि नयाँ नयाँ योजनाहरू बनाई सम्बन्धित निकायमा आँफ्नो आवाज पुर्याउने
५. प्राबिधिक व्यक्ति भएको नाताले नेपालमा नयाँ नयाँ प्रबिधीको विकाशकालागि पहल गर्ने
६. 'दोहोरो नागरिकता' कालागि सदा लागिपर्ने
७. 'एकतमा बल छ' भन्ने नारालाई व्यवहारमा ल्याई मिलेर काम गर्ने वातावरणको सिर्जना गर्ने
८. नेपाललाई 'बुद्ध' र 'सगरमाथा' को देश भनि विश्वसामु चिनाउने अभियानमा निरन्तरता दिने
९. 'युवा शक्ति' लाई सकारात्मक विचारको माध्यमबाट देश विकाशमा अग्रशर हुन सदा प्रेरित गर्ने
१०. नेपालमा पर्यटनको प्रवर्द्धन गर्न दिनरात लागिपर्ने
११. 'कुरा कम, काम बढि' मा विश्वास गर्दै छोटो अवधिमा पनि बोलेका कुराहरू पूरा गरेर देखाउने
१२. आफ्नो बर्षौंको अनुभवलाई प्रयोग गर्दै अमेरिकाको बिभिन्न ठाउँमा 'नेपाली सांस्क्रितिक केन्द्र' स्थापना गर्न पूर्ण सहयोग पुर्याउने

महासचिबका उम्मेदवार प्रेम गुरागाईंलाई अत्यधिक बहुमतले विजयी गराऔं ।

तिल (तिलक) श्रेष्ठ
महासचिव पदका उम्मेदवार


प्रेश-वक्तव्य

म तिल श्रेष्ठ (तिलक श्रेष्ठ) आगामी हुँदै गरेको NRN- NCC OF USA को आसन्न निर्वाचनमा महासचिव पदको उम्मेदवारी भन्ने कुरा सबैमा विदितै छ । NRN अमेरिकालाई नयाँ दिशा दिएर परिवर्तनतर्फ उन्मुख गराउने यो महान कार्यमा आफुलाई उभ्याउन पाउँदा गौरववान्वित भएको छु । कुनै पनि सामाजिक कार्य सम्पन्न तुल्याउन नेत्रित्वको प्रमुख भूमिका हुने गर्दछ तसर्थ यस आसन्न निर्वाचनमा अध्यक्षको पदमा उम्मेदवारी दिनु भएका वरिष्ठ कानुनविद एवम् समाजसेवी श्री खगेन्द्र जीसी ज्यु को चुनावी एजेण्डाहरुलाई पूर्णरुपमा समर्थन गर्दै आगामी निर्वाचनमा श्री खगेन्द्र जीसी ज्युलाई NRN NCC OF USA को अध्यक्ष पदमा निर्वाचित गराउने कार्यमालागि पर्ने कुरा सम्पूर्ण मतदाता, पत्रकार एवम् सम्बन्धित सबैमा जानकारी गराउँदछु साथै यहाँहरुको अमुल्य मतको अपेक्षा राख्दछु । जय एनआरएन !

तिल श्रेष्ठ (तिलक)
महासचिव पदका उम्मेदवार
NRN NCC OF USA

बाबुराम लामा
महासचिव पदका उम्मेदवार


आदरणीय संयुक्त अमेरिकाबासी दाजु भाई तथा दिदि बहिनीहरु !

सर्व प्रथम त नव वर्ष २०७१ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु । गैर आवासिय नेपाली संघ, रास्ट्रीय समन्वय परिषद, अमेरिका Non Resident Nepali Association, National Co-ordination Council, USA (NRNA NCC USA) को निर्वाचन यहि आउदो जून ४ देखि ९ सम्म हुन गैरहेको व्यहोरा त यहाँहरुमा अवगतै होला । (NRNA NCC USA) को इतिहांसलाई केलाएर हेर्ने हो भने, २१ जनवरी सन् २००६ मा स्थापना भएको यो संस्था गैर आवासिय नेपाली संघ, अन्तर्रास्ट्रिय समन्वय परिषद Non Resident Nepali Association, International co-ordination council (NRNA ICC) मा मार्च १५ सन् २०१० मा आएर आवद्द भएको देखिन्छ । हाल बिश्वको ६८ वटा मुलुक हरुमा NRNA NCC हरु स्थापना भै सकेका छन् । NRNA NCC USA बाहेकका अरु एन सी सी हरुलाई हेर्ने हो भने विभिन्न बाधा, व्यावधान र विवादका बावजुद पनि ति एनसीसीहरुले स्थापना हुने बित्तिकै आईसीसीसंग आवद्दता लिएको र प्रजातान्त्रिक प्रणालि अनुसरण गर्दै समयमै निर्वाचन सम्पन्न गरेको पढ्न र सुन्न पाउछौ । एनआरएन एएनसीसी अमेरिकाको सवालमा यसरि स्थापनाको ४ वर्षा पछि मात्र आईसीसीसंग आवद्द हुनु अनि ८ वर्षपछि प्रथम पटक निर्वाचन हुनुलाई सामान्यरुपमा पटक्कै लिन सकिन्न । मैले मेरो अमेरिका बसोबासको शुरुवातदेखि नै एन आर एन अमेरिकाको संस्थागत विकासलाई जोड दिंदै प्रजातान्त्रिक प्रणालीले NRNA ICC को बिधान संग मेल खाने गरि निर्वाचन गर्नु पर्ने कुरा विभिन्न सार्वजनिक कार्यक्रमहरुमा र सम्प्रेषण को भिन्न भिन्नै २ वटा शृंखला मा पनि अभिव्यक्ति गरि सकेको छु । यसका साथ् साथै एनआरएन अमेरिकालाई यहाँसम्मा ल्याउन थुप्रै पहलहरु गरि सकेको छु । अन्तत: तपाइँ हामि सबैको प्रयासबाट आज एनआरएन एनसीसी अमेरिका सहि मोडमा आएर उभिएको छ । निश्चय पनि यहाँसम्म आउनकोलागि एनआरएन युएसएका बर्तमान कार्यसमितिको ठुलो भूमिका रह्यो । यसको लागि म NRN को एउटा कार्यकर्ताको हैसियतले मेरो व्यक्तिगततर्फबाट बर्तमान कार्य-समितिको सम्पूर्ण टिम र नेतृत्वलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

मैले माथि उल्लेख गरे बमोजिम एनआरएन यूएसए सहि मोडमा आएर उभिएतापनि यसले सहि बाटो हिंड्न भने अझै बाँकी नै छ । एनआरएन एनसीसी अमेरिकालाई सहि बाटो डोर्याउने बिषय भने आगामी निर्वाचनमा निर्वाचित कार्यसमितिको सक्षमतामा निर्भर रहने छ । यो आगामी निर्वाचन पूरा अवधिकोलागि नभई मध्ये अवधिकोलागि मात्र भएको व्यहोरा पनि यहाँहरुमा बिदितै होला । तसर्थ आगामी २०१५ को मे अन्तसम्ममा अनिबार्य अर्को निर्वाचन गर्नु पर्ने बाध्यता हामिमा छँदै छ । मुस्किलले ११ महिनाको छोटो यो आगामी निर्वाचित कार्यसमितिको कार्य कालमा ४ महिना जत्ति अर्को निर्वाचनको तयारीमा खर्चिनु पर्ने छ । यसर्थ आगामी निर्वाचित कार्यसमितिले मुस्किलले ६,७ महिना मात्र अन्य कामहरु गर्न सक्ने छन । यति छोटो अवधिमा बर्षौं देखि अव्यवस्थित संस्थालाई संस्थागत बिकास गर्दै संस्थामा सबै तह र तप्काका सदस्यहरुको बराबर पहुँच हुने गरि संगठन बिस्तार गर्न र सहि बाटोमा डोर्याएर तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न एनआरएन सम्बन्धि अनुभवी र दक्ष व्यक्तित्वको अति आवाश्यक छ ।

NRNA NCC USA को आगामी निर्वाचनमा महासचिब पदको उम्मेदवार म बाबुराम लामा NRNA NCC Israel मा सन् २००७ बाट सदस्यदेखि महासचिबसम्मको जिम्मेवारी बहन गरि सकेको र हाल बिगत एक वर्षदेखि NRNA NCC USA मा सल्लाहकार को भूमिकामा रही आएको व्यहोरा यहाँहरुमा अवगत गर्न चाहान्छु । यसका साथसाथै एनआरएन अमेरिकाको सवालमा मैले बिगतमा निभाएको भूमिकाकोबारेमा यस अघि नै यहाँहरु सामु खुलस्त राखी सकेको छु ।

छोटो अवधिको लागि हुन लागेको यो निर्वाचनमा ठुलो ठुलो सपना बेच्नु भनेको आफैमा हाँस्यास्पद मात्र नभई तपाईं मतदाताहरु संग चुनावी झुठो वाचा गर्ने ध्रिस्ठता पनि हो । तसर्थ NRNA NCC USA को आगामी निर्वाचनमा यहाँहरुले मलाई निर्वाचित गर्नु भएमा सर्व प्रथम त NRNA NCC USA को विधानले व्यवस्था गरे बमोजिमको प्रशासकीय भूमिका जिम्मेवारी तथा बफादार पूर्बक निर्वाहा गर्दै कार्य समितिको काम कारवाही र लेख दुरुस्त राख्ने छु, रखाउने छु । यसका अलावा तपसिल बमोजिमको कार्यहरु गर्ने छु ।

१. संस्थागत बिकास र संगठन बिस्तार

क. चालु विधानले व्यवस्था गरे बमोजिम State Chapter हरु गठन गरि सन् २०१५,मे ३१ भित्र अनिबार्य निर्वाचन गराउने छु, (हाल ३०० भन्दा बडी सदस्य भएको स्थानहरुमा तुरुन्त chapter गठन गरिने)
ख. अमेरिका बासि नेपालीहरुको आपतकालिन सहयोगकोलागि NRN Help Fund को व्यवस्थाको लागि निर्वाचित कार्यसमितिको पहिलो बैठकमा प्रस्ताव गरि तुरुन्त लागु गर्न जोडदार पहल गर्ने छु।
ग. कुनै पनि संस्थाको संस्थागत बिकासमा विधानको ठूलो भूमिका रहनछ, NRNA, NCC USA को संस्थागत बिकास नहुनुमा पनि बिधान नै प्रमुख कारक हो भन्ने मेरो ठम्याई हो । हुन त हाल सालै पनि हामीले बिधान संसोधन नगरेको होइन तर यो पर्याप्त भने होइन । यो बाधा अड्काउ फुकाउनकोलागि मात्र हो । तसर्थ विधानलाई संसोधन गरि संस्थालाई दिगो बिकासको बाटोमा लगाउनको लागि बिधान संसोधन कमिटि गठन गर्न कार्य समितिलाई बाध्य पार्ने छु ।
घ. हरेक महिनाको एक पटक अमेरिका बासि एनआरएनहरुको सल्लाह, सुझाव र दुखेसो सुन्न र सम्बोधन गर्ने उद्देस्यले एन आर एन ओपन टेलि-कन्फेरेन्स को व्यवस्था गर्नेछु । जसमा म स्वयम संलग्न हुनेछु।
ङ. "नेपालीकोलागि नेपालि, हामी सबै नेपाली" भन्ने नाराका साथ हामी सम्पूर्ण जात, जाति, भाषा भाषी र धर्मावलम्बी नेपालीहरुमा सांस्कृतिक सद्भावको बिकास गरि एकता बद्द हुनाको लागि सबै नेपालिहरु को प्रमूख चाडहरु दसैँ, तिहार, छड, ल्होसार, ल्होछार, ताङ्गनाम, माघी, माघे संक्रान्ति र उध्याउलि उभौली लगाएत अन्य सम्पूर्ण चाड पर्वहरु एनआरएनको पहलमा संयुक्त रुपमा मनाउन र त्यस्तै कार्य क्रमहरुमा सम्पूर्ण जनामानासमा एनआरएनप्रति आकर्षण गरि सदस्यता लिनाकोलागिसमेत उत्प्रेरित गर्ने अभियानको थालनी गर्ने छु ।

२. नेपाल र NRN संगको सम्बन्ध र बिकास

क. गैर आवासिय नेपाली र नेपालको सम्बन्ध सदैव सुमधुर र शुद्रिढ राखी राख्नकोलागि निर्माणाधीन संबिधानमा नेपाली नागरिकताको निरन्तरताको लागि नेपाल सरकार संग बार्ता तथा आवश्यक काम कारवाही गर्नको लागि NRNA ICC लाई सहयोगी भूमिका निभाउनको लागि तत्-सम्बन्धि कार्यदल गठन गर्ने र आवास्यक परे नेत्रित्वोदायी भूमिका निभाउने ।
ख. सामुहिक लगानी अन्तर्गत हाल संचालनमा रहेको र भविष्यमा संचालन हुने आयोजनाहरुमा लगानी गर्न इच्छुक लगानी कर्ताहरुकोलागि लगानीको बातावरण बनाउन, सोसंग सम्बन्धित संघसंस्थासंग समन्वय गरि आवस्यक कार्य गर्नकोलागि कार्य दल गठन गर्न पहल गर्ने छु ।
ग. विभिन्न स्थानीय नेपाली संघ संस्थाको सहयोग र समन्वयमा नेपालको पर्यटन विकास को लागि "एक NRN, एक पर्यटक" नामक अभियानको शुरुवात गरि कम्तिमा एक बर्षमा एक NRN ले एक पर्यटक नेपालमा पठाउन प्रेरित गर्ने अभियानको थालनी गर्न पहल गर्ने छु ।
घ. "एक डलर मातृभूमिलाई" अभियानको सुरुवात गरिप्रति महिना एक डलर प्रतेक एनआरएनबाट संकलन गरि, नेपालमा सिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने अभियानको थालनी गर्न पहल गर्ने छु ।

बाबुराम लामा
महासचिवको उम्मेदवार
एनआरएन एनसीसी यूयसए
निर्वाचन २०१४

पुरुषोत्तम बोहरा
महासचिब पदका उम्मेदवार


अमेरिकामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू,

सन २००३ को अक्टोबर ११ तारिखका दिन स्थापना भएको गैर आवासीय नेपालीहरूको साझा संस्था NRNA ले आज एक दशक पूरा गरि सकेको छ। एक दशक लामो इतिहास बोकेको यस संस्था ले अमेरिका जस्तो महाशक्ति राष्ट्रमा रहेका नेपालीहरूको बाक्लो उपस्थिति रहँदा रहँदै पनि जे जति संस्थागत विकास हुनु पर्दथ्यो बिबिध कारण ले त्यो हुन सकेन । त्यसैले आगामी दिनहरुमा यस संस्थालाई कसरी अरु बढी समावेसी र सामाजिकिकरण गरेर लैजान सकिन्छ भन्ने तपाई हामी सबैको समान दायित्व हो । यद्यपि संस्थाको विकास गर्नको लागि पद र प्रतिष्ठा मात्र जिम्मेवार होइन । सेवाको पवित्र भावनाले यसको विकास र सुदृढिकरणमा जहाँ रहेर पनि योगदान गर्न सकिन्छ । तर विगतका तिता मीठा अनुभवहरूलाई आत्मसाथ गर्दै वर्तमानका चुनौती र भविष्यका योजनाहरूलाई मूर्त रुप दिन पनि पदीय जिम्मेवारीले आफैमा महत्व राख्दछ । यही जिम्मेवारीलाई बोध गर्दै आगामी June ४-९ सम्ममा सम्पन्न हुने यस संस्थाको निर्वाचनमा मैले पनि यस संस्थाको एउटा महत्वपूर्ण पद महा-सचिबमा आफ्नो उम्मेद्वारी दिएको कुरा विनम्रतापुर्वक यहाँहरू समक्ष राख्न चाहन्छु ।यो संस्था र यसको पदीय दायित्व प्रति सधैब सजग र सचेत रहने छु । म मा यो पनि दृढ विश्वास छ; यो संस्थाको विधानले निर्दिष्ट गरेका उद्देश्य र लक्ष्य प्राप्तिमा कत्ति पनि विचलित नभै अविच्छिन्न रूपमा गन्तव्य पथमा लम्किरहनेछु र यसै निर्वाचनको सन्दर्भमा एउटा जिम्मेवार उम्मेद्वारको हैसियतले निम्न कुराहरूलाई आफ्नो प्रतिबद्धताको रुपमा यहाँहरू समक्ष सार्वजनिक गर्न चाहन्छु ।

१. नेपालमा लेखिदै गरेको नयाँ संबिधानलाई परिलक्षित गरी संसार भर छरिएर रहेका गैर आवासीय नेपालीहरूको चासोको विषय बनेको दोहोरो नागरिकताको विषयलाई राजनैतिक तवरबाट समाधान गर्न नेपाल सरकार र सम्बन्धित राजनैतिक दलसँग घनिभूत छलफल गरी 'एक चोटिको नेपाली, सधैंको नेपाली' भन्ने NRNA को मूल नारालाई सार्थक बनाउन NRN NCC of USAको भूमिकालाई अहम बनाइने छ ।
२. "जननी जन्मभूमिश्च, स्वर्गादपि गरियसि", शान्ति र समृद्ध नेपाल हामी सबैको सपना र चाहना हो । हामी सबै देशका सद्भावना दूतहरू पनि हौँ । यसको अर्थिक,सामाजिक र राजनैतिक परिस्थितिसँग हाम्रो गौरव, शान र मान जोडिएको छ। त्यसैले समृद्ध नेपाल निर्माणको अभियानमा यहाँबाट बिभिन्न विषयमा ज्ञान र सिप हासिल गर्नु भएका विज्ञहरूको समूहलाई नेपाल सरकारसँग समन्वयन गराउनका साथै गन्तव्य नेपाल जस्ता कार्यक्रम मार्फत् पर्यट्न उद्योग लगायत अन्य उद्योगधन्दाको विकास गर्न यस संस्थाको अगुवाइमा सम्पूर्ण सदस्यहरूको सहभागिताका लागि प्रयत्न गर्नेछु ।
३. रहर,बाध्यता र विवशताले विदेशिने नेपालीहरूको संख्या बढ्दो छ। विशेषत अमेरिकामा रहेका नेपालीहरू आबद्ध संघ संस्थाहरूसँग समायोजन गर्न सकियो भने बढीभन्दा बढी नेपालीहरूको माझमा पुग्न सकिन्छ । त्यसैले NRN NCC of USA लाई सबैको साझा संस्थाको रुपमा विकास गर्नको निम्ति पहल गर्नेछु । प्रत्येक राज्यमा अनिवार्यरुपमा यस संस्थाको शाखा बिस्तार गर्ने, यसको महत्व र आवस्यकता माथि प्रकाश पार्दै ठूला शहरहरूमा समेत नगर स्तरका शाखा प्र-शाखाहरू बनाई सदस्यता विस्तार गरी सम्पूर्ण नेपालीहरूलाई गोलबन्द गर्न प्रयत्न गर्नेछु।
४ . नेपालीहरूको बढ्दो आगमनसंगै हाम्रा राष्ट्रिय पहिचाहन ,रितिस्थिति र संास्कृतिक सम्पदाहरुलाई स्थानान्तरण र विकासको वैभवताका कारण हाम्रा सन्ततिहरूले दिन प्रति दिन बिर्सदै स्थानियीकरण हुँदै जाने गम्भीर विषयलाई आत्मासाथ गर्दै नेपाली भाषा, संस्कृति, रितिरिवाज र चाडपर्वहरूको सम्बर्धन लागि सदैव क्रियाशिल हुनेछु ।
५. यहाँ बसोबास गर्दै आउनु भएका नेपालीहरूको सुख दुखमा साथ दिने सहयात्री संस्थाको रुपमा NRN NCCलाई स्थापित गराउने र संसार भर छरिएर रहनु भएका नेपालीहरुमाथि आइपर्ने प्राकृतिक विपत्ति,अकाल मृत्‍यु र दुर्घटनालाई ध्यान दिँदै आपतकालिन राहत कोषको स्थापन गरी हर-तरहको सहयोग र सहयोगी हातहरू फैलाउन संस्थाको भूमिकालाई ब्यापक बनाउन आवस्यक पहल र प्रयत्न गर्नेछु। समाजमा भैपरी आउने हरेक खाले समस्या र तिनका निदानका खातिर आफूलाई सदैव क्रियाशिल बनाउदै विशुद्ध समाजसेवा मार्फत मानवकल्याणलाई पहिलो प्राथमिकता बनाउदै आवस्यक पर्दा संसार भरिका गैर आवासीय नेपाली संस्थाहरूसँग हातेमालो गराउने प्रयत्न गर्नेछु ।
६. म NRN NCC of USAलाई विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित गराउन सदैव लाग्नेछु । NRN NCC of USA हामी सबैको साझा संस्था हो भन्ने वातावरणको महसुश गराउन चाहन्छु । तपाई हामी सबैको साथ,सहयोग र समर्थनमा NRN NCC of USAको घोषित लक्ष्य र उद्देश्य प्राप्तिलाई सदैव आफ्नो पहिलो प्राथमिकतामा राख्दछु।
७. अग्रजहरूले थालेका राम्रा कामहरूको निरन्तरता र समयको परिवर्तनसंगै थपिदै गएका हाम्रा चुनौतीहरूलाई सामना गर्न यस संस्थालाई निरन्तर सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्न उत्प्रेरित गर्नेछु ।

अन्त्यमा,

यस संस्थाको चौतर्फी विकासकालागि सदस्य बन्नु भएका तपाईं सम्पूर्ण आदरणीय मतदाताहरू,

संगठन तथा संस्था सन्चालनका मसँग थुप्रै तिता मीठा अनुभवहरू पनि छन् । ०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि नै आफूलाई प्रजातन्त्रको हिमायती ठान्दै आएको मैले उच्च शिक्षा हासिल गर्ने क्रममा स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी संगठनहरूमा केन्द्रिय तहमा रहेर कुशल नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको छु ।अमेरिका आगमन पश्चात् पनि विभिन्न सामाजिक संस्थाहरुमा सक्रियरुमा सहभागी रहदै नेपाल-अमेरिका सोसाइटी अफ केन्टकीको (NASK) अध्यक्षकोरुपमा सफलतापूर्वक कार्य सन्चालन पनि गरिसकेको छु । मैले राष्ट्रियता,राष्ट्रिय अखन्डता र प्रजातन्त्रलाई सधैं आफ्नो आदर्शको रुपमा लिएको छु । त्यसैले तपाईंहरूको अमुल्य सहयोग र सद्भाव पाएँ भने महासचिब जस्तो गरिमामय पदको साख जोगाउन भगिरथ प्रयत्न गर्ने छु। तपाईहरूको अविच्छिन्न सहयोग र सल्लाहबाट नै भविष्यका योजनाहरू तय-तर्जुमा हुनेछ्न् । म विश्वासका साथ भन्न सक्छु कि मेरो विजय तपाईहरूको आफ्नै विजय हुनेछ। संगठन सन्चालन सम्बन्धि लामो अनुभव, सामजिक लगाव, सकारात्मक सोचाइ, मिलनसार र उच्च नैतिक इमान्दारिताले NRN-NCC of USA को गरिमालाई झनै उचो बनाउने छ।

धन्यबाद ।

यहाँहरूको अमुल्य मतको अपेक्षासहित,

पुरुषोत्तम बोहरा
NRN-NCC of USA
महासचिब पदको उम्मेद्वार
हाल, Quad City, Iowa

नारायण क्षेत्री
सह-सचिव पदका उम्मेदवार

संक्षिप्त विज्ञप्ति

सर्वप्रथम सबैलाई मेरो तर्फबाट नव बर्ष २०७१को हार्दिक मंगलमय शुभकामना छ ।

मैंले सहसचिव पदकालागि आफ्नो उम्मेदवारी दिएको व्यहोरा सबैलाई विनम्रताकासाथ अवगत गराउंदछु । आफनो मन्तव्य प्रस्तुत गर्नु अघि म आफ्नो संक्षिप्त परिचय यहाँहरु समक्ष राखन चाहन्छु । मेरो नाम नारायण क्षेत्री हो । एस परिप्रेक्ष्यमा गैरआवासीय नेपालीको हकहितको संरक्षण तथा संवर्द्धनकालागि केहिगरु भनि अठोटलिई तपाईहरु समक्ष प्रस्तुत भएकोछु ।

गैरआवासीय नेपालीको संघको एनआरएन, अमेरिकाले अहिलेसम्म आफ्नो सशक्त उपस्थित नजनाएको अवस्था सबै समक्ष स्पष्टनै छ । यस्तो विषम स्थितिमा अहिले चुनिने पदाधिकारीहरुसामु ठुलो चुनौती खडाभएकोछ । तसर्थ तपाईहरुको समर्थन र विश्वास जितन सफलभई निर्वाचित हुन सकेमा म आफ्नो क्षमताको पूर्ण उपयोग गरी आफ्नो कार्यकालमा देहायका लक्ष्यपुरा गर्ने प्रतिबद्धता व्यक्तगर्न चाहन्छु:

१. गैरआवासीय नेपालीको संघ, अमेरिकाको सबै क्रियाकलाप पारदर्शीरुपमा गर्ने ।
२. चुनावका बखत ठूलाठूला प्रतिबद्धता जनाउने तर चुनिएपछी उदासीन हुने प्रवृत्तिलाई निरुत्साहित गरि, संघको कार्यलाई सक्रियरुपमा संचालन गर्ने गराउने ।
३. एनआरएन, अमेरिकाको सहभागिता अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा अतिनै न्यून रहेकोले यसलाई सक्रियताकासाथ संचालन गर्नमा भरमक्दूर सहयोग गर्ने ।
४. नेपाल सरकार तथा अमेरिकी सरकारबीच सयोजनगरि गैरआवासीय नेपालीको हकहितको संरक्षण तथा संवर्द्धनकालागि अनुकूल कानूनि व्यवस्थाकालागि जोडदिने ।
५. नेपाली कला र संस्कृतिको पहिचान अभियानकोरुपमानै अमेरिकामा संचालन गर्ने गराउने ।
६. गैरआवासीय नेपाली संघको सदस्यता अभिवृद्धिगरि यस संघको क्रियाकलापमा जनचासो वृद्धि गर्ने गराउने ।
७. सदस्य तथा अध्यक्षबीच सेतुको भूमिका निभाई समस्याको सहि पहिचान तथा निदानमा सहयोग पुर्याउने ।
८. आर्थिक लेनदेनको लेखाजोखामा पूर्ण पारदर्शीता अपनाईने र हरएक वर्षको हिसाबकिताब जनसमक्ष बार्षिक प्रतिवेदनमा अनिवार्यरुपमा पेश गर्ने गराउने ।
९. नेपालमा लगानि गरने वातवरणको सृजनागर्न केकस्तो कदम चाल्नु पर्ने हो सोको पहिचानकालागि कार्यटोली खटाई टोलीको सिफारिस अनुसार आवश्यक नियम कानुन र सुविधा तयारगर्न आवश्यक कदम चाल्ने ।
१०. नेपालमा उत्पादित पश्मिना र ऊनी गलैचा, थान्का र त्यस्ता विसिस्टता बोकेका उत्पादित सामग्रीको अमेरिका तथा अन्य पश्चिमा मुलुकमा आयात प्रवर्द्धनकालागि उपयुक्त कदम चाल्ने।

उपरोक्त उल्लिखित लक्ष्यका साथै गैरआवासीय नेपाली समुदायबाट बेलाबेलामा आउने मांग र सुझावलाई सर्वोपरी राखी कार्य गर्ने एक पटक मलाईपनि मौका प्रदान गरीदिन हुन तपाईहरु समक्ष आफ्नो अमूल्य मत प्रदानगरिदिन हुन विनम्र निवेदन छ ।

धन्यवाद !

नारायण क्षेत्री
सह-सचिव पदको उम्मेदवार
एनआरएन अमेरिका

रामप्रसाद खरेल
जनसंपर्क तथा प्रबक्ता पदका उम्मेदवार


एनआरएन अमेरिकाको आगामी चुनावमा अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा राम प्रसाद खरेलको अपिल ।

एन.आर.एन. अमेरिकाको आगामी जुन महिनाको ४ देखि ९ तारिखसम्म हुन लागेको निर्वाचनमा मैले (PUBLIC RELATION OFFICER AND SPOKESPERSON) पदमा उम्मेदवारी दिएको कुरा जानकारी गराउन चाहन्छु ।

नेपालको चितवन जिल्लामा जन्म भै बिगत दश बर्षदेखी अमेरिकाको न्यु योर्क राज्यमा बस्दै आएको छु । नेपालको चितवन जिल्लावाट बित्तिय बिषयमा उच्च शिक्षा पुरा गरी हाल अमेरिकाको बिमा तथा बित्तिय संस्थामा बिगत तिन बर्षदेखी आबद्ध भई अमेरिकामा रहेका नेपाली तथा बिदेशी समुदायमा बिमा तथा बित्तिय सम्बन्धी आश्यक जानकारी पनि दिदै आएको छु साथै अमेरिकामा रहेका बिभिन्न नेपाली सघं संस्थामा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्दे आएको छु ।

यसै क्रममा NRN NCC OF USA लाई जनमुखी बनाहुदै अमेरिकामा रहेका सम्पुर्ण नेपालीहरुको साझा सगठंनकोरुपमा अघी बढाउनकोलागि मैले यही आउदो NRN NCC OF USA को आगामी चुनाबमा PUBLIC RELATION OFFICER AND SPOKESPERSON जस्तो गरिमामय पदमा आफुलाई अघि सारेको छु । यसै क्रममा मलाई उक्त स्थानमा पुर्‍याउनकोलागि अमेरिकामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा म बिन्रम अनुरोध गर्दछु ।

मेरा निम्न बमोजिमका उद्देश्य र लक्ष्यहरु रहेका छन्:

१, नेपाल सरकार समक्ष “एक पटकको नेपाली सधैको नेपाली” भन्ने कुरालाई आत्मसम्मान गर्दे अब बन्ने नेपालको संबिधानमा स्पस्टरुपमा बिर्न शर्त नेपालीबासी सरह पुर्णरुपमा हक अधिकार सुनिश्यत गर्ने पहल गर्ने ।
२, अमेरिकामा रहेका बिभिन्न सघं संस्थाहरुसगं समंन्वय गर्दै जनमानसमा एनआरएनबारेमा जनचेतना फैलाउदै धैरेभन्दा धैरे सदस्यता बितरणमा जोड दिदै अमेरिकाका बिभिन्न राज्यमा च्याप्टर गठनकालागि पहल गर्ने ।
३, नेपाल को धार्मिक एवं पर्यटकिय क्षेत्रलाई बिदेशी सामु चिनाउनका लागी अमेरिकामा रहेका नेपाली एवं बिदेशी सघं संस्थाहरुसगं मिली नेपाली मेला एवं सास्कृतिक कार्यक्रम सञ्चालन गर्दे अगाडी बढने ।
४, NRN NCC OF USA लाई जनमुखी बनाहुनकोलागि अमेरिकामा रहेका सम्पुर्ण नेपाली समुदाय र NRN NCC OF USA बीच पुलकोरुपमा काम गर्ने !
५, सम्पुर्ण अमेरिकाबासी नेपालीहरुको समाजिक सुरक्षा एवं अधिकारलाई जोड दिनकालागि अमेरिकी सरकार समक्ष आवज उठाउँदै नेपाल तथा अमेरिकी सरकारबीच दोहोरो कर प्रणलीलाई हटाउदै नेपालमा अमेरिकी लगानी भित्राउन पहल गर्ने ।
६, अमेरिकामा रहेका बिभिन्न नेपालीहरुमा परि आउने आपतकालिन अबस्थाका लागी सहयोग पु–याउनकोलागि च्यारिटि कार्यक्रममार्फत आपतकालिन कोष खडा गर्ने ।
७, हाम्रो मातृभाषा, कला, सस्कृती र साहित्यलाई जिबित राख्नकालागि अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका नेपाली सघं संस्थाहरुसंग हातेमालो गर्दे मन्दिर, गुम्बा निर्माण गर्ने तथा सास्कृतिक कला केन्द्र एवं चाडपर्ब सञ्चालनमा जोड दिने ।
८, एनआरएनलाई बिश्वब्यापी नेपालीहरुको साझा सगंठनकोरुपमा बिकास गर्नेकोलागि देश तथा बिदेशमा रहनुभएका ब्यबसायी, पत्रकार, बुद्धिजीबी, कलाकार, सायित्यकार एवं खेलाडीहरुसगं समन्वय कायम गर्दे अगाडी बढने ।
९, नेपाली कन्सुलर सेवालाई अमेरिकामा रहेका नेपालीहरुको धेरै बसोबास भएको क्षेत्रमा स्थापना गर्नेकालागि अमेरिकी तथा नेपाल सरकारसगं पहल गर्ने । तथा न्यु योर्कमा बन्द भएको कन्सुलर सेवा तुरुन्त सञ्चालनमा ल्याउनकोलागि अनुरोध गर्ने !
१०, NRN NCC OF USA लाई सदा सर्बदा नेपाली राजनिती एवं आर्थीक लाभवाट मुक्त राख्नकोलागि एनआरएन अमेरिकाको सघीयं समंरचनाको एवं च्यापटरको बाइलज बनाउने ।

माथी उल्लेखित लक्ष्य र उद्देश्यहरुलाई सस्थागत गर्दे NRN NCC OF USA लाई नयाँ दिशामा लैजान एवं जनमुखी बनाउनकालागि मैले एनआरएन अमेरिकाको आगामी निर्बाचनमा PUBLIC RELATION OFFICER AND SPOKESPERSON पदमा उम्मेदवारी दिएको हु र आफु उक्त पदमा निर्बाचित भएमा एनआरएन अमेरिकालाई दलिय राजनिती मुक्त बनाएर सबैलाई समेटेर अमेरिकामा रहेका नेपालीहरुको साझा सगंठनकोरुपमा आगाडी बढाउन प्रयात्न गर्ने छु । तसर्थ आफुलाई सो अवशर प्रदान गर्नेकालागि म सम्पुर्ण अमेरिकाबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई आफ्नो अमुल्य मत दिई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद !

रामप्रसाद खरेल
न्यू योर्क्, अमेरिका
(NRN NCC of USA Candidate for Public Relation Officer and Spokesperson)
Phone: (646)-384-0064
E-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

कृष्ण सन्जेल-के.सी.
मेडिया कोअर्डिनेटर पदका उम्मेदवार

एक पटकको नेपाली सधैंको नेपाली
एनआरएन अमेरिकाकोको यही जुन ४ देखी ९, २०१४ मा हुने निर्वाचनमा मेरो उम्मेद्वारी किन?

सबै जनामा नमस्कार !

आभार:

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा मिडिया कोअर्डिनेटरको उम्मेद्वार म कृष्ण सन्जेल-के.सी. नेपाली अमेरिकन समुदायका अग्रज, संघ-संस्थाका प्रतिनिधिहरु, आमसन्चारका साथीहरु तथा सम्पूर्ण जनसमुदायमा एक उम्मेद्वारको हैसियतले आफ्ना कुरा राख्न मौका दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु।

मेराबारे:

मैले बिगत दुइदशक भन्दाबढी गैर-सरकारी क्षत्र र नेपाली अमेरिकन समुदायमा पत्रकारिता अनि सामाजिकसेवा दुबै गर्दै आएको कुरा त तपाईंहरु धेरैलाई बिधितै छ। यसबाहेक दैनिक जिबिको गुजाराकोलागि म एक कर्पोरेट बिज्नेस प्राइसिङ एनालिस्टकोरुपमा कार्यरत छु। मेरो १२ बर्षको उमेरदेखि युनाईटेड मिसन टु नेपालका बिभिन्न कार्यक्रममा सामाजिक कार्यमा लागेकोदेखि अझै निरन्तर छु सामाजिक क्षेत्रमा, चाहे नेपाल, भारत, श्रीलंका या अमेरिका नै किन नहोस्। त्यसबाहेक म आफू समाजशास्त्रमा एमए गरेकोले नेपाली धर्म, कला र सस्कृतिको निरन्तरताकालागि उत्तिकै समर्पित छु।

मेरो उम्मेद्वारी किन ?

मेरो क्षेत्रमा कामगरेको लामो अनुभब, आफूले नेपाली अमेरिकन समुदायमा गरेको साँस्कृतिक तथा सामाजिक जीबनकासाथ र पत्रकारिता सबैको जिम्मेवारी पूरा गराउन सकिने कार्य चाहि एनआरएन अमेरिकाको मिडिया कोअर्डिनेटरको नै हो भन्ने लागेर मैले यो उम्मेद्वारि दिएको हुँ। अर्थात यी सबै कुराको सहीरुपमा सेवा गर्ने कुरा चाहि एनआरएन अमेरिका नै हो भन्ने लागेर, थुप्रै छलफल र कुराकानीपछि उम्मेद्बारी दिएको हुँ, यो निर्णय कोठामा बसेर दिउन त जे त पर्ला भनेर होइन। यसका पछाडि थूप्रै मेरा मान्यजन, साथीहरु र आमसन्चारका साथीहरुसँग सल्लाह भएरै प्रयास गरिएको हो। एस अर्थमा म एउटा ब्यक्तिको सोचमात्र कदापी होइन। यस अर्थमा सबैको सामुहिक प्रतिनिधि हुनसक्ने कुरालेनै सबैको सल्लाहमा यो कार्यको जिम्मेदारी निभाउन मलाई छानी चुनाबी मैदानमा पठाउनु भएकोमा उहाहरु सबैप्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछु। म नेपाली क्यालिफोर्निएन समुदायप्रति आभार प्रकट गर्दछु जस्ले मलाई एउटा मायाको संसार दिएको छ र आस्थाको घर पनि। मेरो एउटा बानी नै छ- नयाँ काम गर्ने र फेरि पनि अर्को नयाँ कामकोलागि जाँदै छु, सबैको साथकोलागि अनुरोध गर्दछु।

मैले गर्ने कुराहरु:

सो निर्वाचनमा निर्बाचित भईए या नहुँदा दुबै अवस्थामा निम्न कुरा गरिनै रहने छु, फरक यतीमात्र हो कि मैले सो पदमा प्रतिनिधित्व गर्दा यि सबै कुरा एनआरएन अमेरिकाबाट पाउनुहुने छ, अन्यथा मेरो कुनै मिडिया श्रोतसँग:

१. मैले सुरु गरेको एनआरएन मिडिया फोरमलाई एनआरएन अमेरिका संस्थाकै फोरमकोरुपमा लैजाने छु। जस्ले एनआरएन अमेरिकालाई बिशव समुदयसामू चिनाउने छ।
२. मैले बिगत देखिनै सन्चालन गरेको इमिग्रेसन चौतारीलाई पनि एनआरएन अमेरिका संस्थाकै फोरमबाट सम्पूर्ण अमेरिकामा हुनुहुने नेपाली समुदायलाई सेवा पुग्नेगरी लैजाने छु।
३. म नयाँ फोरमकोरुपमा साँस्कृतिक र सामाजिक जिबनलाई लैजाने छु, जुन काम मैले क्यालिफोर्नियाबाट सुरु गरिसकेको छु। यसबाट नेपालीको छुटै पहिचान हुनेछ।
४. नयाँरुपमा भुटानी र नेपालीको संयुक्त सामाजिक र साँस्कृतिक प्रयासलाई साथ-साथ लैजाने प्रयास गरिने छ।
५। एनआरएन अमेरिका संस्थाले निर्णय गरेका र अगाडि लैजान निर्देशान गरेका कुनै पनि कुराहरुलाई अरु मिडियाका साझेदारहरु र नेपालीहरुको अन्तरराष्ट्रिय समुदायमा पुर्याउने छु।

अनुरोध:

यि सबै काम गर्नकोलागि मैले शुरु गरेको Media Forum सक्ष्यम छ र गर्न सक्दछु। एउटा Media Coordinator ले गर्ने काम यिनै हुन् भनी एनआरएन अमेरिकाको By-laws लेसमेत भनेको छ र मेरो यो योजनालाई सार्थक बनाउनकोलागि म आफू योग्य छु, यस अर्थमा मलाई भोट दिएर काम गर्ने मौका दिनुहोस्।

धन्यवादसहित,

कृष्ण सन्जेल-के.सी. (Krishna Sanjel-KC)
NRN NCC USA को जुन ४ देखि ९ सम्म हुने निर्वाचनमा Media Coordinator को उम्मेद्वार
Castro Valley, California
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Phone # 510-206-1920

बिनोदकुमार नेपाल
मेडिया कोअर्डिनेटर पदका उम्मेदवार

बिनोदकुमार नेपाललाई नै किन मतदान गर्नु हुन्छ?

नमस्कार ! एनआरएन एनसिसि अफ युएसएका समस्त मतदाताहरु, फेसबुकका मित्रहरु तथा बिनोदकुमार नेपाललाई माया गर्नेहरु तथा मान्यजन,

एनआरएन एनसिसि अफ युएसएको आसन्न निर्बाचनमा मिडिया कोअर्डिनेटर पदमा मैले उम्मेद्वारी दिएको तपाइहरुको जानकारी मै होला ।

नेपाली पत्रकारिता क्षेत्रमा ३२ बर्षदेखिको अनुभव र ४ दर्जनभन्दा बढी संचार माध्यमहरुमा लेख रचना प्रकाशित गर्नुको अलावा १ दर्जन संचार माध्यमहरुमा संलग्न हुँदै संसारभरिका नेपालीहरुलाई सुसूचित गर्ने काम गर्दै आएको छु ।

१० भन्दा बढी मुलुकहरुमा ट्रेड शो र प्रदर्शनी जस्ता नेपाल प्रबर्धन सम्बन्धि काममा १० बर्षको अनुभव बटुलेको छु । बिशेष गरि नेपाली हस्तनिर्मित गलैंचा सम्बन्धि संसारका ठुला ट्रेड शोहरु एटलान्टा (अमेरिका), ह्यानओभर (जर्मनी), टोकियो (जापान), आनट्रुप (बेल्जिएम), साइगन सिटि (भियतनाम), सिड्नी (अस्ट्रेलिया), क्राइस्ट चर्च (न्यू जिल्याण्ड) आदि स्थानहरुमा नेपाली गलैंचाको प्रबर्धनमा नेपाललाई सघाएको छु ।

अमेरिकाका नेपाली संघ संस्थाहरु बिसेष गरी एसोसिएसन अफ नेपलिज इन अमेरिका, गैर आबासिय नेपाली संघ अमेरिका, ग्रेटर बोस्टन नेपाली कम्युनिटी, अन्तरास्ट्रिय नेपाली साहित्य समाज, एसोसिएसन अफ नेपलिज इन साउथइस्ट अमेरिका, एसोसिएसन अफ नेपलिज इन मिडवेस्ट अमेरिका, श्री पशुपतिनाथ फाउन्डेसन क्यालिफोर्निया, पशुपति बुद्द फाउन्डेसन न्यू इंग्ल्याण्ड, नेपाल एजुकेसनल एण्ड कल्चरल सेन्टर मेरिल्याण्ड, अमेरिका नेपाल सोसाइटी, बाल्टिमोर नेपाली असोसिएसन, रिजवूड सोसाइटी न्यू योर्क, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल कोलोराडो, फ्रेन्ड्स अफ नेपाल क्यालिफोर्निया र न्यू जर्सी, नेपाल अमेरिका पत्रकार संघ, नेपाली जनसम्पर्क समिति अमेरिका, प्रबासी नेपाली मंच अमेरिका आदिका गतिबिधिहरुको अध्ययनमा समय व्यतित गर्दै यी संघ संस्थाहरु सामाजिक प्रकृतिका भएकाले त्यहाँ हुने चुनाव, बिधान र आर्थिक पारदर्शितालाई बिशेष अध्ययन गर्ने गर्दै आएको छु । अमेरिकामा भएका संघ संस्थाहरुबीच समन्वय हुनुपर्छ र साझेदारी हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

अमेरिकामा नेपाली मिडियाहरु अन्त्यन्त ठुलो जोखिम छन् । यसलाई सम्बोधन गर्न मिडिया आपतकालिन कोषको तत्काल ब्यबस्था गरी मिडिया वा पत्रकार बिरुद्द हुने कुनै पनि खाले मुद्दा मामिलालाई ब्यबस्थित गर्न म तत्काललागि पर्नेछु । कोषकालागि मेरो तर्फबाट २ हजार डलर तत्काल उपलब्ध हुनेछ भने सबै सामाजिक संघ संस्थाहरु, समाजका व्यक्ति बिसेष र मिडियासंग चासो राख्नेहरुसंग दान दातब्य संकलन गरी कोषमा ५० हजार डलर पुर्याउनेछु । कमाईको आधारमा पाइने ''नि:शुल्क वकिल'' वा ''कम शुल्कका वकिल'' ''कन्टिनजेंसी बेसीस लयर'' को ब्यबस्थामासमेत म मिडिया वा पत्रकारहरुको सुरक्षामा काम गर्नेछु । अन्तरास्ट्रिय पत्रकार महासंघ र कमिटि टू प्रोटेक्ट जर्नलिस्टको अन्तररास्ट्रीय संजालको सहयोग जुटाउन प्रयत्नशील रही मिडिया र पत्रकारहरुको सुरक्षामा बिशेष काम गर्न चाहन्छु ।

एनआरएन अमेरिकाका २ दर्जन च्याप्टर गठन गर्ने, २० हजार सदस्य बनाउने र २०१५ को निर्बाचन सम्पन्न गरी सक्षम नेतृत्व भित्र्याउन र अमेरिकाको नेपाली समाजलाई सहि बाटोमा डोर्याउन सामूहिक पहल गर्ने मेरो बिशेष जोड हुनेछ । एनआरएन एनसिसि अफ युएसएको बोर्डले निर्दिस्ट गरेका र मिडिया कोअर्डिनेटरको हैसिएतले गर्ने अन्य सबै काममा मेरो पूर्ण लगनशीलता हुनेछ ।

मेरो दृस्टीकोणलाई आधार मानेर अमूल्य मत दिनु हुन सबैमा आग्रह गर्दछु ।

भवदीय,

बिनोदकुमार नेपाल
मेडिया कोअर्डिनेटरको उम्मेदवार
एनआरएन एनसिसि अफ युएसए

Raja Ghale
Candidate for NRNA ICC Member


Declaration of candidacy to serve as the 'Non-Resident Nepali Association - International Co-Ordination Council (NRN-ICC) Member’

Objectives:

1. To provide dynamic and timely leadership in needs and emergencies
2. To identify interests and deliver services to the Nepalese Diaspora in North America
3. To collaborate with other organizations in our common interests
4. To coordinate activities of NRN with activities of other organizations
5. To reach out every Nepalese and bring them in the mainstream of NRN
6. To establish communication channel among Nepalese communities and friends of Nepal, and
7. To provide a support system to the Bhutanese of Nepalese origin in our communities

Vision:

Background of the vision: We have a fast growing Nepalese population in North America. We need to address their needs and challenges. To provide better services, we should address different needs and interests of diverse Nepalese communities such as students, new immigrants, well established family, older family, Bhutanese immigrants etc. We need to bring in our expertise and network in better utilization of resources and to adapt for higher level of achievements. If we lag behind in these challenges, we will not only forego progress but also lose our livelihood in this gnawing economy. Let me invite all the competing candidates to stand united. Even when we compete in the election, let all candidates pledge that we will actively help the elected leaders with their policies and programs.

Vision in General: Vision of NRN is to uplift Nepalese community in every aspects of life by preserving and educating Nepalese cultural legacy and heritage, providing help for needy Nepalese people living in USA, by coordinating with the Nepalese organizations, and organizing conventions, seminars, conferences, and meetings in different states and cities of the USA to high light our concerns and strategy.

Specific Visions: Based upon the mentioned general vision, we have following specific agenda for our community:
1. To define leadership by delivery of services, not by position held; and
2. To help focus varied backgrounds, expertise, skills and abilities of individual Nepalese as the resource to better Nepalese and American communities.

Agenda ,Policies and Programs:

1. Membership Drive: Promoting, preserving and enhancing Nepalese socio-cultural heritage among the Diaspora
2. Dual Citizenship: Collecting the petition promptly and lobbying to political parties in Nepal
3. Establishing an effective Legal support system for the needy Nepalese people in the USA
4. Premium Insurance: Establishing an effective Health support system and guidance program with the grant work projects from the US Government
5. Helping Students and New Comers in USA
6. Establishing educational guidance and counseling program for the young students and new family
7. Supporting individual’s needs in the time of childbirths, accidents, death and other emergencies
8. Revolution in Economy: Introducing Credit Union
9. Conducting Nepalese sports activities and competitions in a regular basis, and
10. Providing moral and material supports at the time of national and international crisis – political and natural

Dear friends:
My journey has just begun. I have committed my time and efforts to social work. My ultimate goal is to see your prosperity with smiling faces. Thus, I humbly implore your good wishes for the dynamic growth and success of the NRN.

Most sincerely,

Raja Ghale
404-447-8272
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Atlanta, Georgia

Introduction of Raja Ghale and his contributions:
Candidacy Support Committee

Many of you may not have ever met Raja Ghale. However, if you meet him, it would take less than 5 minutes for you to be impressed by his genuine dedication to the Nepali people and Nepal. His lifelong goal is to serve the Nepali people, Raja Ghale is soft spoken, polite, outgoing, and always at the forefront of social services.

Raja Ghale is highly educated person and holds two Masters Degrees. He is an entrepreneur, owns and runs his own business. He has held many important positions in Nepali non-profit, charitable organizations in the United States. He is the first elected President of the Nepalese Association in South East America (NASeA) . He was active with the Nepalese American Council (currently known as NRN NCC USA), chaired several committees and task forces including the Task Force on Promotion of Nepal Abroad. He was designated as Co-chairman of NAC along with two other prominent social leaders in the USA. He was designated to be the Goodwill Ambassador of Nepal to USA by the Gurungs of Nepal Association. He is a Founder and Patron of the Gurung Society of Georgia (GSG). He is Former Vice President of the Atlanta Vedic Temple. He was elected to be the General Secretary of the Asian Pacific American Council (APAC) where he represented Nepal and Nepali people for two years (2012-2014). Recently, he was honored as the Hero of the Year by the Nepalese Association of Georgia.

With all the experiences he has gained by serving in many organizations for so many years, Raja Ghale is sharply focused on uplifting and promoting Nepal around the world. He believes in team work and is an effective leader. He is highly qualified to serve as an ICC member, as a representative of the NRN NCC USA. If elected, he would leave no stones unturned to fulfill the duties and responsibilities of an ICC member.
We, the undersigned, have known Raja Ghale for many years, have worked and collaborated with him on many charitable works. He is very trustworthy and highly amicable with high self-esteem and honor to all. His passions are Nepal and Nepalese people, and cultural heritages. We truly believe that Raja Ghale would be a valuable asset to the NRN NCC USA and to the worldwide NRN campaign. We have no hesitation to fully endorse him on his candidacy; and we encourage all voters to give this social hero a chance to serve Nepal and the Nepali people.
Respectfully,

Candidacy Support Committee

Raja believes our unity shines when we help each other through the motto of 'Working Better Together.' His often quoted proverb -'United we stand, divided we fall.'

 

Election Posters of NRN USA Candidates 2014
















































































































Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.