Inside

All Time Top 50 News

न्यू योर्कमा एनआरएन अमेरिकाका प्रतिनिधिहरुद्वारा नेपालका परराश्ट्र मन्त्री महेन्द्रबहादुर पान्डेसमक्ष ४ ब्ँदे ज्ञापन पत्र पेश PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 28 September 2014 22:08

Special: 4 photos: न्यू योर्क- गैर आवासीय नेपाली संघ (एनआरएन अमेरिका) का प्रतिनिधिहरुद्वारा नेपालका परराश्ट्र मन्त्री महेन्द्रबहादुर पान्डेसंग भेट गरी एक पटकको नेपाली संधैको नेपाली, दोहोरो कर प्रणाली, एमआरपि पासपोर्ट, नेपाली कन्सुलेटको स्थापनालगायतको माग गर्दै ४ ब्ँदे ज्ञापन पत्र पेश गरेकाछन् ।


NRN USA President Khagendra GC handing over memorandum letter to Nepalese Foreign Minister Mahendra Bahadur Pandey in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

सेप्टेम्बर २७ तारिख न्यू योर्कको म्यान्हटन शहरस्थित नेपाली स्थाई नियोग कार्यलयमा एनआरएन अमेरिकाको प्रतिनिधि मण्डलले परराश्ट्र मन्त्री पान्डेलाई भेटी उक्त ज्ञापन पत्र बुझाएको हो ।

उक्त ज्ञापन पत्रमा एक पटकको नेपाली संधैको नेपाली, दोहोरो कर प्रणाली र त्यसकोलागि सरल ब्याबस्था गर्न माग गरिएको छ । त्यसैगरी, अमेरिकामा राजनैतिक शरण (असाईलाम) लिएका नेपाली हरुलाई एमआरपि पासपोर्ट जारी रोक्का गरिएकोमा सो निबेदन स्वीकार गरी पासपोर्ट प्रदान गर्न माग गरिएको छ । साथै, पासपोर्ट लिन संबन्धित ब्यक्ती उपस्थित हुनु पर्ने ब्यबस्थाको अन्त गरी नोटरी पब्लिकको ब्याबस्था लागू गर्न माग गरिएको छ । उक्त प्रेस बिज्ञप्तिमा नेपाली कन्सुलेटको कार्यालय नेपालीहरुको घनाबस्ती रहेको कुइन्स न्यू योर्कमा स्थापना गर्न पनि माग गरिएको छ ।

NRN USA delegates met with Nepalese Foreign Minister Mahendra Bahadur Pandey in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

एनआरएन अमेरिका प्रेसिडेण्ट खगेन्द्र जिसिले पेश गरेको मागहरु कार्यान्बयन गर्न माग गरेका थिए भने एनआरएन अमेरिका उपाध्यक्ष श्री पराजुलीले ज्ञापन पत्र पढेर सुनाएका थिए ।

एनआरएन आईसिसी उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक (डिआरसी) सोनाम लामाले मन्त्री पाण्डे र र प्रधानमन्त्री सुशिल कोईरालालाई काठ्माण्डौंमा आईसिसी प्रतिनिधि मण्डलले पटक पटक भेटी नागरिकताको निरन्तरता, दोहोरो ट्याक्स प्रणालीको अन्त जस्ता माग राख्दा संधै सकारात्मक आश्वासन र सहयोग मिलेकोमा आभार ब्यक्त गरेका थिए ।

Nepalese Foreign Minister Mahendra Bahadur Pandey speaking in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

परराश्ट्र मन्त्री महेन्द्रबहादुर पान्डेले एनआरएन अमेरिकाको मागप्रति सरकार सकारात्मक रहेको बताउँदै एक पटकको नेपाली संधैको नेपाली भन्ने मागको सुनुवाई हुने तर एनआरएनहरुले पनि एक पटकको कमिट्मेण्ट संधैको कमिट्मेण्ट गर्नु पर्ने आग्रह गरे ।

NRN USA delegates with Nepalese Foreign Minister Mahendra Bahadur Pandey in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline

उक्त भेटमा गएको एनआरएन अमेरिकाको प्रतिनिधि मण्डलमा एनआरएन अमेरिका प्रेसिडेण्ट खगेन्द्र जिसि, एनआरएन आईसिसी उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक (डिआरसी) सोनाम लामा, एनआरएन अमेरिका उपाध्यक्ष श्री पराजुली, आईसिसी महिला शशक्तिकरण टाक्स फोर्स चेयर डा. बिष्णुमाया परियार, आईसिसी सदस्यहरु डा. बिनोद शाह, नबिन शेरचन, एनआरएन अमेरिका सल्लाहकारहरु बिष्णुहरी देउराली, तेम्बा नोर्बु शेर्पा, छिरिङ्ग राप्के लामा, सहकोशाध्यक्ष संजिब श्रेष्ठलगायत सहभागी भएका थिए भने नेपाल सरकारकोतर्फबाट स्थाई नियोग प्रमुख एबं संयुक्त राश्ट्र संघकालागि नेपाली राजदूत दुर्गाप्रशाद भट्टराई, उपप्रमुख सेवा लम्साल, कार्यबाहक बिदेश सचिब शंकर बैरागी, उपसचिब दीपक धिताल, नेपाली दूताबास वासिङ्टन डिसीका मिनिस्टर काउन्सिलर नारायणप्रशाद मैनाली उपस्थित रहेका थिए ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

NRN USA Vice President Shree Parajuli reading memorandum letter in New York on September 27, 2014. Photos by Pratha Magar for USNepalOnline





Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.