Inside

All Time Top 50 News

एनआरएन अमेरिका (NRN USA) को जुन ४-९ तारिखबीच भईरहेको अनलाइन मतदान प्रकृया धमाधम, न्यू योर्कमा बिबाद PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 05 June 2014 21:17

Exclusive: 57 photos; 5 documents: न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका उर्फ एआरएन अमेरिका (NRN USA) को यहीं जुन ४-९ तारिखवीच अनलाइन र हुलाकी चिठ्ठीद्वारा अध्यक्षसमेत बिभिन्न १९ पदकालागि भईरहेको निर्वाचन प्रकृया धमाधम शुरु भएको कुरा एनआरएन एनसिसी अफ युएसए, राष्ट्रिय निर्वाचन आयोगका निर्वाचन प्रमुख विनोद रोकाले जुन ५ तारिख एक प्रेस बक्तब्य जारी गर्दै जानकारी गराएकाछन्। निर्वाचन प्रमुख रोकाले आफ्नो बक्तब्यमा अनलाइन भोटिङ गर्ने जिम्मा दिएको क्यानाडियन कम्पनी सिमप्ली भोटिंड ईंक (www.simplyvoting.com) ले उपलब्ध गराएको प्रारम्भिक निर्वाचन परिणाम उल्लेख गर्दै "जुन ५, २०१४ को ४.१९ बजेसम्ममा 3269 मध्ये 845 (25.8%) मत खसी सकेको छ" उल्लेख गरेकाछन्। उता निर्वाचन आयोगलाई थाहै नदिई निर्वाचनको पहिलो दिन जुन ४ तारिख दिउँसो "एनआरएन समन्वय समिति अमेरिकाको मत सहजता केन्द्र" भन्दै न्यू योर्क शहरको कुइन्सस्थित ज्याक्सन हाइट्सका ३ नेपाली रेस्टुरेन्टहरुमा केही ब्यक्तीहरुद्वारा इन्टर्नेट कम्प्यूटर प्रयोग गरी सार्वजनिकरुपमा अनलाइन भोटिङ गराईएको थियो, जसको निर्वाचन आचार संहिता बिरुद्ध भन्दै बिरोध आएपछि केही घण्टापछि उक्त कार्य बन्द गरिएको थियो भने निर्वाचन प्रमुख रोकाले "निर्वाचन समपन्न गर्नकालागि आयोगकोतर्फबाट कुनै पनि ठाऊमा मतदान सुविधा केन्द्रहरु स्थापित नगरिएको र कसैलाई आयोगको तर्फबाट यस्तो सुविधा केन्द्रहरु खोल्न पाऊने अनुमति पनि प्रदान गरिएको छैन" भन्दै "यो निर्वाचनमा मतदाताहरुले आफनो मत स्वनत्त्रतापूर्वक आफुले योग्य ठहरयाएको उम्मेदवारलाई ईमेल वा हुलाकबाट मतदान गर्ने क्रममा कसैले करकापमा पारी मतदाताको ईच्छा विरुद्ध मतदान गर्न लगाएको वा एकाको मत अर्काले हालेको सप्रमाण निर्वाचन आयोगको आधिकारीक ईमेल  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it वा ठेगानामा ऊजुरी परेमा निर्वाचन आयोगले आचारसंहिताको आधारमा विधिसम्मत रुपबाट आवस्यक कार्वाही गर्ने छ" भनी आफ्नो प्रेस बक्तब्यमा उल्लेख गरेकाछन्।

NRN USA Candidates: Online and snail mail voting is scheduled between June 4-9, 2014. Photos courtesy: Pratha Magar for USNepalOnline, Khasokhas Weekly, Lanepal.com and candidates facebook profile pages.

यसैबीच, अध्यक्ष पदको उम्मेद्वार एबं एनआरएन अमेरिकाका आउट गोईङ प्रेसिडेन्ट शिवकुमार राईले जुन ५ तारिख एक प्रेस बक्तब्य जारी गर्दै भनेकाछन्- "यस निर्वाचन क्रममा, न्यू योर्कमा केहि उम्मेद्वारहरूले मतदान केन्द्र नै स्थापना गरी मतदाताहरूलाई जबरजस्ती उहाहरूको ईच्छा बिरूध्द मत हाल्न लगाउने समेतको कार्य गरी निर्वाचन आचार सम्हिता बिपरिकका कार्यहरू कार्यहरू भईरहेको भन्ने समेत जानकारीमा आएको हुंदा त्यसतर्फ निर्वाचन आयोगव्दारा तत्काल आबश्यक कदम चालीयोस भन्ने माग गर्दछु ।"

निर्वाचन आचार संहिता बिरुद्ध?: एनआरएन समन्वय समिति अमेरिकाको मत सहजता केन्द्र" भन्दै थकाली किचनमा टाँसिएको सूचना। यस्तै प्रकारको सूचना हाम्रो भिम्स क्याभे र चौतारी रेस्टुरेन्टमा टाँसेर कम्पूटरमार्फत मतदाताहरुलाई अनलाइन मतदान गराउने काम भएको थियो।

सिमप्ली भोटिंड ईंक (www.simplyvoting.com) द्वारा एआरएन अमेरिका (NRN USA) को अनलाइन निर्वाचन प्रायोजनकोलागि उपलब्ध गराएको सब डोमेन https://nrnusa.simplyvoting.com हो भने यो पंक्तिकारले NRN USA को बैधानिक सदस्यको हैसियतले प्राप्त गरेको इलेक्टर आईडि र पासवोर्ड प्रयोग गरी अनलाइन मतदान गर्ने वेबपेजको स्क्रिन सट यस्तो छ:














पढ्नुहोस् एनआरएन एनसिसी अफ युएसए, राष्ट्रिय निर्वाचन आयोगद्वारा जारी प्रेस बक्तब्यको पूर्ण पाठ:

एनआरएन एनसिसी अफ युएसए, राष्ट्रिय निर्वाचन आयोगको सुचना
जुन ५, २०१४

१. एनआरएन एनसिसी अफ युएसए http://nrnpnousa.org/को जुन ४, २०१४ देखि जुन ९, २०१४ सम्म सम्पन्न हुने केन्द्रीय पदाधिकारी, वोर्ड अफ डाईरेक्टरस, तथा एनआरएन एनसिसी अफ युएसएकोतर्फबाट एनआरएनए आईसिसीमा प्रतिनिधित्व गर्ने ३ जना प्रतिनिधिहरुको निर्वाचन समपन्न गर्नकालागि आयोगकोतर्फबाट कुनै पनि ठाऊमा मतदान सुविधा केन्द्रहरु स्थापित नगरिएको र कसैलाई आयोगको तर्फबाट यस्तो सुविधा केन्द्रहरु खोल्न पाऊने अनुमति पनि प्रदान गरिएको छैन। यो निर्वाचनमा मतदाताहरुले आफनो मत स्वनत्त्रतापूर्वक आफुले योग्य ठहरयाएको उम्मेदवारलाई ईमेल वा हुलाकबाट मतदान गर्ने क्रममा कसैले करकापमा पारी मतदाताको ईच्छा विरुद्ध मतदान गर्न लगाएको वा एकाको मत अर्काले हालेको सप्रमाण निर्वाचन आयोगको आधिकारीक ईमेल  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it वा ठेगानामा ऊजुरी परेमा निर्वाचन आयोगले आचारसंहिताको आधारमा विधिसम्मत रुपबाट आवस्यक कार्वाही गर्ने छ।

२. निर्वाचनमा ईमेलद्धारा मतदान गर्ने मतदाताहरुले हालसम्म दिएको मतसंख्यालाई हेर्दा सिमप्ली भोटिंड ईंकले गराएको जानकारी अनुसार जुन ५, २०१४ को ४।१९ बजेसम्ममा 3269 मध्ये 845 (25.8%) मत खसी सकेको छ। मतदान गर्न बाँकी रहेका मतदाताहरुलाई मतदान गर्नका लागि सचेत गराऊने क्रममा सिमप्ली भोटिंगका तर्फबाट प्रत्येक दिन विहान ईमेल पठाईने छ। तसर्थ मतदाताले आफनो ईमेलको ईनबक्स र सोमा नआएमा Spam मा हेर्नुहोला।

३. कतिपय मतदाताहरुले आफुले मतदान गर्नकालागि हालसम्म सिमप्ली भोटिंगबाट ईमेल प्राप्त गर्न नसकेको जानकारी मौखिक, टेलिफोन, एवं ईमेलबाट गराऊनु भएतर्फ आयोगको ध्यानार्कषण भएको छ। निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा http://nrnpnousa.org/general-members नाम रहेका र हुलाकबाट मात्र मतदान गर्न पाऊने भन्ने सुचिमा नाम नपरेका मतदाताहरुले आफुले सुरुमा दिएको ईमेलबाट सिमप्ली भोटिंगलाई This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा ईमेल गर्नुहुन अनुरोध गरिन्छ। यदि तपाईको ईमेल रेकर्डमा रहेको ईमेलसंग मिल्यो भने सिमप्ली भोटिंगकातर्फबाट तपाईको ईमेलमा भोटिंग लिंक, आईडी, र पासवर्ड प्राप्त गर्नुहुने छ।

४. माथि दफा ३ मा लेखिएको प्रकुया अपनाऊदा पनि तपाईले मतदानकोलागि ईमेल पाऊनु भएन भने आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा नाम रहेको तर हुलाकबाट मात्र मतदान गर्न पाऊने सुचिमा नाम नपरेका मतदाताहरुले आयोगको ईमेल This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा आफनो नाम, मतदाता नम्वर, ठेगाना, र ईमेल लेखि पठाऊनु हुन अनुरोध गरिन्छ।

५. सिमप्ली भोटिंगका तर्फबाट मतदाताहरुलाई पठाईएका तर फर्कि आएका भनिएका ईमेलहरुलाई हुलाकबाट मतपत्र पठाऊने सुचि http://nrnpnousa.org/eligible-to-vote-by-paper-ballot मा राखिएकोमा त्यसमध्ये कतिपय ईमेलहरु मतदाताको सुचि तयार पार्ने क्रममा गलतरुपबाट ईमेल उल्लेख हुन पुगेका कारणले यस्तो समस्या परेको देखिएको छ। अत: ईमेल फर्किएका हुदा हुलाकबाट मतपत्र पठाऊनेहरुको नामावलीमा नाम समावेश भएका मतदाताहरुले पनि पुन ईमेलबाट मतदात गर्न चाहेमामाथि दफा ३ मा ऊल्लेख भएअनुसार This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it लाई आफनो ईमेल पठाऊनु हुन अनुरोध गरिन्छ। कुनै मतदाताले ईमेल र हुलाक दुबै तिरबाट मतदान गरेमा ईमेलबाट दिएको मतलाई सदर गरिने छ। तर यस्तो सुविधा परिवारका सदस्य बाहेको नामको ईमेल प्रयोग गरेको देखिएका मतदाताहरुले भने पाऊने छैनन्। यस्ता मतदाता र ईमेलै नभएका मतदाताहरुले भने आफनो मतपत्र समयमै हुलाकबाट पठाऊनु होला।

६. ऊम्मेदवार र मतदाताहरुको जानकारीकालागि आयोगका तर्फबाट प्रत्येक दिन सांम ५ बजेपछि त्यसदिन के कति मतदाताहरुले मतदान गर्नुभयो भन्ने जानकारी गराऊने प्रयास आयोगले गर्ने छ।

विनोद रोका, एर्टनी एट ल,

निर्वाचन प्रमुख
राष्ट्रिय निर्वाचन आयोग
एनआएन एनसीसी अफ युएसए

विनोद रोका एण्ड एशोसियटस पिसी

५३ ३३ ३७ रोड
उडसाईड, न्यू योर्क ११३७७

सदस्यहरु

कन्हैया कायस्थ
रोविन थापा
गोपाल श्रेष्ठ
माधवी कार्की

पढ्नुहोस् अध्यक्ष पदको उम्मेद्वार एबं एनआरएन अमेरिकाका आउट गोईङ प्रेसिडेन्ट शिवकुमार राईद्वारा जारी प्रेस बक्तब्यको पूर्ण पाठ:

प्रेश बक्तब्य

आदरणीय एनआरएन दाजुभाइ तथा दिदी बहिनीहरू

यही जून ४ तारिखदेखि ९ तारिखसम्म सम्पन्न हुन गईरहेको एनआरएन, एनसिसि युएसएको निर्वाचनमा म शिवकुमार राईको समूहका निम्न ब्यक्तिहरूलाई मत दिनुहोला भनी मसमेत बिभिन्न उमेदवारहरूको नामावली उल्लेखित लिष्ट बितरण भईरहेको भन्ने जानकारी हुन आएकोले । मेरो त्यस प्रकारको कुनै समूह नभएको कुरा स्पष्ट पार्दै, यस प्रकारको भ्रामक सूचनाकोपछि नलागी आफ्नो स्वेच्छाले योग्य उमेदवारलाई मत दिन हुन समपूर्ण मतदाताहरूलाई अनुरोध गर्दछु ।

यस निर्वाचन क्रममा, न्यू योर्कमा केहि उम्मेद्वारहरूले मतदान केन्द्र नै स्थापना गरी मतदाताहरूलाई जबरजस्ती उहाहरूको ईच्छा बिरूध्द मत हाल्न लगाउने समेतको कार्य गरी निर्वाचन आचार सम्हिता बिपरिकका कार्यहरू भईरहेको भन्ने समेत जानकारीमा आएको हुंदा त्यसतर्फ निर्वाचन आयोगव्दारा तत्काल आबश्यक कदम चालीयोस भन्ने माग गर्दछु ।

बिनितः
शिवकुमार राई
अध्यक्ष पदको उम्मेद्वार
एनआरएन, एनसिसि युएसए

अध्यक्षका ४ मध्ये ३ जना प्रतिपर्धीहरु बिष्णुहरी धौराली (मासाचुसेट्स), खगेन्द्र छेत्री (न्यू जर्सी) र शिवकुमार राई (न्यू ह्याम्प्सायर) चुनावी मैदानमा छन् भने कृष्ण पि कोइराला (क्यालिफोर्निया) प्रतिस्पर्धाबाट हटेका छन् ।

महिला कोअर्डिनेटरमा उमा कार्की थापा (क्यालिफोर्निया) निर्बिरोध निर्वाचित भएकिछिन् भने युवा संयोजकमा बर्षा मोक्तान निर्बिरोध बनेकिछिन्। मोक्तानलाई उनका प्रतिद्वन्दी कृष्णकुमार श्रेष्ठ (फ्लोरिडा) र डिल्लिराम भट्टराई (क्यालिफोर्निया) ले समर्थन गर्दै आ-आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए।



सैगरी, वरिस्ठ उपाध्यक्ष (१ सिट) पदबाट छिरिङ्ग राप्के लामा (न्यू योर्क) र डा. केशब पौडेल (न्यू मेक्सिको) ले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएकाछन्। अब यो पदकोलागि चुनावी मैदानमा लोक तिवारी (मेरिल्यान्ड), घनप्रशाद दबाडी (क्यालिफोर्निया) र सानुबाबु सिलवाल (नर्थ क्यारोलिना) छन्।

उता उपाध्यक्ष पद (२ सिट) कालागि ५ प्रतिस्पर्धीहरु श्री पराजुली (न्यू योर्क), बनिता कतिला (न्यू योर्क), शेशराज खतिवडा (मासाचुसेट्स), सुर्य (सल) लम्साल (न्यू योर्क) र मुकुन्द ढुङ्गाना (क्यालिफोर्निया) भिडन्त गर्दैछन्।

महासचिब (१ सिट) पदमा प्रतिस्पर्धी रहेका ५ उम्मेद्वारहरु कृष्ण पोख्रेल (न्यू योर्क), प्रेम गुरागाई (क्यालिफोर्निया), तिल (तिलक) श्रेष्ठ (न्यू योर्क), बाबुराम लामा (न्यू योर्क) र पुरुसोत्तम बोहोरा (आयोया) बीच टक्कर पर्दैछ।

उता कोशाध्यक्ष (एक सिट) कोलागि ४ प्रतिस्पर्धीहरु मिलनकुमार शाही (न्यू योर्क), सुमनराज सापकोटा (न्यू योर्क), बेदराज बस्नेत (टेक्सास) र गोकर्ण दाहाल (टेक्सास) बीच भिडन्त हुँदैछ।



त्यसैगरी, उपसचिब (एक सिट) कोलागि सतेन्द्र शाह (न्यू जर्सी), उपेन्द्रराज भट्ट (न्यू योर्क), नारायण छेत्री र दिलबहादुर श्रेष्ठ (क्यालिफोर्निया) बीच प्रतिस्पर्धा हुँदैछ। उता सह-कोशाध्यक्षका प्रतिस्पर्धीहरुमा सन्जिब श्रेष्ठ (न्यू जर्सी) र प्रकाश सापकोटा (कोलोराडो) छन्।

कार्य समिती सदस्य (७ सिट) पदमा १४ जना प्रतिस्पर्धीहरु बलराम थापा (क्यालिफोर्निया), लक्ष्मीप्रशाद बजगाई (कनेक्टिकट), सुक्रराज घिमिरे (न्यू योर्क), सरोजकुमार श्रेष्ठ (न्यू योर्क), रविन बज्राचार्य (न्यू योर्क), बिमल ज्ञवाली (टेक्सास), धर्म भट्टराई (मिचिगन), बैकुण्ठ खनाल (क्यालिफोर्निया), राधा पौडेल (टेन्नेसी), बिष्णुमान प्रधान (न्यू योर्क), युबराज खनाल, चेत भट्टराई (नर्थ क्यारोलिना), देवीप्रशाद पाण्डे (टेक्सास) र बेदनिधी दाहाल (टेक्सास) बीच प्रतिस्पर्धा हुँदैछ।

त्यसैगरी, एनआरएन आईसिसीको बिधानअनुसार एक हजार सदस्य बराबर एक जना आईसिसी सदस्य चुनेर पठाउनु पाउने ब्याबस्थाअनुसार ३,९८८ कूल सदस्य रहेको एनआरएन अमेरिकाले ३ जना आईसिसी सदस्य पठाउन पाउने भएकोमा ५ जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएकाछन्। एनआरएन आईसिसी उम्मेद्वारहरुमा नबिन शेरचन (न्यू योर्क), सन्जिब सापकोटा (जर्जिया), राजा घले (जर्जिया), बाला घिमिरे (इलिनोइस) र डा. बिनोद शाह (न्यू योर्क) छन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिकाका उम्मेद्वारहरुको घोषणा पत्रहरु कस्ता छन्? मत हाल्नु अघि पढ्ने कि?

-'म जहाँ भएपनि जहाँ गएपनि, नेपाली हूँ, म 'गैरनेपाली' (एनआरएन) हुन सक्दिन' -छेवाङ शेर्पालामा, अन्तरिम अध्यक्ष, एएनए

-एनआरएन अमेरिका (NRN USA) को निर्वाचनमा २ पदमा निर्बिरोध, अब अध्यक्षका ३ जना प्रतिपर्धी मैदानमा, न्यू योर्कको १,२८७ मत निर्णायक

-Update: एनआरएन अमेरिका (NRN USA) को निर्वाचनमा १९ पदकालागि ५२ जना उम्मेद्वार प्रतिस्पर्धामा, अध्यक्षमा ४ जना प्रत्यासी

एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेद्वारी दिने अन्तिम मिति अप्रिल १५ तारिख, मतदाता सदस्य ३,९८८, अनलाइन भोटिङ जुन ४-९ तारिखवीच हुँदै

NRN USA Final Voters List Published as of Apr 11, 2014 NRN NCC OF USA ELECTION NOTICE All Pages

-एनआरएन अमेरिकाको ४ हजार २०२ सदस्यहरु मध्ये ९२८ जनाको विवरण अपुरो, सच्याउने समय मार्च ३१ तारिख मध्यरातसम्म, तपाईंको नाम छुट्ला है !

-एआरएन अमेरिकाको निर्वाचन दुई महिनापछि सर्ने, ७ पदाधिकारी पदकालागि २० उम्मेद्वार, सदस्यता नविकरणको म्याद मार्च ४ तारिखसम्म थप, अनलाइन भोटिङ हुने

-एआरएन अमेरिका (NRN USA) मा चुनावी भिडन्त: अध्यक्षमा ४ प्रतिस्पर्धी, सहमतीमा नेत्र्तिव चयन हुने सम्भावना

-एआरएन अमेरिकाको चुनावी सरगर्मी, आईसिसी अगुवाहरु नै लागेर नयाँ नेत्रित्व चुन्न आतुर

-एनआरएन अमेरिकाको चुनावी भाँड्भैलो: एनआरएन आईसिसीद्वारा आबद्धता तोड्ने चेतावनी, अब के होला?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.