Inside

All Time Top 50 News

अप्डेट: जुन ६: एनआरएन अमेरिकाको अनलाइन मतदानमा ३७.४ प्रतिशत मतदान गरिसके, जुन १२ सम्म अनलाइन भोटिङ हुने, गलत ईमेलहरुको सूची PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 06 June 2014 17:28

Exclusive: 57 photos: न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका उर्फ एआरएन अमेरिका (NRN USA) को यहीं जुन ४-९ तारिखवीच अनलाइन र हुलाकी चिठ्ठीद्वारा अध्यक्षसमेत बिभिन्न १९ पदकालागि भईरहेको निर्वाचन प्रकृयामा केही मतदाताहरुको गलत ईमेल इन्ट्रीको कारण अनलाइन इलेक्टर आईडि र पासवर्ड प्राप्त गर्न नसकेपछि सकभर सबै बैधानिक मतदाताहरुलाई मतदान गर्ने सहजता प्रदान गर्न अनलाइनकोलागि जुन १२ तारिख र हुलाकी चिठ्ठी मतदानकोलागि जुन १३ सम्मको मिति सारिएको एनआरएन एनसिसी अफ युएसए, राष्ट्रिय निर्वाचन आयोगले जानकारी गराएको छ। यो पंक्तिकार NRN USA को सदस्यता भेरीफिकेसन सदस्यको हैसियतले प्राप्त सदस्यहरुको ईमेल पुन: हेर्दा केही ईमेल आईडिहरु गलत फेला परेको छ।

गलत ईमेल आईडिहरु फेला परेका सदस्यहरुको सिरियल नम्बर, नाम, राज्य र ईमेल:

106.

Anamica  Thapa

NC

 

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

211.

Arbin Shrechan

NJ

07086

arbinsherchan@gmailcom

254

Ashok Chhetri

NY

11385

Ashok This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

557.

Bimesh Shrestha

MD

21239

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

1120.

Gautam Gurung

NH

03102

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

1759.

Laxman Lama Lopchan

VA

20151

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

2231.

Nikita Yashaswi Chapagain

TX

75035

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

2241.

Nima D Sherpa

CA

94703

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

3592.

Sita Paudyal

CT

06119

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


यि मध्ये १०६ नं कि अनामिका थापाको ईमेलमा hotmail को एल (l) छुटेको छ। २११ नं का अर्बिन शेरचनको ईमेलमा gmail.com को (.) छुटेको छ। २५४ नं का अशोक छेत्रीको ईमेलमा उनको नाम र थारबीच स्पेस छ जुन ईमेलमा गलत हुन्छ। ५५७ नं का बिमेश श्रेष्ठको ईमेलमा (-) छ, यो (_) हुन सक्छ। त्यस्तै, ११२० नं का गौतम गुरुङको ईमेलमा hotmail हुनु पर्नेमा hatmail भएको छ। १७५९ नं का लक्ष्मण लामा लोप्चनको ईमेलमा gmail हुनु पर्नेमा gamil भएको छ। २२३१ नं कि निकिता यशस्वी चापागाईको ईमेलमा पनि gmail को सट्टा gamil भएको छ। २२४१ को निमा डि शेर्पाको ईमेलमा hotmail.com हुनु पर्ने मा .co भएको छ। त्यस्तै, ३५९२ नं कि सिता पौडेलको ईमेलमा outlook हुनु पर्नेमा outlock भएको छ। यस बाहेक ईमेल डाटा इन्ट्री गर्ने ब्यक्तीले आईडि नामहरु गलत स्पेलिङ गरेको हुन सक्ने सम्भावना पनि उत्तिकै छ।

यसैबीच, एनआरएन एनसिसी अफ युएसए बोर्ड सदस्यका उम्मेद्वार देबिप्रशाद पाण्डे (टेक्सास) ले पनि आफ्नो ईमेल गलत इन्ट्री भएको कारण अनलाइन मतदान गर्ने इलेक्टर आईडि र पासवर्ड पाउन नसकेको कारण युएस नेपाल अनलाइनलाई जानकारी गराएका थिए। उक्त समस्या प्रमुख निर्वाचन आयुक्त बिनोद रोकालाई जानकारी गराउँदा उनले गल्ती सच्याउने कार्य शुरु भएको जानकारी गराएकाछन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

NRN USA Candidates: Online and snail mail voting is scheduled between June 4-9, 2014. Photos courtesy: Pratha Magar for USNepalOnline, Khasokhas Weekly, Lanepal.com and candidates facebook profile pages.

एनआरएन एनसिसी अफ युएसए, राष्ट्रिय निर्वाचन आयोगद्वारा जुन ६ तारिख जारी प्रेस बक्तब्य:

एनआरएन एनसिसी अफ युएसए, राष्ट्र्यि निर्वाचन आयोगको सुचना
जुन ६, २०१४

१. एनआरएन एनसिसी अफ युएसएको जुन ४, २०१४ देखि जुन ९, २०१४ सम्म सम्पन्न हुने केन्द्रीय पदाधिकारी, वोर्ड अफ डाईरेक्टरस, तथा एनआरएन एनसिसी अफ युएसएको तर्फबाट एनआरएनए आईसिसीमा प्रतिनिधित्व गर्ने ३ जना प्रतिनिधिहरुको निर्वाचन समपन्न गर्नका लागि आयोगको पूर्व प्रकाशित सुचना अनुसार ईमेलबाट मतदान गर्ने समय जुन ९ र हुलाकबाट पठाईने मतपत्र पनि जुन ९ भित्र निर्वाचन प्रमुखको ल अफिसमा पुगि सक्नु पर्ने व्यवस्था रहेको थियो। तर मतदानको क्रममा एनआरएन एनसिसी अफ युएसएको वोर्डले केन्दीय निर्वाचन आयोगलाई पठाएको ईमेलको रेर्कड संग मतदाताले प्रयोग गर्ने गरेको भनिएको ईमेलसंग नमिलेको कारणले ऊक्त ईमेलहरु फर्कि आएका थिए। ती ईमेलहरु सच्याऊनका लागि निर्वाचन आयोगले प्रकाशित गरेको पूर्व सुचना अनुसार सम्वन्धित मतदाताहरुले म्यादभित्र नसच्याएको हुदा हुलाकबाट मतदान गर्ने योग्य ठहरिएको सुचिमा नाम समावेस गरि आयोगले सुचना प्रकाशित गरेको थियो।

२. हाल मतदानको समयमा माथि दफा १ मा ऊल्लृेखीत ईमेल भएका मतदाता र अन्य अतदाताहरुले सिमप्ली भोटिंगका तर्फबाट मतदानको लागि लगईन आईडी र पासवर्ड नआएपछि मात्र आयोग र सिमप्ली भोटिंगलाई जानकारी गराऊन थाल्नु भयो तर वहाहरुले पठाएको ईमेल सिमप्ली भोटिंगको रेकर्डमा रहेको ईमेलसंग नमिले पछि मतदान गर्ने आईडी र पासवर्ड आऊन सक्नु भएको छैन। आयोगले दिएको समय भित्र ईमेल नसच्याइएको भएता पनि मतदाताहरुको मत गर्न पाऊने अधिकारलाई सम्मान गर्दै आयोगका तर्फबाट सही मतदाताको ईमेलमा रहेको गल्ती सच्याऊने कार्य सुरु गरिएको छ। यस क्रममा आयोगका तर्फबाट आवस्यक जाचबुमm गरी सच्याई आएका ईमेलहरु जुन ९ भित्र सिमप्ली भोटिंगलाई प्रदान गरिने छ। यसरी आयोगबाट प्राप्त भएका सही ईमेलहरु सिमप्ली भोटिंगको रेकर्डमा राखेपछि त्यस्ता मतदाताहरुले सिमप्ली भोटिंगबाट आफनो ईमेलमा लगईन आईडी र पासवर्ड प्राप्त गर्न सक्नु हुने कुराको जानकारी हामीले पाएका छौ। अत यस्तो परिस्थितीका कारणले आएको प्राविधिक त्रुटी र मतदाताको मताधिकारको कदर गर्दै आयोगले ईमेलबाट मतदान गर्न पाऊने समय जुन १२ को स्थानीय समय अनुसार १२ बजेसम्म बढाईएको छ। त्यसै गरी हुलाकबाट मतदान गर्न पाऊने मतदाताहरुले पठाएको मतपत्र जुन १३ का दिन कार्यालय समय भित्र निर्वाचन प्रमुखको कार्यालयमा वितरण भएमा म्यादभित्रै प्राप्त भएको मानी मत गणनामा सामेल गरिने छ। तर सो भन्दा पछाडी प्राप्त भएको मतपत्रहरुलाई भने स्वीकार गरिने छैन।

३. निर्वाचनमा ईमेलद्धारा मतदान गर्ने मतदाताहरुले हालसम्म दिएको मतसंख्यालाई हेर्दा सिमप्ली भोटिंड ईंकले गराएको जानकारी अनुसार जुन ६, २०१४ को ४:२८ बजेसम्ममा 3269 मध्ये 1221 (37.4%) मत खसी सकेको छ। मतदान गर्न बाकी रहेका मतदाताहरुलाई मतदान गर्नका लागि सचेत गराऊने क्रममा सिमप्ली भोटिंगका तर्फबाट प्रत्येक दिन विहान ईमेल पठाईने छ। तसर्थ मतदाताले आफनो ईमेलको ईनबक्स र सोमा नआएमा Spam मा हेर्नुहोला।

४. ईमेल मिलेका मतदाताले मात्र आफुले सुरुमा दिएको ईमेलभोटिंगलाई This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा ईमेल गर्नुहुन अनुरोध गरिन्छ। किनकि तपाईको ईमेल रेकर्डमा रहेको ईमेलसंग मिल्यो भने मात्र सिमप्ली भोटिंगका तर्र्फबाट तपाईको ईमेलमा भोटिंग, लिंक,आईडी, र पासवर्ड प्राप्त गर्नुहुने छ।

विनोद रोका, एर्टनी एट ल,
निर्वाचन प्रमुख
राष्ट्र्यि निर्वाचन आयोग
एनआएन एनसीसी अफ युएसए
विनोद रोका एण्ड एशोसियटस पिसी
५३ ३३ ३७ रोड
उडसाईड, न्युर्योक ११३७७
सदस्यहरु
कन्हैया कायस्थ
रोविन थापा
गोपाल श्रेष्ठ
माधवी कार्की

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिका (NRN USA) को जुन ४-९ तारिखबीच भईरहेको अनलाइन मतदान प्रकृया धमाधम, न्यू योर्कमा बिबाद

-एनआरएन अमेरिकाका उम्मेद्वारहरुको घोषणा पत्रहरु कस्ता छन्? मत हाल्नु अघि पढ्ने कि?

-'म जहाँ भएपनि जहाँ गएपनि, नेपाली हूँ, म 'गैरनेपाली' (एनआरएन) हुन सक्दिन' -छेवाङ शेर्पालामा, अन्तरिम अध्यक्ष, एएनए

-एनआरएन अमेरिका (NRN USA) को निर्वाचनमा २ पदमा निर्बिरोध, अब अध्यक्षका ३ जना प्रतिपर्धी मैदानमा, न्यू योर्कको १,२८७ मत निर्णायक

-Update: एनआरएन अमेरिका (NRN USA) को निर्वाचनमा १९ पदकालागि ५२ जना उम्मेद्वार प्रतिस्पर्धामा, अध्यक्षमा ४ जना प्रत्यासी

एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेद्वारी दिने अन्तिम मिति अप्रिल १५ तारिख, मतदाता सदस्य ३,९८८, अनलाइन भोटिङ जुन ४-९ तारिखवीच हुँदै

NRN USA Final Voters List Published as of Apr 11, 2014 NRN NCC OF USA ELECTION NOTICE All Pages

-एनआरएन अमेरिकाको ४ हजार २०२ सदस्यहरु मध्ये ९२८ जनाको विवरण अपुरो, सच्याउने समय मार्च ३१ तारिख मध्यरातसम्म, तपाईंको नाम छुट्ला है !

-एआरएन अमेरिकाको निर्वाचन दुई महिनापछि सर्ने, ७ पदाधिकारी पदकालागि २० उम्मेद्वार, सदस्यता नविकरणको म्याद मार्च ४ तारिखसम्म थप, अनलाइन भोटिङ हुने

-एआरएन अमेरिका (NRN USA) मा चुनावी भिडन्त: अध्यक्षमा ४ प्रतिस्पर्धी, सहमतीमा नेत्र्तिव चयन हुने सम्भावना

-एआरएन अमेरिकाको चुनावी सरगर्मी, आईसिसी अगुवाहरु नै लागेर नयाँ नेत्रित्व चुन्न आतुर

-एनआरएन अमेरिकाको चुनावी भाँड्भैलो: एनआरएन आईसिसीद्वारा आबद्धता तोड्ने चेतावनी, अब के होला?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.