Inside

All Time Top 50 News

अमेरिकाको डिसी मेट्रो एरियामा एनआरएन भवन निर्माणकालागि ७० हजार डलर संकलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishna KC-Sanjel and Pratha Magar   
Saturday, 23 August 2014 11:26

Special: 5 photos: वासिङ्टन डिसी- गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको कम्युनिटी आउटरिच तथा अन्तरकृया कार्यक्रमबाट एनआरएन आईसिसी अध्यक्ष शेष घलेको उपस्थितिमा काठमाण्डौंमा बनाईने एनआरएन भवन निर्माणकालागि ७० हजार डलर संकलन भएको छ । अमेरिकामा अहिलेसम्म उठेको यो सबैभन्दा धेरै रकम हो । यस अघि टेक्सासमा १७ हजार डलर, सिकागोमा १० हजार डलर, बोस्टनमा १५ हजार डलर, लस एन्जेलसमा २७ हजार डलर र सियाटलमा २१ हजार डलर संकलन भैसकेको छ । अब अगस्ट २४ तारिख न्यू योर्क शहर जहाँ सबैभन्दा धेरै झन्डै ३० हजार नेपाली बसोबास गर्दछन्, बाट कति अनुदान रकम संकलन हुने भन्ने चाँसो बढेको छ । न्यू योर्कको फन्डरेजिङ कार्यक्रम अध्यक्ष घलेको अमेरिकामा अन्तिम कार्यक्रम हो ।

NRN USA fund raised $70,000 in DC Metro Area for NRN Building in Kathmandu in the presence of NRN ICC President Shesh Ghale on August 22, 2014. Photos by Bishal Bhattarai

अगस्ट २३ को फन्डरेजिङ डिनर कार्यक्रममा एनआरएन आईसिसी अध्यक्ष घलेले गैर आवासीय नेपाली संघको काठमाण्डौंमा बन्ने केन्द्रीय कार्यालय भवन निर्माण र यसको आबश्यक्ताबारे प्रकास पारेका थिए भने प्रवासी नेपालीहरुको समस्या र नागरिकताको निरन्तरताका बिशयमा संघको धारणा ब्यक्त गरेका थिए ।

NRN USA fund raised $70,000 in DC Metro Area for NRN Building in Kathmandu in the presence of NRN ICC President Shesh Ghale on August 22, 2014. Photos by Bishal Bhattarai

डिसी मेट्रो एरियामा एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोक तिवारी, युवा कोअर्डिनेटर बर्षा मोक्तान, आईसिसी सल्लाहकार रामचन्द्र खरेल, अबैतनिक महाबाणिज्यदूत प्रेमराजा महतलगायतले पहल गरेका थिए ।

NRN ICC President Shesh Ghale honoring Sharmila Upreti on August 22, 2014. Photos by Bishal Bhattarai

यसैबीच्, अध्यक्ष घलेले अमेरिकाकालागि नेपाली कार्यबाहक राजदूत रिशिराम घिमिरे र दूताबासका कर्मचारीहरुसंग भेट गरेका थिए । उक्त अबसरमा संघले दूताबाससंग मिलेर के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिशयमा छलफल गरिएको जनाईएको छ ।

NRN ICC President Shesh Ghale meeting with Nepalese Acting Ambassador Rishiram Ghimire and Embassy Staffs on August 22, 2014. Photos by Bishal Bhattarai

NRN ICC President Shesh Ghale with INLS founding President Homnath Subedi (L), NRN USA former President Suman Timsina and NRNA ICC Advisor Ram Chandra Kharel on August 22, 2014. Photo by Suman Timsina facebook profile

अध्यक्ष घलेको अमेरिका भ्रमण अगस्ट ११ देखि २४ तारिखबीच अमेरिकाका बिभिन्न शहरहरुमा हुँदैछ । अध्यक्ष घलेसंग अगस्ट ११-१२ मा वासिङ्टन राज्यको सियाटल शहरमा, अगस्ट १३-१४ मा क्यालिफोर्निया राज्यको लस एन्जेलस शहरमा, अगस्ट १५-१६ मा मासाचुसेट्स राज्यको बोस्टन शहरमा, अगस्ट १७-१८ इलेनोई राज्यको सिकागो शहरमा, अगस्ट १९-२० टेक्सास राज्यको डालस शहरमा, अगस्ट २१-२२ मा वासिङ्टन डिसीको डिसी मेट्रो एरियामा र अगस २३-२४ मा न्यू योर्क राज्यको न्यू योर्क शहरमा बिशेष अन्तरकृयाहरु र नेपालमा एनआरएन मुख्यालय भवन निर्माणकोलागि फन्डरेजिङ डिनर रातृभोजहरुको आयोजना हुँदैछ ।

यसैबीच, एनआरएन भवन निर्माणकालागि अष्ट्रेलियाबाट झन्डै २ करोड रूपैयाँ अनुदान संकलन भैसकेको खबर प्राप्त भएको छ । हालसम्म उक्त भवन निर्माणकोलागि २ करोड ७२ लाख ५ हजार २३८ रुपैयाँ संकलन भएको छ । उक्त भवन निर्माणकालागि १५ करोड रुपैयाँ लाग्ने जनाईएको छ । अब अमेरिकाबाट एनआरएन एआईसिसिले अमेरिकावासी नेपालीहरुबाट पनि ठूलो अपेक्षा गरेको छ।

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

-Krishna KC in Washington DC. Also reported by Pratha Magar in New York.

Read related news:

-अमेरिकाको टेक्सासमा एनआरएन भवन निर्माणकालागि १७ हजार ५ सय डलर संकलन

-अमेरिकाको सिकागो शहरमा एनआरएन भवन निर्माणकालागि १० हजार डलर संकलन

-अमेरिकाको बोस्टनमा आईसिसी अध्यक्ष शेष घलेको भब्य स्वागत, एनआरएन भवनकोलागि १५ हजार डलर संकलन

-लस एन्जेलस शहरमा एनआरएन अमेरिकाद्वारा २७ हजार डलर संकलन

-अमेरिकाको सियाटलमा एनआरएन भवन निर्माणकालागि २१ लाख रुपैयाँ संकलन

--एनआरएन आईसीसी अध्यक्ष शेष घलेको अमेरिका भ्रमण केकालागि हुँदैछ ?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.