Inside

All Time Top 50 News

न्यू योर्कमा एनआरएन भवन निर्माणकोलागि २ लाख ११ हजार डलर संकलन, अमेरिकाबाट कूल ३ लाख ७३ हजर डलर संकलन, आईसिसि अध्यक्ष घले दंग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 25 August 2014 15:40

Updated; Exclusive: 15 photos, 1 video: न्यू योर्क- गैर आवासीय नेपाली संघ (एनआरएन) को काठमाण्डौंमा बनाईने भवन निर्माणकोलागि अमेरिकाबासी नेपालीहरुले एनआरएन आईसिसी अध्यक्ष शेष घलेको उपस्थितिमा अमेरिकि डलर ३ लाख ७३ हजार अर्थात ३ करोड ६२ लाख रुपैंयाँ उठाएर उनको झन्डै एक महिने अमेरिका भ्रमणलाई पूर्ण सफल पारेकाछन् । उक्त संकलित रकममा अध्यक्ष घलेले फुरुङ्ग भएर आफूले २५ हजार डलर दिने घोशणा गरेका हुन् । उनको अनुदान रकमको हाराहारीमा अनुदान दिने अमेरिकि नेपाली एनआरएन अमेरिकाका वरिस्ठ उपाध्यक्ष एबं भर्जिनिया निवासी ब्याबसायी लोक तिवारीले न्यू योर्कको फण्डरेजिङ रातृभोजमा उपस्थित भएर २५ हजार डलर अनुदान गर्ने घोषणा गरेका थिए । उता एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसी र आईसिसी डिआरसी एबं भवन निर्माण समितिका को-चेयर सोनाम लामाले जनही २१ हजार डलर प्रदान गर्ने भएकाछन् भने तेन्जिङ उक्याब र कुमारी लामाले जनही १० हजार अमेरिकि डलर दिने घोषणा गरेका थिए ।

NRN USA fund raised USD $2,11,000 from New York fund raising dinner in the presence of NRNA ICC president Shesh Ghale on August 24, 2014 and total USD $ 3,73,000 from all over USA. Photos: Pratha Magar for USNepalOnline

अगस्ट २४ तारिख बेलुकी होटेल सेराटन, फ्लसिङ न्यू योर्कमा आयोजित अमेरिकि डलर १०० प्रति ब्यक्ती डिनर शुल्क लिएर अस्ट्रेलियाका धनाड्य ब्याबसायी अध्यक्ष घलेसंगसंगै बसेर फण्डरेजिङ डिनर गर्न पुगेका झन्डै डेढ सय नेपालीहरुले उक्त २ लाख ११ हजार डलर अनुदान दिने प्रतिबद्दता जनाएका हुन् । अध्यक्ष घलेले अनुदान रकम दिन कबोल गर्ने सह्रीदयीहरुलाई परम्परागत खादाद्वारा सम्मान गरेका थिए ।

NRNA ICC president Shesh Ghale with Nepalese at the fund raising dinner on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline

अध्यक्ष घलेले एनआरएन दिवस अक्टोबर ११ तारिखको अवसर पारेर काठ्माण्डौंमा शिलन्यास गर्न लागेको झन्डै १५ करोड रुपैंयाँ लागतको एनआरएन भवनकोलागि उक्त रकम संकलन गरिएको हो । काठ्माण्डौं मुटुमा सबैलाई पुग्न सजिलो हुने स्थानमा जग्गा खरिदकोलागि मात्र ७ करोडभन्दा बेशी लाग्ने बताईएको छ ।



एनआरएन आईसिसी अध्यक्ष शेष घलेसंग बिशेश अन्तरकृया

यसैबीच, अगस्ट २४ तारिख अपरान्ह एनआरएन अमेरिकाद्वारा एनआरएन आईसिसी अध्यक्ष शेष घलेसंग बिशेश अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीकोरुपमा घले उपस्थित थिए भने बिशिस्ट अतिथीकोरुपमा संरासंकालागि महामहिम राजदूत दुर्गाप्रशाद भट्टराईको उपस्थिती रहेको थियो । अन्तरकृया कार्यक्रममा एनआरएन अमेरिकाकि उपाध्यक्ष बनिता कतिलाले स्वागत मतब्य ब्यक्त गरेकी थिईन् भने अर्का उपाध्यक्ष श्री पराजुलीले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

NRNA ICC president Shesh Ghale speaking at the fund raising dinner on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline

अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले आफूले देखाउनकोलागि मात्र काम गर्न नखोजेको र आफ्नो लिगासीकोलागि मात्र नभै संघलाई संस्थागत रुपमा सस्टेनेबल र आर्थीकरुपमा सक्ष्यम बनाउन लागेको बताए । उनले भने- "Iam not trying to leave my legacy. I am not driven by legacy." एनआरएनलाई देशको पाँचौं पिलार भन्ने गरिएको तर अब संस्थालाई २०, ३० र ५० बर्ससम्म लैजाने हो भने स्टक्चारल चेन्ज गर्नु पर्ने उल्लेख गर्दै अध्यक्ष घलेले संघको भवन निर्माण संघलाई संस्थागत बनाउनेतर्फको एउटा कार्यक्रम रहेको बताए । संघले १० बर्ससम्म मुभ्मेन्ट गरेको अब संस्थागत बनाउने पर्ने बेला आएको भन्दै अध्यक्ष घलेले आफू संघलाई संस्थागत बनाउने प्रोसेसमा रहेको र अरुले भनेको जस्तो यो कुनै क्लब नभएको जिकिर गरे- "This is not in anyway a club but it's a long way to go to make it as an institute." उनले यो यात्रा एक्लै गर्न नसकिने र सबैबाट सहयोगको अपेक्षा गरेको बताए । अध्यक्ष घलेले यो संघमा लाग्नुमा आफ्नो कुनै कमर्सियल इन्टरेस्ट नभएको र आफूले सफा सोचाई (इन्टेन्सन) ले इन्ट्रेप्रेनिरियल यात्रामा हिडेको उल्लेख गरे- "I have no commercial interest in this venture. यो मेरो entrepreniural journey हो ।" उनले आफ्नो जिम्मेवारी भनेको समाजमा एनआरएन संस्थाप्रति बिश्वास जगाउने रहेको पनि उल्लेख गरे ।

NRNA ICC president Shesh Ghale with Nepalese at the fund raising dinner on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline

दोहोरो नागरिकता र नागरिकताको निरन्तरताको सवालमा सम्बोधन गर्दै अध्यक्ष घलेले नेपालमा सबै पक्ष राजनैतिक अधिकार बाहेक अरु नेपाली नागरिक सरह आर्थीक, सामाजिक र साँस्कृतिक अधिकार भएको गैर आवासीय नागरिकता दिने कन्सेन्सस भएकोले हामी सबैले त्यसलाई समर्थन गर्नु पर्ने र त्यो नागरिकता लिनु सहमत हुनु पर्ने आग्रहा गरे ।

बिशिस्ट अतिथी महामहिम राजदूत दुर्गाप्रशाद भट्टराईले सम्बोधन गर्दै बिदेसिन लागेका र बिदेशमा काम गरिरहेका नेपालीहरुकोलागि फाइनान्सियल लिटेरेसी (आर्थीक शिक्षा) दिन जरुरी रहेको र त्यसको महत्वबारे प्रकास पार्दै एनआरएनमा रहेको शिक्षित जनाशक्तीको उपायोग गर्नु पर्ने कुरामा जोड दिए ।

NRNA ICC president Shesh Ghale with NRN USA Board at the fund raising dinner on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline

अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्ने बक्ताहरुमा डिआरसी सोनाम लामा, आईसिसी सदस्य डा. बिनोद शाह, आईसिसी सदस्य राजा घले, आईसिसी महिला सशक्तिकरण चेयर डा. बिष्णुमाया परियार, नेपाली जनसम्पार्क समिती अमेरिकाका अध्यक्ष बिष्णु सुबेदी, प्रवासी नेपाली मन्चका अध्यक्ष संजय थापा, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) कोशाध्यक्ष तेन्जिङ उक्याब्, एशोसियसन अफ नेपालिज इन तराईयन (एन्टा) का उपाध्यक्ष सतेन्द्र शाह्, रिजवूड नेपालिज सोसाईटीका अध्यक्ष सरोज श्रेष्ठ, सिन्धु-युएस वेल्फेयर सोसाइटी अध्यक्ष बंशलाल तामाङ, डा. केशब पौडेल, नेजा प्रतिनिधीलगायत थिए । कार्यक्रमको सन्चालन एनआरएन अमेरिकाका महासचिब कृष्ण पोख्रेलले गरेका थिए ।

बिश्वको ७ महादेशको सर्बोच्च शिखरहरु चुम्ने नेपाली महिलाहरुको सम्मान

उक्त समारोहमा बिश्वको ७ महादेशको सर्बोच्च शिखरहरु चुम्ने ७ जना शिखर आरोही नेपाली नेपाली महिलाहरुको सम्मान गरिएको छ ।

NRNA ICC president Shesh Ghale honoring seven summits climber Nepalese women at the interaction in New York on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline

पद एबं गोपनीयताको शपथ ग्रहण

उक्त अवसरमा एनआरएन आईसिसीमा प्रतिनिधित्व गर्नेहरु आईसिसी सदस्य त्रय राजा घले, डा. बिनोद शाह र नबिन शेरचन तथा आईसिसी महिला सशक्तिकरण चेयर डा. बिष्णुमाया परियारलाई आईसिसी अध्यक्ष घलेले पद एबं गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

NRNA ICC president Shesh Ghale performing searing-in ceremony for ICC Members at the interaction in New York on August 24, 2014. Photos: Pratha Magar for Ram C. Kharel

एनआरएन अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन

यसैबीच, एनआरएन अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन एनआरएन आईसिसी अध्यक्ष शेष घलेले गरेका छन् । उक्त कार्यालय न्यू योर्कको ज्याक्सन हाइट्स, ७६ स्ट्रीटस्थित नेपाल हाउस बिल्डिङमा भाडामा लिएर सन्चालनमा ल्याईएको छ ।

NRNA ICC president Shesh Ghale inaugurated NRN USA office in New York on August 24, 2014. Photos: Krishna Pokhrel

नेपाल युएस-२०१४ बिजेता खुश्बु मिश्र एनआरएन सद्भावनादूत

उक्त समारोहमा मिस नेपाल युएस-२०१४ बिजेता खुश्बु मिश्रलाई एनआरएन आईसिसी अध्यक्ष शेष घलेले एनआरएनको सद्भावनादूत बन्न अनुरोध गरे भने मिश्रले सहर्श स्वीकार गर्दै एनआरएनको मिसनलाई सफल बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिज्ञा जाहेर गरिन् ।

NRNA ICC president Shesh Ghale with Miss Nepal US 2014 in New York on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline

यस अघि डिसी मेट्रो एरियामा ७० हजार डलर, टेक्सासमा १७ हजार डलर, सिकागोमा १० हजार डलर, बोस्टनमा १५ हजार डलर, लस एन्जेलसमा २९ हजार डलर र सियाटलमा २१ हजार डलर संकलन भैसकेको छ ।

यसैबीच, एनआरएन भवन निर्माणकालागि अष्ट्रेलियाबाट झन्डै २ करोड रूपैयाँ अनुदान संकलन भैसकेको खबर प्राप्त भएको छ । हालसम्म उक्त भवन निर्माणकोलागि २ करोड ७२ लाख ५ हजार २३८ रुपैयाँ संकलन भएको छ । उक्त भवन निर्माणकालागि १५ करोड रुपैयाँ लाग्ने जनाईएको छ ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-अमेरिकाको डिसी मेट्रो एरियामा एनआरएन भवन निर्माणकालागि ७० हजार डलर संकलन

-अमेरिकाको टेक्सासमा एनआरएन भवन निर्माणकालागि १७ हजार ५ सय डलर संकलन

-अमेरिकाको सिकागो शहरमा एनआरएन भवन निर्माणकालागि १० हजार डलर संकलन

-अमेरिकाको बोस्टनमा आईसिसी अध्यक्ष शेष घलेको भब्य स्वागत, एनआरएन भवनकोलागि १५ हजार डलर संकलन

-लस एन्जेलस शहरमा एनआरएन अमेरिकाद्वारा २७ हजार डलर संकलन

-अमेरिकाको सियाटलमा एनआरएन भवन निर्माणकालागि २१ लाख रुपैयाँ संकलन

--एनआरएन आईसीसी अध्यक्ष शेष घलेको अमेरिका भ्रमण केकालागि हुँदैछ ?












I am with NRNA ICC president Shesh Ghale at the fund raising dinner on August 24, 2014. Photo: Dr. Bishnu Maya Pariyar for USNepalOnline

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.