Inside

All Time Top 50 News

लस एन्जेलस शहरमा एनआरएन अमेरिकाद्वारा २७ हजार डलर संकलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishna KC-Sanjel   
Thursday, 14 August 2014 18:40

Special: 4 photos: लस एन्जेलस- एनआरएन अमेरिकाको कम्युनिटी आउटरिच तथा एनआरएनएका अध्यक्ष शेष घलेको भ्रमणको दोश्रो कार्यक्रममा एनआरएन अमेरिकाद्वारा २७ हजार डलर संकलन गर्न सफल भएको छ ।

NRN ICC President Shesh Ghale speaking at the interaction and fundraising event in Los Angeles, USA on August 13, 2014. Photos courtesy: Dil B. Shrestha

अगस्ट १३ तारिख ४०० भन्दा बढी नेपालीहरुको सहभागीता रहेको सो कार्यक्रममा एनआरएनए आईसिसी अध्यक्ष शेष घलेले अब अमेरिका र क्यानडा दुबै देशका नेपालीहरुको यो अपार सभागितानै सहि मानेमा हामी सबैलाई सफल बनाउने कारक हो भने ।

अध्यक्ष घलेले एनआरएनए म या कोही एउटा ब्यक्ती हिंड्ने होइन यात्रा भनेको साथसाथ हुनुपर्छ, साथसाथै हिडौं भन्दै यो अफिस बिल्डिङ प्रोजेक्ट पहिला नै निर्णय गरेको कुरा केबल पूरा मात्र गर्न लागेको र अमेरिकामा यो समय फन्डरेजिङकोलागि होइन तर सम्योग मात्र सङै भएको कुरा दोहोराए। उनले हालसम्म गरेका प्रमुख गतिबिधीहरुको पनि जानकारी गराउँदै बिशेष गरी बैदेशिक रोज्गारिकालागि सुरुगरिएको फन्ड करोड रुपैयाबाट सरकारको ५ र हाम्रो ५ गरी १० करोडको हुने कुरा बताए। उनले नगरिकताको निरन्तरता, ओपन युनिभर्सिटी जस्ता मात्र नभै अरु क्षत्रमा पनि काम हुँदै गरेको र भर्खरै पनि सन्खमुल घाट्को पार्कको कुरा पनि सुरुगरिएको बताए। घलेले नेपाली अमेरिकनहरुको सभागिताबाट एनआरएनएले ठुलो सार्थक्ता पाउने पनि बताए। साथमा क्यालिफोर्निएनहरुले पनि बिल्डिङ प्रोजेक्टमा यो झन ठुलो साथ दिएकोमा धन्यवाद दिए।

NRN ICC President Shesh Ghale speaking at the interaction and fundraising event in Los Angeles, USA on August 13, 2014. Photos courtesy: Krishna KC

नेपालको संबिधान सभाका मानीय सदस्य जीवन परियारले हालसम्म एक पटकको नेपाली सधैंको नेपाली पूरा हुने कुरा क्का भएको आधार पेश गरे । हालको संबिधान सभाले प्रथम संबिधान सभाबाट पारित भएका कुराहरु स्वामित्व ग्रहण गरिसकेको र सो ग्रहणमा नागरिकता दिने चौंथो आधार गैर आबासिय नेपाली नागरिकताको ब्यबस्था गरिएको छ। जसअनुसार अब चार प्रकारका नागरिकता हुने छन् ।

कार्यक्रममा स्यान्डियागो क्षेत्रकालागि नेपाल सरकारका बणिज्यदूत ॠषि ढकालले एनआरएन र यसका कार्यक्रमहरुमा सबैले साथ दिनुपर्ने कुरामा जोड दिदै सबैलाई सहयोग गर्न पनि अनुरोध गरे । बणिज्यदूत ढकालले हालै नेपाल सरकारलाई अर्को अनुरोध गरी बिदेशमा रहेका धर्म र संस्कृतिक संस्थाहरुले गर्ने या बनाउने मन्दिर आदिकालागि टुडाल र कला जस्ता बस्तु निशुल्करुपमा दिएर सहयोग गर्नकोलागि लबी गरेको बताए ।


NRN USA President Khagendra GC speaking at the interaction and fundraising event in Los Angeles, USA on August 13, 2014. Photos courtesy: Krishna KC

कार्यक्रममा एनआरएनएका संरक्षक डा. अम्बिका अधिकारिले हालको बिश्वस्तरमा भएको डाएस्पोराबाट राष्ट्रिय आम्दनी र नेपाली परिपेक्ष, नेपालमा २६% जिडिपी डाएस्पोराबाट भएको तथ्य पेश गरे।

एनआरएन अमेरिकाका सभापति खगेन्द्र छेत्रीली हालसम्म भएका गतिबिधीहरु नागरिकताको निरन्तरता, दोहोरो कर ब्यबस्थापन, च्याप्टर बिस्तारकालागि तयारी गर्न पचासै स्टेटमा सदस्यता बिस्तार-बितरण गर्नकोलागि आइसिसी सदस्यसमेत गरी हरेकलाई दुई दुई स्टेट भाग लगाएर कार्य गरिने बताए। त्यसैगरी उनले बिभिन्न टास्क्फोर्स, कमिटिहरु गठन भएको, निशुल्क कानुनी परामर्श सुरु गर्न १० जना लएर्सको ब्यबस्था गरिएको, हेल्थ, स्पोर्टस, सस्क्रिति जस्ता कमिटिको पनि ब्यबस्था गरिएको कुरा जानकारी गराए। सभापति छेत्रीले निर्वाचनमा आफू र आफ्नो सम्पूर्ण टिमलाई मत दिएर काम गर्न मौका दिनुहुने क्यलिफोर्नियाबासी सबैलाई धन्यवादसमेत ज्ञापन गरे ।

एनआरएन अमेरिकाका सहसचिब दिल श्रेष्ठले स्वागत गरेको सो कार्यक्रम महिला संयोजक उमा कार्की थापाले सन्चालन गरेकी थिईन् जसको सुरुवात कार्यक्रम संयोजक आइसिसी मेम्बर राजेन्द्र सिवाकोटीले गरेका थिए भने अन्तमा दोश्रो चरणको कार्यक्रम सन्चालनसमेत गरेका थिए ।

कार्यक्रमको सुरुमा सभापति घलेसँग एनआरएन अमेरिकाको मिडिया कोअर्डिनेटरको कृष्ण के.सीले पत्रकार सम्मेलन गरी छलफलको समेतको आयोजना गरिएको थियो जस्मा स्थानिय पत्रकारहरु सहभागी रहेका थिए ।

कार्यक्रमको सबैभन्दा उत्कर्श चाँही फ्न्डरेजिङ तथा डोनर्श एप्रिसिएशन थियो जसबाट २७,००० डलरभन्दा बढी सकम संकलन भएको थियो।

NRN ICC President Shesh Ghale speaking at the interaction and fundraising event in Los Angeles, USA on August 13, 2014. Photos courtesy: Krishna KC

त्यासैगरी, एनआरएनकालागि लस एन्जेलस क्षत्रको संपर्ककोलागि एक संपर्क कार्यालयको उद्घटन एनआरएनएका अध्यक्ष शेष घले र एनआरएन अमेरिका सभापति खगेन्द्र छेत्रीले संयुक्तरुपमा रिबन काटेर गरे ।

दिनै भरी ब्यस्त कार्यक्रमकाबिच एनआरएनको अध्यक्ष घलेको टोलीले श्री पशुपती फाउन्डेसनको भवनको निरिक्षण पनि गरेको थियो ।

कार्यक्रममा सहभागी सबै तथा सहयोगी हातहरुलाई कार्यक्रमका संयोजक राजेन्द्र सिवाकोटिले धन्यवाद ज्ञापन गरे ।

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

-Krishna KC in Los Angeles

Read related news:

-अमेरिकाको सियाटलमा एनआरएन भवन निर्माणकालागि २१ लाख रुपैयाँ संकलन

--एनआरएन आईसीसी अध्यक्ष शेष घलेको अमेरिका भ्रमण केकालागि हुँदैछ ?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.