Inside

All Time Top 50 News

अमेरिकाको सिकागो शहरमा एनआरएन भवन निर्माणकालागि १० हजार डलर संकलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishna KC-Sanjel   
Monday, 18 August 2014 20:53

Special: 3 photos: सिकागो- गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको कम्युनिटी आउटरिच तथा अन्तरकृया कार्यक्रम र एनआरएन आईसिसी अध्यक्ष शेष घलेको अमेरिका भ्रमणको शिकागोमा सम्पन्न चौथो कार्यक्रममा अध्यक्ष घलेले नागरिकताको निरन्तरता, एनआरएनको संस्थागत बिकास, ब्यापकरुपमा जनसहभागीता, गैर आवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माण र यसको आबश्यक्ता र डायस्पोराको समस्या र नेपालकोलागि तिन्को महत्वबारे कुरा राखेका थिए । उक्त कार्यक्रमबाट काठमाण्डौंमा बनाईने एनआरएन भवन निर्माणकालागि १० हजार डलर संकलन भएको छ ।


 

NRN USA interaction and fundraising with NRNA ICC President Shesh Ghale in Chicago, CA on August 17, 2014. Photos: Krishna KC

अगस्ट १७ र १८ तारिख आयोजित कार्यक्रममा अध्यक्ष घलेले अब आउने संबिधानमा प्रस्ट रुपमा नागरिकताको चौथो प्रकार गैर आबासिय नगरिकताको ब्यबस्था हुने छ। त्यो राजनैतीकरुपले सिमित हुने अवस्था देखियता पनि हामी त्यसलाई स्विकार्दछौ- मुख्य कुरा पाउनु पर्‍यो भने। अध्यक्ष घलेले बिगतको ईतिहास हेर्दा अबको आउने १०।२० बर्षमा हामी कता पुग्ने भन्ने स्पस्ट रुपरेखा हुनुपर्ने र त्यसैकोलागि हाल आफू कार्ययोजनकासाथ लागेको बताए। त्यसैको एउटा पाटो चाँही काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माण हो भन्दै यसको आबश्यकतामाथि जोड दिए। हुन त कोही एक्लो मनिसले पनि यो भवन बनाउन सक्ला तर चाहिएको कुरा चाँही सहभागिता र अपनत्व हो भने।

NRN USA interaction and fundraising with NRNA ICC President Shesh Ghale in Chicago, CA on August 17, 2014. Photos: Krishna KC

एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले अमेरिकाको स्वामित्व हुनकोलागि पनि केन्द्रीय कार्यालय भवन निर्माणमा हाम्रो सहभागिता जरुरी छ र हामीलागि परेका छौ भने। भवन निर्माणमा जो कसैको पनि सहयोग हुन सक्छ तर त्यस्को स्वामित्व नेपाली अमेरिकन सबैको हुनेछ र पछि यो सबैको गौरबको बिषय हुनेछ भन्ने कुरा फेरि पनि दोहोर्याए। अध्यक्ष क्षेत्रीले हालसम्मका गतिबिधीको जानकारी गराउदै, छोटो रमायामा पनि नागरिकताको निरन्तरता, दोहोरो कर सुधार, बिभिन्न उपसमितिहरुद्वारा सेवा सुरु गरिएको, सदस्यता बढाउने र च्याप्टर बिस्तार गराउन जोड्तोडका साथ लागिएको कुरा राख्दै, सुन्कोशी पीडित लाई पनि सहयोग गर्न अर्थ संकलन सुरु गरिएको, बिभिन्न संस्थाहरु साझेदारकोरुपमा संगै जाने कुरा जानकारी गराए।



कार्यक्रममा बाला घिमिरे, रमाकान्त खरेल, गोपेन्द्र भट्टराईलगायतका बक्ताहरुले बोलेका थिए । कार्यक्रम स्थानिय संस्थाहरु शिकागो नेपाली फ्रेन्डशिप सोसाइटी, नेपाल अमेरिकन सेन्टर, एशोसिएशन अफ नेपलिज इन मिडवेश्ट अमेरिकासँग मिलेर गरिएको थियो। सो कार्यक्रमको संयोजन एनआरएन अमेरिकाका बोर्ड सदस्य धर्म भट्टराई र राधा पौडेलले गरेका थिए भने स्थानिय रुपमा बला घिमिरे र रमाकान्त खरेलले सहयोग गरेका थिए । कार्यक्रमबाट हाल १०,०८० भन्दाबढी संकलन भैसकेको र संकलनकार्य निरन्तर छ।

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर  
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका

-Krishna KC-Sanjel in Chicago

Read related news:

-अमेरिकाको बोस्टनमा आईसिसी अध्यक्ष शेष घलेको भब्य स्वागत, एनआरएन भवनकोलागि १५ हजार डलर संकलन

-लस एन्जेलस शहरमा एनआरएन अमेरिकाद्वारा २७ हजार डलर संकलन

-अमेरिकाको सियाटलमा एनआरएन भवन निर्माणकालागि २१ लाख रुपैयाँ संकलन

--एनआरएन आईसीसी अध्यक्ष शेष घलेको अमेरिका भ्रमण केकालागि हुँदैछ ?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.