Inside

All Time Top 50 News

अमेरिकाको टेक्सासमा एनआरएन भवन निर्माणकालागि १७ हजार ५ सय डलर संकलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishna KC-Sanjel   
Thursday, 21 August 2014 10:10

Special: 2 photos: टेक्सास- गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको कम्युनिटी आउटरिच तथा अन्तरकृया कार्यक्रम स्थानिय नेपाली सोसाइटी अफ टेक्सास र एनआरएन अमेरिकाको संयुक्त आयोजनामा सम्पन्न भएको छ । सो कार्यक्रममा उक्त कार्यक्रमबाट एनआरएन आईसिसी अध्यक्ष शेष घलेको उपस्थितिमा काठमाण्डौंमा बनाईने एनआरएन भवन निर्माणकालागि १७ हजार ५ सय डलर संकलन भएको छ ।

 


NRN USA interaction and fundraising with NRNA ICC President Shesh Ghale in Texas on August 20, 2014. Photos: Krishna KC

अगस्ट २० को फन्डरेजिङ डिनर कार्यक्रममा एनआरएन आईसिसी अध्यक्ष घलेले फेरि नागरिकताको निरन्तरता, एनआरएनको संस्थागत बिकास, ब्यापक रुपमा जनसहभागीता, गैर आवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माण र यसको आबश्यक्तालाई उठाए।

NRN USA interaction and fundraising with NRNA ICC President Shesh Ghale in Texas on August 20, 2014. Photos: Krishna KC

कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष पराजुलीले हालसम्मका गतिबिधीहरुको जानकारी गराउदै एनआरएनको आबश्यक्ता झन बढेर गरेको बताए ।

नेपाली सोसाइटी अफ टेक्सासका अध्यक्ष भुवन आचार्यको सभापतित्वमा सम्पन्न सो अन्तर्कृया कार्यक्रम बिजयरज भट्टराईको संयोजकत्वमा एनआरएन अमेरिकाका कोषाध्यक्ष बेदराज बस्नेत र अन्जन श्रेष्ठले संयुक्तरुपमा संयोजन गरेका थिए । बिजया भट्टराईले संचालन गरेको सो कार्यक्रममा बेदराज बस्नेतले स्वागत गरेका थिए । कार्यक्रमका अन्य बक्ताहरुमा अन्जन श्रेष्ठ, प्रेम अधिकारी, मुरली अधिकारी लगायत थिए ।



कार्यक्रमपछि गायिका नलिना चित्रकारले आफ्ना गीतद्वारा मनोरन्जन गराएकी थिइन् । सो कार्यक्रमको संचालन दिक्षा भट्टले गरेकी थिइन् ।

स्मरणिय छ, हालसम्म एनआरएनको काठमाडौंमा निर्माण गर्न लागिएको कार्यालय भवन बनाउनकोलागि अमेरिकाको सियाटलबाट २१,००० क्यालिफोर्नियाबाट २९,००० बोस्टनबाट १५,४९६ शिकागोबाट १०,०८० र टेक्सासबाट १७,५०० डलर गरी जम्मा ९३,०७६ डलर संकलन भएको छ।

अर्को अन्तर्कृया र फण्ड्रेजिङ कार्यक्रम एनआरएन आईसिसी अध्यक्ष घलेको उपस्थितिमा डिसी मेट्रो एरियामा २१- २२ अगस्ट तारिख र न्यू योर्क शहरमा अगस्ट २४ तारिख आयोजना गरिदैछ ।

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर  
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका

-Krishna KC-Sanjel in Chicago

Read related news:

-अमेरिकाको सिकागो शहरमा एनआरएन भवन निर्माणकालागि १० हजार डलर संकलन

-अमेरिकाको बोस्टनमा आईसिसी अध्यक्ष शेष घलेको भब्य स्वागत, एनआरएन भवनकोलागि १५ हजार डलर संकलन

-लस एन्जेलस शहरमा एनआरएन अमेरिकाद्वारा २७ हजार डलर संकलन

-अमेरिकाको सियाटलमा एनआरएन भवन निर्माणकालागि २१ लाख रुपैयाँ संकलन

--एनआरएन आईसीसी अध्यक्ष शेष घलेको अमेरिका भ्रमण केकालागि हुँदैछ ?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.