Inside

All Time Top 50 News

एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समितिको पदस्थापनसंगै एकताको सन्देश दिने प्रयास PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 09 January 2011 12:49
Article Index
एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समितिको पदस्थापनसंगै एकताको सन्देश दिने प्रयास
Photos of NRN USA New Executive Committee Inaugural Ceremony
Photos of Speakers
Photos of performers
All Pages

३० दिन भित्र ७ सदस्यीय छानबिन समिती निर्माण गरिने
Updated: Jan 10: Exclusive:
2 videos, 1 audio, 65 photos: न्यू योर्क- गैर आबासीय नेपाली संघ (NRN USA) को सन् २०११-१२ कालागि गत अक्टोबरमा सम्पन्न निर्वाचनबाट चुनिएका २८ सदस्यीय पदाधिकारी र बोर्ड अफ डाइरेक्टरहरुको पदस्थापन कार्यक्रम न्यू योर्क शहरको उड साइडस्थित कुइन्स प्यालेस हलमा सम्पन्न भएको छ। उता चुनावका बेला धाँधली भएको भन्दै बिद्रोहको राँको बाल्न पुगेका बरिस्ठ उपाध्यक्ष पदका उम्मेद्वार तथा Nepalese Association in Southeast America (NASeA) का अध्यक्ष राजा घले समूहको मागलाई सल्ट्याउन घले र संघका नब निर्बाचित अध्यक्ष सुमनराज तिम्सिना बिच एक सम्झौता पत्रमा हस्ताक्षर गरिनुकासाथै छानबिनकालागि ७ सदस्यीय समिती ३० दिनभित्र निर्माण गरिने जानकारी दिइएकोछ।

 

Newly elected NRN USA office bearers and Board of Directors. Photos: eEyeCam.com


नयाँ कार्य समितीमा को को छन् ?

संघको सबै पदमा निर्बिरोध निर्वाचनको परिणाम घोषणा गरिएको थियो, जसअनुसार, अध्यक्ष सुमनराज तिम्सिना (पेन्सिल्भानिया) (पुन: निर्बाचित), बरिस्ठ उपाध्यक्षमा एएनएकोतर्फबाट प्रल्हाद केसी (ANA, मासाचुसेट्स), उपाध्यक्षमा डा. बिद्या रन्जित (NWGN कनेक्टिकट), उपाध्यक्ष (खाली), महसचिबमा जनजाति आदिबासी महासंघ (फिप्ना) कोतर्फबाट शिवकुमार राइ ( FIPNA, न्यू हेम्सायर), सह-सचिबमा डा. सोहन खटिवडा (ANMA, IN) र कोशाध्यक्षमा डा. बिनोद शाह (ANTA, NY) हुनुहुन्छ।

त्यसैगरी, संघको बोर्ड अफ डाइरेक्टर्सहरुमा बिष्णुमाया परियार (EDWON, MA), डा. चिन्तामणी लामिछाने (Independent, MD), मिङ्मा शेर्पा (Independent, NY), श्री पराजुली (Ridgewood Nepalese Society, NY), दुर्गा सुब्बा (Kirat Yakthum Chumlung, NY), डा. बिष्णु फुयाल (ASONE, IL), टेम्बा लामा डोङ्बा (Yolmo Society, NY), राजेन्द्र सिवाकोटी (American-Nepal Society, CA), साङ्गे लामा (Tamang Society, NY), डिल्लिराज पौडेल (ANA, MD), छिरिङ्ग रोप्के लामा (Gyalsumdha Sewa Samaj, NY), अरुण धिताल (Nepali Association, NC), ताराप्रशाद पुन मगर (GA), रमेश श्रेष्ठ (FIPNA, NY), ध्रम विश्वकर्मा (EDN, MD), मिलन राइ (United Kirat Rai Association, MD), ब्रिहस्पती लामा (FIPNA, NY), पासाङ्काजी शेर्पा (Independent, WA), देबिता मेहता (Independent, NY), नबिन शेरचन (Thakali Samaj, NY), राम खरेल (Media Coordinator), र भुवनप्रशाद गुरुङ (Spokes Person) हुनुहुन्छ।



ट्रान्जिसन समितीका संयोजक मुकेश सिंहको सभापतित्वमा सम्पन्न उक्त पदस्थापन समारोहमा निर्वाचन समितीका अध्यक्ष छेवाङ शेर्पा लामाद्वारा नब निर्बाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई पद र गोपनीयताको शपद ग्रहण गराउनुकासाथै निर्वाचन परिणामको प्रमाण पत्र प्रदान गरिएको थियो। नयाँ कार्य समितीका सदस्यहरुलाई परम्परागत खादाद्वारा सम्मान गरिएको थियो।

NRN USA President Sumanraj Timsina, Nepalese Ambassador to the UN Gyanchandra Acharya, NRN USA Transitional Committee Coordinator Mukesh Singh and NRN ICC USA Representative Sona Lama. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त पदस्थापन समारोहको बिशेष भिडियो प्रस्तुती:
NRN USA New Executive Committee Members Swearing-In Ceremony in NY, Jan 8, 2011 (Video duration: 36:46 minutes):



कार्यक्रममा स्वागत मन्तब्य मुकेश सिंह र स्वागत गानकोरुपमा नेपाली राष्ट्र गानको धुन परिता गुरुङले र अमेरिकि राष्ट्र गान आस्था श्रेष्ठले गाउनु भएको थियो।

The guests and newly elected NRN USA Board of Directors. Photos: eEyeCam.com

मन्तब्य ब्यक्त गर्ने महानुभाबहरुमा संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोग प्रमुख महामहिम ज्ञानचन्द्र आचार्य, एनआरएन आइ सिसीका अमेरिकि प्रतिनिधी सोनाम लामा, संघकि निबर्तमान महासचिब बिष्णु थापा, गिरिजा गौतम, NASeA का अध्यक्ष राजा घले, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष कर्मा जि शेर्पा, साझा मन्चका सुदिप श्रेष्ठ, नेपाली जनसंपर्क समिती अमेरिकाका संयोजक खगेन्द्र जिसी, संघका मेडिया को-अर्डिनेटर राम खरेल, संघका महासचिब शिवकुमार राइ, संघका बरिस्ठ उपाध्यक्ष प्रल्हाद केसी, फ्रेन्ड्स अफ नेपाल लस एन्जेलसका डा. सम्भु ढुङ्गाना र संघका अध्यक्ष सुमनराज तिम्सिना हुनुहुन्थ्यो।


Nepalese Ambassador to the UN Gyanchandra Acharya. Photos: eEyeCam.com

सुन्नुहोस् उक्त पदस्थापन समारोह र साँस्कृतिक कार्यक्रमको पूर्ण अडियो रेकर्ड: (Audio Duration: 05:37:24)



समारोहको उद्घाटन सत्रको सन्चालन बरिस्ठ कलाकार रामराज छेत्री र संघका कोशाध्यक्ष डा. बिनोद शाहले गर्नु भएको थियो।

संघको पदस्थापना समारोहपछि बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा गायक गायीकहरु मनोज राज, गौरी मल्ल, राजेश थापा मगर, पबिता बाग्चन्द परियार, राजेन्द्र राइ, तिलक श्रेष्ठ र दिपा थापाका सुमधुर गीतहरुले दर्शक दिर्घालाई झुम्याएको थियो। बाल कलाकार प्रसन्न शाहले तबला बादन प्रस्तुत गर्नुभएको थियो।


Actress & singer Gauri Malla. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त साँस्कृतिक कार्यक्रमको बिशेष भिडियो प्रस्तुती (Video duration: 48 mins, 52 sec):



Artist Basanti Rai. Photos: eEyeCam.com

त्यसैगरी, बसन्त डान्स सेन्टर, ज्याक्सन हाइट्स, कुइन्स, न्यू योर्कका कोरियोग्राफर बिजय नकर्मीद्वारा निर्देशित मनमोहक न्रित्यहरुले दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएको थियो जसमा न्रित्य प्रस्तुत गर्ने कलाकारहरुमा सुजन गुरुङ, सुनिता गुरुङ, राधिका शाह, सलिना श्रेष्ठ, साचिको महर्जन, जेनिशकुमार कर्माचार्य, एनी शेर्पा, ल्हामु शेर्पा, सोनिया शेर्पा, सुप्रिम गुरुङ, छिरिङ्ग शेर्पा, सोफी थुलुङ राइ, सम्झना कार्की, रश्मी लामा र सलिना राइ थिए। बोस्टोनबाट प्रतिनिधित्व गर्दै ओसिन घिमिरे र न्यू योर्ककि चिरपरिचित न्रित्याङ्गना बसन्ती राइले पनि आ-आफ्ना न्रित्य प्रस्तुत गर्नुभएको थियो।


Dancer & model Salina Shrestha. Photos: eEyeCam.com

सँस्कृतिक कार्यक्रमको सन्चालन प्रेसचौतारी डट कमका प्रधान सम्पादक प्रसान एलुङ राइ र गायक राजेश थापा मगरले गर्नु भएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Read related news:

-एनआरएन अमेरिकामा सुमनराज तिम्सिना पुन: अध्यक्षमा निर्बिरोध, चुनावको अन्तिम घडीमा सबै निर्बिरोध !
संस्थाको नाम उल्लेख गरेकोमा आपत्ति, राजा घलेको नाम खोइ? २८ सदस्यीय कार्य समितिमा १४ जना जनजातिहरु निर्बाचित !

-न्यू योर्कमा एनआरएन अमेरिकाको केन्द्रिय कार्य समितिको निर्वाचन हुँदै तर न्यू योर्कबासी बेखबर

-अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन- २०१० द्वारा १४ बूँदे ह्युस्टन घोषणा पत्र जारी
नयाँ बन्ने संविधानमा 'एक पटकको नेपाली सधैको नेपाली' को अवधारणा अनुरुप दोहोरो नागरिकताको प्रष्ट व्यवस्था गर्न संविधान सभालाई आग्रह

-अमेरिकाको कनेक्टिकट र बोस्टनमा गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को भेला सम्पन्न
नेपाल जनजाति आदिबासी महासंघ अमेरिका (FIPNA) द्वारा एनआरएन अमेरिकाको पुनर्गठन गर्न एक महिने अल्टिमेटम

 

Read our in depth reporting on NRN issues:

-http://www.usnepalonline.com/nrn-issues/

 

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.