Inside

All Time Top 50 News

एनआरएनए उत्तर अमेरिकि मिडिया कोअर्डिनेटर कृष्ण केसीद्वारा पत्रकार संघ 'नेजा' को साधारण सदस्यता परित्याग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Tuesday, 30 August 2016 00:00

Exclusive: न्यू योर्क- गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं क्षेत्रीय सम्मेलन अमेरिकाको न्यू जर्सी राज्यको नेवार्क शहरमा अगस्ट २७-२८ तारिख सम्पन्न भएको भोली पल्ट एनआरएनए उत्तर अमेरिकि मिडिया कोअर्डिनेटर कृष्ण केसीले नेपाल अमेरिका पत्रकार संघ 'नेजा' को साधारण सदस्यता परित्याग गरेको घोशणा गरेकाछन् । उनले आफ्नो राजिनामा पत्रमा 'आफ्नो नाममा संचार नबुझेको, भात खाने' जस्ता शब्द राखी संघले बक्तब्यबाजी गरेकोमा आपत्ती जनाउँदै 'नेजा' को सदस्यता परित्याग गर्नुको कारण खुलाउँदै भनेकाछन्- "तपाईहरुको लेखाइले तपाई नेजालाई त सम्मान दियो या मर्दन प्राप्त भयो होला तर त्यो बक्तब्यले म आफूलाई भिक्टिम बनाएको छ या छैन त्यो भने मेरो गुनासो अब रहेन। किन कि मैले मलाई एनआरएनएले दिएको जिम्मेवारीको सम्मान गर्दै नेपाल अमेरिका पत्रकार संघ-नेजाको साधारण सदस्यता त्यागेको छु।" उता नेपाल अमेरिका पत्रकार संघ 'नेजा' का महासचिव तोया दाहालले प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए उत्तर अमेरिकि मिडिया कोअर्डिनेटर केसीको नाम किटानी नगरे पनि "विश्वकै सबै भन्दा बढी प्रेस स्वतन्त्रता भएको मुलुक अमेरिकामा आयोजित एनआरएनएको सम्मेलनमा पत्रकारलाई मानमर्दन र बदनाम गर्ने काम आफैमा निन्दनीय छ" भन्दै "एनआरएन जस्तो सस्थामा मिडिया बुझदै नबुझेका व्यक्तिहरु मिडिया संयोजक बनाउनु, आफुखुसी पत्रकारको नाममा गैर पत्रकारलाई एक्रिडिएन कार्ड बाड्नले पनि यो समस्या आएको हो" उल्लेख गरेका थिए । विज्ञप्तिमा "नेपालबाट अतिथिको रुपमा निमन्त्रण गरिएका बरिष्ठ पत्रकारद्वय हरिहर विरही र कवीर राणालाई मानमर्दन गरेको आयोजक समितिले साँझ समग्र पत्रकारलाई बदनाम गराउने काम गरेको छ । सम्मेलन आयोजक समितिका संयोजक सोनाम लामाले नै घेरै पत्रकार आएर भात खाइदिदा आफुहरुलाई घाटा भएको भन्ने अत्यन्त तल्लो स्तरको अभिव्यक्ति दिनु नै आफैमा लाजैमर्नु विषय हो" भनिएको छ । संघले विज्ञप्तिमा "नेपाल अमेरिका पत्रकार संघ नेजा पत्रकार माथि भएको निकृष्ट व्यवहारको घोर भत्सर्ना गर्दै खेद ब्यक्त गर्दछ" भन्दै "सम्मेलन आयोजकसँग औपचारिक क्षमा याचनाको माग" गरेको छ ।

NRNA North America Media Coordinator Krishna KC who resigned from NEAJA. Photo courtesy: Mr. KC's Facebook profile

एनआरएनए उत्तर अमेरिकि मिडिया कोअर्डिनेटर कृष्ण केसीद्वारा जारी प्रेस विज्ञप्ति

मैले नेजाको सदस्यता त्यागें- दाहाल जी र आचार्य जी !

९ औं एनआरएनए क्षेत्रीय सम्मेलनको क्रममा भएका सामान्य ब्यबस्थापनका कुरालाई देखाएर आफ्नो निजी माग पूरा नभएको अबस्थामा प्रेस रिजिल नै गरेर आफ्नो मानमर्दन भएको भन्दै आफ्नो उँचोमर्दन देखाउने पत्रकार साथीहरुभन्दा पनि नेपाल अमेरिका पत्रकार संघलाइ मेरो नाममा संचार नबुझेको, भात खाने जस्ता शब्द राखी प्रेस रिलिज गर्नु भएकोमा यहाँहरुलाई धन्यबाद, मुरी मुरी धन्यबाद !

भएको सामान्य अबस्थाबारे एनआरएनए संस्थाका प्रवक्ताले नै प्रस्ट पारिसक्नु भएकोमा म आफू त्यो कुरा फेरी राख्ने हैसियत राख्दिन मात्र होइन जरुरी पनि छैन।

अबश्य पनि म आफू नेपाल अमेरिका पत्रकार संघ - नेजाको साधारण सदस्य थिएँ र छु। अब सोही संघले संचारको अनविज्ञ जस्ता कुरा राखेर प्रेस-बक्तब्य निकाले पछि, म आफू तपाइहरु सम्मानित पत्रकारहरुको संस्थाको सदस्य रहनु नैतिक रुपमा ठीक ठान्दिन।

तपाईहरुको लेखाइले तपाई नेजालाई त सम्मान दियो या मर्दन प्राप्त भयो होला तर त्यो बक्तब्यले म आफूलाई भिक्टिम बनाएको छ या छैन त्यो भने मेरो गुनासो अब रहेन।

किन कि मैले मलाई एनआरएनएले दिएको जिम्मेवारीको सम्मान गर्दै नेपाल अमेरिका पत्रकार संघ-नेजाको साधारण सदस्यता त्यागेको छु।

अर्को कुरा, म आफू पत्रकार हुँ या होइन भनेर कसैलाई स्पस्टिकरण दिनुपर्ने कुनै जरुरी पनि ठान्दिन, म मेरो काममा निरन्तर थिएँ, छु र रहन्छु।

मलाई किन सदस्यता दिनुभयो र किन प्रेस-वक्तब्य निकाल्नु भयो त्यो यहाँहरुको आफ्नो महानता होला। तर मेरो लागि भने सामान्य बच्चाले खेलेको खेल जस्तो लाग्यो । म तपाईहरु जस्तो सदाबहार वरिस्ठ छैन र आफूलाई तेसो भन्ठान्दिन पनि, म त्यो हैसियतको होईन पनि ।

तेसैले मैले आज २९ अगष्ट २०१६, बिहान ९ बजेर १० मिनेट, न्यू योर्क समयमा नेजाको सदस्यता त्यागेको कुरा ईमेल मार्फत नेजा अध्यक्ष र महासचिब ज्यूहरुलाई पठाईसकेको छु।

कृपया मेरो नाम उपरान्त नेजाको सदस्य भएको रेकर्ड नराखिदिनु होला।

धन्यवाद !

यहाँहरुको उँचो र सदारुपमा मर्दन प्राप्त रहिरहोस् !

कृष्ण के सी

नेपाल अमेरिका पत्रकार संघ 'नेजा'द्वारा जारी प्रेस विज्ञप्ति

प्रेस बिज्ञप्ति
मिति २८ अगष्ट २०१६

विश्वभर छरिएर रहेका नेपालीहरुको साँझा सस्था गैरआवासीय नेपाली सघ (एनआरएनए) का हरेक गतिविधिलाई जनस्तर सम्म पुर्याउने र यो सस्था प्रतिको विश्वास बढाउनका लागि जति एनआरएनएका अभियान्ताहरुको हात छ त्यति नै सञ्चार माध्यमहरुको पनि छ भन्ने हाम्रो ठहर छ । एनआरएनएका हरेक गतिविधिलाई सञ्चारकर्मीले सहजै जनमानसमा पुर्याउने गरेकै कारण आजका दिनमा एनआरएनएले आफ्नो अभियानलाई एक पछि अर्को गर्दै उचाइ लिन सकेको हो । भिजन २०२० एण्ड वियोण्ड भन्ने नारा सहित दुइ दिन सम्म अमेरिकाको न्युजर्सीमा संचालन हुने नवौ क्षेत्रिय सम्मेलनमा आम नेपालीको जस्तै सञ्चारकर्मीको पनि चासो रहनु स्वाभाविक हो ।

अमेरिकामा दर्ता भएका संघ संस्थाका स्वनामधन्य नेताहरुले संचारकर्मीहरुको उपहास र मानमर्दन गर्ने प्रवृत्ति नेपाली समुदायमा एक समस्याको रुपमा रहिआएको छ । आफूलाई अनुकूल पर्दा चाकरी गर्ने र स्वार्थ सिद्ध भएपछि संचारकर्मीहरुको आलोचना गर्ने यस्तो कर्मको एन आर एन क्षेत्रिय भेलामा फेरी एकपटक पुनरावृत्ति भएको छ। न्यू जर्सीमा जारी क्षेत्रिय भेलाको समाचार संकलन गर्न गएका संचारकर्मीहरुलाई हीनताबोध हुनेगरी निकृष्ट स्तरको टिप्पणी गर्नेमा भेलाका संयोजक सोनाम लामा स्वयं अग्रपंक्तिमा देखिनु अत्यन्त दुःखको कुरा हो ।

भेला अघिनै आयोजकहरुले संचारकर्मीहरुलाई दर्ता स्वरुप लाग्ने शुल्क ५० डलर मिनाहा गर्ने र समाचार सम्प्रेषणका लागि' मेडिया सेन्टर' को ब्यवस्था गर्ने बताएका थिए । तर आयोजकले मेडिया सेन्टर स्थापना गर्ने सामान्य व्यवसायिकता समेत निर्वाह गर्न आवश्यक ठानेनन् ।

त्यसपछि, रातीको खाना खाने क्रममा भेलाका संयोजक सोनाम लामाले संचारकर्मीहरुको समूहमा पुगेर'पत्रकारहरुले गर्दा आयोजकलाई खाना पुगेन' भन्दै व्यंग्य गर्नु भेलाको अर्को दुखद पक्ष्क्ष हुन पुग्यो। भेलाको समाचार संकलन गर्न न्यू योर्कबाट अधिकांश संचारकर्मीहरुको उपस्थिति थियो । न्यु जर्सीभंदा बाहिरका संचारकर्मीहरुले आफ्नो खर्चमा हवाई टिकट किनेर आफ्नो व्यवस्था आफै गरेका थिए । आयोजक सस्थाले एक मिडिया हाउस एक पत्रकारलाई कार्यक्रमको समाचार संकलनका लागि निम्तो पठाएर अनुरुप पत्रकार त्यहाँ पुगेका हुन । आयोजकका मिडिया संयोजक कृष्ण केसीले कूल २८ जना संचारकर्मीको एक्रिडिएशन कार्ड बनाउन सिफारिस गरेको जानकारि दिएका थिए । तर बेलुकाको खाना पछि ७० जना पत्रकारले सित्तैमा खाना खाएको प्रचार गरिनुका पछाडि कुन नियतले काम गरेको थियो, हामी संचारकर्मीहरु सोच्न बाध्य भएका छौं ।

आयोजक पक्षको कमजोरीका कारण केही संचारकर्मीहरुको परिचय पत्र समेत तयार नहुँदा उनीहरुलाई 'स्थानीय आयोजक’का रुपमा दर्ता गरिएको तथ्य समेत यहाँ स्मरणयोग्य छ । सम्मेलन शुरु हुनु पूर्व नै कार्यक्रम स्थल पुगेका न्युयोर्कबाट प्रकासित हुने एभरेष्ट टाइम्स पाक्षिकका प्रधान सम्पादक आङछिरिङ शेर्पा र विश्व सन्देश साप्ताहिकका प्रधान सम्पादक विजय पौडेल लगायतका पत्रकारहरुले एक्रिकेडन कार्ड लिदा हराएको भन्दै अपमानित गराएको घटना प्रति पनि नेजा खेद व्यक्त गर्दछ ।

अमेरिकामा कार्यरत संचारकर्मीहरुलाई आयोजकको खाना सित्तैमा खानुपर्ने लालसा र आवश्यकता दुवै छैन । न कसैले त्यस्तो आशा गरेका छन् । हाम्रो उपस्थिति बिशुद्ध पेशागत धर्म निर्वाहका लागि हो । सित्तैको भोज खान होईन । यस्तो अवस्थामा सञ्चारकर्मी एवं पत्रकारहरुको हकमा एनआरएनए नवौ क्षेत्रिय सम्मेलन आयोजक समिति पूर्वाग्रही देखिनु आफै दुखद कुरा हो । नवौ क्षेत्रिय सम्मेलनका क्रममा नेपाल सहित अन्य मुलुकबाट आएका र अमेरिकामा रहेका पत्रकारहरुको मानमर्दन गर्ने कार्य स्वयम सम्मेलनका संयोजक एंव एनआरएनए उत्तर अमेरिका क्षेत्रिय संयोजक सोनाम लामाबाट नै हुनुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा) घोर भत्सना गर्दछ ।

नेपालबाट अतिथिको रुपमा निमन्त्रण गरिएका बरिष्ठ पत्रकारद्वय हरिहर विरही र कवीर राणालाई मानमर्दन गरेको आयोजक समितिले साँझ समग्र पत्रकारलाई बदनाम गराउने काम गरेको छ । सम्मेलन आयोजक समितिका संयोजक सोनाम लामाले नै घेरै पत्रकार आएर भात खाइदिदा आफुहरुलाई घाटा भएको भन्ने अत्यन्त तल्लो स्तरको अभिव्यक्ति दिनु नै आफैमा लाजैमर्नु विषय हो ।

विश्वकै सबै भन्दा बढी प्रेस स्वतन्त्रता भएको मुलुक अमेरिकामा आयोजित एनआरएनएको सम्मेलनमा पत्रकारलाई मानमर्दन र बदनाम गर्ने काम आफैमा निन्दनीय छ । एनआरएन जस्तो सस्थामा मिडिया बुझदै नबुझेका व्यक्तिहरु मिडिया संयोजक बनाउनु, आफुखुसी पत्रकारको नाममा गैर पत्रकारलाई एक्रिडिएन कार्ड बाड्नले पनि यो समस्या आएको हो ।

नेपाल अमेरिका पत्रकार संघ नेजा पत्रकार माथि भएको निकृष्ट व्यवहारको घोर भत्सर्ना गर्दै खेद ब्यक्त गर्दछ । साथै  सम्मेलन आयोजकसँग औपचारिक क्षमायाचनाको माग गर्दछ ।

तोया दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
Nepal America Journalists' Association (NEAJA), USA

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.