Inside

All Time Top 50 News

एनआरएन अमेरिकाको नवनिर्वाचित राष्ट्रिय समिति र राज्य च्याप्टरहरुका पदाधीकारी र बोर्ड अफ डाईरेक्टरहरुको पदस्थापन समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 16 September 2017 23:45

Exclusive: 55 photos: बाल्टिमोर, अमेरिका- गैरआवासीय नेपाली संघ (एनआरएन अमेरिका) को नवनिर्वाचित राष्ट्रिय समिति र राज्य च्याप्टरहरुका पदाधीकारी र बोर्ड अफ डाईरेक्टरहरुलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बन्दिता शर्मा दाहालले संयुक्त रुपमा पदभार र गोपनीयताको शपथ ग्रहण गराएकिछिन्। अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा सेप्टेम्बर १६ तारिख शनिवार आयोजित संघको छैठौं वार्षिक साधारण सभाका झण्डै तीन सय प्रतिनिधि र पाहुनाको उपस्थितिमा उक्त पदस्थापन र निवर्तमान कार्य समितिको बिदाई समारोह सम्पन्न गरिएको हो ।

 

Newly elected Office bearers and BOD of NRNA USA National and State Chapter Committees taking oath of office and secrecy from NRNA USA Chief Election Commissioner Bandita Sharma Dahal, ESQ in Baltimore, MD, USA on September 16, 2017. Photo courtesy: Shiva Baniya

उद्घाटन समारोहमा सम्बोधन गर्नेहरुमा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, एनआरएनए आईसिसी अध्यक्ष शेष घले, छैठौं वार्षिक साधारण सभा कन्भेनर एवं एनआरएन अमेरिका उपाध्यक्ष रबिना थापा, एनआरएन अमेरिकाको अध्यक्षमा पुन: दोश्रो पटक निर्वाचित डा. केशब पौडेल, महावाणिज्यदूत प्रेम राजा महत, आईसिसी उपाध्यक्ष कुमार पन्त, आईसिसी महासचिव डा. बद्री केसी, आईसिसी महिला कोअर्डिनेटर सपिला राजभण्डारी, नेपाली जनसम्पर्क समिति अमेरिका सभापति आनन्द बिष्ट, प्रवासी नेपाली मंच अध्यक्ष प्रभु थापा, एएनए अध्यक्ष मेदिनी अधिकारी, बाना अध्यक्ष अनु श्रेष्ठ वन्त, समाजसेवी डा श्याम कार्की, एनआरएन अमेरिका उपाध्यक्ष डिल्ली भट्टराईलगायत थिए । कार्यक्रम संचालन डा. वर्षा मोक्तानले गरेकिथिईन् । (Input from Durgesh J. Karki and Kanchan Basnet in Baltimore)

Newly elected Office bearers and BOD of NRNA USA National and State Chapter Committees taking oath of office and secrecy in Baltimore, MD, USA on September 16, 2017. Photo courtesy: Kanchan Basnet

एनआरएन अमेरिकाको अध्यक्षमा पुन: दोश्रो पटक डा. केशब पौडेल निर्वाचित
२२६ उम्मेदवारहरु मध्ये ४८ जना मतदानबाट बिजयी, १०७ जना निर्विरोध निर्वाचित


गैरआवासीय नेपाली संघ (एनआरएन अमेरिका) को निर्वाचन सन् २०१७-२०१९ को लागि सेप्टेम्बर ५ र ६ तारिख सम्पन्न चुनावमा २२६ उम्मेदवारहरु मध्ये ४८ जना मतदानबाट बिजयी भएका छन् भने १०७ जना निर्विरोध निर्वाचित छन् । एनआरएन अमेरिकाको निर्वाचन आयोगकाअनुसार राष्ट्रिय अध्यक्षमा ४ जना प्रतिस्पर्धीहरु मध्ये डा. केशव पौडेल ४,२२९ मत ल्याएर पुन: दोश्रो पटक निर्वाचित भएका छन् भने उनका निकततम प्रतिद्वन्दी रबिना थापाले ३,०८५ मत प्राप्त गरेकिछिन् । अन्य दुई अध्यक्षका प्रत्याशीहरु राम सि पोख्रेलले ९६४ र कृष्ण पोख्रेलले ७८३ मत प्राप्त गरेका छन् ।


Newly elected NRN NCC of USA Executive Committee 2017-2019. Photos courtesy: fb profiles

एनआरएन अमेरिका राष्ट्रिय समिति
(२०१७-२०१९)


अध्यक्ष: डा. केशव पौडेल
वरिष्ठ उपाध्यक्ष: सुनिल साह
क्षेत्रिय उपाध्यक्ष (मिड वेस्ट रिजनल): राधा के पौडेल
क्षेत्रिय उपाध्यक्ष (नर्थ ईस्ट रिजनल): रामकुमार सुबेदी
क्षेत्रिय उपाध्यक्ष (साउथ रिजनल): जेदु पोख्रेल
क्षेत्रिय उपाध्यक्ष (वेस्ट रिजनल): उमा कार्की थापा
महासचिव: बाबुराम लामा
सचिव: होमनाथ गौतम
कोषाध्यक्ष: डा. प्रकाश अर्याल
सह-कोषाध्यक्ष: पवन योन्जन
महिला संयोजक: ईन्दिरा तृपाठी
युवा संयोजक: स्वराज खाती (निर्विरोध)

वोर्ड अफ डाईरेक्टरहरू:

अमृत बाबु कट्टेल
आङ निमा गेल्जे शेर्पा
अर्जुन बन्जाडे
बिन्दु साप्कोटा निरौला
दिब्या केसी ओली
गोपेन्द्रराज भट्टराई
कृष्ण पि लामिछाने
पृतिसागर खत्री
सन्जय थापा
तृश्णा शर्मा
विष्णुबहादुर शाह

राष्ट्रिय समितिमा प्रतिस्पर्धी अन्य उम्मेदवारहरुमा वरिष्ठ उपाध्यक्षमा सुनिल शाहले ४,१४५ मत लिएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु तेम्बा नुर्बु शेर्पाले ३,२४१ र गजेन्द्र अर्यालले १,२३६ ल्याएका छन् । क्षेत्रिय उपाध्यक्षहरुमा मिड वेस्ट रिजनल उपाध्यक्षमा राधा के पौडेलले ४,२९० ल्याएर बिजयी भएकिछिन् भने उनका प्रत्याशी पुरुषोत्तम बोहराले ४,०६४ ल्याएका छन् । नर्थ ईस्ट रिजनल उपाध्यक्षमा रामकुमार सुबेदीले २,८५१ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु क्रमश: सन्जिव श्रेष्ठले २,६९५; सुमन बुढा मगरले १,७४८ र हरिशचन्द्र हमालले १,२६८ मत ल्याएका छन् । साउथ रिजनल उपाध्यक्षमा जेदु पोख्रेलले ४,०४६ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु भुवन आचार्यले ३,४९६ र केमिका भण्डारी-पौडेलले ७६१ मत ल्याएकिछिन् । वेस्ट रिजनल उपाध्यक्षमा उमा कार्की थापाले ४,१८४ मत ल्याएर बिजयी भएकिछिन् भने उनका प्रत्याशीहरु सर्वज्ञ वाग्लेले ३,४३० र नारायण बनले ८७६ मत ल्याएका छन् ।

त्यसैगरी, राष्ट्रिय महासचिव पदमा प्रतिस्पर्धीहरु मध्ये बाबुराम लामाले २,५९३ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु क्रमश: महेश के मल्लले २,१७९; सूर्य (सल) लम्सालले २,१२७ र पूर्णचन्द्र बानियाले १,६६१ मत ल्याएका छन् । राष्ट्रिय सचिव पदका उम्मेदवारहरु मध्ये होमनाथ गौतमले २,७१५ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु क्रमश: टेकबहादुर लामाले २,३०१; रेवोतीराज अधिकारीले २,२०१ र प्रकाश बस्नेतले १,२०२ मत ल्याएका छन् ।

राष्ट्रिय कोषाध्यक्ष पदका प्रतिस्पर्धीहरु मध्ये डा. प्रकाश अर्यालले २,८२१ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु क्रमश: गोविन्द श्रेष्ठले २,६७१; सतेन्द्रकुमार शाहले २,०५२ र बिनराज बज्राचार्यले १,०११, मत ल्याएका छन् । राष्ट्रिय सह-कोषाध्यक्ष पदका उम्मेदवारहरु मध्ये पवन योन्जनले ५,०८५ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशी विश्वमान आङदेम्बेले २,९८२ मत ल्याएका छन् ।

राष्ट्रिय महिला संयोजक पदका उम्मेदवारहरु मध्ये ईन्दिरा तृपाठीले ४,२२८ मत ल्याएर बिजयी भएकिछिन् भने उनकी प्रत्याशी लक्ष्मी खरेल थापा (गौतम) ले ४,१४१ मत ल्याएकिछिन् । राष्ट्रिय युवा संयोजक स्वराज खाती भने निर्विरोध निर्वाचित बनेकाछन् ।

राष्ट्रिय समितिको ११ जना बोर्ड अफ डाईरेक्टर पदको लागि ३३ जना प्रतिस्पर्धी रहेका थिए । जस मध्ये बिजयीहरु अमृत बाबु कट्टेल, आङ निमा गेल्जे शेर्पा, अर्जुन बन्जाडे, बिन्दु साप्कोटा निरौला, दिब्या केसी ओली, गोपेन्द्रराज भट्टराई, कृष्ण पि लामिछाने, पृतिसागर खत्री, सन्जय थापा, तृश्णा शर्मा र विष्णुबहादुर शाह छन् ।

उता आईसिसी ८ पदका लागि ११ जना प्रतिस्पर्धी रहेका थिए । जस मध्ये बिजयीहरु बलराम थापा, बन्दना कोईराला, बेदराज बस्नेत, विष्णुमान प्रधान, धर्म भट्टराई, डिल्लीराम भट्टराई, गोमा सेन र प्रकाश साप्कोटा छन् ।

आईसिसी सदस्यहरू:

बलराम थापा
बन्दना कोईराला
बेदराज बस्नेत
विष्णुमान प्रधान
धर्म भट्टराई
डिल्लीराम भट्टराई
गोमा सेन
प्रकाश साप्कोटा

न्यू योर्क राज्य च्याप्टरमा को को निर्वाचित भए ?

न्यू योर्क राज्य च्याप्टरको अध्यक्ष पदका उम्मेदवारहरु मध्ये रामहरी अधिकारीले १,००७ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु क्रमश: केशबराम राईले ७४५ र विबेक पौडेलले २४६ मत ल्याएका छन् ।


Newly elected NRNA USA New York Chapter Team. Photos courtesy: fb profiles

न्यू योर्क राज्य च्याप्टर कार्य समिति
(२०१७-२०१९)


अध्यक्ष: रामहरी अधिकारी
उपाध्यक्ष: विष्णु राना मगर (निर्विरोध)
सचिव: महेशकुमार खड्का (निर्विरोध)
कोषाध्यक्ष: अनु खड्का
महिला संयोजक: कन्चन बस्नेत
युवा संयोजक: बिजय गुरुङ (निर्विरोध)

वोर्ड अफ डाईरेक्टरहरू:

गोपाल गुरुङ
बेगम पण्डित
बलराम श्रेष्ठ
ईन्दिरा घर्ति मगर
प्रेम के. राई

न्यू योर्क राज्य च्याप्टरमा निर्विरोध निर्वाचित हुनेहरुमा न्यू योर्क राज्य च्याप्टरको उपाध्यक्ष विष्णु राना मगर, सचिव महेशकुमार खड्का र युवा संयोजक बिजय गुरुङ छन् । न्यू योर्क राज्य च्याप्टरको कोषाध्यक्षमा अनु खड्काले १,१२४ मत ल्याएर बिजयी भएकिछिन् भने उनका प्रत्याशी सुबर्णकुमार शाक्यले ८०१ मत ल्याएका छन् । न्यू योर्क राज्य च्याप्टरको महिला संयोजकमा कन्चन बस्नेतले १,२८० मत ल्याएर बिजयी भएकिछिन् भने उनका प्रत्याशी मुना भण्डारीले ६५२ मत ल्याएकिछिन् ।

कुन कुन राज्य च्याप्टरहरुमा को को प्रेसिडेण्ट निर्वाचित भए ?

प्रेसिडेण्ट पदमा प्रतिस्पर्धा रहेका ६ राज्यहरुका  प्रेसिडेण्टहरुमा- रामहरी अधिकारी (न्यू योर्क); रामबाबु पाण्डे (क्यालिफोर्निया); घनश्याम खड्का (कनेक्टिकट); सूर्य पि लम्साल (जर्जिया); भानुभक्त खरेल (टेक्सास) र बुद्दी सागर सुबेदी (विस्किन्सन) विजयी बनेका छन् ।

निर्विरोध निर्वाचित राज्य च्याप्टर प्रेसिडेण्टहरुमा नविन खनाल (वासिङ्गटन); गोविन्द सुबेदी (भर्जिनिया); गोविन्द पौडेल (ओहायो); सम्मर बहादुर बुढाथोकी (न्यू जर्सी); डम्बर बि कडरिया (न्यू ह्याम्पसायर); जगनलाल श्रेष्ठ (मिचिगन); दुर्गाप्रशाद श्रेष्ठ (मेरिल्याण्ड); दिल्लुराम पराजुली (केन्टुकी); राजिव श्रेष्ठ (ईण्डियाना); सत्य एन चौधरी (ईलिनोई); महेन्द्र बस्नेत (आयोवा); विष्णु  के कार्की (मासाचुसेट्स्) र दिवाकर महर्जन (ओरेगन) छन् ।

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 918-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read NRN USA related news:

-http://www.usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिकाको अध्यक्षमा पुन: दोश्रो पटक डा. केशब पौडेल निर्वाचित, २२६ उम्मेदवारहरु मध्ये ४८ जना मतदानबाट बिजयी, १०७ जना निर्विरोध निर्वाचित

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.