Inside

All Time Top 50 News

न्यू योर्कका ८ बर्शिय नेपाली छोरो सोनेश गुरुङ NY Jets को Tee Kids बनेर खेलेको त्यो खेल ! PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 27 November 2010 06:25

Exclusive: 21 photos, 1 video: न्यू मिडोल्यान्डस स्टेडियम, न्यू जर्सी- गत बिहीवार बेलुकी ८: २० बजे न्यू योर्क जेट्स र छिन्छिनेटी बेङ्गाल्सबिच खेलिएको अमेरिकि फुट्बलमा न्यू योर्क निवासी ८ बर्शिय बेसबल खेलाडी सोनेश गुरुङले "टि किड्स" को रुपमा सहभागी हुने मौका पाए। खेल शुरु हुनु अघी उनलाई मेक्सिको देशका राष्ट्रपति फेलिप काल्डेरोकि श्रीमती मार्गरिता जाभालाले मेक्सिकोको झन्डा अङ्कित ब्याचबाट सम्मानित गरिन्। हेर्नुहोस् भिडियो र फोटो:

 

NY Jets selected Shonesh Gurung as its Tee Kids for its Thanksgiving football tournament between NY Jets vs Cincinnati Bengals which was held at New Meadowlands Stadium, 102 Route 120, East Rutherford, NJ 07073. Photos: eEyeCam.com

सोनेस कसरी NY Jets Tee Kids चुनिए?

सोनेश गुरुङ न्यू योर्क शहरको पब्लिक स्कुल PS 199 कुइन्समा कक्षा ३ मा अध्ययनरत पढाई र खेलकूदमा प्रतिभाशाली विद्यार्थी हुन्। उनका बुवा टेक गुरुङ र आमा लक्ष्मी गुरुङ हुन्। टेक गुरुङ न्यू योर्कस्थित नेपाली संस्था युनाइटेड नेपालीज डेमोक्रेटिक फोरुम (UNDF) न्यू योर्क च्याप्टरका अध्यक्ष र सोही संस्थाका केन्द्रिय उपाध्यक्ष हुन्।

Baseball player 8-year-old Shonesh Gurung from New York Public School PS 199 who is one of the 14 players of Elmjack Little League All Star Team. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले NY Jets Tee Kids Shomesh Gurung बारे तयार पारेको बिशेष भिडियो:



सोनेशका बुवा टेक गुरुङकाअनुसार सोनेश २०० विद्यार्थीहरु मध्ये २६ जना प्रतिभाशाली विद्यार्थीहरुको Honor Class का विद्यार्थी हुन्।

त्यसबाहेक उनी न्यू योर्क शहरभरका ८ देखी ९ बर्ष उमेरका ११२ जना खेलाडीहरु मध्ये बेसबल खेलमा Elmjack Little League All Star टिमकालागि चुनिएका १४ जना मध्येका अगुवा खेलाडी हुन्।


Shonesh Gurung with his baseball team, coaches, teachers and his father Tek Gurung. Photo courtesy: Tek Gurung

यसै कारण न्यू योर्क जेटसले यो बर्षको Thanksgiving खेल प्रतियोगिताकालागि Tee Kids चुन्न सोनेशको स्कुललाई अबसर दिएको थियो। उनको स्कुलले बेसबल खेलमा प्रतिभाशाली खेलाडी सोनेश गुरुङलाई Tee Kids को रुपमा मनोनयन गरेर NY Jets लाई पठाएको थियो।

यसरी सोनेशले Tee Kids चुनिएपछि अमेरिकि डलर ३९५ प्रति टिकट पर्ने ४ वटा  भिआइपि प्रबेश टिकट कम्प्लिमेन्ट्री (निशुल्क) पाएका थिए। उक्त टिकटमा उनको साथमा उनको बुवा टेक गुरुङ, आमा लक्ष्मी गुरुङ र यो पङ्क्तिकार न्यू जर्सी राज्यको इस्ट रुथरफोर्डस्थित न्यू मिडोल्यान्डस स्टेडियममा न्यू योर्क जेट्स र छिन्छिनेटी बेङ्गाल्सबिच खेलिएको अमेरिकि फुट्बल खेल हेर्न पुगेका थियौं।


Shonesh's parents Laxmi Gurung & Tek Gurung and Pradeep Thapa Magar, Editor-in-Chief, USNepalOnline.com at the New Meadowlands Stadium. Photo courtesy: Harris Schoenfeld.

उक्त प्रतियोगितामा सोनेशले NY Jets टिमले बल हानेपछि बल राख्ने टि (kicking Tee) लाई मैदानबाट साइड लाइनमा ल्याउने अबसर पाएका थिए। उक्त खेलमा NY Jets ले Cincinnati Bengals लाई १० पोइन्टस्काबिरुद्ध २६ पोइन्टस्ले जितेको थियो।

मेक्सिकोका राष्ट्रपति फेलिप काल्डेरोकि श्रीमती मार्गरिता जाभालाद्वारा मेक्सिकोको झन्डा अङ्कित ब्याचबाट सम्मान

NY Jets का Tee Kids बनेका सोनेशलाई मेक्सिकोका राष्ट्रपति फेलिप काल्डेरोकि श्रीमती मार्गरिता जाभालाद्वारा मेक्सिकोको झन्डा अङ्कित ब्याचबाट सम्मानित गर्दा र बधाई स्वरुप अङ्कमाल गर्दाको त्यो क्षण अबिस्मरणीय बन्यो।


Margarita Zavala, wife of Mexican President Felipe Calderón honoring Shonesh Gurung before the tournament. Photos: eEyeCam.com

छोरो सोनेशको हाइ प्रोफाइल खेल जीवन र निशुल्क भिआइपि सिट र खाना मिलेपछि बुवा टेक गुरुङले पङ्क्तिकारसंग ठट्टा गर्दै भने "छोरोको कमाइमा अमेरिकि फुट्बलबारे ज्ञान नभएपनि हेर्न र थरी थरीका परिकार खाँदा मज्जा लागेको छ।"

हुने बिरुवाको चिल्लो पात

उनले यो पनि भनेकि यदी उनको छोरोले यही हिसाबले बेसबल खेलमा प्रगति गर्दै गयो भने र शिर्फ एक चोटि मात्र नेशनल लिगमा खेल्न सफल भयो भने उसको भबिश्य चम्किन्छ र अर्थिक रुपमा पनि उत्तिकै सबल बन्न सम्भब छ।

सोनेश त्यही बालक हो जो न्यू योर्कका नेपाली कार्यक्रमहरुमा एक ताका बुवा टेकले लिएर जाँदा कार्यक्रम अबधिभर दोडेर हैरान पार्ने हाइपर एक्टिभ केटो। तर खेलमा लागेपछि अत्यन्त अनुशासित र पढाईमा पनि उत्तिकै जाँगरिलो बन्दै गएकाछन्। हुने बिरुवाको चिल्लो पात भने झै उनको हाइपर एक्टिभ बालापन खेल्कूदमा खुब फलिफाप हुँदो छ।

न्यू मिडोल्यान्डस स्टेडियम

८२ हजार ५ सय ५६ सिट क्षमता भएको उक्त रङ्गशालामा जेट्सका समर्थक फ्यानहरुले रङ्गशाला झन्डै भरिएको थियो। रङ्गशालामा चारतिर ठुल्ठुला 30 x 118 इन्च साइजका लाइभ भिडियो डिस्प्ले बोर्ड राखिएको थियो भने २१ सयभन्दा बेशी हाइडिफिनिसन मोनिटर बोर्डहरुमा खेलको प्रसारण हेर्न सकिन्थ्यो।


This picture is taken from one of the 2100+ HD monitors during the tournament inside VIP lounge at the stadium. Photos: eEyeCam.com

झन्डै २० लाख स्क्वायर फिट छेत्रफल ओगटेको उक्त रङ्गशाला यसै बर्षको अप्रिल १० मा खोलिएको नयाँ रङ्गशाला हो। उक्त रङ्गशालाको लगानिकर्ता न्यू योर्क जेट्स र न्यू योर्क जाइन्ट्स हुन्। रङगशाला १.६ बिलियन अमेरिकि डलरमा निर्माण गरिएको हो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Shonesh Gurung returning from picking up kicking tee. Photos: eEyeCam.com

Football & kicking tee. Photos: eEyeCam.com


Photos: eEyeCam.com






Shonesh Gurung. Photos: eEyeCam.com








Margarita Zavala, wife of Mexican President Felipe Calderón honoring Shonesh Gurung before the tournament. Photos: eEyeCam.com


Shonesh's parents Laxmi Gurung & Tek Gurung and Shonesh's escort Harris Schoenfeld. Photos: eEyeCam.com


Margarita Zavala, wife of Mexican President Felipe Calderón honoring Shonesh Gurung before the tournament. Photos: eEyeCam.com


Shonesh Gurung. Photos: eEyeCam.com



Shonesh Gurung. Photo courtesy: Tek Gurung

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.