Inside

All Time Top 50 News

न्यू योर्कमा मानब अधिकारकर्मी नेपाली नारी नर्बदा छेत्री न्यू योर्क शहरको 'इम्मिग्रेन्ट हेरिटेज अवार्ड'दवारा सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 17 April 2012 17:49

Exclusive: 1 video, 12 photos: न्यू योर्क- न्यू योर्क शहरको डिस्ट्रिक्ट २५ को काउन्सिल सदस्य डानियल ड्रमद्वारा मानब अधिकारकर्मी नेपाली नारी नर्बदा छेत्रीलगायत ७ जना अगुवा अप्रबासी ब्यक्तित्वहरुलाई पहिलो Immigrant Heritage Award 2012 दवारा सम्मानित गरिएको छ।

The honorees of Immigrant Heritage Award 2012 which was established and given by New York City District-25 Councilman Daniel Dromm (Democrat) in Queens, NY on April 16, 2012. Photos: eEyeCam.com

न्यू योर्क शहरले बिगत ९ बर्षदेखी अप्रिल १७-२४ लाई आप्रबासी सम्पदा सप्ताहकोरुपमा मनाउँदै आएको छ।

न्यू योर्क शहरको कुइन्स, ज्याक्सन हाइट्स शहरलाई समेट्ने डिस्ट्रिक्ट २५ का काउन्सिल सदस्य डानियल ड्रमले सोमबार अप्रिल १६ तारिख कुइन्सको एल्म्हुर्स्ट अस्पतालको अडिटोरीयममा आयोजना गरेको उक्त पहिलो आप्रबासी गौरब पुरस्कार (Immigrant Heritage Award 2012) नेपाली चेली नर्बादा छेत्रीले पाएकी हुन्।

Human Rights activist Narbada Chhetri with New York City Councilman Daniel Dromm after receiving Immigrant Heritage Award 2012 in Queens, NY on April 16, 2012. Photos: eEyeCam.com

अधिकारकर्मी छेत्री कुइन्सस्थित नेपालीहरु बिशेष गरी नेपाली दिदीबहिनीहरुको हक अधिकारको निम्ती कृयाशिल संस्था 'अधिकार' कि बरिस्ठ कम्युनिटी अर्गनाइजर हुन् भने नेपालमा झन्डै १५ बर्ष मानब अधिकारको क्षेत्रमा काम गरेको अनुभब उनीसंग छ।

उनकै सकृय नेत्रित्वमा अधिकारले न्यू योर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यू योर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights Act) पास गराउन सफल भईसकेको छ।

उनले आफूले पाएको पुरस्कार आफूसंग होस्टेमा हैसे गर्ने नेपाली दिदिबहिनी, दाजुभाईहरुप्रति समर्पित गरिन्।

Nepalese participants with honoree Narbada Chhetri and Councilman Daniel Dromm. Photos: eEyeCam.com

उक्त सम्मानद्वारा सम्मानित अन्य ब्यक्तित्वहरुमासिटी क्याफेका जर्ज अलभाराडो र लाइला अलभारडो (पेरुभियन), टेरेशा अरेइटा ( ला फुएन्टे संस्था, एल साल्भाडोरियन), बसन्त्राइ एम गान्धी (ब्याबसायी, इन्डियन), सान्ड्र गिराल्डो (एल्महुर्स्ट अस्पताल), मोनामी मौलिक (देशी राइजिङ अप एन्ड मुभिङ, इन्डियन) र जिसस डि पुएर्टो (मेक द रोड एनवाई, कोलोम्बियन) छन्।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Immigration Heritage Awards ceremony, Queens, New York, April 16, 2012




काउन्सिल सदस्य ड्रम आफै पनि एक अप्रबासी कै सन्तान हुन्। उनका हजुर बुवा-आमा आयरल्यान्डबाट अमेरिका आएका थिए। अनि उनी समलिङ्गी (गे) पनि हुन्।

काउन्सिल सदस्य ड्रमले सम्मानित ब्यक्तित्वहरुले अमेरिकन अप्रबासी समाजमा पुर्याएको योगदानको मुक्त कन्ठले प्रसंशा गर्दै अमेरिका अप्रबासीहरुले बनाएको देश भनेर सगर्ब घोषणा गरे-

"Everyone who lives in USA, ultimately, we are all immigrants. This is a country of immigrants. And, they are the one who built this country it is today."

कार्यक्रममा न्यू योर्क शहरका मेयर माइकल ब्लुम्बर्गको कार्यालय अन्तरगतको आप्रबासी मामिला सम्बन्धी बिभागकि कमिस्नर फतिमा शामा, एल्म्हुर्स्ट अस्पतालकि प्रतिनिधि र सम्मानित ब्यक्तित्वहरुले सम्बोधन गरेका थिए।

कार्यक्रममा भारतीय मूलकि कवि श्वेता श्रिवास्तव बिक्रमले कविता र  कोलम्बियन गिटारिस्ट फ्रान्सिस्को रोल्डानले संगित प्रस्तुत गरेका थिए।



न्यू योर्क शहर जहाँ झन्डै ३० हजार नेपालीहरु बसोबास गर्ने अनुमान गरिन्छ। तर सन् २०१० को अप्रिलमा सम्पन्न जनगणनाको नतिजाअनुसार न्यू योर्क शहरमा जम्मा ६ हजार १८७ जना नेपालीहरु रहेको जनाइएको छ। न्यू योर्क शहरको उक्त जन संख्यासहित न्यू योर्क राज्यभर कूल ७ हजार ७२५ जना रहेको र अमेरिकाभर कूल ५९ हजार ४९० नेपाली रहेको तथ्याङ्कले देखाउँछ।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Jorge & Lyla Alvarado with Councilman Daniel Dromm. Photos: eEyeCam.com

Teresa Arieta with Councilman Daniel Dromm. Photos: eEyeCam.com


Sandra Giraldo with Councilman Daniel Dromm. Photos: eEyeCam.com



Vasantrai M. Gandhi with Councilman Daniel Dromm. Photos: eEyeCam.com



Monami Maulik with Councilman Daniel Dromm. Photos: eEyeCam.com


Jesus D. Puerto with Councilman Daniel Dromm. Photos: eEyeCam.com

Poet Sweta Srivastava Vikram. Photos: eEyeCam.com

Guitarist Fransisco Roldan. Photos: eEyeCam.com

Read our exclusive reporting about Adhikaar's activities:

-न्यू योर्कको नेपाली संस्था 'अधिकार' लाई फेसबुकको अनलाइन भोटिङबाट पुरस्कार जिताउन छुट्नु होला है?

-न्यू योर्कमा अधिकारको नाट्य प्रस्तुती "यात्रा समुद्र सम्म" को सफल मन्चन

-न्यू योर्कमा घरेलु कामदारहरुको कारुणिक अवस्थाबारे गोस्ठी सम्पन्न

-न्यू योर्कमा नेपाली महिलाहरुले १०० औं अन्तरराश्ट्रिय नारी दिवस धुमधामसंग मनाए

-न्यू योर्कमा 'अधिकार' द्वारा सार्वजनिक दशैं उत्सब कार्यक्रम सम्पन्न

-न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

-न्यू योर्क राज्य सिनेटद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित

-न्यू योर्कमा अधिकारको ५ औं वार्षिकोत्सबमा न्यायको आवाजको उल्लास छायो

-न्यू योर्कमा नेपालीहरु अमेरिकि जनगणना २०१० (U.S. Census 2010) का लागि ताते

-अमेरिकि जनगणनामा नेपालीहरुको सहभागीताबारे गम्भिर छलफल

-न्यू योर्कमा "अधिकार" द्वारा गुरु पूजा र भजन सम्पन्न

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

न्यू योर्कमा 99 औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न

99th Int'l Women's Day photos-I 99th Int'l Women's Day photos-II

-न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?

-U.S. Domestic Workers Are Paid Lowest Wages and work without Legal Protection

-न्यू योर्कको सामाजिक न्याय पुरस्कार "अधिकार" ले पाउँदाको त्यो क्षण

-न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार'

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.