Inside

All Time Top 50 News

अमेरिकाको बोष्टनमा पशुपतिनाथ बुद्ध फाऊण्डेशनव्दारा रमाईलो नेपाली जमघट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Wednesday, 29 May 2013 06:39

Special: 6 photos: बोष्टन- जाडो सकिएर गर्मि लाग्दै गरेको हरियाली मौसम, मे महिनाको अन्तिम सोमबार 'मेमोरियल डे' का दिन अमेरिकाको बोष्टनमा पशुपतिनाथ बुद्ध फाऊण्डेशनव्दारा रमाईलो जमघट र बार्बिक्यू पार्टीको आयोजना गरियो।

Pashupatinath Buddha Foundation of Norwood Sub-Committee hosted BBQ Party in Boston on May 27, 2013. Photos: Milan Gurung, Bhakta Gurung and Shiva Mishra

पशुपतिनाथ बुद्ध फाऊण्डेशन मेट्रो वेष्ट नरऊड सब-कमिटि मेई २७ तारिख ब्रुकलाईन सिटिस्थित न्युटर्न पार्कमा बार्बिक्यू पार्टीको आयोजना गरेको हो।

उक्त पार्टीमा भाग लिन बिभिन्न शहरबाट नेपालीहरु आएका थिए । प्रबेश निशुल्क राखिएको थियो । खानपिन र मनचिन्ते बार्बिक्यूको जोहो सब-कमिटिका साथीहरुले मिलाएका थिए । स्वेच्छाले फाऊण्डेशनलाई दान गर्न सक्ने गरि बक्स राखिएको थियो जसमा ७५७ डलर जम्मा भयो।

ग्रेटर बोष्टनमा एकातर्फ पशुपतिनाथको मन्दिर र आर्कातर्फ बुद्दको मन्दिरसहित नेपाली कम्युनिटी भवन निर्माण गर्ने ऊद्देश्यले गत फेब्रुवरीमा पशुपतिनाथ बुद्ध फाऊण्डेशनको स्थापना भएको हो। शाखा कमिटिकोरुपमा २ महिना अगाडि मात्र नरऊड क्षेत्रका नेपालीहरु एकजुट भै फाऊण्डेशनको मेट्रो वेष्ट नरऊड सब कमिटि गठन गरेका थिए । गत बर्षको भैलिधौसी र एक मिटिङबाट नगद एवँ बचनबद्दतासहित झण्डै २ लाख डलरको हाराहारिमा अनुदान रकम जम्मा भइसकेको छ र रकम सँकलन अभियान अगाडि बढेको छ । नरऊडबासी फाऊण्डेशनका केन्द्रिय अध्यक्ष बिष्णुमणी आचार्य, महासचिवव्दय महेश्वर पन्त र बिरोचन नेपालको पहलमा नरऊड सब-कमिटिले निशुल्क बार्बिक्यू पार्टीको आयोजना गरेको हो र खर्च कमिटिका साथीहरुबाट ब्यहोरिनेछ ।



"यस प्रकारको बार्बिक्यूले एक त नेपाली एकता कसिलो बनाऊने छ, नेपाली पारिवारिक सम्बन्ध सुमधुर पार्नेछ, अर्कातर्फ बोष्टनमा केहि गर्ने ऊद्देश्यले अभियान अगाडि बढाइएको छ भने त्यसलाई हरेक सिटीमा बिस्तार गरि नेपाली भावना जगाऊने छ, अत: कमिटीका साथीहरुले शुरुमै निशुल्क बार्बिक्यू पार्टी गर्ने सोँच अगाडि सारे । पक्कै पनि यसले राम्रै सन्देश प्रवाह गर्नेछ, ऊदारता जगाऊने छ, यस्ता कार्यक्रम थपिदै जानेछन नेपालीको मन फुक्दै जानेछ।" सब कमिटिका अध्यक्ष सुरेश ढकालले बताए ।


Pashupatinath Buddha Foundation of Norwood Sub-Committee hosted BBQ Party in Boston on May 27, 2013. Photos: Milan Gurung, Bhakta Gurung and Shiva Mishra

बार्बिक्यू पार्टी यति ब्यस्त देखिन्थ्योकि तिनवटा ओभनमा प्रयोग गर्दा पनि साथिहरुलाई भ्याईनभ्याई थियो । बार्बिक्यूलाई एथेष्ट चटनिको ब्यबस्थाकोलागि सरु आचार्य, बिद्धा भणडारी, सरिता ढकाल, म्याक्सिना पण्डित, बिमला रिजाल, सारदा राजभँण्डारीसमेतका दिदीबहिनी खटेका थिए भने नरऊडका चार परिवारलाई आवश्यक अचार, सलादको जिम्मा दिइएको थियो । पानीपुरिकोलागि माधवप्रसाद दाहाल, राधाकृष्णसमेत खटेका थिए भने हरिया मकै पोल्ने, भुजिया, पुरी रोटी दालमोठ तरकारी, सलाद सब कमिटीले ब्यबस्था गरेको थियो । त्यसैगरि बिमालय बिष्ट्रो परिवारले बार्बिक्यूकोलागि आबश्यक चिकेनको ब्यबस्था गरेको थियो भने जिवनाथ आचार्य, पेशल रेग्मीसमेतले पानी तथा सफ्ट ड्रिङक्सको ब्यबस्था गरेका थिए । बालबालिकालाई खेलकुदको जिम्मा लिनेमा चिरञ्जिबि आचार्य, नवराज रिजालसमेतका साथीहरु थिए भने सास्कृतिक कार्यक्रमतर्फ सुनिता अधिकारीसमेतका साथीहरुलाई जिम्मा लगाईएको थियो ।



बार्बिक्यूको समग्र भुमिकामा सुरेश ढकाल, माधवप्रसाद दाहाल, पेशल रेग्मी, मिनेश श्रेष्ठ, बिनोद ऊप्रेति, नवराज रिजाल, राधाकृष्ण पन्त, मिलन कार्की, थानिरत्न कडेल, गोबर्धन पुजा, जिवनाथ आचार्य, जालप्रसाद घिमिरे, दिपक थापा, चिरञ्जिबि आचार्यसमेतका साथीहरु अगाडि देखिएको भएपनि नेपथ्यमा रहेर सकारात्मक कामलाई सहयोग गर्न चाहने मधुकर अधिकारीलगायतका नेपालीले बार्बिक्यूलाई सहयोग गर्ने बचन दिएका थिए ।

Pashupatinath Buddha Foundation of Norwood Sub-Committee hosted BBQ Party in Boston on May 27, 2013. Photos: Milan Gurung, Bhakta Gurung and Shiva Mishra

बार्बिक्यू पार्टीमा धेरै नेपाली सँस्थाका पदाधिकारी आएका थिए । जिबिएनसीका बर्तमान अध्यक्ष मिलन गुरुङको भुमिका पनि शसक्त थियो भने पुर्ब अध्यक्ष लिला राऊत दिनभर बार्बिक्यूको तातो अगेनामा खटेका थिए । त्यसैगरी, पुर्व अध्यक्ष सुर्य थापा पनि ओभनमै खटेका देखिन्थे भने बर्तमान बरिष्ट ऊपाध्यक्ष राम थापा, पुर्ब अध्यक्ष प्रेम तामाङ र ध्रुव घिमिरे, बोष्टन तमु समाजका अध्यक्ष ऊत्सव गुरुङ, बोष्टन लोक शुसेली समुहका धनकुमार गुरुङ, कलाकार मिन के. सी., रञ्जन बुढाथोकी, हिमालयन लायन्स क्लबका अध्यक्ष बिष्णु कार्की, पुर्ब अध्यक्ष शिव प्रकाश, हार्वर्ड बिश्वबिद्दालयका प्रोफेशर डा. शिव गौतम, ईम्पावर दलित वोमन अफ नेपालकी सँस्थापक बिष्णुमाया परियार, समाजसेवी आनन्द बिष्ट, भक्त गुरुङ ,पुष्प श्रेष्ठ, बिजय तामाङ, किरण खडका, फोटोपत्रकार शिव मिश्रलगायत महिला दिदीबहिनी तथा बालबालिकाहरुको सहभागिता रहेको थियो ।

बोष्टन शहरदेखि टाढा तर बोष्टन शहर छर्लङ्ग देखिने थुम्कोस्थित रमाईलो पार्कमा आयोजित बार्बिक्यू पार्टीमा मनैछुने गरि मादल र बासुरी घन्केको थियो । नेपाली गित सँगितसगै नेपाली नृत्य जमेको थियो । बिभिन्न खेल खेलाईएको थियो । खेलमा प्रथम, व्दितिय, तृतिय हुनेललाई पुरस्कारको ब्यबस्था गरिएको थियो ।

-Yem Poudel in Boston

Read related news:

-बोस्टनबासी नेपालीहरु साझा "नेपाली घर" बनाउन कस्सिए, डेढ लाख डलरभन्दा बेशी संकलन

-बोष्टनमा पशुपतिनाथ बुद्ध फाउन्डेशनको स्थापना, नेपाली कम्युनिटि सेन्टर बनाउने तयारी

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.