Inside

All Time Top 50 News

बोष्टनमा पशुपतिनाथ बुद्ध फाउन्डेशनको स्थापना, नेपाली कम्युनिटि सेन्टर बनाउने तयारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Tuesday, 12 February 2013 22:28

Special: 4 photos: बोष्टन- अमेरिकाको बोष्टन शहरमा नेपाली कम्युनिटि सेन्टर बनाउन पशुपतिनाथ बुद्ध फाउन्डेशनको स्थापना गरिएको छ।

The members of Pashupati nathBuddha Foundation at Boston Town Hall Meeting in Sumerville, Boston on February 11, 2013. Photos: Shiva Mishra

फेब्रुवरी ११ तारिख बोस्टनको समरभिलस्थित मसाला रेष्टुरेष्टमा आयोजित टाऊन हल भेलाद्वारा बोस्टन शहरमा नेपाली भवन निर्माण गर्ने उद्देश्य पुरा गर्न बिष्णुमणी आचार्यको अध्यक्षतामा १२९ सदस्यीय कार्य समितीको गठन गरिएको छ। यस अघी ग्रेटर बोष्टन नेपालीज कम्युनिटी (जिबिएनसी) अध्यक्ष मिलन गुरुङको संयोजकत्वमा तदर्थ कार्य समिती गठन भएको थियो।

नब गठित कार्य समिती निम्नानुसार छ:

चेयरम्यान: मिलन गुरुङ
प्रेसिडेण्ट: बिष्णुमणी आचार्य
सिनिएर भाईस प्रेसिडेण्ट: बिष्णु कार्की, धनकुमार गुरुङ, राम थापा
भाईस प्रेसिडेण्ट: उत्सव गुरुङ, बिष्णु राई, मणिक लामा, चन्द्र पुन, दिपेश श्रेष्ठ
एसिष्टेण्ट भाईस प्रेसिडेण्ट: देवि थापा ओली, राम धिताल, हजुरी सिँ, काजी शेर्पा, चादनि शेरचन
जनरल सेक्रेटरी: महेश्वर पन्त, बिरोचन नेपाल, ध्रुव घिमिरे
सेक्रेटरी: भक्त गुरुङ, सन्तोष सुबेदी, किरण खडका, हरि काफ्ले
ट्रेजरर: भुवानीप्रसाद गुरुङ, पुष्प श्रेष्ठ, बिजय तामाङ, शुसिल पौडेल
स्पोक्स पर्सन: सुन्दर गुरुङ
एसिष्टेण्ट स्पोक्स पर्सन: अर्जुन कुवर, सान प्रधान
अनरेरी मेम्बर: मिन के.सी., रञ्जन बुढाथोकी
मेडिया चिफ: यम पौडेल
मेडिया डाईरेक्टर: शिव मिश्र, बिजय तामाङ, बिमल नेपाल, सुनिल नेपाली, नवराज कोइराला

बोर्ड अफ डाईरेक्टरहरु:
मधुकर अधिकारी
२० जना

बोर्ड मेम्बरहरु:
भिम गुरुङसहित ५५ जना

स्टेट रेप्रेजेन्टेटिभहरु
अर्जुन देवकोटा (कनेटिकट) सहित ५ जना
ओमप्रकाश देवकोटा (रोडाइल्याण्ड) सहित ४ जना
सोम गुरुङ (न्यु ह्याम्पसायर) सहित ९ जना

सल्लाहकारहरु:
प्रल्हाद के.सी.
डा. शिव गौतम
अच्युत अधिकारी
बिष्णुमाया परियार
डा. ऊषा शर्मा
झक गुरुङ
बिष्णु धौराली
शिव प्रकाश
प्रेम तामाङ
ऊत्तमबाबु श्रेष्ठसहित १९ जना

Bishnumani Acharya, president of Pashupatinath Buddha Foundation speaking at the Boston Town Hall Meeting in Sumerville, Boston on February 11, 2013. Photos: Shiva Mishra

उक्त टाऊन हल भेलाद्वारा ५ बर्षभित्र नेपाली कम्युनिटि सेन्टर निर्माण गर्ने बिषयमा सहमति भएको छ । आफुहरु रहेको ठाऊमा नेपाली कला र सँस्कृतिको जगेर्ना गर्ने, पशुपतिनाथ र बुद्दका सँसार भरकै अनुयायीलाई साथ लिने, नेपाल र नेपालीको पहिचानलाई शसक्त रुपमा अगाडि बढाऊने पनि टाऊन हलमा सहमति जुटेको छ ।



तदर्थ समितिका महासचिव महेश्वर पन्तले फाऊण्डेशनको हाल सम्मको गतिबिधि प्रकाश पार्दै कार्यक्रम सँचालन गरेका थिए भने अर्का महासचिव बिरोचन नेपालले बिधान, प्रस्तावित कार्यसमिति र अवधारणा पत्र प्रस्तुत गरे । ट्रेजरर ग्रुपका लिडर भुवानी गुरुङले आफुहरुले पारदर्शि ढँगले हिसाब किताब राख्ने बताऊदै हालसम्मको आय ब्यय अनुरुप २६०४० डलर मौज्दात रहेको बिवरण पेश गरे ।

टाऊन हल भेलालाई फाऊण्डेशनका प्रबक्ता सुन्दर गुरुङले मन्तब्य दिदै समयसगै बोष्टनका नेपालीहरुको काधमा ठुलो जिम्मेवारी आएको बताए ।

भेलालाई बिष्णु कार्की, राम थापा, यम पौडेल, धनकुमार गुरुङ, हरि काफ्ले, सुर्य थापा मगर, बिष्णुमाया परियार, ओम प्रकाश देवकोटा, सोम गुरुङ, ऊत्सब गुरुङ, शिब प्रकाश, आनन्द बिष्ट, बिनोद ओली, शेषराज खतिवडा, बिष्णु धौराली, अच्युत अधिकारी, लिला राऊत, किरण खडकालगायत बिभिन्न महानुभावले शुभकामना मन्तब्य तथा सुझाव राखेका थिए।



कार्यक्रममा ऊठेका जिज्ञासाहरुलाई फाऊण्डेशनका अध्यक्ष बिष्णुमणी आचार्य तथा टाऊन हल भेलाका सभापति तथा फाऊण्डेशनका चेयरम्यान मिलन गुरुङले स्पष्ट पारेका थिए ।

अध्यक्ष आचार्यले सबैखाले सुझाव हरुलाई समेटेर अगाडि बढने जनाऊदै आफुहरुले अध्ययन गरेरै काम थालेको हुदा नेपाली कम्युनिटी सेन्टर निर्माणको काम १००% सफल हुने बचनबद्दता ब्यक्त गरे ।

टाऊन हल भेलाका सभापति तथा फाऊण्डेशनका चेयरम्यान गुरुङले नवनियुक्त पदाधिकारिहरुलाई बधाई दिदै महान अभियानमा सरिक सबैलाई संझि सँझि धन्यबाद दिए । फाऊण्डेशन जिबिएनसीभन्दामाथि आऊन बनेको सँस्था नभै नेपाली पहिचान र अस्तित्वका खातिर निश्चित कामकोलागि धेरै नेपाली सँघसँस्था समावेश भै बनेको एक समाबेसी सुन्दर बगैचा भएको ऊपमा दिदै बगैचाको दिगो बिकासकोलागि प्रमुख मालिमा नियुक्त बिष्णुमणी आचार्यलाई कसैले एकलै छाडन नहुने र आफु पनि सधै साथसाथै रहने बचनबद्दता ब्यक्त गरे ।

टाऊन हल भेलामा बोष्टन मगर सँघकोतर्फबाट सुर्य थापा मगरले ६२१ डलर, समाजसेबी हरि काफ्लेले १००८ डलर र आनन्द बिष्टले ५०१ डलर प्रदान गरे । नेपाली कम्युनिटी सेन्टर बनाऊने कार्यक्रम साह्रै ऊच्च कोटिको भएकाले यथासक्य सहयोग गर्नु पर्ने र सबै नेपाली समक्ष पुग्नु पर्ने सहभागिहरुले बताए ।

-Yem Poudel in Boston

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.