Inside

All Time Top 50 News

Bush-Prachanda Meeting: बुश र प्रचन्ड दुबै प्रसन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 22 September 2008 22:57

अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क

New York- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' ले आजै साँझ ७ बजे न्यू योर्क शहरस्थित होटेल The Waldorf Astoria मा अमेरिकि राष्ट्रपति जर्ज डब्ल्यु बुशद्वारा आयोजित स्वागत समारोहमा राष्ट्रपति बुशसँग भेटबार्ता गर्नु भएको छ।

राष्ट्रपति बुशसँगको भेट पछि प्रसन्न मुद्रामा 'रिसेप्सन' कक्ष्य बाहिर निस्कनु भएका प्रधानमन्त्री प्रचन्डले राष्ट्रपति बुशले नेपालको राजनीतिक परिवर्तनबारे निक्कै चासो दिएर सोध पुछ गरेको र आफुले बिगतमा क्रान्तिको बाटोबाट हिंडे पनि अब प्रजातन्त्रको बाटोबाट देशलाई आर्थिक क्रान्तितिर लग्न आफु र आफ्नो सरकार प्रतिबद्ध रहेको जानकारी गराएको कुरा नेपालका लागि स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यले युएस नेपाल अनलाइनलाई बताउनु भएको छ।

प्रधानमन्त्री प्रचन्डले नयाँ नेपालको निर्माणमा आर्थिक क्रान्तिको लागि अमेरिकि सहयोगको अपेक्ष्या गरेको बताउनु भएको थियो। प्रधानमन्त्री प्रचन्डलाई आश्वासत पार्दै राष्ट्रपति बुशले अमेरिकाले नेपालको प्रजातान्त्रिकरण र आर्थिक क्रान्तिको लागि सक्दो सहयोग गर्ने बचन दिनु भएको थियो।

प्रधानमन्त्री प्रचन्डको पहिलो अमेरिकि यात्रामा पहिलो भेट पनि अमेरिकि राष्ट्रपतिसँगै भएको छ।

संयुक्त राष्ट्र संघको ६३ औं साधारण सभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' आजै सोमबार दिउसो १ बजे लुफ्थान्सा एयरबाट न्यू योर्क उत्रनु भएको भएको थियो।

प्रधानमन्त्रीलाई नेपालका लागि स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यले जोन एफ. केनेडि एयरपोर्टमा स्वागत गर्नु भएको थियो।

प्रधानमन्त्री प्रचन्डले संरासंका महासचिब बानकि मुनसँग पनि भेट गर्नु हुने छ।

प्रधानमन्त्री प्रचन्ड न्यू योर्कमा रहुन्जेल Grand Hyatt Hotel, 109 East, 42nd Street at Grand Central Terminal, New York मा बस्ने ब्याबस्था मिलाइएको छ।

भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी सीता दाहाल, प्रम पुत्र प्रकाश दाहाल, प्रम प्रमुख सल्लाह्कार हिराबहादुर थापा, स्वकीय सचिव शक्तिबहादुर बस्नेत, मुख्य सचिब भोजराज घिमिरे, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, प्रमका निजी चिकित्सक डा. दामोदर गजुरेल, चिफ अफ प्रोटोकल निरन्जनमानसिंह बस्नेत, सरकारी संचार नेपाल टिभीका पत्रकार उत्तम सिलवाल, प्रमका दुई निजी सुरक्षाकर्मी सहभागी छन्‌ ।

त्यसै गरी ६ जनाको अर्को नेपाली टोली नेपाल उध्द्योग बाणिज्य महासंघका अध्यक्ष्य कुशकुमार जोशीको नेत्रित्वमा प्रम प्रतिनिधि मण्‍डलसँगै न्यू योर्क आई पुगेको छ।

प्रधानमन्त्रीले संयोगबस भोली September 23 तारिख संयुक्त राष्ट्र सङ्घ महासभालाई सम्बोधन गर्ने दुई ज्यानि दुस्मनी राष्ट्र अमेरिका र ईरानका राष्ट्रपतिहरु जर्ज डब्ल्यु बुश र महमुद अहमदिनेजादको जुवारीको जम्काभेट हेर्नु हुने छ भने प्रधानमन्त्री स्वयमले चाँही September 25 तारिख सहस्राव्दी विकास लक्ष्य (UN Millenium Development Goals) का सम्बन्धमा डाकिएको उच्चस्तरीय कार्यक्रम Poverty and Hunger (गरिबी र भोक) सम्बन्धी गोलमेच छलफलमा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले September 27 तारिखमा बिहानको General Assembly सेसनमा संयुक्त राष्ट्र सङ्घ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

जसअनुसार, २४ साँझ महामहिम आचार्यले प्रधानमन्त्रीको स्वागत रात्रीभोजको आयोजना राख्नु भएको छ भने एशिया सोसाइटीले यसै दिन बिहान एक अन्तरकृया कार्यक्रम राखेको छ।

त्यसैगरी न्यू स्कुल युनिभर्सिटी, न्यू योर्कले सेप्टेम्बर २६ तारिखमा न्यू योर्कमा कृयाशिल नेपाली संघ संस्थाहरुसँग मिलेर संयुक्त रुपमा एक अन्तरकृया कार्यक्रम राखेको छ‌।

न्यू योर्कका नेपाली संघ संस्थाहरुले सङ्युक्त रुपमा अर्को एक स्वागत तथा अन्तरकृया कार्यक्रम सेप्टेम्बर २७ मा राखेका छन्‌।

प्रधानमन्त्री प्रचन्ड २८ सेप्टेम्बरमा नेपाल फर्किनु हुने छ।

न्यू योर्कको ३ वटा पब्लिक सभामा प्रधानमन्त्री प्रचन्डलाई 'हेर्न र फोटो खिचाउन' नेपालीहरुले छुट्टी लिदै छन्‌।

अमेरिकाको अन्य शहरहरुबाट पनि नेपालीहरुको घुँइचो लाग्ने सम्भाबना छ। एक जना नेपाली, जो भर्जिनिया राज्यमा बसोबास गर्छन्, ले यो पन्क्तिकारसँग भने "प्रचन्डसँग फोटो खिचाउन पाईन्छ भने आउनु पर्ला।"

अर्का एक नेपालीले भने "नयाँ नेपालका नयाँ प्रधानमन्त्रिको कुरा आँफैले सामुन्ने सुन्न पाइने भएकोले" बोस्टोन शहरबाट आफु आउन लागेको बताए।

उता कोलोराडो शहरमा बसोबास गर्ने रमेशले चाँही न्यू योर्क आउनु टाढा पर्ने भएकोले 'यु एस नेपाल अनलाइन' को भर पर्ने बताए।

एक अनुमान अनुसार झन्डै सवा लाख नेपालीहरु अमेरिकामा बसोबास गर्दछन्‌ भने न्यू योर्क शहरमा मात्र ३० देखी ४० हजारको सङ्ख्यामा नेपालीहरुको बस्ती छ।

यु एस नेपाल अनलाइन प्रधानमन्त्री प्रचन्डको न्यू योर्क भ्रमणको बिशेष प्रस्तुती पस्किदै छ। पर्खनुहोस्।

--Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.