Inside

All Time Top 50 News

न्यू योर्कमा आइ पुगे "पोइल जान पाम भन्नेलाई मैले ल्याउन पाम" का चर्चित गायक सुमन बुढा मगर PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 21 May 2010 15:02

नेपालका चर्चित कलाकारहरुको प्रस्तुती न्यू योर्क May 22 मा र बल्टिमोर May 30 मा हुँदै
Exclusive: न्यू योर्क- उपर्युक्त चर्चित लोक दोहोरी गीत गाएर गायिका कोमल ओलीको "पोइल जान पाम शिव यसपालीको तीजमा पोइल जान पाम" भन्ने गिती एल्बमको जवाफ आफ्नो दोहोरी एल्बम "मैले ल्याउन पाम" बाट दिएर चर्चाको शिखरमा पुगेका गायक सुमन बुढा मगर यतिखेर न्यू योर्क आइ पुगेकाछन्।



Popular Folk Duet Nepali Singer Suman Budha Magar. Photo: Lab K. Budhamagar

गायक बुढालगायत नेपालका चर्चित हाँस्य कलाकार मनोज गजुरेल र एक जमानामा अत्यन्त चर्चामा रहेको लोक दोहोरी गीत "सिमसिमे पानीमा ज्यानले बैमान गर्छौकी जिन्दगानीमा" कि गायिका रेखा शाह पनि न्यू योर्कमा भोली मैइ २२ तारिख बेलुकी युएनडिएफद्वारा आयोजना गर्न लागिएको Motherland Nite-3 मा साँगितिक कोशेली प्रस्तुत गर्न न्यू योर्क आइ सकेको र उक्त साँझको अन्तिम तयारी भईसकेको युएनडिएफका न्यू योर्क च्याप्टर अध्यक्ष टेक गुरुङले युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भएको छ।


उता बाल्टिमोरमा मैइ ३० मा हाँस्य कलाकार गजुरेल र गायक बुढाले लाङ्घाली एसोसियसन युएसएले आयोजना गर्न लागेको ५ औं दोहोरी साँझमा आ-आफ्नो कला प्रस्तुत गर्न लागेको एसोसियसनका महासचिब लबकुमार बुढा मगरले जानकारी गराउनु भएकोछ।



यता गायक सुमन बुढासंग लाङ्घाली एसोसियसन युएसए इङ्कको चाँजोपाँजोमा युएस नेपाल अनलाइनले रोचक भेट्बार्ता गरेकोछ।

एक समय गायिका कोमल ओलीसंग गीत कै बिषयलाई लिएर बोलचाल बन्द हुने स्थिती मात्र होइन कानुनी लडाईं लड्नु पर्ने स्थितीसम्म पुग्नु आँटेका यि प्रतिभाशाली युबा गायकले गायिका ओलीसंग सम्बन्ध सुधार मात्र गरेनन् बल्की यि दुई जोडीको पहिलो दोहोरी गिती एल्बम पनि बजारमा आउँदै रहेको सुखद खबर पनि सुनाए।

आफ्नो पहिलो साँगितिक कोशेली "हङ्कङ मकाउ" नामको गिती एल्बम निस्कनै नपाएको पिडा खेपेका गायक बुढाको पहिलो र सर्बाधिक चर्चित दोहोरी एल्बम "मैले ल्याउन पाम" बिसं २०६३ मा निस्केको र नेपालमा सबैभन्दा बढी भिडियो सिडी बिक्री भएको गायक बुढाले गर्बकासाथ उल्लेख गरे।


Singer Suman Budha interacting with USNepalOnline.com Editor-in-Chief Pradeep Thapa. Photo: Lab K. Budhamagar

गायिका कोमल ओलीको चर्चित गीत "पोइल जान पाम शिव यसपालीको तीजमा पोइल जान पाम" लाई आधार बनाएर नाम र दाम कमाउन लागेको अल्लारे ठिटो भनेर औँला ठड्याउनेहरुको दाबी र आशंकालाई गलत साबित गर्दै गायक बुढाले त्यसयता ९ वटा गिती एल्बम निकालेर र ४०० वटा लोक तथा आधुनिक गीतहरु गाएर आफुभित्र साँचो प्रतिभा रहेको प्रमाणित गर्न सफल भए।

अझ आस्चर्यको कुरो त गायिका कोमल ओलीलाई उनले "दिदी" भनेर आदर भावले पुकार्दा रहेछन्। गीतमा जे जस्तो भएपनि गायिका ओलीसंग आफ्नो दिदि-भाइको जस्तो नाता रहेको बताएका गायक बुढाले "मैले ल्याउन पाम" एल्बम निस्केकै साल घटेको अर्को रोचक घटना युएस नेपाल अनलाइनलाई खुसुक्क बताए।

घटना अनुसार उनले काठमान्डौ मलमा एउटी अपरिचित अत्यन्त सुन्दरी केटीलाई शिर्फ एक झुल्को देखेछन्। ति केटीको रुपको मोहकतालाई भुल्न भने कहिल्यै सकेनछन्। ति सुन्दरीको रुपको मोहकतालाई बर्णन गरेर बिसं २०६४ मा दोश्रो एल्बम "आकाश राम्रो जूनले" निकालेको कुरा गायक बुढाले अझै पनि रोमान्चित हुँदै बताए।



गायक सुमन बुढासंग भएको रोचक बार्ताको अडियो रेकर्ड सुन्नुहोस्:



त्यसो त गायक बुढाले गीतको रचना, लय या भाकाको श्रीजना र गायन आँफै गर्छन्।

उक्त सुन्दरी केटीको सम्झनामा उनले लेखेको गीतको बान्की यस्तो छ:

"आकाश राम्रो जूनले, धरती राम्रो तिमी हुनाले
परी पनि बस्छिन्की लुकेर, जन्मे रै"छौ धर्तिमा कुँदेर
एक छिन् बाटो मायाको छेकुँकी, तिमीलाई हेर्दै कविता लेखुँकी !"

-"आकाश राम्रो जूनले" एल्बम (बिसं २०६४) बाट


उसो त उनी यो एल्बम निस्केकै बर्ष दिन नबित्दै बिसं २०६५ मा तारा बुढासंग विवाह बन्धनमा बाँधीन पुगेका थिए। तारा गायक बुढाले काठमान्डौ मलमा देखेको सुन्दरी चाँही होइनन् नि ! उनिहरुको भर्खर (६ महिना) छोरीपनि जन्मी सकेकोछ। छोरीको नाउँ "संगित" राखेकाछन्।

गन्धर्ब संगित एकेडेमी काठमान्डौमा संगित अध्ययन गरेका गायक बुढाले लोक गीत र लोक गायनको जग बसेको चाँही आफ्नो जन्म गाउँ डोल्पा जिल्लाको शहर तारा गाउँलाई दिए।

बिसं २०३४ सालमा जन्मेका गायक बुढा आमा स्व. सानु बुढा मगर र बुवा स्व. छोए छिरिङ्ग बुढा मगर हुन् । उनी ४ दिदी बहिनी, ३ दाजु भाईमा माइलो छोरो हुन्।

कर्णाली भेगको साँकृतिक संरक्षण र पर्यटन बिकासमा लागिपरेका गायक बुढा 'कर्णाली साँस्कृतिक सम्पदा संरक्षण मन्च' र 'ढोरपाटन डोल्पो पर्यटन बिकास समिती'को अध्यक्ष हुन् भने 'नेपाल मगर विद्यार्थी संघ' को पूर्व केन्द्रिय उपाध्यक्ष हुन्। गायक बुढा यि संस्थाका अलावा अन्य साँस्कृतिक संघ संस्थाहरुमा पनि उत्तिकै सकृयातापूर्वक लागेका सामाजिक अगुवा हुन्।

गायक बुढाले संबिधान सभाको चुनावका बेला निकालेको एल्बमले चर्चा मात्र पाएन बल्की निर्वाचन आयोगलेसेमत यिनै गायकको स्वरमा संबिधान सभा निर्वाचन सम्बन्धी गिती एल्बम प्रकाशन गरी हरेक निर्वाचन केन्द्रमा बितरण गरेको थियो।



उनका हालसम्म बजारमा आएका १० एल्बमहरुमा "मैले ल्याउन पाम" (२०६३), "आकाश राम्रो जूनले" (२०६४), "क्या राम्रो मुहार" (२०६४), "सफल पारौं संबिधान सभा" (२०६४), "लौ गुरु गरौं शुरु गाडी चलाऊन" (२०६५), "टुहुरो" (२०६५), "मुग्लानी दाई अब त फर्क नेपालमा" (सन् २००८), "रुन्न भन्छु रुन मन लाग्छ" (२००९) र "जिन्दगी" (२०१०, आधुनिक गीत) छन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 



Music albums images and news clipping courtesy: Suman Budha

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.