Inside

All Time Top 50 News

अमेरिकामा राप्रपा नेपालको भातृ संगठनमा भाँडभैलो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 22 January 2016 22:08

राप्रपा नेपालको भातृ संगठन समाजका अध्यक्ष बिदुर बिस्ट र संरक्षक आङ कामी शेर्पाद्वारा घोर निन्दा र आपत्ती
साहित्याकार ज्ञानेन्द्र गदालद्वारा आफ्नो नाम आयोजक समितिमा राखिएकोमा आपत्ती

Exclusive: 3 Documents:
न्यू योर्क- नेपालको राश्टृय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को अमेरिकि भातृ संगठन 'प्रवासी नेपाली एकता समाज युएसए' को प्रथम राश्टृय महाधिबेशन आयोजक समितिको गठनसंगै बिबाद सृजना भएकोछ । समाजका अध्यक्ष बिदुर बिस्ट र संरक्षक आङ कामी शेर्पाले एक प्रेस बिज्ञप्ती जारी गर्दै  राप्रपाका अमेरिकामा रहेका केन्द्रिय सदस्य प्रेमकुमार श्रेष्ठ (बाल्टिमोर) ले मनोनित अधिकांश सदस्यहरुलाई नसोधी मनोमानी ढंगले अधिबेशन आयोजक समितिको निर्माण गरेको भन्दै केन्द्रिय सदस्य श्रेष्ठको नाउँबाट आएको उक्त समाचारको घोर निन्दा र आपत्ती जनाउँदछौं भनिएको छ । उक्त घोशणा कपोल्कल्पित एबं भ्रामक रहेको उल्लेख गर्दै यस्तो शणयन्त्रपूर्ण एबं स्वार्थप्रेरित ढंगले कथित महाधिबेशन गर्न लागेको कुरालाई राप्रपा नेपालको पार्टी नेतृत्वले पनि कुनै बैधानिकता नदिने कुरा प्रेस बिज्ञप्तीमा जनाईएको छ।

 

यस अधी राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठले एक बिज्ञप्ती जारी गर्दै 'प्रवासी नेपाली एकता समाज युएसए' को ३७ सदस्यीय प्रथम राश्टृय महाधिबेशन आयोजक समिति र २५ जनाको सल्लाहकार समिति गठन गरेको घोशणा गरिएको थियो ।

महाधिबेशन आयोजक समितिको संयोजक लोकनाथ तिवारी नियुक्त गरिएका थिए भने अन्य पदाधिकारी र सदस्यहरुमा उपसंयोजक दावा ह्योल्मो शेर्पा र महासचिव दीपु भुसाल नियुक्त गरिएका थिए। आयोजक समितिका सदस्यहरुमा श्री पराजुली, प्रेम चौलागाई, बिदुर विष्ट, विनोद तिवारी, अनिलकुमार पाण्डे, अर्जुन हमाल, राधा शर्मा, हिराकुमार श्रेष्ठ, शान्तिराम ढकाल, पारसमणी श्रेष्ठ, राजेन्द्र शेरचन, गोविन्द सिंह ठकुरी, बुद्धि कालाखेती, केशव अधिकारी, टम सिटौला, चेत भट्टराई, नारायणबिक्रम थापा, ज्ञानेन्द्र गुरुङ, शान्ति श्रेष्ठ, ज्ञानेन्द्र गदाल, गंगा चौलागाई, विश्व शाह, निर्मल झा, रञ्जन थापा, खड्क भट्टचन, कृष्ण महत, रुद्र रावत, नरेन्द्र शाह, मीना श्रेष्ठ, कुमार भण्डारी, सप्तबहादुर केसी, आनन्दु लामा, राजेश कर्माचार्य र चन्द्र लामा नियुक्त गरिएका थिए ।



त्यस्तै, सल्लाहकारहरुमा आङ कामी शेर्पा, रमा सिंह, ज्ञानु रिमाल, चन्दा शाह, राजा घले, नारायण गुरुङ, रोशनप्रताप राना मगर, हरि शर्मा, डाक्टर नरकाजी गुरुङ, गणेश मलेगो, किरण खड्का, नेत्रलाल श्रेष्ठ, पूर्णबहादुर पुन मगर, हेमन्त श्रेष्ठ, सुबु केसी, ज्योत्सना राणा, अर्जुन केसी, बेदनिधी आचार्य, मनोहर ठकुरी, सीता पाण्डे, विजया शाह, बामदेव अर्याल, लक्ष्मण बस्नेत, मीनु गुरुङ र मोहन थापा नियुक्त गरिएका थिए ।



साहित्याकार ज्ञानेन्द्र गदालद्वारा आफ्नो नाम आयोजक समितिमा राखिएकोमा आपत्ती

यसै बिच, कोलोराडो निवासी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पूर्व केन्द्रिय अध्यक्ष एबं साहित्यकार ज्ञानेन्द्र गदालले आफ्नो फेसबुक पोस्ट मार्फत आफ्नो नाम आयोजक समितिमा राखिएकोमा आपत्ती जनाउँदै "यो गतिविधिमा मेरो नाम औपचारिक रुपमा प्रकाशित भएकोप्रति मेरो आपत्ति छ र पूर्ण असहमति" भएको उल्लेख गरेकाछन् ।

पढ्नुहोस् साहित्याकार ज्ञानेन्द्र गदालको उक्त पोस्टको पूर्ण पाठ:

प्रवासमा बस्ने सम्पूर्ण नेपाली साथीहरु;

"प्रवासी नेपाली एकता समाजको अधिवेशन" सम्बन्धि समाचार Facebook मा हेरें । यसमा मेरो पनि नाम कार्यकर्ता सरह छापिएको रहेछ जुन कुरामा मेरो सहमति थिएन, छैन र रहने पनि छैन ।

म यो स्पष्ट पार्न चाहन्छु सबै साथीहरुलाई कि:

नेपाल राष्ट्र, नेपाली राष्ट्रियता र नेपाली पहिचानको निम्ति देश बाहिर बसेर मेरो व्यक्तिगत वलबुताले सकेको सेवा, सहयोग पुर्याउन म सधैं तयार छु तर कुनै राजनीतिक संगठनको कार्यकर्ता भएर काम गर्न मलाई रुचि छैन । देश भित्रै रहंदा त म यो कोटाभित्र रहन सकिन भने यो विदेशी भूमिमा बसेर नेपालको राजनीति गर्नु भनेको मेरो मौलिक मान्यता बिरुद्ध हो । व्यक्तिगत रुपमा मन, भावना र बिचार मिल्ने साथीभाईसंग काम गर्न र कुनै बिषयमा एक हुन सकिन्छ, औपचारिक वा अनौपचारिक रुपमा आफुले जानेको सल्लाह दिन सकिन्छ तर राजनीति मेरो रुचिको विषय नै होइन र हुन पनि सक्दैन । विदेशमा बसेर सामाजिक संघ-संस्थाको सवालमा बिशेष गरि साहित्यिक क्षेत्र मात्रै मेरो रुचिको विषय हो । धेरै ठाउँबाट धेरै साथीभाईहरुले आग्रह गर्दा पनि साहित्य, कला र संस्कृति सम्बन्धि काम गर्न खोलिएका संघ-संस्था बाहेक अरुमा सकृय पदाधिकारीको भूमिका मैले स्विकार्न सकेको छुइन । जुनसुकै अवस्थामा पनि यो मेरो मान्यता अडिक रहनेछ ।

मसंग व्यक्तिगत सम्बन्धको आधारमा मनले जितेर हो वा राप्रपा नेपालले अंगालेको बिचारसंग मेरो सार्वजनिक भएको बिचार मिलेको ठानेर हो मेरो नाम पनि जोडिएर आएछ बजारमा । सबै साथीहरुसंग मेरो व्यक्तिगत रुपमा मित्रवत व्यबहार रहिरहनेछ तर यो गतिविधिमा मेरो नाम औपचारिक रुपमा प्रकाशित भएकोप्रति मेरो आपत्ति छ र पूर्ण असहमति पनि । धन्यवाद ।

भवदीय,

ज्ञानेन्द्र गदाल
कोलोराडो, अमेरिका ।
720-237-9690

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.