Inside

All Time Top 50 News

राजकुमार ह्यारीलाई सुगौली सन्धिको अर्को पाटो देखाउने हिम्मत गर्ने कि ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Man Bahadur Rana Magar   
Wednesday, 23 March 2016 16:50

Exclusive: 2 photos: न्यू योर्क- अघिल्लो वर्ष मात्र ब्रिटिश गोर्खालीहरुले ब्रिटिश सेनामा गोर्खालीहरुको २०० वर्ष गांठ मनाए। तर त्यो उत्सब गोर्खालीहरुलाई दुई सय वर्ष पछाडि पारिएको कालो दिन थियो। त्यसैले राजकुमार ह्यारीलाई आफ्नो झुप्रोमा आएकोमा खादा र टोपी लगाएर हर्षको आँशु खसाल्नुभन्दा उनको अगाडि गोर्खालीको नामले सुपरिचित आदिवासी जनजातिहरुलाई राजीनितिक, आर्थिक र साँस्कृतिक रुपमा २०० वर्ष पछाडि धकेलिएको ऐतिहासिक महाभूलको क्षतिपूर्ति माग्ने यक्ष प्रश्न तेर्स्याउन हिम्मत गर्नु पर्दछ ।

UK's Prince Henry D Harry visiting Nepal. Photo courtesy: Stefan Postles, Getty Images

जब सन् १८१५, डिसेम्बर २ मा नेपाल र तत्कालिन ब्रिटिसहरुद्वारा संचालित ईस्ट ईन्डिया कम्पनीसंग सुगौली सन्धि भयो, तब नेपालले ठूलो भूभाग गुमाउनु पुग्यो साथै नेपालमा गोर्खालीहरुको आर्थिक, साँस्कृतिक र राजनीतिक अधिकार प्रति बन्चित गराउने नेपाली शासकहरुको सपना साकार पार्ने दिनको सुरुवात भयो।

नेपालमा तेत्तिबेलासम्म पृथ्बीनारायण शाहको नेपाल एकिकरणको नाममा बिभिन्न साँस्कृतिक राज्यहरुलाई गोर्खा राज्यमा गाभ्ने अभियान तत्कालिन शासकहरुले निरन्तरता दिएको भएता पनि निकट भविष्यमै ति गाभिएका राज्यहरुमा पुन: बिद्रोह हुने प्रति तत्कालिन शासकहरु ससंकित थिए। त्यहि अवस्थामा नेपाल एकिकरणको अभियान स्थाकित गरि तत्कालिन ईस्ट ईन्डिया (अंग्रेज) संग नेपालको युध्द भयो। गोर्खालीहरुको युध्दकलालाई देखेर अंग्रेजहरुले नेपालसंग सम्झौता गरि आफ्नो सेनामा गोर्खालीहरुलाई समाबेश गरेमा ईन्डियामा लामो समय राज्य गर्न सकिने र आफ्नो सेना पनि शक्तिशालि हुने ठानेर तत्कालिन नेपाली शासकको प्रतिनिधि र ईस्ट ईन्डिया कम्पनीको प्रतिनिधिको उपस्थितिमा सन् १८१५, डिसेम्बर २ मा सुगौली सन्धिमा सम्झौता भयो। सोहि सम्झौताको विभिन्न बुँदाहरु मध्ये एउटा बुँदा ईस्ट ईन्डिया कम्पनीको सेनामा गोर्खालीहरुलाई पनि भर्ति गर्ने सम्झौता भयो।

Victoria Cross (VC) winner Gurkhas:

Rifleman Kulbir Thapa Magar, 3rd Gurkha Rifles, 1915; Rifleman Karanabahadur Rana Magar, 3rd Gurkha Rifles, 1918; Subedar Lalbahadur Thapa Magar, 2nd Gurkha Rifles, 1943; Havildar Gaje Ghale Gurung, 5th Royal Gurkha Rifles, 1943; Rifleman Ganju Lama, 7th Gurkha Rifles, 1944; Lt (Hon) Tul Bahadur Pun Magar, 6th Gurkha Rifles, 1944; Subedar Netrabahadur Thapa Magar, 5th Royal Gurkha Rifles, 1944;
Naik Agansing Rai, 5th Royal Gurkha Rifles, 1944; Rifleman Thaman Gurung, 5th Royal Gurkha Rifles, 1944; Rifleman Bhanbhagta Gurung, 2nd Gurkha Rifles, 1944; Rifleman Lachhiman Gurung, 8th Gurkha Rifles, 1944; Rifleman Sher Bahadur Thapa Chhetri (Photo not available), 9th Gurkha Rifles, 1944; Lance Cpl Rambahadur Limbu, 10th Gurkha Rifles, 1965.

"The Victoria Cross (VC) is the highest military decoration awarded for valour "in the face of the enemy" to members of the armed forces of various Commonwealth countries, and previous British Empire territories."
Source: https://en.wikipedia.org/wiki/Victoria_Cross

सुगौली सन्धि पश्चात नेपालमा बिशेष गरेर आदिवासी जनजातिहरुको साँस्कृतिक राज्यहरुमा पुन: बिद्रोह हुने कुराबाट ससंकित रहेको नेपाली शासकहरुले ईस्ट ईन्डिया कम्पनीमा आदिवासी जनजाति युवाहरु तेस्मा पनि युध्द कौशल र ईमान्दार मानिएका मगर, गुरुङ, राई, लिम्बुहरुलाई मात्र पठाउने सड्यन्त्र गरे जसले गर्दा आफ्नो राज्यमा बिद्रोह गर्ने सम्भावित युवाहरु नभए पछी राज्य सुरक्षित हुनेमा शासकहरु ढुक्क थिए र भए।

सुगौली सन्धिकै कारण अंग्रेजहरुले मलाया युध्द, वर्मा युध्द तथा पहिलो र दोश्रो विश्व युध्दमा लाखौं आदिवासी जनजाति युवाहरुलाई जवर्जस्ती गाउँ गाउँबाट फकाउँदै र बिभिन्न लोभ लालचमा ईस्ट ईन्डिया कम्पनि/ब्रिटिश सेना मार्फत युध्दमा होमिन बाध्य पार्यो। यकिन तथ्य नभए पनि भनिन्छ पहिलो र दोश्रो विश्व युध्दमा दुई दुई लाख गरेर चार लाख नेपाली युवाहरु सामेल भएका थिए र करिब बीस हजारको दरले पहिलो र दोश्रो विश्व युध्दमा नेपालीहरुले ज्यान गुमाए भनिएता पनि बास्तबिक रुपमा लाखौं आदिवासी जनजाति युवाहरुले ति युध्दहरुमा ज्यान गुमाए। तेत्ति बेलाको युध्द भनेको अहिलेको जस्तो थिएन। तेत्तिबेला सिधा गोलि थाप्दै अघि बढ्नु पर्थ्यो र गोलि सकियो भने गोर्खालीहरु खुकुरी निकालेर छप्काउँथे। त्यसैले उनीहरुले भन्दै आएको पहिलो र दोश्रोमा गरेर चार लाख गोर्खाली युवाहरुले मात्र युध्दमा भाग लिएको मान्ने हो भने पनि कम्तिमा ५०% अथवा दुई लाखभन्दा बढी नेपाली युवा यानिकी आदिवासी जनजाति युवाहरुको आकालमा ज्यान जाने सड्यन्त्र तत्कालिन नेपाली शासकहरुले गरे र आफ्नो राज्यमा हुन सक्ने सम्बाभित विद्रोह दबाउन सफल भए।

सुगौली सन्धिको सम्झौता यसरी सड्यन्त्रपूर्वक आदिवासी जनजातिहरुको लगभग बंशनाशसम्म हुन सक्ने खतरनाक सड्यन्त्र हुन पुग्यो भने नेपाली शासकहरु अहिलेसम्म सहजरुपमा नेपालमा आफ्नो शासन कायम राख्न सफल भए। आजभन्दा दुई सय वर्ष अगाडिदेखि पहिलो र दोश्रो विश्व युध्दमा आदिवासी जनजातिहरुले बंशनाश नै हुने सड्यन्त्रमा नपरेको भए आज नेपालमा जनजातिहरुको संख्या ८०% भन्दा बढी हुन्थ्यो। यदि त्यो सम्झौताले नेपाली शासकलाई आफ्नो राज्य टिकाउन सहयोग नपुग्ने भए सार्बभौम र स्वतन्त्र राष्ट्र नेपालका शासकहरुले आफ्नो लाखौं नागरिकहरु अर्को देशको सेनामा खुलेआम भर्ती हुन दिएर बिदेशी भूमिमा लड्न किन पठाए ? सड्यन्त्रमा माहिर शासकहरुले बरु उल्टै गाउँका सोझा मुखियाहरुलाई प्रयोग गरेर बिदेशी सेनामा भर्ति हुन उर्दी गरे र लाखौं आदिवासी जनजातिहरुको बंशनाशसम्मको अवस्थामा पुर्याई आफ्नो शासन सत्ता सुनिश्चित पारि रहे।

अघिल्लो वर्ष मात्र ब्रिटिश गोर्खालीहरुले ब्रिटिश सेनामा गोर्खालीहरुको २०० वर्ष गांठ मनाए। तर त्यो उत्सब गोर्खालीहरुलाई दुई सय वर्ष पछाडि पारिएको कालो दिन थियो। त्यसैले राजकुमार ह्यारीलाई आफ्नो झुप्रोमा आएकोमा खादा र टोपी लगाएर हर्षको आँशु खसाल्नुभन्दा उनको अगाडि गोर्खालीको नामले सुपरिचित आदिवासी जनजातिहरुलाई राजीनितिक, आर्थिक र साँस्कृतिक रुपमा २०० वर्ष पछाडि धकेलिएको ऐतिहासिक महाभूलको क्षतिपूर्ति माग्ने यक्ष प्रश्न तेर्स्याउन हिम्मत गर्नु पर्दछ ।

-मानबहादुर राना मगर
खोटांग
हाल: न्यू योर्क

-Man Bahadur Rana Magar in New York

नोट: लेखक मानबहादुर राना मगर 'नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)' का पूर्व महासचिव एवं 'मगर संघ अमेरिका' का वर्तमान महासचिव हुन् ।

Read related news:

www.usnepalonline.com//ayo-gorkhali/

-"ब्रिटिश साम्राज्यमा कहिल्यै घाम अस्ताउँदैन": सन्दर्भ: नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष

-बेलायती राजकुमार ह्यारीको पाँचदिने औपचारिक नेपाल भ्रमण शुरु

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.