Inside

All Time Top 50 News

"ससुरा बा, माता दुर्गा देवी कहिल्यै महिनावारी भईनन्?" PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 23 March 2017 18:11

Special: न्यू योर्क- दशैंको नवरात्रीको बेला आफू महिनावारी भएको थाहा पाएपछि ससुरा बाले घरभित्र पस्न रोक लगाएछन्। भर्खर बिहे गरी आएकी बुहारी- उनले के नै प्रतिवाद गर्न सक्थिन् र ! उनले घरको मुल ढोकाको दलानमा बिस्तरा लगाईन् र रात भर त्यहीं सुतिन्।भोली पल्ट बिहान ससुरा बाले देवी दुर्गाको पूजापाठ शुरू गर्दै गर्दा उनी ससुरा बा नजिक गई सहज र आत्मीय तरिकाले सोधिन्-
"बा, हजुरले कस्को पूजा गर्नु भा'को हो?"

Social activist Punyawati Ramtel at World Trade Center, New York. Photo by Pradeep Pariyar Thapa

ससुरा बाले झट्ट जवाफ दिई हाले-
"बुहारी, मैले देवी दुर्गाको पूजा गर्दैछु ।"

उनले ससुरा बाको यो जवाफ सुने पछि फटाफट अर्को प्रश्न गरिन् जुन ससुरा बालाई जिन्दगीमा कसैले सोध्न सक्ने हिम्मत गरेको थिएन-
"बा, दुर्गा माता कहिल्यै महिनावारी भएकिछैनन् र? हजुरले कहिल्यै बार्नु परेको छैन? नबोल्ने दुर्गालाई खुशी बनाउन हजुरले यति पूजापाठ गर्नु भो, यो बोल्ने घरकी दुर्गालाई रातभर घरको मुल ढोका बाहिर सुत्न बाध्य पार्नु भो, केही भएको भए के गर्नुहुन्थ्यो?"

ससुरा बाले यो प्रश्नको जवाफ दिन सकेनन्, बरू केहीबेर चुपचाप लागेपछि आफ्नै बुहारीबाट अप्रत्याशित ब्रम्हज्ञान खुलेका ससुरा बाले उनलाई स्नेहपूर्वक भने-
"बुहारी, भरेदेखि घरभित्र आउ, तिमीहरूकै कोठामा सुत।"

यो हो- पुन्यवती रम्तेलको जीवनको एउटा अविस्मरणीय पाटो जतिखेर उनी फ़ेमिनिस्ट दलित अर्गनाईजेसन (फेडो) कि ललितपुर जिल्ला अध्यक्ष थिईन् भने अहिले केन्द्रीय कोषाध्यक्ष हुन्। उनी अहिले अमेरिकाको यात्रामाछिन्।

जीवनको अर्को पाटो- ललितपुरको गोदावरीमा जन्मिहुर्की बिहे चैं ललितपुरको लोहाचोकमा गरेकी पुन्यवती बिहे गरेको ५ वर्षपछि मात्र काठमाण्डौंको ठमेल गएकिथिईन्। भक्तपुरेहरूले काठ्माण्डौं नदेखि, नटेकी मर्छन् भनेको हो रैछ।

यि कर्मठ नेपाली छोरी पुन्यवती रम्तेल उनै महिला हुन् जो कुनै समय एउटा प्रोजेक्टमा प्रोजेक्ट कोअर्डिनेटर भई काम गरिन् र त्यो प्रोजेक्ट सकिएपछि प्रोजेक्ट अनुदानदाता संस्थाले खुल्ला प्रतिस्पर्धाबाट भर्ना माँग गरेको सेक्यूरिटी गार्ड पदमा निवेदन हालिन् र संस्था संचालकहरूलाई तीन छक्क पारिन्। प्राक्टिकल अन्तरवार्ता दिंदा कार्यालय कम्पाउण्डको गेट खोल्न र बन्द गर्नु भनियो, उनले यस्तो काम गर्नेहरूको मानसिक अवस्थित सम्झेर हुरूक्क भईन् । सो गर्दा उनको हात पनि च्यापियो र उनी त्यहीं हुँक्क रोईन् र तुरूक्क आँशु खसालिन्। आफ्नो संस्थाको प्रोजेक्ट कोअर्डिनेटर भई काम गरिसकेको उनलाई संचालकहरूले अन्तमा भने-
"पुन्यवती जी, तपाई सेलेक्सनमा पर्नु भा'छ तर हामीले तपाईलाई गेटमा पाले राखेर हामी भित्र बस्नु सक्दैनौं।"

-Pradeep Pariyar Thapa Magar in New York

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.