NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा क्वीन्स लाइब्रेरीद्वारा साँगितिक कोशेलीकासाथ अमेरिकी अध्यागमन कानुनबारे प्रशिक्षण कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dhaniram Sapkota   
Wednesday, 21 December 2011 01:03

न्यू योर्क- क्वीन्स लाइब्रेरी उडसाइड न्यू योर्कले नेपाली आप्रवासीकालागि अमेरिकी अध्यागमन कानुनकोबारेमा प्रशिक्षण तथा नेपाली लोक साँस्कृतिक कार्यक्रम निःशुलकरुपमा आयोजना सम्पन्न गरेको छ।

डिसेम्बर १९ तारिख आयोजित उक्त कार्यक्रमको पहिलो चरणमा न्यू योर्कमा स्थापित नेपाली वकिल विनोद रोकाले अध्यागमन कानुन अन्तर्गत अमेरिकाको स्थायी बसावोसको प्रमाण पत्र (ग्रिन कार्ड) प्राप्त गर्ने प्रकि्रयाहरुकाबारेमा प्रकास पार्नु भएको थियो । जस अन्तर्गत मूलभूतरुपमा पारिवारिक प्रायोजनमा आधारित ग्रीन कार्ड, रोजगारी/जागिर सम्बन्धी प्रायोजनमा आधारित ग्रीन कार्ड, शरणार्थी अमेरिकाबाट निकाला गरिन लागेको अवस्थामा गरिने कानुनी बचाउ, २१ वर्ष मुनिको नाबालकको बाबुआमा भएको अवस्था आदि क्षेत्रहरु समेटिएका थिए ।



कार्यक्रमको दोश्रो भागकारुपमा नेपाली लोक नृत्य तथा सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाली प्रख्यात कलाकार गायिका सपना श्री, संगितकार विमल बुडाथोकी, प्रख्यात बाँसुरीबादक पवन बेन्जामिन, विकास विष्टलगायत बालकलाकारहरुले प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा तामाङ्ग सेलो दोहोरी गीतहरु प्रस्तुत गरिएका थिए ।

क्वीन्स लाइब्रेरीको दोश्रो तलामा नेपाली मूलका मानिसहरुको खचाखच उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरुलाई अध्यागमनसंग सम्बन्धित प्रश्नहरु सोध्ने समय उपलब्ध गराइएको थियो र ती जिज्ञासाहरुकाबारेमा एटर्नी रोकाले जवाफ दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुकातर्फबाट नेपाली मूलका मानिसहरुलाई लक्षित गरी कार्यक्रम आयोजनाको पूरै जिम्मा लिई सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा क्विन्स लाइब्रेरी उडसाइडका सम्पूर्ण स्टाफहरुलाई हार्दिक धन्यबाद व्यक्त गरिएको थियो । यो कार्यक्रम उपलब्धीमूलक भएको चाल पाएपछि क्वीन्स लाइब्रेरीले यस्तै अर्को कार्यक्रम पनि निकट भविष्यमा गर्दै जाने भनेर जानकारी गराएको छ ।

स्मरणीय छ, यो लाइब्रेरीमा सीमितरुपमा भए पनि नेपाली भाषामा लेखिएका पुस्तकहरुको अध्ययन गर्ने सुविधा उपलब्ध छ ।

-Dhaniram Sapkota in New Jersey

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?