Inside

All Time Top 50 News

अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित PDF Print E-mail
Share
User Rating: / 8
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 22 April 2010 14:51

न्यू योर्क- नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका 'नासा' को १० औं अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित हुनु भएकोछ।

Newly elected President of Nepalese Association in Southeast America (NASeA) Raja Ghale. Photo courtesy: Raja Ghale's facebook profile

हिजो मंगलबार मध्यरातसम्म अनलाइनबाटै उम्मेदवेरी फिर्ता लिने अन्तिम घडीमा उहाँका प्रतिद्वन्दी समिर उपाध्यायले आफ्नो उम्मेद्बारी फिर्ता लिएपछि घले निर्बिरोध हुनु भएको हो।

नब निर्बाचित अध्यक्ष घले यस अघी नासाको सल्लाहकार हुनुहुन्थ्यो भने उहाँ नासाको पूर्व बरिस्ठ उपाध्यक्ष र आजीवन सदस्य हुन्हुन्छ।

यसका अलावा उहाँ अहिले गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को पूर्व उपाध्यक्ष र हाल 'नेपाल पर्यटन बर्ष २०११ प्रबर्धन कार्य समिती' को डाइरेक्टर हुनुहुन्छ।

रुम्जाटार, ओखलढुङ्गा पुर्ख्यौली घर भएका घले सन् १९९४ देखी अमेरिकि राज्यको जर्जिया शहरमा बसोबास गर्दै आउनुभएकोछ।

युएस नेपाल अनलाइनसंग कुरा गर्दै आफ्नो कार्यकालमा नासा अन्तर्गतका १० अमेरिकि राज्यहरुमा रहेका नेपालीहरुको हक हितमा काम गर्न लागि पर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो।

नासा अमेरिकामा 'एएनए' पछि दोश्रो ठुलो र प्रभाबशाली नेपाली संस्था भएको पनि उहाँले बताउनु भयो।

नासामा अलाबामा, नर्थ र साउथ क्यारोलिना, जर्जिया, मिसिसिपी, अर्कान्सास, फ्लोरिडा, मिचिगन, केन्टुकी र टेन्नेसी राज्यका नेपालीहरु आबद्ध छन्।

घलेसंगै निर्बिरोध निर्बाचित हुनुहुनेमा उपसचिब श्रीजना शर्मा हुन्हुन्छ। उनी यस अघी पनि सोही पदमा हुनुहुन्थ्यो।

नासाको यही अप्रिल २४ तारिख हुने निर्वाचनको मैदानमा अब उपाध्यक्ष, महासचिब र कोशाध्यक्षको पदकालागि निर्वाचन हुनेछ।

उपाध्क्षमा डा. सजित सापकोटा र सुमन सिलवाल प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने महासचिब पदकालागि बर्तमान महासचिब डा. तिलक श्रेष्ठ र बर्तमान कार्यसमिती सदस्य सौनकमान रन्जितकार बिच चुनाव हुनेछ।

उता कोशाध्यक्षमा बर्तमान कोशाध्यक्ष राम डङ्गोल र पशुपती न्यौपाने बिच प्रतिस्पर्धा हुनेछ।

नब निर्बाचित अध्यक्ष घलेलाई हाम्रो बधाई छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.