NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकामा भ्यालेन्टाइन्स डेका दिन गाडी दुर्घटनामा निधन भएका राजेन्द्र बस्नेतको शब नेपाल पठाउन सहयोगको अपिल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 16 February 2012 13:54

"मेरो श्रीमान खाने अमेरिका जाँदिन"- श्रीमती कल्पना कार्की
Exclusive: 2 photos:
न्यू योर्क- झन्डै दुई हप्ता अघी अर्थात जनवरी ३१ तारिख संयुक्त राष्ट्र संघको एक कार्यक्रममा भाग लिन न्यू योर्क आइ पुगेका नेपालमा खेलकूद मन्त्रालयका अधिक्रित राजेन्द्र बस्नेतको भ्यालेन्टाइन्स डे (फेब्रुवरी १४) का दिन न्यू जर्सीस्थित क्लिफ उडबिचमा गाडीले ठक्कर दिदा घटना स्थल मै निधन हुन पुगेपछि उनको शबलाई नेपाल पठाउन चाहिने रकम जुटाउन नेपालीहरुलागि परेकाछन्।


उक्त सहयोग स्व. बस्नेतकि साख्खै भान्जी लक्ष्मी कार्कीका श्रीमान उत्तम कार्कीको वेल्स फार्गो पेपाल एकाउन्ट 9201002707 मा गर्न अनुरोध गरिएको छ।

उत्तम कार्की नेपाली कम्युनिटी सेन्टर बे एरिया सान्फ्रान्सिस्कोका उपाध्यक्ष र मेची महाकाली नेपाली समूहका संस्थापक पनि हुन्। उनको संपर्क फोन नम्बर हो- 510-620-4397

उत्तम कार्की पूर्व मन्त्री तथा नेपाली काँग्रेस नेता बलबहादुर केसीका साख्खै कान्छो ज्याइँ पनि हुन्।

उत्तम कार्कीले युएस नेपाल अनलाइनलाई बताएअनुसार स्व. बस्नेतकि श्रीमती कल्पना कार्कीले आफ्नो 'श्रीमानलाई खाने अमेरिका जाँदिन' भनेपछि स्व. बस्नेतको शबलाई सकभर चाँडो नेपाल पठाउने तयारी गरिएको छ।

उता न्यू जर्सीमा उनी नेपालबाट आएदेखी स्व. बस्नेतलाई राखेका श्याम कार्कीकाअनुसार नेपाली दुताबासमा नेपाल पठाउने तयारीकालागि अस्पतालबाट मृत्‍यु सर्टिफिकेट पठाइ सकिएकोछ।

Late Rajendra Basnet. Photos courtesy: Rajendra's facebook profile.


यसरी राजेन्द्र बस्नेतको दुर्घटनामा मृत्‍यु भयो

श्याम कार्कीकाअनुसार ४५ बर्शिय स्व. बस्नेतको मृत्‍यु क्लिफ उडबिचस्थित रारिटन ब्लुभर्डको ट्राफिक जङ्कसनमा बाटो क्रस गर्दै गर्दा फेब्रुवरी १४ तारिख बिहान ५:५८ बजे एक गाडीले हानेपछि राजेन्द्रको घटना स्थल मै मृत्‍यु हुन पुगेको थियो। उनको शरीर घटना स्थलबाट २० फुट पर अर्को पट्टीको बाटोमा फ्याँकिएको पनि श्याम कार्कीले जानकारी गराए। त्यती बिहानै स्व. कार्की आफ्नी श्रीमतीलाई फोन गर्न पारी पट्टी नेपाली आफन्तले काम गर्ने स्टोरमा जान लागेका थिए। तर स्व. बस्नेतको त्यो सपना कहिल्यै पुरा हुन सकेन ।

हाल उनको शबलाई नर्थ ब्रन्सविक मेडिकल एक्जामिनर सेन्टरमा पोस्ट मोर्टेमकालागि राखिएको श्याम कार्कीले युएस नेपाल अनलाइनलाई जानकारी गराए। त्यसअघी घटनाको लगत्तै स्थानीय ट्राफिक पुलिसद्वारा बे सोर कम्युनिटी अस्पतालमा लगिएको थियो।

स्व. बस्नेतको पुख्यौली घर सोलुखुम्बुको काँगेल गाबिसमा हो भने उनको परिवार सुन्सरीको मधेशामा बसोबास गर्दै आएका थिए। उनका बुवा गणेशबहादुर बस्नेत हुन्। उनकी श्रीमती कल्पना कार्की र ३ बर्शिय छोरा हाल लाजिम्पाट काठमाडौंमा बसोबास गर्दछन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Those happy moment: Rajendra Basnet. Photos courtesy: Rajendra's facebook profile.

पार्थिव शरीर  घर पठाउँन सहयोग गरौं !

आम नेपाली समुदायलाई गम्भीर बनाउने घटना सुन्न हामी वाध्य भएका छौं । अमेरिकामा फेरि अर्का एक होनाहार नेपाली युबाको दु:खद मृत्यु भएको छ । कुनै बेला नेपालमै माओवादी सशस्त्र विद्रोह चलेका बेला तीन गोली खाएर पनि बाँचेका साहसी युबा राजेन्द्र बस्नेत (उत्तम कार्की तथा लक्ष्मी  कार्कीका  नातेदार )  feb १४ को दिन, क्लिसउड़ beech सिटी को route ३५ को cross स्ट्रीट राईटन बुलेबारड मा गाड़ी को ठक्कर बाट मृत्यु भएको  जानकारी गराउँदै , विश्वभर हरेक प्रणय जोडीहरु भ्यालेन्टाइन डेको खुशियाली मनाउने तयारीमा जुटिरहंदा सुनसरीको मधेशा ९ कि श्रीमती कल्पना कार्कीले एकाबिहानै आफ्ना पति राजेन्द्र बस्नेतलाई अमेरिकास्थित न्युजर्सीमा गाडी दुर्घटनामा परी सदाको लागि गुमाउन पुग्नुभएको छ । सोलुखुम्बु जिल्लाको कांगेल स्थायी
ठेगाना भएपनि लामो समयदेखि सुनसरीको मधेशा ९ मा बस्दै आएका बस्नेतको मंगलबार बिहान (१४ फेबु्बरी) का दिन न्युजर्सीमा गाडी दुर्घटनामा मृत्युभएको हो ।

संयुक्त राष्ट्र संघको कार्यक्रम अन्तर्गत गत दुइ हप्ता अगाडिमात्र अमेरिका आएका स्वर्गीय बस्नेतको पार्थिव शरीर उहाँको घर पठाउनु अमेरिकामा रहेका नेपालीको कर्तव्य हुन आएको छ । पार्थिव शरीर नेपाल पठाउन मदरल्याण्ड नेपालले $100.00 डलर चन्दा प्रदान गरेको जानकारी गराउँदै तपाईलाई पनि आफ्नो गक्षअनुसार चन्दा दिई अन्तिम कृयाकर्म गर्न परिबारलाई  आर्थिक सहयोग गरी दिन हूँन अमेरिका मा भयेको  संघ संथा र individual लाई अनुरोध गर्दछौं । सहयोग रकम तल लेखिएको ठेगानामा पठाउन सकिने पनि अनुरोध छ ।

Uttam Karki ( Martinez) -- 5106204397    
Wells Fargo Paypal account no : 9201002707

अनिल पाण्डे
सभापति
चेत भट्टराई
महासचिब
तथा मदरल्याण्ड नेपाल परिवार
क्यालिफोर्निया, अमेरिका ।
१६ फेब्रुवरी २०१२

motherlandnepal
http://motherlandnepal.org/

हार्दिक समवेदना !

सोलुखुम्बु जिल्ला कांगेल गा.वि.स-३ डम्फु स्थायी घर भई अस्थायीरुपमा सुनसरीको मधेशा -९ मा बस्दै आएका नेपाली कंग्रेसका एक होनहार कार्यकर्ता राजेन्द्र बस्नेतको ४६ बर्षको उमेरमा यही फेब्रुअरी १४, २०१२ मंगलवारका दिन अमेरिका स्थित न्यू-जर्सी स्टेटको ओल्ड लवरेंस हार्बोर रुट ३५ मा गाडी दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामीलाई मर्माहत  तुल्याएको छ । दिवंगत  आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।

संयोजक
नबिन शेरचन
ने.ज. स. न्यू योर्क च्याप्टर

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?