Inside

All Time Top 50 News

अपडेट: अमेरिकामा राप्रपा नेपालको भातृ संगठनमा भाँडभैलो: साहित्यकार ज्ञानेन्द्र गदाल, राजा घले, रमा सिंह, सीता पाण्डे, चन्द्र लामाद्वारा आफ्नो नाम आयोजक समितिमा राखिएकोमा आपत्ती PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 24 January 2016 19:59

राप्रपा नेपालको भातृ संगठन समाजका अध्यक्ष बिदुर बिस्ट र संरक्षक आङ कामी शेर्पाद्वारा घोर निन्दा र आपत्ती
Updated; Exclusive: 1 Document:
न्यू योर्क- नेपालको राश्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को अमेरिकि भातृ संगठन 'प्रवासी नेपाली एकता समाज युएसए' को वर्तमान कार्य समितिलाई नसोधी अमेरिकामा रहेका राप्रपा नेपालका केन्द्रिय सदस्य प्रेमकुमार श्रेष्ठ (बाल्टिमोर) ले ३७ सदस्यीय प्रथम राश्ट्रिय महाधिबेशन आयोजक समिति र २५ जनाको सल्लाहकार समिति गठन गरेको घोशणा गरिए पछि समाजको कार्य समितिबाटै घोर निन्दा र आपत्ती जनाईएको छ भने मनोनितहरुबाट आफ्नो नाम समावेश गरिएकोमा आपत्ति ब्यक्त गरिएको छ । यो समाचार तयार पार्दासम्म साहित्यकार ज्ञानेन्द्र गदाल (कोलोराडो), संचारकर्मी रमा सिंह (क्यालिफोर्निया), साहित्यकार सीता पाण्डे (मेरिल्याण्ड) समाजसेवी राजा घले (जर्जिया), खेलाडी/प्रशिक्ष्यक चन्द्र लामा (भर्जिनिया) द्वारा आफ्नो नाम आयोजक समितिमा राखिएकोमा आपत्ती जनाएकाछन् ।

पढ्नुहोस् समाज र मनोनितहरुद्वारा असहमती ब्यक्त गर्दै जारी गरिएका प्रेस बिज्ञप्तीहरु:

प्रवासमा बस्ने सम्पूर्ण नेपाली साथीहरु;

"प्रवासी नेपाली एकता समाजको अधिवेशन" सम्बन्धि समाचार Facebook मा हेरें । यसमा मेरो पनि नाम कार्यकर्ता सरह छापिएको रहेछ जुन कुरामा मेरो सहमति थिएन, छैन र रहने पनि छैन ।

म यो स्पष्ट पार्न चाहन्छु सबै साथीहरुलाई कि:

नेपाल राष्ट्र, नेपाली राष्ट्रियता र नेपाली पहिचानको निम्ति देश बाहिर बसेर मेरो व्यक्तिगत वलबुताले सकेको सेवा, सहयोग पुर्याउन म सधैं तयार छु तर कुनै राजनीतिक संगठनको कार्यकर्ता भएर काम गर्न मलाई रुचि छैन । देश भित्रै रहंदा त म यो कोटाभित्र रहन सकिन भने यो विदेशी भूमिमा बसेर नेपालको राजनीति गर्नु भनेको मेरो मौलिक मान्यता बिरुद्ध हो । व्यक्तिगत रुपमा मन, भावना र बिचार मिल्ने साथीभाईसंग काम गर्न र कुनै बिषयमा एक हुन सकिन्छ, औपचारिक वा अनौपचारिक रुपमा आफुले जानेको सल्लाह दिन सकिन्छ तर राजनीति मेरो रुचिको विषय नै होइन र हुन पनि सक्दैन । विदेशमा बसेर सामाजिक संघ-संस्थाको सवालमा बिशेष गरि साहित्यिक क्षेत्र मात्रै मेरो रुचिको विषय हो । धेरै ठाउँबाट धेरै साथीभाईहरुले आग्रह गर्दा पनि साहित्य, कला र संस्कृति सम्बन्धि काम गर्न खोलिएका संघ-संस्था बाहेक अरुमा सकृय पदाधिकारीको भूमिका मैले स्विकार्न सकेको छुइन । जुनसुकै अवस्थामा पनि यो मेरो मान्यता अडिक रहनेछ ।

मसंग व्यक्तिगत सम्बन्धको आधारमा मनले जितेर हो वा राप्रपा नेपालले अंगालेको बिचारसंग मेरो सार्वजनिक भएको बिचार मिलेको ठानेर हो मेरो नाम पनि जोडिएर आएछ बजारमा । सबै साथीहरुसंग मेरो व्यक्तिगत रुपमा मित्रवत व्यबहार रहिरहनेछ तर यो गतिविधिमा मेरो नाम औपचारिक रुपमा प्रकाशित भएकोप्रति मेरो आपत्ति छ र पूर्ण असहमति पनि । धन्यवाद ।

भवदीय,

ज्ञानेन्द्र गदाल
कोलोराडो, अमेरिका ।

प्रवासी नेपाली एकता समाज, अमेरिकाकाे प्रथम राष्ट्रिय सम्मेलनका लागि भनेर प्रकाशित समाचार प्रति मेरो ध्यानआकर्षण भएको छ ।

नेपाल बाहिर रहेका नेपालीलाई एकता बद्ध गर्न सबै संग सरसल्लाह गरेर अगाडि बढ्दा राम्रो हुन्छ भन्ने मेरो मान्यता थियो र रही आएको छ । यसै सम्बन्धमा सबै संग confrence call मा सल्लाह गरेर बिधि सम्मत र सबैलाई मान्य हुनेगरी कार्य गर्ने सम्बन्धमा मेरो लोक तिवारी र प्रेम श्रेष्ठ जी संग कुरा कानी भएको थियो ।

राष्ट्र र राष्ट्रियताको सवालमा साथीहरुसंग मिलेर राष्ट्रको लागि केहि गर्न सकिन्छ भन्ने मेरो मान्यता हो तर मेरो मान्यता बिपरित टेलिफोनमा कुरा भएकै भरमा सबै संग सरसल्लाह बिना नै एक्कासी मेरो नाम पनि सल्लाहकारहरुको भिडमा देख्दा, भिडमा हराएको मान्छे जस्तो अनुभूति गरेकी छु । भिडमा हराएको मान्छे आफै गुमनाम हुने र भिडलाई सल्लाहकारको सुझावले असर पार्न नसक्ने मेरो आफ्नै ठहर पनि भएकोले बाकि सरसल्लाहका लागि २४ जना सल्लाहकारका लागि मार्ग प्रसस्थ गरिदिएकी छु । तर राष्ट्र ,राष्ट्रियता का सवालमा जुनसुकै अबस्थामा पनि मेरो सहयोग निरन्तर रही रहने नै छ ।  प्रबासमा नेपालि एकता जिन्दाबाद

रमा सिंह

मेरो असहमती

प्रबासी नेपाली एकता समाज , यूसए ले आयोजना गर्न लागिएको राष्ट्रिय महाअधिबेसनमा मेरो नाम सल्लाहकार मा राखिएकोमा , मेरो सहमति नभएको व्योहोरा सबैलाई अवगत गराउछु । साथै  उक्त  सल्लाहकारको  लिस्टबाट "यदि मेरो नाम हो भने " मेरो नाम हटाई दिनु हुन सम्बन्धित व्यक्ति बा सस्था लाइ अनुरोध गर्दछु ।

सीता पाण्डे
मेरिल्याण्ड

To Whom It May Concern :

This is to certify that I am neither a member nor affiliated with any Nepali political parties . I am solely a social activist .I have profoundly engaged with a number of local, regional, national and international non-profit organizations. It is my honor and pleasure to serve our Nepali community and American friends of Nepal in different capacities including as President, Chairman and Adviser of different Organizations for a number of years.

Thank you,

Raja Ghale
Atlanta, USA

Dear friends and well wishers of Prawasi Nepali Ekata Samaj, USA,

I draw your keen attention to the serious matter going on in connection with our organization which is legally registered in NY state in 2012. Be aware and mindful with any unauthorized persons are using our organization name and its activities for their own vested interest. We came to know one after another from social media that those people were not asked and not even interested to be involve in such unlawful and unauthorized activity as it appearing in online media.  We are deeply sorry for those people whose names were used in the name of our organization. We are thankful to you who made us aware on such defame activities. If any further clarification needed, feel free to contact me via any means of communication. Thanking you and be aware! be safe !

Ang Kami Sherpa
Patron and Founder President
Prawasi Nepali Ekata Samaj, USA Inc.

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.