Inside

All Time Top 50 News

अमेरिकाको डेनभरमा किरात राईहरु साकेला मनाउँदै PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Kala Rai   
Thursday, 22 April 2010 02:44

डेनभर, कोलोराडो- एक वर्षको पर्खाईपछि फेरी रमणिय डेनभर शहरमा ढोल र झ्याम्टाको रोमान्चकारी आवाजमा 'सोई ढोले सोई अर्को ढोले खोई?' को भाखा धन्कने भएको छ ।



Kirati Rai women in America. Photos courtesy: Akash Rai

किरात राई सोसाईटी अफ अमेरिका (KRSA) ले आयोजना गर्न लागेको यो साकेला सम्बन्धी समाचार लेख्दा केही बर्ष अघि धरानको चतरालाईन रत्नचौकमा नाचेको सम्झनाले मन मस्तिष्कलाई रोमान्चित बनाइरहेछ ।

नेपाल लगायत संसारभरिका किरात राईहरुले हर्षोलासका साथ हरेक वर्ष २ पल्ट मनाउने किरात राई जातिको यो महान चाड बैशाखे पूर्णे उभौली र मंसीरे पूर्णे उधौली गरि मनाउने गरेको पाईन्छ ।

यस पर्वको किरात राई जातिमा मौलिक र साँस्कृतिक महत्व रहेको छ । विशेषतः प्राकृतिक पुजारी किरात राईहरु यस उत्सवको समयमा आफ्ना भगवान पारुहाङ्ग, सुम्निमा र पितापुर्खाहरुको मृत आत्माको पूजा आराधना गरि आध्यात्मिक शान्ति प्राप्त गर्दै सुस्वास्थ्य दिर्घायु अन्नवालीको लागि राम्रो मौशम र दैवी शक्तिको निम्ति प्रार्थना गर्दछ । संक्षेपमा साकेला पर्वको यस जातिमा विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहि आएको छ ।


Photos courtesy: Akash Rai

आजको आधुनिक युगमा किरात राईहरुलाई एक थलोमा जम्मा गराई आफ्नो वास्तविक पहिचानको संरक्षण गर्ने महत्वपूर्ण माध्ययम साकेला पर्व बनेको छ । यसै सिलसिलामा अमेरिकामा बसोबास गर्दै आएका राईहरुले यो महान चाडलाई सन् २००३ सालदेखि निरन्तर रुपमा मनाउदै आएका छन् । किरात राईहरुको ऐतिहासिक पहिलो साझा संस्था किरात राई सोसाईटी अफ अमेरिका (KRSA) ले आयेजना रहेको यस बृहत कार्यक्रममा 'यात्राको तय लामो र खर्चिलो हुने भएतापनि आफ्नो संस्कृतिलाई माया गर्ने राईहरुको उत्साहप्रद सहभागिता रहनेछ' भनि संस्थाका अध्यक्ष प्रकाश राई बताउनु हुन्छ ।

विगतका वर्षहरुमा झै डेनभरमा बसोबास गर्ने नेपाली लगायत अन्य समुदायहरुकोसमेत यस कार्यक्रमा सहभागिता रहने छ ।

स्मरण रहोस, किरात राईहरुको धर्म, भाषा, कला, सस्कृति र इतिहासको संरक्षण सम्बर्धन एबं प्रबर्धन गर्ने उद्देश्यले स्थापित किरात राई सोसाइटी अफ अमेरिका (KRSA) ले विविध सांस्कृतिक, शैशिक तथा मानविय कल्याणकारी कार्यक्रमहरु संचालन गर्दै आएको छ । प्रत्येक किरात राई जातिहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको महान पर्व साकेला हर्षोल्लासपूर्वक वातावरणमा सौहार्द्रताका साथ मनाउन यो संस्था लगिपरेको छ । साकेला पर्वका साथै उक्त अवसरमा यस संस्थाको दोस्रो साधरण सभासमेत सम्पन्न हुने भएकोले यस कार्यक्रमको विशेष महत्व र आकर्षणले अझ उल्लासमय बनेको छ ।

-Kala Rai in Denver, Colorado

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.