Inside

All Time Top 50 News

न्यू योर्कमा UKROA द्वारा सकेला (चन्डी) पर्बको अबसरमा कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 25 May 2011 12:23

Exclusive: 1 video, 17 photos: न्यू योर्क- युनाइटेड किरात राई ओर्गनाइजेसन अफ अमेरिका (UKROA) को आयोजनामा सकेला (चन्डी) पर्ब भब्यतापूर्वक मनाइएको छ।



Sakela celebration by UKROA in New York on May 22, 2011. Photos: eEyeCam.com

कुइन्स ब्रिज पार्कमा आईतवार दिनभर मनाइएको किराती राई आदिबासीहरुको महान पर्ब साकेलामा राईहरु मात्र होइन अतिथीकोरुपमा उपस्थित दर्जनौं गैर राई पाहुनाहरु साकेला (चन्डी) नाँचमा सहभागी भएका थिए।


UKROA VP Shyama Rai performing Sakela sili dance with Jhyamta. Photos: eEyeCam.com

UKROA का केन्द्रिय अध्यक्ष मिलन राईको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहको शुभारम्भ नेपालबाट संयुक्त राष्ट्र संघको आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को १० औं वार्षिक बैठकमा भाग लिन आउनु भएकी बन तथा भू-संरक्षण राज्य मन्त्री भगवती चौधरीले साकेला सिलिको च्याम्बल बजाएर गर्नुभएको थियो।


Dancer and singer Yashoda Khaling Rai performing Nepali dance at the Sakela celebration in New York on May 22, 2011. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त साकेला पर्ब कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Sakela celebration in New York by UKROA, May 22, 2011



उक्त समारोहमा कलाकारहरु यशोदा खालिङ राई, बसन्ती राई तथा बिपन राई, सबिता राई, खेलाडी पर्खि राई र केशबराम राईलाई उहाँहरुले समाजमा पुर्याएको देनको कदरस्वरुप सम्मान गरिएको थियो।

दुई सत्रमा बाँडिएको साकेला पर्बको कार्यक्रमको उदघाटन समारोहमा संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधी तथा महामहिम ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी हुनुहुन्थ्यो भने अन्य बिशिस्ट अतिथीहरुमा , सभासद लक्की शेर्पा, Nepal Indigenous Nationalities Preservation Association (NINPA)अध्यक्ष नवाङ सोनाम शेर्पा, किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समिति नेपालकि सचिव लीला सिङगक लिम्बू, नेपालका आदिवासी जनजातिहरुको मानवअधिकार सम्बन्धी वकिल समुह (LAHURNIP) का मेडिया अफिसर देबकुमार सुनुवार हुनुहुन्थ्यो।


The guests at the Sakela celebration in New York on May 22, 2011. Photos: eEyeCam.com

त्यसैगरी, कार्यक्रममा उपस्थित अन्य अतिथीहरुमा UKROA का पूर्व केन्द्रिय अध्यक्ष तथा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष एबं एनआरएन अमेरिकाका महासचिब शिवकुमार राई, फिप्नाका निबर्तमान अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा, डा. तारा निरौला, युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभलप्मेन्ट इङ्कका अध्यक्ष थानेश्वर राई, महासचिब सन्तबाबु थोकर, किरात याक्तुङ चुम्लुङ अमेरिका (KYC USA) का अध्यक्ष पूर्णकुमार थेबे लिम्बु, KYC USA तथा फिप्नाका महासचिब दिपेश लिम्बु,  Sindhu-USA Welfare Society Inc. का अध्यक्ष बंशलाल तामाङ, United Nepalese Democratic Forum (UNDF) न्यू योर्क च्याप्टर अध्यक्ष सिता खरेल, पूर्व अध्यक्ष टेक गुरुङ, नेपाली जनसंपर्क समिती अमेरिकाका पूर्व अध्यक्ष आनन्द बिष्ट, ब्लड डोनर्स अफ अमेरिकाका महासचिब यम अधिकारीलगायत हुनुहुन्थ्यो।

UKROA का केन्द्रिय र लोकल च्याप्टरका प्रतिनिधीहरुमा केन्द्रिय अध्यक्ष मिलन राई, उपाध्यक्ष श्यामा राई, न्यू इङ्ल्यान्ड च्याप्टर अध्यक्ष बिष्णु राई, क्यालिफोर्निया च्याप्टर अध्यक्ष देब राई, नेब्रास्का च्याप्टर अध्यक्ष सञ्जय राई, न्यू योर्क च्याप्टर अध्यक्ष अध्यक्ष हेमबहादुर राईलगायत पदाधिकारी र सदस्यहरुको जमघट रहेको थियो।

उक्त समारोहमा मन्तब्य ब्यक्त गर्नेहरुमा राज्य मन्त्री भागवती चौधरी, महामहिम ज्ञानचन्द्र आचार्य, सभासद लक्की शेर्पा, शिवकुमार राई, नवाङ सोनाम शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, फिप्ना उपाध्यक्ष बिनोद पोमो, बंशलाल तामाङ, देब राई, बिष्णु राई, श्यामा राई, डा. तारा निरौला, सुरेश चाम्लिङ राई हुनुहुन्थ्यो।


UKROA President Milan Rai. Photos: eEyeCam.com

UKROA का न्यू योर्क च्याप्टर उपाध्यक्ष सुखराज राईद्वारा शुरुवात मन्तब्यबाट शुरु भएको उक्त समारोहमा स्वागत मतब्य UKROA न्यू योर्क च्याप्टर महासचिब बल राईले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन UKROA न्यू योर्क च्याप्टर अध्यक्ष अध्यक्ष हेमबहादुर राईले गर्नु भएको थियो। उद्घाटन कार्यक्रमको सन्चालन UKROA का केन्द्रिय महासचिब प्रभाकर राईले गर्नुभएको थियो।


Actress Gauri Malla singing the Sakela celebration event. Photos: eEyeCam.com

दोश्रो सत्र सकेला पर्बको सांस्कृतिक कार्यक्रममा कलाकारहरु नायिका गौरी मल्ल, गायक तिलक श्रेष्ठ, अभय ढुङ्गेल, यशोदा खालिङ राई, बसन्ती राई, बिपन राईलगायतले बिबिध गायन र न्रित्य प्रस्तुत गनुभएको थियो।

सांस्कृतिक कार्यक्रमको सन्चालन बिपन राई र बिन्दु राईले गर्नुभएको थियो।

Read related news:

- न्यू योर्कमा KRSA द्वारा साकेला पर्बको रमाइलो

-न्यू हेम्सायरमा साकेला सिलीको झिलिमिली

-न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न

-न्यू योर्कमा नाँचेको त्यो "सोइ ढोले सोइ" अनि खोजेको "अर्को ढोले खोइ?"

-अमेरिकाको कोलोराडोमा किरात साकेला पर्ब मनाइयो

-बोस्टोन वरीपरी सोइ ढोले सोइ

-न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:



Singers Yashoda Khaling Rai and Bipan Rai. Photos: eEyeCam.com




Photos: eEyeCam.com





Photos: eEyeCam.com





Hembahadur Rai, UKROA NY Chapter president. Photos: eEyeCam.com

Singer Tilak Shrestha. Photos: eEyeCam.com


Photos: eEyeCam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.