Inside

All Time Top 50 News

अमेरिकाको कोलोराडोमा किरात साकेला पर्ब मनाइयो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Chandra Rai "Akash"   
Saturday, 05 June 2010 22:20

किरात राई सोसाइटी अफ अमेरिका (KRSA) को दोस्रो साधारण सभा सम्पन्न
Special 6 photos: कोलोराडो- यस वर्ष अमेरिकाका किरात राईहरुले आफ्नो महान पर्व साकेला अमेरिकाको कोलोराडो राज्यस्थित डेनभर शहरमा भब्य रुपले सम्पन्न गरेकाछन्।



Sakela celebration in Denver, Colorado. Photos courtesy: Chandra Rai "Akash"

किरात राई सोसाइटी अफ अमेरिकाको दोस्रो साधारण सभा “Enthusiasm to Unite not Divide” भन्ने नाराकासाथ एकताको सन्देश दिदै मे २९ देखी ३० सम्म आयोजित सो कार्यक्रममा अमेरिकाका १० राज्यका प्रतिनिधिहरुले अधिबेशनमा भाग लिएका थिए।

मे २९ मा सम्पन्न साकेला कार्यक्रमको उद्घाटन प्रमुख अतिथी डा. नबिनकुमार राईले ढोल-झ्यम्टा बजाइ गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष्य प्रकाश राईले गर्नु भएको थियो।


Photos courtesy: Chandra Rai "Akash"

उक्त कार्यक्रममा सल्लाहकारहरु डा. कल्यणी राई, डा. सन्ध्या राई-शेर्पा, भिम राई, रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष नीलम श्रेष्ठ लगायत बिभिन्न सस्थाका महानुभवहरुको उपस्थितिथी रहेको थियो।

आफ्नो भनाइको क्रममा प्रमुख अतिथी डा. राईले साकेला पर्वबारे प्रकाश पार्नु भएको थियो भने सस्थाको विविध गतिबिधी र महत्वबारे सल्लाहकार भिम राईले जानकारी गराउनु भएको थियो।


Photos courtesy: Chandra Rai "Akash"

साकेला पूजाको विधिवत रुपले सिलीहाङ्मा किरात राई यायोक्खा, नेपालका केन्द्रिय सदस्य श्रीमती छेत्रकला राईले गर्नु भएको थियो।

किरात समुदाय बाहेक अन्य समुदायका उपस्थित महानुभावहरुलाई मनोरन्जन प्रदान गर्न दोस्रो चरणको कार्यक्रममा नेपाली न्रित्य, गीत र कविता समेत प्रस्तुत गरिएको थियो।


Photos courtesy: Chandra Rai "Akash"

यसैगरी, मे ३० मा सम्पन्न भएको साधारण सभाले लामो बहस र छलफलपछी विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै नयाँ कार्य समितीको चयन गरेको छ। सस्थाको अध्यक्ष्यमा चन्द्र आकाश राई निर्विरोध निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा अभिशेक राईको मनोनयन सहित ९ सदद्सिय कार्य समिती गठन भएको छ।



साथै, ८ सदद्सिय बोर्ड समितिकोसमेत साधारण सभाले मनोनयन गरेको छ। जस अनुसार समितिमा मणी बाङ्देल, भिमराज राई, चन्द्रकुमार राई, बिनोद राई, प्रमोद थुलुङ, किलन राई, उर्वशी राई र खगेन्द्र राई रहनु भएको छ।

अर्को महत्वपूर्ण कुरा सभाले नयाँ कमयूनिटी काउन्सिल स्थापना गरेको छ। जसको सन्योजकमा भु. पु. सचिव राजेन्द्र राईलाई मनोनयन गरिएको छ भने सदस्यहरुमा प्रकाश राई, डा. नबिनकुमार राई, डा. कल्यणी राई, डा. दिपा राई, मिलन राई, मनशोभा राई, यशोदा राई र मीना राई रहनु भएको छ।

-Chandra Rai "Akash" in Colorado

Photos courtesy: Chandra Rai "Akash"

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.