Inside

All Time Top 50 News

अमेरिकाको नेब्रास्कामा किराँत राईहरुको "साकेला" साँस्कृतिक कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dhaulabir Rai   
Tuesday, 21 May 2013 14:40

Special: 4 photos: नेब्रास्का- अमेरिकाको मध्य पश्चिम क्षेत्रमा पर्ने सुन्दर राज्य नेब्रास्कास्थित प्राकृतिक छटाले हराभरा आशलैंड महानगरीको ईउजेन टि माहोने पार्कमा किराँत राईहरुको महान चाड भुमि पूजाकासाथ साकेला साँस्कृतिक कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ।

United Kirat Rai Organization of America (UKROA) hosted Sakela celebration in Nebraska on May 19, 2013. Photos courtesy: UKROA

मेई १९ तारिख आईतवार आयोजित उक्त समारोहमा गुन्यु चोलोमा सजिएका राई ठिटीहरु तथा दौरा शुरुवालमा सजिएका राई ठिटाहरु ढोल र झ्याम्टाको तालमा सिली नाँच्न व्यस्त थिए भने त्यो समूह नृत्यको रमझममा रामाउनेहरुको भिड लागेको थियो ।

पुर्खा चतुरमान राईले बिधिबत रुपमा भूमि पूजा गरेर सुरु भएको साकेला सिलीमा ढोलको ताल र झ्याम्टाको झंकारले आशलैंड शहरनै साकेलामय बनाएको थियो ।

'मायाले भन्देउ लौ रेसम, देउतालाई भाकी खाउ कसम' बोलको गितमा देउकुमार राई र विजय राईद्वारा प्रस्तुत युगल नृत्यले छुट्टै स्वाद पस्केको थियो । त्यस्तै 'गाला रातै, गाला रातै' बोलको गीतमा देव बान्तवा र रुपा सोतांगको रोमाञ्चक युगल नृत्यले सम्पूर्ण दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो भने 'कुकू चरी कुकू हा, कोइलिचरी कुकू हा' बोलको गीतमा देउकुमार राई, खुशी राई, रुपा सोताङ्, यशोदा बान्तवा राई, बुद्धि राई, पुर्णि सोताङ्, विजय सोताङ्, बीमा बान्तवा राईद्वारा प्रस्तुत समुह नृत्यले भरपुर मनोरंजन पस्केको थियो । त्यस्तै, अर्की तीन बर्षिय बालिका विलक्षण प्रतिभाकी धनि एलिजा राईद्वारा साकेला तथा नेपाली गीतमा प्रश्तुत एकल नृत्यले सम्पूर्ण अतिथि तथा दर्शकहरुलाई मन्त्रमुघ्न बनाएको थियो।

United Kirat Rai Organization of America (UKROA) hosted Sakela celebration in Nebraska on May 19, 2013. Photos courtesy: UKROA

कार्यक्रमका मुख्य अतिथि एनआरएनएनसीसी युएसएका वरिष्ठ उपाध्यक्ष शिव राईले सम्बोधन गर्दै भाषा, धर्म, संस्कृतिनै हाम्रो पहिचान भएकोले हामी प्रत्येक जतिले आ-आफ्नो धर्म, भाषा, संरक्षण, सम्बर्धन गरी हाम्रा पछिल्ला पुस्तालाई क्रमश: हस्तान्तरण गर्दै लग्नु पर्दछ भने। उनले यदि हामीले यसो गरेनौं भने भविष्यमा हाम्रा सन्तानहरुले राईको परिभाषा गुगल गरेर खोज्ने अवस्था आउनेछ र त्यसको जिम्मेवार हामी हुनेछौं भने।

United Kirat Rai Organization of America (UKROA) hosted Sakela celebration in Nebraska on May 19, 2013. Photos courtesy: UKROA

कार्यक्रमका सभापति तथा युनाइटेड किरांत राई अर्ग नाइजेशन अफ अमेरिका केन्द्रिय समितिका निबर्तमान अध्यक्ष मिलन राइले सम्बोधन गर्दै किराँत राईहरुको यो महान चाढ साकेला मनाउने क्रममा आफ्नो व्यस्त समयको पर्वाह नगरी उपस्थित भई दिनु भएका अतिथिहरुलाई कृतज्ञता व्यक्त गर्दै आयोजक युक्रा नेब्रास्का च्याप्टर, नेब्रास्कास्थित भुटनीज किराँत समाजलाई धन्यबाद ज्ञापन गरे भने साकेला कार्यक्रमले यो भेट तथा विचार आदान, प्रदान गर्ने जुन अवशर दिलाएको छ, यसले आफुलाइ पुस्तौ आगाडीदेखि छुट्टिएको परिवारवीच पुनर्मिलन भएको अनुभूति दिएकोसमेत बताए ।

आगामी ३ वर्षे कार्यावधिकोलागि नवनिर्वाचित अध्यक्ष प्रभाकर राईले सम्बोधन गर्दै अमेरिकामा राईहरु भारत, भुटान र नेपालबाट आएकाछौं तर हाम्रो उद्गम थलो नेपालनै हो, अत: हामीले  भुटानी, भारतीय र नेपाली राईहरु हौ भन्ने क्षेत्रीय भावना हटायौं भने हामी सबै सिंगो राई हुन् आउछौं र भोलि हुने पनि त्यहि हो हाम्रा पछिल्लो पुस्ता सबै अमेरिकन राई हुनेछन् । हिन्दिमा उखानछ 'भाइ फुटे गवार’लुटे' यसर्थ एकता शक्ति हो र हामी एक भयौं भने कसैबाट हाम्रो भाषा, धर्म संस्कृति लुटिने छैनौं । अत: आउनुहोस, हाम्रो पहिचानरुपी भाषा, धर्म, संस्कृतिलाई जिवन्त मात्र होइन यसलाई समय सापेक्ष विकास र अभ्याश गर्दै लग्न हामी एक भएर अगाडी बढौ” भन्दै एकताको आह्वान गरे।

United Kirat Rai Organization of America (UKROA) hosted Sakela celebration in Nebraska on May 19, 2013. Photos courtesy: UKROA

नेब्राश्का नेप्लिज सोसाइटीका अध्यक्ष बिमल अधिकारीले 'साकेला सांस्कृतिक कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रकारको कार्यक्रमले हाम्रो भाषा, धर्म तथा संस्कृतिको संरक्षण त हुन्छ नै साथै यसले हामीवीचमा भाईचारा, शान्ति र सह-अस्तित्वको भावनाको बिकास पनि गर्दछ' भने।

भुटनीज किरांत समाजका प्रतिनिधि मंगल राईले साकेलाको शुभ अवशरमा सबैलाई शुभकामना व्यक्त गर्दै यो साकेला कार्यक्रमले हामीलाई चिनजानमात्र  होइन बन्धुत्वको सुत्रमासमेत आबध्द पारेको छ र यसलाई आगामी दिनमा अझ मजबुत बनाउदै लग्नु पर्दछ भने

न्यू योर्क, न्यु ह्याम्सर. मेरिलैंड र मेसेचुसेट राज्यबाट आएका प्रतिनिधी र अतिथीहरु, स्थानीय राई तथा गैह्र राई बन्धुहरुसमेतको बाक्लो उपस्थितिमा दिनको १२ बजे सुरुभै बेलुकी ४ बजेसम्म संचालित सो कार्यक्रम प्रेरणा राईले संचालन गरेकी थिईन्।

-Dhaulabir Rai in Nebraska

Read related news:

-http://usnepalonline.com/rai/

-अमेरिकामा युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका (UKROA) को तेस्रो साधारण सभा, नयाँ केन्द्रिय कार्य समितिको चयन

-न्यू योर्कबाट नेपाल फर्किदै गरेका मिनिस्टर कन्सुलर अमृतबहादुर राईको भावपूर्ण बिदाई

-न्यू योर्कमा UKROA द्वारा सकेला (चन्डी) पर्बको अबसरमा कार्यक्रम सम्पन्न

-न्यू हेम्सायरमा साकेला सिलीको झिलिमिली

-न्यू योर्कमा नाँचेको त्यो "सोइ ढोले सोइ" अनि खोजेको "अर्को ढोले खोइ?"

-बोस्टोन वरीपरी सोइ ढोले सोइ

-यूनाइेटेड किरात राई अर्गनाईजेशन अफ अमेरीका, न्यू योर्क च्याप्टरको दोस्रो महाधिवेशन सम्पन्न

-१०९ वर्षीय कांशीराम राई भुटानबाट नेपाल र अब अमेरिकामा !

-न्यू योर्कमा विश्व साईकल यात्री शेर्पालाई किरात राईहरुद्वारा सम्मान

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.