Inside

All Time Top 50 News

बोस्टोन वरीपरी सोइ ढोले सोइ PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Dhaulabir Rai   
Thursday, 27 May 2010 04:08

Special 6 photos: मेसेचुसेट- मेसेचुसेट राज्यको वाटर टाउनस्थित आर्शनल पार्कमा यूनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका (यु.क्रा.) न्यू इंगलैंड च्याप्टरको आयोजनामा गत मै २३ का दिन सकेला सांस्कृतिक कार्यक्रम भब्यताका साथ संपन्न भयो।


Sakela celebration in Boston. Photo courtesy: United Kirat Rai Organiztion of America (UKROA)

कार्यक्रमका मुख्य अतिथि नेपालका निबर्तमान प्रमुख निर्बाचन आयुक्त भोजराज पोखरेलले "कुनै पनि जातिको भाषा, धर्मं, संस्कृति भनेको प्राण हो, यदि यसको मृत्यु भयो भने त्यो जातिले आफ्नो पहिचान गुमाउछ र पहिचान बिहीन हुनु भनेको अश्तित्व मेटीनु हो, बिनाश हुनु हो । अत: आफ्नो मुलुकदेखि यति टाढा आएर पनि तापाइहरूले आफ्नो धर्म, भाषा, सस्कृतिलाई संरक्षण संबर्धन गर्ने जून पहल गर्नु भएको छ । यो अत्यन्तै सह्रानीय कुरा हो । यसले अंतर्राष्ट्रीय जगतमा  राई  जातिको  मात्र होइन  सींगो नेपालको पहिचान गराउदछ" भन्नु भयो ।


Photo courtesy: United Kirat Rai Organiztion of America (UKROA)

समरविल सिटी, स्वास्थ्य तथा महिला परिषदका निर्देशक श्रीमती संजा दरैले, समरविल सिटिमा थुप्रै नेपालीहरु बसोबास गर्दै आएतापनि सिटिको सम्पर्कमा आई नसकेकोले उनिहरुको धर्मं, भाषा, संस्कृति संरक्षण, संबर्धनतर्फ सिटिले कुनै सहयोग पुर्याउन नसकेको कुरा बताउनु भयो । त्यस्तै छुवाछूत जस्ता अमानबीय सस्कारको जातोमा पिसिएका दलित बर्गका महिलाहरुको सामाजिक, आर्थिक तथा बौद्धिक बिकासमा उल्लेखनीय सफलता हांसिल गरेको EDWON (Empower Dalit Women of Nepal ) की अध्यक्ष तथा गैह्र आबसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका उत्तर पूर्ब क्षत्रका निर्देशक बिष्णुमाया परियारले यस प्रकारको कार्यक्रमको आयोजना गरेर आफ्नो धर्म, भाषा, संस्कृतिको सम्रक्षण त गरेकै छ, यसको साथै म जस्तो महिलालाई मंच दिएर चार जात छत्तीस वर्णका सबै नेपाली महिला तथा पुरुष सामान हुन् भन्ने ज्वलंत उदाहरणसमेत प्रश्तुत गरेको छ भन्नु भयो ।


Photo courtesy: United Kirat Rai Organiztion of America (UKROA)

साकेलाको बारेमा प्रकाश पार्दै केन्द्रीय समितिका सलाहकार शिवकुमार राइले "सभ्यताको सुरुमा जब मानिसहरु शिकारी अवस्थाबाट पशु पालन हुदै कृषि अवस्थामा प्रबेश गरे त्यसपछि राई जातीहरूले भुमीलाई आफ्नो माता मानी उभौली अर्थात सामन्यतय जेठ महिनामा यो बर्ष बालीनाली राम्रो होस भनेर भूमि पूजा गरी सकेपछि बालीनाली लगाउदा गरिने क्रियाकलाप जस्तो: भाष्मे फाड़ेको, जमिन खानेको, बिऊ छरेको जस्ता अभिनय (नक्कल) सिली गर्दै भूमी मातालाई ख़ुशी पार्न तथा उधौली अर्थात मंशिर महिना (बालीनाली उठाउने समय) मा अन्न बालीमा घुन पुतली नलगोस, यसमा सह होस भनेर पुन: भूमि पूजा गरी बालीनाली उठएको नक्कल सिली गर्दै ढोल झ्यमटा बजाउदै नाचने प्रचलन सुरु भयो । यो नाच गरिदा प्रयोग गरिने सुरुदेखि अन्त्यसम्म जति पनि सिलीहरु गरिन्छ, त्यो सम्पूर्ण सिलिको  श्रींखलालाई हालसम्म जीवित रहेको २७ भाषा बोलने ३९ थारी राईहरुले सकेला, सकेवा, सकेन्वा, तोष, तोषि भनी आ-आफ्नो भाषा अनुसार भन्ने गर्दछन्" भन्नु भयो।


UKROA New York Chapter President Hembahadur Rai (center) with other guests. Photo courtesy: United Kirat Rai Organization of America (UKROA)

यु.क्रा. केन्द्रीय समितिका नव निर्वाचित अध्यक्ष मिलन राइले धन्यबाद ज्ञापन  गर्नु भएको सो कार्यक्रममा न्यू इंगलैंड च्याप्टरका अध्यक्ष बिष्णु राईले स्वागत गर्नु भएको थियो  ।


Photo courtesy: United Kirat Rai Organization of America (UKROA)

हरियो घुम्टोमा दुलही झै सजिएकी सुन्दर पार्कमा दौरा, सुरुवाल, टोपी र भोटोमा ठाटिएका युवाहरु तथा गुन्यु, चोली, पोते, शिरबंदिमा सजिएका युवतीहरुको ठूलो समूहले साकेला गीतको तालमा सिलिको माध्यमव्दारा दर्शकहरुलाई स्वागत गर्दै प्रारंभ भएको मनमोहक साकेला नृत्यले कार्यक्रममा उपस्थित झन्डै ३ सय दर्शकहरुलाई नाचू नाचू बनाएको थियो ।


Photo courtesy: United Kirat Rai Organization of America (UKROA)

त्यस्तै गीत, बासुरी, एकल, युगल तथा सामूहिक नृत्यले भरपूर मनोरंजन पस्केको थियो भने कार्यक्रमको अंतिम चरणमा कलाकार, अतिथि, आयोजक तथा सम्पूर्ण दर्शकहरूसमेत ढोल, झ्यमटा र शोई शोइला गीतको तालमा नाच्न तल्लीन हुंदा कार्यक्रम संचालकलाई कार्यक्रम समप्तिको लागि पटक पटक घोषणा गर्न परेको
थियो ।

-Dhaulabir Rai in Boston

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.