Inside

All Time Top 50 News

न्यू योर्कमा सम्प्रेषणले डिसेम्बर ५ तारिख आदिवासी जनाजाति अगुवाहरुको दोहोलो काड्ने: फिप्नाको एक दशक: अबको गन्तब्य कता? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Saturday, 05 December 2015 02:24

Exclusive: 3 photos: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अहिले एकातिर मनाउने तरखरमा जुटेको छ भने अर्को तर्फ नयाँ कार्य समितिको लागि चुनावी भिडन्तको भुङग्रोमा फँसेकोछ । निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारहरुको लिष्टमा अहिले अध्यक्ष पदका लागि तीन जना जनाजाति अगुवाहरु वर्तमान अध्यक्ष लुईसाङ्ग वाईबा, महासचिब मान राना मगर र पूर्व प्रथम उपाध्यक्ष बिनोद पोमो भिडन्तमा उतृएकाछन् ।  सन्चारकर्मी शैलेश श्रेष्ठद्वारा सन्चालित लोकप्रिय टेलिभिजन कार्यक्रम सम्प्रेषण युएसएले डिसेम्बर ५ तारिख अपरान्ह ३ बजे आदिवासी जनाजाति अगुवाहरुको दोहोलो काड्ने भएको छ: "सम्प्रेषण सामुदायिक बहस: फिप्नाको एक दशक: अबको गन्तब्य कता?" बिशेश अन्तरकृया मार्फत । उम्मेदवार दावी बिरोध, फिर्ता गर्नलाई निर्वाचन कमिटीले आउँदो डिसेम्बर आठ तारिखसम्मको समयसीमा तोकेको छ भने सहमती नभएको खण्डमा तेह्र तारिखको दिन निर्वाचन हुनेछ ।


सम्प्रेषण युएसएले आज शनिबार दिनको तीन बजेदेखि न्यू योर्कको कुइन्स शहर उडसाईडस्थित गुलशन टेरासमा डाकेको अन्तरक्रियात्मक सामुदायिक बहसको पहिलो सत्रमा फिप्नाका पूर्व जिम्मेवार पदाधिकारी र जनजाति आन्दोलनका अगुवाहरुसंग अन्तरक्रिया बिबेचना र  दोश्रो सत्रमा अध्यक्ष पदका आकांक्षी उम्मेदवारहरुसंग सामुदायिक बहस गरिनेछ ।

सम्प्रेषणले अमेरिकी समुदायमा एनआरएन, एएनए जस्ता संघ संगठनहरुको निर्वाचन तथा अन्य सामाजिक बिषयहरुमा अमेरिकाका बिभिन्न शहर र राज्यमा गएर सामुदायिक बहसको कार्यक्रम संचालन गर्दै आएकोछ ।



पछिल्लो समयमा सम्प्रेषणले एनआरएन बिषयमा मात्र नौ वटा सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना र प्रशारण गरिसकेको छ भने अघिल्लो महिना पेन्सलभेनिया राज्यको पिट्सबर्गमा पुगेर भुटानी समुदायसंग आफ्नो ७५औं भाग बिशेष सम्प्रेषणको आयोजना गरेको थियो ।

न्यू योर्कमा सम्पन्न हुन लागेको फिप्नाका अगुवाहरुसंगको सामुदायिक सम्प्रेषणले फिप्नालाई आम चर्चामा ल्याएर जिम्मेवार बनाउने ध्यय र अभिष्ट राखेको कुरा कार्यक्रममा प्रस्तोता तथा निर्माता शैलेश श्रेष्ठले यूयसनेपालअनलाईनलाई बताए । उनको कार्यक्रममा खुल्ला बहस हुने भएकोले आम प्रवासी नेपालीहरु प्रश्न सोध्न र आ-आफ्ना जिज्ञाशाको समाधान लिने कार्यक्रममा स्वत:स्फूर्त सहभागी हुने गर्दछन् । यो कार्यक्रममा पनि सधैं झैं बृहद र व्यापक मात्रामा दर्शक श्रोताहरुको उपस्थिति रहने अनुमान गरिएको छ ।

Read related news:

-http://usnepalonline.com/fipna/

-फिप्ना पाँचौं महाधिवेशनमा नयाँ कार्य समिति निर्वाचनका लागि प्राप्त उम्मेद्वारहरूको अन्तिम नामावली सूची !

-न्यू योर्कमा आदिबासी जनजाति महासंघ (फिप्ना) को पाँचौ महाधिबेशनको सरगर्मी: अध्यक्षमा ६ जनाको भिडन्त, को को हुन् ?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.