NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कको नेपाली छोरोको एक्लो प्रयासमा नेपालमा स्कूल भवन निर्माण PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 29 December 2011 05:47

Exclusive: 20 photos; 1 video: न्यू योर्क- धनसंगै ठूलो मन र दरिलो आँट हुनु पर्दो रहेछ एक्लै समाजमा केही गरेर देखाउने हो भने। नेपालको भोजपुर जिल्ला पौवा खेसाङ्गका लीला राईले त्यस्तै गरेकाछन् न्यू योर्कबाट- एक्लो आँट, ठूलो मन र धन खर्च गरेर आफ्नो गाउँको स्कूल भवन निर्माण गरेर।


 

Then & Now: Shree Singh Jaleshwari Secondary High School (recently), Pauwa Khesang, Bhojpur, Nepal. Photos from the school documentary.

लीला राईले आफ्नो एक्लो प्रयासमा २ बर्षभित्र ३ लाख रुपैयाँ खर्च गरेर भोजपुर जिल्ला अन्तर्गत तिवारी भञ्ज्याङ गाबिसस्थित पौवा खेसाङ्ग गाउँमा सन्चालित श्री सिंह जलेश्वरी निम्नमाध्यमिक बिद्यालयकोलागि नयाँ भवनहरु खडा गरिदिएकाछन्।


Photos from the school documentary.

उनले आफूले सानो छँदा पढेको उक्त बिद्यालय भवन निर्माणको स्कूल डकुमेन्ट्रीसमेत निर्माण गरेर गत शनिबार (अक्टोबर २४) तारिख न्यू योर्कवासी नेपालीहरुलाई देखाएर छक्क पारेका थिए।

हेर्नुहोस् उक्त स्कूल डकुमेन्ट्री:
Making of Singh Jaleshwari School Documentary 2011




उनले यस अघी सन् २००९ को अक्टोबरमा नेपालका बरिस्ठ गायक शम्भु राईको 'Best of Shambhu Rai' एल्बम र 'देउसि-भैलो' डिभिडी निर्माण गरी न्यू योर्कमा बिमोचन गर्नुकासाथै उक्त म्युजिक भिडियोको बिक्रीबाट आएको सम्पूर्ण रकम सो बिद्यालय निर्माणमा लगानी गर्ने बचन दिएका थिए। त्यही बाचा पुरा गर्न उनले न्यू योर्कबासी नेपालीहरुलाई दुई बर्षमै बिद्यालय निर्माण गरेर र त्यसको भिडियो डकुमेन्ट्रीसमेत बनाएर प्रस्तुत गरेका थिए।


Photos from the school documentary.

म्युजिक भिडियोहरु निर्माण गर्दा लगानी ६ लाख लागेको तर बिक्रीबाट शिर्फ २ लाख मात्र उठ्न सकेपनि स्कूल निर्माण गर्ने उनको अठोटलाई पैसाको कमिले रोक्न भने सकेन। उनले आफूले पढेको स्कूल निर्माण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए।

Lila Rai from New York who fund-raised and donated Rs. 3 lakhs rupees to Singh Jaleshwari School and helped built the school buildings. Photos: eEyeCam.com

युएस नेपाल मिडिया सेन्टर (युएस नेपाल अनलाइन) ले लीला राईको सत्प्रयासलाई न्यू योर्कका बिभिन्न नेपाली रेस्टुरेन्टहरुमा 'डोनेट एन्ड एन्जोय अफर' अभियान चलाएको थियो भने उनका साथीहरुले म्युजिक भिडियो बिक्री गर्न सहयोग गरेका थिए।



लीला राईले आफूले सानो छँदा पढेको स्कूल भवन निर्माण गरेर जुन स्तूत्य काम गरे, त्यस कार्यले बिदेशमा भासिएका नेपालीहरुलाई आफ्नो गाउँकोलागि केही गर्न प्रेरणा मिल्ने कुरामा ढुक्क हुन सकिन्छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा "बेस्ट अफ शम्भू राई" र "देउसि-भैलो" म्यूजिक भिडियो एल्बम बिमोचन

Photos from the school documentary.

Photos from the school documentary.






Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

avatar soalteemagar
+1
 
 
Great JOb !!!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar dipesh limbu
0
 
 
सबैले यसरी आफ्नो गाऊ र देश बनाऊंन सीके कस्तो हुन्थ्यो होला हाम्रो देश नेपाल ! खै हाम्रो देशमा त बनाउने कम लुट्ने मात्र धेरै ।

Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?