Inside

All Time Top 50 News

न्यू योर्कमा हुने 'नेपाल डे परेड' मा राजनीतिकरण भएको भन्दै शेर्पा किदूग अमेरिकाद्वारा भाग नलिने घोषणा, जनजाति महासंघ (फिप्ना) को सदस्यतासमेत परित्याग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Wednesday, 20 April 2016 22:29

Exclusive: न्यू योर्क- आगामी मे २२ तारिख आयोजना गरिन लागेको 'नेपाल डे परेड परेड' कै किचङ्गलोमा जनसम्पर्क समितिबाट अध्यक्ष आनन्द बिस्टलाई हटाउने र बिस्टले आफू बिरुद्धका पदाधिकारीहरुलाई निलम्बन गर्ने नैटंकी नाटक मन्चन भएको महिना दिन नबित्दै १६ वटा आदिबासी संस्थाहरुको महासंघ 'नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)' को प्रभावशाली सदस्य संस्था 'शेर्पा किदूग अमेरिका' ले 'नेपाल डे परेड' मा राजनितिकरण भएको भन्दै उक्त परेडमा भाग नलिने घोषणा गरेको छ भने 'नेपाल डे परेड परेड' बुद्ध जयन्ती या सगरमाथा प्रथम आरोहण दिवस मे २९ मा गर्नु पर्ने आफ्नो माग पुरा नभएपछि जनजाति महासंघ फिप्नाको सदस्यता नरहेको एक प्रेस बिज्ञप्ती जारी गरी जानकारी गराएको छ । साथै शेर्पा किदूगले 'हिमालयन बुद्धिस्ट कम्युनिटी' को पनि सदस्यता नरहेको जनाएकोछ । किदूगले बिज्ञप्तीमा भनेको छ- "ती संस्थाहरुको सहभागिता छ भन्दैमा शेर्पा किदुगको पनि सहयोग समर्थन र सहभागिता रहेको भन्ने कुरामा शेर्पा किदुग पूर्ण रुपमा असहमति जाहेर गर्दछ।" किदूगका अध्यक्ष दावा जाङ्बु शेर्पाले बिज्ञप्तीमा भनेकाछन्- "शेर्पा किदुग एक बिशुद्ध गैर राजनैतिक सामाजिक संस्था भएको हुनाले राजनैतिक दलको भातृ संगठनहरु आयोजक भएको कुनै पनि कार्यक्रमहरुमा शेर्पा किदुगको सहकार्य तथा सहभागी हुन नसक्ने ब्यहोरा सबैलाई जानकारी गराउँदछु।" फिप्नाको प्रभावशाली एक पूर्व पदाधिकारी युएस नेपाल अनलाईनसंग दुखेसो पोख्दै भन्छन्,- "फिप्नाको नेतृत्वले कमसेकम आफ्नो सदस्य संस्थाहरुको "इन्ट्रेस" लाई सम्बोधन गरेर समेटेर लैजान प्रयास गर्न सक्नु पर्थ्यो । मे २२ तारिख पछि महासंघलाई आफ्नो सदस्य संस्थाहरु त चाहिन्छ नि । खोई बुझेको ? अगाडिको भाग मात्र देखेर संस्थालाई नै कम्जोर गर्ने म्याण्डेट कस्ले दियो ?" हैन, न्यू योर्कमा नेपाली अगुवाहरु किन मिल्न नसकेका हुन् ? बुझि नसक्नु छ लौ ।

 

Nepal Day Parade 2016 New York, May 22, 2016.

शेर्पा किदूग अमेरिकाद्वारा जारी प्रेस बिज्ञप्ती

न्यू योर्कमा क्रियाशील नेपाली संघ संस्थाहरु,
पत्रकार मित्रहरु तथा सम्बद्ध सबै निकायहरु

बिषय: जानकारी सम्बन्धमा

प्रस्तुत बिषयमा युनाईटेड शेर्पा एशोसियशन (शेर्पा किदुग) २१ वर्ष अगाडी स्थापना भएको बिशुध्द गैर राजनीतिक मुनाफारहित एक स्वतन्त्र सामाजिक संस्था हो। यो संस्थाको उद्धेश्य शेर्पाहरुको भाषा, धर्म सस्कृतिको संरक्षण गर्दै भावी पुस्ताहरुलाई आफ्नो भाषा धर्म सस्कृतिको बारेमा ज्ञान दिनु सचेत गराउनु हो । त्यसको अलावा सामाजिक हितको कामहरु पनि गर्दै आएको छ। शेर्पा किदुगको उद्धेश्यसँग मेल खाने कार्यक्रमहरु अन्य संस्थाहरुसँग भाईचाराको सम्बन्ध स्थापित गर्ने खालका कार्यक्रमहरु गर्ने गरेको स्पस्ट पार्न चाहन्छु। शेर्पा किदुग कुनै संस्थासँग आवद्ध तथा भातृ संस्थाको रुपमा नरहेको प्रस्ट पार्दै फिप्ना तथा हिमालयन बुद्धिस्ट कम्युनिटीको सदस्यता नरहेको प्रस्ट पार्दै ती संस्थाहरुको सहभागिता छ भन्दैमा शेर्पा किदुगको पनि सहयोग समर्थन र सहभागिता रहेको भन्ने कुरामा शेर्पा किदुग पूर्ण रुपमा असहमति जाहेर गर्दछ।

United Sherpa Association USA (Sherpa Kyidug America) logo.

नेपाल डे परेडको सम्बन्धमा शेर्पा किदुगले उठाएको मागहरु यथावत् रहेको स्पस्ट पार्दै उक्त मागलाई आगामी वर्षबाट लागू गर्ने भन्ने निर्णयमा कुनै अर्थ नरहेको र शेर्पा किदुग एक बिशुद्ध गैर राजनैतिक सामाजिक संस्था भएको हुनाले राजनैतिक दलको भातृ संगठनहरु आयोजक भएको कुनै पनि कार्यक्रमहरुमा शेर्पा किदुगको सहकार्य तथा सहभागी हुन नसक्ने ब्यहोरा सबैलाई जानकारी गराउँदछु।

स्मरण रहोस्, देशको नाम लिएर कुनै पनि ब्यक्ति वा संस्थाले आफ्नो स्वार्थ पूरा गर्ने कामहरु नगरियोस्, बिदेशमा रहेर आफ्नो समाजको हितको लागि स्वतन्त्र रुपमा स्थापना भएको संस्थाहरुलाई राजनैतिक दलको भातृ संगठनहरुले प्रयोग गर्ने संस्थाको रुपमा नरहोस्। सबैलाई चेतना भया !

धन्यबाद।

अध्यक्ष
दावा जाङ्बु शेर्पा
शेर्पा किदुग न्यू योर्क, अमेरिका

Read related news:

-'नेपाल डे परेड' बारे शेर्पा किदुग अमेरिकाको धारणा: बुद्ध जयन्ती या पहिलो सगरमाथा आरोहण दिन में २९ का दिन नभए सहभागी नहुने, वहिस्कार हैन

-

अमेरिकी जनसम्पर्क काँग्रेसी बन्धुहरुमा फेरी भाँडभैलो: सभापति आनन्द बिस्ट निलम्बनमा, बिस्टद्वारा पनि वरिष्ठ उपसभापति, उपसभापति र महासचिवलाई निलम्बन

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.