NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कका शेर्पाहरुद्वारा सगरमाथाको पहिलो द्वार भनेर चिनिने नाम्चे बजारमा एक जना पनि शेर्पा छैन भनेकोमा आपत्ति PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by United Sherpa Association ( Sherpa Kyidug) USA Inc   
Tuesday, 06 December 2011 15:58

नाम्चेमा १०० घर शेर्पा, ३ घर विश्वकर्मा र २ घर तामाङ रहेको तथ्यलाई डा. रमेश ढुङ्गेलद्वारा गलत दाबी
Exclusive:
न्यू योर्क- राज्य पु:न संरचना अयोगको एक सदस्य रमेश ढुङेलद्वारा एभिन्युज टेलिभिजनबाट प्रसारण भएको संघीयता सम्बन्धी बहस कार्यक्रममा शेर्पाहरुको मुख्य बस्ती रहेको सोलुखुम्बुको नाम्चे बजारको बिषयमा गलत अभिव्यक्ति दिएकोमा शेर्पा किदुग अमेरिकाले आपत्ति प्रकट गर्दै डा. ढुङ्गेलको राजिनामा माग गरेको छ।

 

किदुगले आफ्नो प्रेस बिज्ञप्तीमा अगाडि भनेको छ:

"नेपालको संबिधान सभाको राज्य पु:न संरचना तथा राज्य शक्तिको बाँडफड सम्बन्धी समितिले दिएको सुझाब, त्यसमा ब्यक्त फरक मत र राज्य पु:न संरचनाकोलागि पहिचान र सामर्थ्यको व्याख्यालाई आधार बनाउने कार्य क्षेत्र तोकी नेपालको अन्तरिम संबिधान २०६३ को धारा १३८ बमोजिम गठन भएको राज्य पु:न संरचना अयोगको एक सदस्य रमेश ढुङेलले गत मिती २०६८-८-१५ गते नेपालको राष्ट्रिय टेलिभिजन एभिन्युजबाट प्रसारण भएको संघीयता सम्बन्धी बहस कार्यक्रममा शेर्पाहरुको मुख्य बस्ती रहेको सोलुखुम्बुको नाम्चे बजारको बिषयमा कपोकल्पित, आधारहीन, तर्कहीन र गलत अभिव्यक्ति दिएको संबन्धमा शेर्पा किदुग अमेरिकाको गम्भिर ध्यानाकर्षण भएको छ।



विश्वको सर्बोच्च शिखर सगरमाथाको नामसंगै विश्वमा नेपालको पर्यबाची शब्दकोरुपमा चिनिने बौद्दमार्गी, शान्तिप्रेमी, गौरबशली शेर्पाहरुको मुख्य थालो सोलुखुम्बु हो। सोलुखुम्बुमै शेर्पाहरुको बढी जनघनत्व भएको विश्व प्रसिद्द सगरमाथाको पहिलो द्वार भनेर चिनिने नाम्चे बजारमा एक जना पनि शेर्पा छैन, सबै सिन्धुपल्चोकका तामाङहरु छन् भनि ईतिहास तथा संस्क्रितबिद भनाउँदा पिएच्डीवाला रमेश ढुङेलले दिएको कपोलकल्पित र अत्यन्त मनोगणन्थे, आधारहिन र षडयन्त्रमुलक अभिव्यक्तिले राज्य पुनःर्संरचना सम्बन्धी गठन गरिएको राज्य पुनःर्संरचना आयोगको विश्वाशनियतामाथि नै प्रश्न उठाएको छ भने विश्व जगतलाई हँसाएका छन्। सोलुखुम्बुको नाम्चेस्थित बिभिन्न संघ सस्थामार्फत जारी प्रेस बिज्ञप्तीअनुसार नाम्चेमा १०० घर परिवार शेर्पा, ३ घर परिवार विश्वकर्मा र २ घर परिवार मात्र तामाङ रहेका छन्।

संबिधान निर्माणमा राज्यको पु:नसंरचना के कस्ता आधारमा गर्ने भन्ने बिषय नै पहिलो र महत्वपूर्ण बिषय र चुनौती भएको सन्दर्बमा राज्यको पु:न संरचना आयोग जस्तो संबेदनशिल र गरिमामय पदमा आसिन ब्यक्तिको यस्ता भ्रामक अभिब्यक्तिले राज्य पु:नसंरचना आयोगमा अत्यन्त अयोग्य ब्यक्तिलाई मनोनित गरेको प्रस्ट हुन्छ। विश्व प्रशिद्द र नेपालको मुख्य पर्यटकको आकर्षकको केन्द्र र शेर्पाहरुको मुख्य थलो रहेको नाम्चे बजारकोसमेत जानकारी नभएको ब्यक्ती कसरी ईतिहास र सस्क्रितबिदकोरुपमा उक्त आयोगको पदमा नियुक्ती गरियो र यस्त अयोग्य ब्यक्तिहरुबाट जनताले भोली कस्तो प्रकारको राज्य पु:न संरचनाको अपेक्षा गर्ने?

राज्यका संबेदनशिल र महत्वपूर्ण स्थानमा बसेका ब्यक्तिको यस्ता अभिब्यक्तिले सिङ्गो शेर्पा समाजलागयत संम्पूर्ण अदिबासी जनजातिहरुको भावना, मान, प्रतिस्ठा र अधिकारमाथि नै गम्भिर आँच र चोट पु-याएका छन्। नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटक पटक गर्दै आएको ऐतिहासिक संघर्ष र जनआन्दोलन र हजारौं जनताको बलिदानबाट प्राप्त उपलब्धी संघिय लोकतान्त्रक गणतन्त्र नेपालको राष्ट्र निर्माणमा समर्पित शेर्पालागयत आदिबासी जनजातिहरुको आत्मनिर्णयको अधिकार र पहिचनसहितको स्वायत्त प्रदेशको स्थापना गर्नु पर्दछ भन्ने हाम्रो पनि जोड्दार माग रहेको छ।

अन्तमा शेर्पाहरुको मुख्य बस्ती रहेको नाम्चे बजार र शेर्पाहरुको बिषय बस्तुलाई प्रसंग बनाएर अत्यन्त निराधार, आधारहीन, षडयन्त्रमुलक र गलत अभिव्यक्ति दिने रमेश ढुङेललाई संबिधान सभाको राज्य पु:न संरचना तथा राज्य शक्तिको बाँडफाँड सम्बन्धी समितिले राज्य पुनःर्संरचना आयोगको सदस्यबाट निस्कासन गराउनु पर्दछ र उसको गलत अभिव्यक्तिलाई तुरुन्त सच्चाइ माफी माग्नु लगाउनु पर्दछ भनि हामी संयुक्त राष्ट्र संघको आगनमा रहेको विश्वको राजधानी मानिने अमेरिकाको न्यू योर्कमा अबस्थित शेर्पाहरु साझा सस्था युनाइटेड शेर्पा एसोसिएसन (शेर्पा किदुग अमेरिका) हार्दिक अपिल गर्दछौं। साथै विश्व प्रसिद्द शेर्पाहरुको बिषयमा बिगतका दिनहरुमा पनि गलत, आधारहीन, पक्षपातपूर्ण र षड्यन्त्रमुलक अभिब्यक्ती र तथ्यहरु राज्यको संबेदनशील निकायहरुमा बसेका ब्यक्तिहरुबाट पटक पटक प्रहार भएको हुँदा आइन्दा शेर्पाहरुसंग सम्बन्धित बिषयमा कुरा उठाउँदा सोधखोज गरी सत्यतथ्य कुराहरु मात्र अभिब्यक्त र संप्रेशन गर्न हुन पनि अनुरोध गर्दछौं।"

डिसेम्बर ६, २०११

युनाइटेड शेर्पा एसोसिएसन (युएसए) इन्क

United Sherpa Association ( Sherpa Kyidug) USA Inc.
(शेर्पा किदुग अमेरिका)
न्यू योर्क
संयुक्त राज्य अमेरिका

Read related news:

http://usnepalonline.com/sherpa/

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?