Inside

All Time Top 50 News

न्यू योर्कको बाल्देनमा शेर्पाहरुद्वारा ल्हप्सो पुजा २०१३ भब्यतापूर्वक सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Lhakpa Gelu Sherpa   
Wednesday, 20 February 2013 10:48

Special: 9 photos: न्यू योर्क- बौद्धमार्गीहरुको महान पर्व २१४० औं छुमो डुल्लो ग्याल्पो लोसारको पवन अवसरमा न्यू योर्क शहर र आसपासमा बसोबास गर्ने शेर्पाहरुले यस बर्ष पनि ल्हप्सो पुजा भब्यताकोसाथ मनाएकाछन्।


Sherpa Lhapso puja was being performed in Walden, NY on February 17, 2013. Photos: Ang Kami Sherpa (PhotoHera.com)

फेब्रुवरी १७ तारिख आईतवार न्यू योर्क राज्यको वल्देनस्थित शाक्य गोन्प रिन्पोछेको चेचेन कुन्चप्लिङ गुम्बामा आयोजित यस बर्षको ल्हप्सो कार्यक्रममा न्यू योर्क राज्य र अमेरिकाको अन्य राज्यहरुमा बसोबास गर्ने शेर्पाहरु, अन्य समुदायका नेपालीहरुदेखी लिएर स्थानिय ब्यक्तिहरुकोसमेत बाक्लो उपस्थिती थियो। आफ्नो परम्परगत भेशभुषामा सजिएर आएका हजारौं शेर्पाहरुको जमघट र उपस्थिती, धार्मिक कार्यक्रमलगायत अन्य आकर्षक साँस्कृतिक झाँकी प्रस्तुतीहरुले शेर्पाहरु बिचको एकता, भाईचारा, सद्भभाव, अमुल्य संस्क्रिती र परम्पराको प्रत्याभूति दिएको थियो।

Sherpa artists performing at Sherpa Lhapso puja in Walden, NY. Photos: Ang Kami Sherpa (PhotoHera.com)

प्रमुख धर्म गुरुहरु स्यारे टुल्कु, बौद्द विद्वान डा. युला शेर्पा, चेचेन कुन्चप्लिङ गुम्बाका प्रमुख लामा डा. खेन्पो कल्साङ्लगायत अन्य लामा गुरुहरुको उपस्थितीमा बिहानदेखीनै विश्व शान्ति र सम्पूर्ण मानब र प्राणी जगतको कल्याण र प्रगतिकोलागि साङ सेर्किम र छोक पूजा गरिएको थियो।

कार्यक्रममा लामा गुरुहरुद्वारा गुरु रिन्पोछे (गुरु पद्म सम्भव) ले सातौं शताब्दीमा तैथ्रिकहरुलाई वशमा ल्याउनकोलागि बिभिन्न आठ रुप धारण गरी तैथ्रिकहरुलाई आफ्नो वशमा ल्याई बौद्ध धर्ममा समर्पित गरेको सत्यतथ्यमा आधारित गुरु दोर्जे ड्रोलो छयम, सेर्किम स्यनक र थिङ्ता छयमहरु प्रस्तुत गरिएको थियो।

Chechen Kunchapling Gumba in Walden, NY where Sherpa Lhapso puja was performed on February 17, 2013. Photos: Ang Kami Sherpa (PhotoHera.com)

उता उपस्थित सम्पूर्ण उपस्थित शेर्पाहरुले सामुहिकरुपमा आफ्नो कुल देउताको पूजा गर्दै नयाँ बर्षलाई स्वागत र पुरानो बर्षलाई बिदाइ गर्नुकोसाथै लुङ्ता टगेर विश्व शान्ति र सम्पूर्ण प्राणी जगतको कल्याणकोलागि कामना गरेका थिए।

सोही कार्यक्रम यस बर्षका ल्हप्सो आयोजक सदस्यहरुलाई खादा लगाई धन्यबाद प्रदान गरिएको थियो भने अर्को बर्ष सन् २०१४ कोलागि नयाँ आयोजक समितिको सदस्यहरुको पनि छनोट गरिएको थियो।        

करिब चार महिना अगाडिदेखीनै आयोजकहरुले ल्हप्सो ब्यबस्थापनकोलागि काम सुरु गरेका थिए। प्रत्येक शेर्पाहरुको घरघरमा टिकाट पु-याउनेदेखी लिएर ल्हाप्सोकोलागि चहिने आवश्यक चाँजोपाँजो गरिएको थियो। आयोजकहरुको राम्रो ब्यबस्थापनले यस बर्ष पनि शेर्पाहरुले भब्यरुपमा ल्हप्सो मनाउने अवसर पाए। ल्हप्सो आयोजक समितिका सदस्यहरुलाई थुची छे।

Lhapso committee members. Photos: Ang Kami Sherpa (PhotoHera.com)

यस बर्ष निम्न ब्यक्तिहरुले लोसार ल्हप्सोको आयोजना गरेका थिए:

श्रीमान/श्रीमाती गेल्मु शेर्पा (चिवङ्, सोलु)
श्रीमान/ श्रीमाती आङबाबु खम्बचेँ शेर्पा (ढोलखा)
श्रीमान/ श्रीमाती तेन्जिन शेर्पा (मेन्दोपके, सोलु)
श्रीमान/ श्रीमाती छोङ्बा शेर्पा (जुन्बेसी, सोलु)
श्रीमान/ श्रीमाती दावा शेर्पा (रिङ्मो, सोलु)
श्रीमान/ श्रीमाती काजी शेर्पा (थल्लेरी, सोलु)
श्रीमान/ श्रीमाती फुर्ब ठिन्ले शेर्पा (खासापङ, तिब्बत)
श्रीमान/ श्रीमाती पासाङ छिरिङ्ग शेर्पा (पन्बोचे, सोलु)
श्रीमान/ श्रीमाती निमा देन्डी शेर्पा (कुरिमा, सोलु)
श्रीमान/ श्रीमाती उर्गेन शेर्पा (ज्यन्मेथङ)
श्रीमान/ श्रीमाती पासी शेर्पा (नाजिङ, सोलु)
श्रीमान/ श्रीमाती किपा शेर्पा (कुरिमा, सोलु)

-Lhakpa Gelu Sherpa in New York

Note: ल्हाक्पा गेलु शेर्पा, युनाइटेड शेर्पा एशोसियसन युएसएका पूर्व महासचिब हुन्।

Read related news:

-http://usnepalonline.com/sherpa/

-न्यू योर्कमा २१३८ औं शेर्पा ल्होसार सम्पन्न

-न्यू योर्क शहरद्वारा शेर्पा किदुगलाई ल्होसारको अबसरमा सम्मान

-न्यू योर्कका शेर्पाहरुद्वारा सगरमाथाको पहिलो द्वार भनेर चिनिने नाम्चे बजारमा एक जना पनि शेर्पा छैन भनेकोमा आपत्ति

-अमेरिका जाने नेपाली महिलालाई काठमाडौं एयरपोर्टमा १ लाख १० हजार घुस माग्ने कर्मचारी निलम्बनमा परे

-न्यू योर्कमा हिमाल बचाउ अभियानकालागि गायक गम्बु शेर्पा साँझ सम्पन्न

-न्यू योर्कमा शेर्पा किदुकद्वारा चौथौ वार्षिक खेलकूद प्रतियोगिताको आयोजना

-न्यू योर्कको चौंथो डान्स परेडमा नेपाली शेर्पाहरुको सहभागिता



Photos: Ang Kami Sherpa (PhotoHera.com)





Photos: Ang Kami Sherpa (PhotoHera.com)




Photos: Ang Kami Sherpa (PhotoHera.com)

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.