Inside

All Time Top 50 News

न्यू योर्कमा शेर्पा किदुकद्वारा चौथौ वार्षिक खेलकूद प्रतियोगिताको आयोजना PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Ang Kami Sherpa   
Monday, 30 August 2010 09:21

फूटबल र भलिबलका १४ टिम सहभागी, Sherpa Kyidug र NY Gyalsundo टिम प्रथम
Updated: Special 18 photos: न्यू योर्क- बिगतका बर्षहरुभन्दा निक्कै कौतुहलतापूर्वक हेरिएको युनाइटेड शेर्पा एसोसियसन (शेर्पा किदुग) अमेरिकाद्वारा न्यू योर्कमा आइतबार कुइन्स बोरो ब्रीज पार्कमा आयोजना गरिएको चौथौ वार्षिक खेलकूद प्रतियोगितामा ३ हजार ५ सय डलरको भलिबल खेल तर्फको ट्रफी लगातार तेश्रो पटक जितेर आफ्नो बनाउने Yeti टिमको सपनालाई चकनाचुर पार्दै आयोजक संस्था कै Sherpa Kyidug टिमले प्रथम स्थान हासिल गर्न सफल भएपछि आयोजकहरु दङ्ग परेका छन्।

 


First placed winner in volleyball Sherpa Kyidug team. Photos: Ang Kami Sherpa (PhotoHera.com)

नेपालीहरुबिच परिचय, एकता, सद्भभाब, भात्रित्वको भावना जाग्रित गराउनुकासाथै खेलप्रति नेपालीहरुलाई जागरुक गराउने उद्देस्यले किदुगले बिगत ४ बर्षदेखी हरेक बर्ष खेलकुद कार्यक्रम आयोजना गर्दै आएको छ।

उक्त खेलकुद कार्यक्रममा भलिबलतर्फ ६ नेपाली समुहका टिमहरु र फूटबलतर्फ नेपाल, भुटान र तिब्बत गरी ८ टिमहरुको सहभागिता रहेको थियो।

६ टिम रहेको भलिबल खेलतर्फ Sherpa Kyidug Team प्रथम, Yeti Team टिम दोश्रो  र GBNC (Boston) Team तेश्रो भएको हो।

Trophies & medals at Sherpa Kyidug sports tournament in New York. Photos: Ang Kami Sherpa (PhotoHera.com)

उता ८ टिम रहेको फूटबल (soccer) खेलतर्फ NY Gyalsundo Team प्रथम हुन सफल भएको छ भने GYC Gurkha Team दोश्रो र TSA USA Team तेश्रो भएको छ।

अमेरिकन सक्कर रेफ्री एसोसियसनका रेफ्रिहरुद्वारा फिफाको कडा नियममा फुटबल प्रतियोगिता सम्पन्न भएको थियो।


First placed winner in Soccer NY Gyalsundo team. Photos: Ang Kami Sherpa (PhotoHera.com)

फूटबल खेलतर्फ अन्य प्रतिस्पर्धी टिमहरुमा NDTA (Mustang) Team, Bhutan A, Bhutan B, Mongols United र Tibet United टिम थिए।

भलिबल खेलतर्फ अन्य प्रतिस्पर्धी टिमहरुमा NY NYC Team, United Brothers र Kitat Rai USA NY Chapter  टिम थिए।

मेन अफ दि म्याच भलिबलतर्फ जिबीएनसीका विश्वाश पोख्रेल र फूट्बल तर्फ ग्यल्सुन्दो न्यूयोर्कका सोनाम शेर्पाले प्राप्त गरेका छन। नेपालका राष्ट्रिय भलिबल खेलडीहरु शक्ती रेग्मी, प्रबीन अर्याल र विश्वाश पोख्रेलसमेत समाबेश भएको भलिबल खेलको रेफ्री नेपालकै राष्ट्रिय भलिबल खेलाडी पुष्प श्रेष्ठ र शेर्पा किदुगका पूर्व खेलाडी रिन्जी शेर्पाले गर्नु भएको थियो।

भलिबल र फूटबल खेलको अलावा बिभिन्न नेपाली समुहबिच रमाइलो खेल डोरी तान्ने (Tug of War) खेलको पनि आयोजना गरिएको थियो।


Organizers with the trophies & medals. Photos: Ang Kami Sherpa (PhotoHera.com)

खेल्कूद प्रतियोगिताको अन्तमा अस्टोरियास्थित चियान फेडेरेसन हलमा खेलाडीहरुको सम्मानमा पुरस्कार बितरण समारोह र डिजे पार्टिको आयोजना गरिएको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथी आदिबासी जनजाति महासंघ अमेरिका (FIPNA) को अध्यक्ष कर्मा गेल्जेन शेर्पा, अन्य आथितिहरुमा तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष भारत लामा, नेपाल कराते फिडेरेसनका पूर्व अध्यक्ष तथा नेपाल अमेरिकन स्पोर्टस एन्ड कल्चर डिभेलोपमेन्ट इंकका अध्यक्ष थानेस्वर राइलगायत अन्य संघ सस्थाहरुको प्रतिनिधिहरुको उपस्थित थियो।

उक्त कार्यक्रममा शेर्पा किदुगका अध्यक्ष छोङ्बा शेर्पाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो। अतिथीहरु फिप्ना अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा र तामाङ सोसाइटी अफ अमेरिका अध्यक्ष भरत तामाङले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।

सोही अवसरमा दिउसो सम्पन्न खेलकुद कार्यक्रमका प्रथम, दोस्त्रो, तेस्रो र मेन अफ दि म्याचका खेलाडीहरु र गोल्फ खेलका बिजेता खेलाडीहरुलाई प्रमुख अथिति कर्मा गेल्जेन शेर्पा, अमेरिकन नेपाल स्पोर्टस एन्ड कल्चर डेभ्लप्मेन्टका अध्यक्ष थनेस्वर राई र किदुगका अध्यक्ष छोङ्बा शेर्पाले संयुक्त रुप प्रमाण पत्र, सिल्ड, मेडल र नगद पुरस्कारर बितरण गर्नु भएको थियो।

2nd placed winner (volleyball) Yeti team Photos: Ang Kami Sherpa (PhotoHera.com)

भलिबल तर्फ प्रथमलाई ट्रफी, गोल्ड कलर मेडल, प्रमाण पत्र र ५०० नगद पुरस्कार, दोस्रो हुनेलाई ट्रफी, सिल्भर कलर मेडल, प्रमाण पत्र र ३०० नगद पुरस्कार र तेस्रो हुनेलाई ब्रोन्ज कलर मेडल, प्रमाण पत्र र २०० नगद पुरस्कार प्रदान गरिएको थियो।

2nd placed winner (soccer) GYC Gurkha team Photos: Ang Kami Sherpa (PhotoHera.com)

फुट्बलफर्फ प्रथमलाई ट्रफी, गोल्ड कलर मेडल, प्रमाण पत्र र ७०० नगद पुरस्कार, दोस्रो हुनेलाई ट्रफी, सिल्भर कलर मेडल, प्रमाण पत्र र ५०० नगद पुरस्कार, तेस्रो हुनेलाई ब्रोन्ज कलर मेडल, प्रमाण पत्र र ३०० नगद पुरस्कार प्रदान गरिएको थियो।

मेन अफ दि म्याचका खेलाडीद्वय पोख्रेल र शेर्पालाई प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो।



दोस्रो चरणको साँस्कृतिक तथा डि जे कार्यक्रममा गायकहरु फुरी शेर्पाले आधुनिक गीत, नुर्बु शेर्पा- केटीएमसी ग्रुपले र्याप गीत र गोम्बु शेर्पाले लोक गीत गाउनुभएको थियो। ल्हमु शेर्पा, फुर्ब शेर्पा र आकासा बन्तवाको निर्त्य र डिजे जाङ्बु र माइकलले जोशिलो डिजेले प्रस्तुत गरेर दर्शकहरुको मनोरन्जन दिलाउनु भएको थियो।

उक्त साँस्कृतिक कार्यक्रमको संयोजन गायक गोम्बु शेर्पाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन किदुगका महासचिब ल्हाक्पा गेलु शेर्पाले गर्नुभएको थियो । खेलकुद कार्यक्रमको संयोजन किदुगका सचिब तथा खेलकुद बिभागका संयोजक निमा शेर्पाले गर्नुभएको थियो । सह-संयोजक आङ कामी शेर्पा, कामी शेर्पा (इलाम) हुनुहुन्थ्यो।

भलिबल प्रतियोगिताका बिजेता टिम र खेलाडीहरु:

1. शेर्पा किदुग प्रथम बिजेता खेलाडिहरु: छिरिङ शेर्पा, निमा वाङेल शेर्पा, द्रोण श्रेष्ठ, अशोक जोशी, ओम छन्त्यल, दीपक थापा र सोनाम शेर्पा ।
२, एती न्यूयोर्कका दोस्रो बिजेता खेलाडिहरु: ल्हाक्पा जाङ्बु शेर्पा, तेन्डी शेर्पा, आङ छिरिङ्ग शेर्पा, ल्हाक्पा शेर्पा, पासाङ छिरिङ्ग शेर्पा, कुमार पुनमगर, बबी पुनमगर र मिङ्मा शेर्पा ।
३, जिबीएनसी (बोस्टोन)का तेस्रो बिजेता खेलाडिहरु: उत्सब गुरुङ, राजु केसी, सुर्य थापा, धुर्ब घिमिरे, विश्वाश पोख्रेल, छिरिङ्ग शेर्पा, पूर्ण गुरुङ, बरुन र भक्त गुरुङ ।

फुट्बल प्रतियोगिताका बिजेता टिम र खेलाडिहरु:

1. फुट्बल प्रतियोगिताका प्रथम बिजेता ग्यल्सुन्दो न्यूयोर्कका खेलाडिहरु: गरब दोर्जे, सोनाम शेर्पा, वङ्छुक दोर्जे, निकी गुरुङ, सम्राट बस्नेत, रिन्जी शेर्पा, निसोन तेन्जिन, स्वस्तिक जंग, प्रदिप खाड्गी, उदेश, परु, दोर्जी ।
२, जिवाइसी गोर्खाका दोस्रो बिजेता खेलाडिहरु: विजय गुरुङ, रविन सुब्बा, दिवान गुरुङ, सुजन लिम्बु, क्लिफ मल्ल, उगेस लिम्बु, सुकु मल्ल, ओम गुरुङ, कृष्ण घले, सजन घले, अबिनय गुरुङ, सनम गुरुङ, उत्तम लिम्बु, बिदन गुरुङ ।
३, टिएसएका तेस्रो बिजेता खेलाडिहरु: द्रलए राजभण्डारी, प्रकाश तामाङ, नाम्ग्याल लामा, अजय गुरुङ, कुमार सेरचन, कर्मा शेर्पा, कुशल गुरुङ, अशिस शेरचन, लामा जि, श्रवन तामाङ, धेन्दुप शेर्पा, सिदर्थ तामाङ ।

-Ang Kami Sherpa in New York

This news is also contributed by Lhakpa Gelu Sherpa, General Secretary, United Sherpa Association, New York.

Read related news from last year's event:

-न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा

 


3rd placed winner (volleyball) Boston team Photos: Ang Kami Sherpa (PhotoHera.com)


3rd placed winner (soccer) TSA USA team. Photos: Ang Kami Sherpa (PhotoHera.com)


NDTA (Mustang) Team (Soccer). Photos: Ang Kami Sherpa (PhotoHera.com)


Bhutan B (Soccer) team. Photos: Ang Kami Sherpa (PhotoHera.com)


Bhutan A (Soccer) team. Photos: Ang Kami Sherpa (PhotoHera.com)


Mangols United (Soccer) team. Photos: Ang Kami Sherpa (PhotoHera.com)


Kitat Rai USA NY Chapter team (volleyball). Photos: Ang Kami Sherpa (PhotoHera.com)


NY NYC team (volleyball). Photos: Ang Kami Sherpa (PhotoHera.com)


United Brothers team (volleyball). Photos: Ang Kami Sherpa (PhotoHera.com)

Tibet United team (soccer). Photos: Ang Kami Sherpa (PhotoHera.com)


Photos: Ang Kami Sherpa (PhotoHera.com)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.