NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा श्रृजनाका यात्राहरुको ५ औं श्रृंखला, कथाकार मधुबन पौडेलको बिदाइ PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Prathaa Magar   
Monday, 04 May 2009 17:55
 
न्यू योर्क, न्यू योर्क शहरमा बसोबास गर्ने नेपाली साहित्यकारहरुले ५ महिना अघी शुरु गरेको साहित्यिक श्रृंखला श्रृजनाका यात्राहरुको ५ औं प्रस्तुती न्यू योर्कको वूड्साइडस्थित कबी तथा वकिल बिनोद रोकाको कार्यालयमा सम्पन्न भयो।
 
 
Short story writer and diplomat Madhuban Paudel and his wife at the program in New York. Photos: eEyeCam 
 
उक्त साहित्यिक भेलामा संयुक्त राष्ट्र संघका लागि नेपाल मिसनका नायब स्थाई प्रतिनिधि तथा कथाकार मधुवन पौडेल आफ्नो कुटनैतीक सेवा पुरा गरी अवकास लिएर नेपाल फर्किनुहुने भएकोले उहाको भावपूर्ण बिदाइ गरियो।
 
 
Madhuban Paudel speaking at the event. 

बक्ता साहित्यकारहरुले कथाकार पौडेलको नेपाल फर्काइको सफलताको कामना गरेका थिए। कथाकार पौडेललाई न्यू योर्कवासी नेपाली साहित्यकार र साहित्यानुरागी नेपालीहरुले बिर्सन निक्कै गार्हो हुने पनि उल्लेख गरे। धेरैले मन गर्हुङ्गो पार्दै उनीसँगको मित्रता र उनको मिलनसार व्यबहारको मुक्त कन्ठले तारिफ गरे।
 
 
Poet and Lawyer Binod Roka handing over gifts to Madhuban Paudel 
 
कथाकार पौडेललाई साहित्यकारहरुको तर्फबाट फुलको गुच्छा, बिभिन्न उपहारहरु र बिभिन्न नेपाली साहित्यकार र पाठकहरुले कथाकार पौडेलका कथालाई पढेर तयार गरिएको अडियो सिडी हस्तान्तरण गरियो।

कार्यक्रममा साहित्यकारहरुले कथाकार पौडेलको सम्मान र स्नेहमा कबिता पाठ र गीत गाएका थिए भने कथाकार पौडेलले सबैलाई धन्यवाद दिदै आफ्नो लघुकथा पढेर सुनाएका थिए। कार्यक्रमको सन्चालन कबीद्वय निलम कार्की 'निहारिका' र बिनोद रोकाले गर्नु भएको थियो।
 
 
Actress Basundhara Bhusal at the event. Photos: eEyeCam

कार्यक्रममा प्रसिद्ध हास्य अभिनेत्री बसुन्धारा भुसालले पनि आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो। अभिनेत्री भुसाल ६ महिना अमेरिका मै बसेर नेपाल फर्किनुहुने छ। युएस नेपाल अनलाइनले उनीसँग छिट्टै भलाकुसारी गर्दैछ।

उता कथाकार पौडेल यसै मैइ महिनाको अन्तिम साता नेपाल फर्किने योजना छ।

-Prathaa Magar in New York. Comments? 917-570-1098
 
International Nepalese Literary Society New York Chapter President Gita Khatri 
 
Poet Nilam Karki 'Niharika'. Photos: eEyeCam 
 
Nepalese poets, writers and guests at the event.
 
 
Photos: eEyeCam 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?