Inside

All Time Top 50 News

न्यू योर्कमा सिन्धुपाल्चोकबासीहरुको "सिन्धु साँझ- २०१२" सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 29 July 2012 10:05
Article Index
न्यू योर्कमा सिन्धुपाल्चोकबासीहरुको "सिन्धु साँझ- २०१२" सम्पन्न
More photos of Sindhu Saanjh 2012
All Pages

Special: 29 photos: न्यू योर्क- सिन्धु-युएस वेलफेयर सोसाइटीको आयोजनामा "सिन्धु साँझ-२०१२" भब्यतापूर्वक सम्पन्न भएको छ।


 

The Sindhu Saanjh hosted in New York on July 28, 2012. Photos: Ashok Pant.

जुलाई २८ तारिख शनिबार न्यू योर्कको उडसाइडस्थित कुइन्स प्यालेशमा सम्पन्न उक्त साँझको नारा "जीवनकोलागि शिक्षा" (Education for Life) राखिएबाट सोसाइटीले बिबिध साँस्कृतिक साँझको आयोजनामार्फत आर्थिक संकलन गरी नेपालको आफ्नो जिल्ला सिन्धुपाल्चोकमा शिक्षाको ज्योति फैलाउन चाहेको प्रस्ट थियो।

नेपालको राष्ट्र गान र राष्ट्रिय गीतबाट शुरु गरिएको उक्त साँझमा सोसाइटीका अध्यक्ष बंशलाल तामाङले सिन्धुपाल्चोक जिल्लामा २९ प्रतिशत बालबालिकाहरु अझै पनि गरीबि र अबिकासको कारण बिध्द्यालय जानबाट बन्चित रहेको उल्लेख गर्दै सबैले सोसाइटीले थालेको शैक्षिक अभियानमा साथ दिने आग्रह र आशा ब्यक्त गरे।

Sindhu-US Welfare Society Inc. president Banshalal Tamang speaking at the Sindhu Saanjh. Photos: Ashok Pant.

उनले देशको राजधानी काठमाडौं नजिकै रहेर पनि पछौट्याइएको कारण सिन्धुपाल्चोक जिल्ला मै तातोपानी भन्सार, सुनकोशी, भोटेकोशी, ईन्द्रावती जस्ता नदीहरु र गुम्बै गुम्बाको गाउँ भनेर चिनिने हेलम्बु जस्ता पर्यटकीय क्षेत्र रहेपनि बिकास हुन नसकेकोमा दु:ख ब्यक्त गरे।

US Nepal Media Center (USNepalOnline) president Dawa Lhoba Hyolmo receiving commendation letter from the chief guest Ambassador Gyanchandra Acharya. Photos: Ashok Pant.

उक्त साँझमा २ जना टुहुरा असाहाय बच्चाहरुलाई वार्षिक ३० हजार रुपैयाँ आर्थिक अनुदान दिएर आवासीय (बोर्डिङ) स्कूलमा अध्ययन गर्न प्रायोजन गर्ने युएस नेपाल अनलाइनका प्रेसिडेन्ट तथा हेलम्बु निवासी दावा ल्होवा ह्योल्मो र मोना शर्मालाई बिशेष सम्मान गरिएको थियो।

Mona Sharma receiving commendation letter from the chief guest Ambassador Gyanchandra Acharya. Photos: Ashok Pant.

समाजसेवी ह्योल्मो र शर्मालाई प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधी एबं महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले कदर पत्र र खादाद्वारा सम्मान गरेका थिए।

सोसाइटीले १० बर्से जनयुद्ध कालमा अनाथ बनेका जिल्लाका १५२ बालबालिकाहरुलाई सहयोग गर्ने योजना बनाएको छ।

कार्यक्रममा प्रमुख अतिथी महामहिम आचार्यका अलावा बिशिस्ट अतिथीकोरुपमा एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामा र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का प्रथम उपाध्यक्ष बिनोद पोमो थिए भने अतिथीहरुमा फिप्नाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, समाजसेवी डा. तारा निरौला, इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) बोस्टनकि संस्थापक बिष्णुमाया परियार, तामाङ सोसाइटी अफ अमेरिका (TSA) प्रेसिडेन्ट साङ्गे रुम्बा लामा, TSA का पूर्व अध्यक्षद्वय ईन्द्रबहादुर तामाङ र भरतराज लामा, काँग्रेस नेता कान्छा लामा, ह्योल्मो सोसाइटी अफ अमेरिकाकि अध्यक्ष कविता ह्योल्मो, ग्याल्सुम्दो सेवा संस्थाका अध्यक्ष डा. धाग्याल्पो पुनेल, रिजवूड नेपालीज सोसाइटीका अध्यक्ष श्री पराजुली, अधिकारकि कार्यकारी निर्देशक लुना रन्जित, अधिकारकि बरिस्ठ कम्यूनिटी निर्देशक नर्बदा छेत्रीलगायतको उपस्थिती रहेको थियो।

उद्घाटन सत्रमा स्वागत मन्तब्य सोसाइटीका महासचिब छिरिङ्ग तेन्जिङले गरेका थिए।

बिबिध साँस्कृतिक सिन्धु साँझको रौनक

बसन्त डान्स सेन्टरका न्रित्य निर्देशक बिजयमान नकर्मी र झन्कार डान्स सेन्टरका निर्देशक धरमवीर लामाको कोरियोग्राफीमा तयार पारिएका कौरा, आधुनिक न्रित्यहरु र ह्योल्मो स्याब्रु न्रित्य मनमोहक थिए भने सिन्धुपाल्चोकबासी हाँस्य कलाकार गोपाल नेपाल 'फिस्टे' ले आफ्नो प्रहसन र प्यारोडी न्रित्यबाट दर्शकहरुलाई खुब मनोरन्जन दिलाए।

Hyolmo Shyabru dance. Photos: Ashok Pant.

उता गायक यम बराल, सुमन बुढा मगर, बिमल डाँगी, सन्जोक योन्जन लामा, अभय ढुङ्गेल, तिलक श्रेष्ठलगायतको सुमधुर गीतमा झुम्मिने दर्शकहरु थुप्रो निस्किए।

बिमल, सुमन, निमा पाख्रिन, बेनुका दियाली र मिरा गुरुङको दोहोरी पनि निक्कै जमेको थियो।

कार्यक्रमको सन्चालन तिलक श्रेष्ठ, सरस्वती लामा र साङ्गे लामाले गरेका थिए।

सिन्धु-युएस वेलफेयर सोसाइटी सन् २०१० मा न्यू योर्कमा स्थापित मुनाफारहित सामाजिक संस्था हो।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा नेपाली संस्था 'सिन्धु-युएसए वेलफेयर सोसाइटी' द्वारा सरसफाई अभियान

-न्यू योर्कबाट सिन्धुपाल्चोकसम्मको साईनो गाँसियो


Dohori performance. Photos: Ashok Pant.

Singer Yam (Aim) Baral. Photos: Ashok Pant.


Kaura Magar dance. Photos: Ashok Pant.


Singer Suman Budha Magar. Photos: Ashok Pant.


Abhay Dhungel and Tilak Shrestha. Photos: Ashok Pant.


Comedian Gopal Nepal 'Phiste'. Photos: Ashok Pant.


Singer Bimal Dangi. Photos: Ashok Pant.

Hyolmo Shyabru dance. Photos: Ashok Pant.

Singer Sanjok Yonjan Lama. Photos: Ashok Pant.

Benuka Diyali and Mira Gurung. Photos: Ashok Pant.

More photos of Sindhu Saanjh 2012
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.