Inside

All Time Top 50 News

अमेरिकि बनेका लोक गायक प्रेमराजा महतलाई नेपालबाट छड्के सलाम ! PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral & Pradeep Thapa Magar   
Sunday, 13 September 2009 07:34
गायक महत पेन्सेल्भेनिया र मेरिल्याण्ड राज्यकालागि नेपालको अबैतनिक महाबाणिज्य दूतमा नियुक्त
न्यू योर्क / काठमाडौं- ५० भन्दा बेशी लोक गिती एल्बमका नेपालका सुप्रसिद्ध लोक गायक प्रेमराजा महतलाई नेपाल सरकारले अमेरिकाको पेन्सेल्भेनिया र मेरिल्याण्ड राज्यकालागि नेपालको अबैतनिक महाबाणिज्य दूतमा नियुक्त गरेको छ।

जानकारी अनुसार, गत बुधबार बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो । उनी सन् १९९७ देखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।
 
अमेरिकाकालागि निवर्तमान राजदूत डा. सुरेश चालिसेले महतलाई अबैतनिक राजदूत बनाउन सिफारिस गरेका थिए । तर उनलाई सरकारले फिर्ता बोलाएपछि महतको बारेमा निर्णय हुन सकेन । नेपालीहरुको बसोबास भएको विदेशका शहर र राज्यहरुमा यसरी अबैतनिक राजदूत नियुक्त गर्दा विना खर्च देशको पक्षमा काम गर्न सकिने डा. चालिसेको कथन छ ।

सन् २००३ मा गायक महत एक इन्डियन रेस्टुरेन्टमा म्यानेजर हुँदा अमेरिकाको प्रसिद्ध रेडियो एनपिआर (NPR) ले All Things Considered अन्तर्गत उनको अन्तर्वाता लिदै उनको संगित र गीत पेश गर्दै बिशेष प्रस्तुती गरेको थियो।

अझ एनपिआरका स्टिभ इन्स्किप (Steve Inskeep) ले अमेरिकि गायक बब डिलन र एल्भिस पर्स्ले जस्तै प्रेमराजा नेपालमा उत्तिकै प्रसिद्ध रहेको भनी दाँजो गरेको थियो- "In America, Prem Raja Mahat manages an Indian restaurant in Baltimore, Md. But in his home country of Nepal, Prem Raja is one of the most popular singers. Think of him as Bob Dylan of Kathmandu... or Elvis of the Himalayas."
 
 Prem Raja Mahat with his Sarangi. Photo courtesy: Alice Winkler, NPR
 
एनपिआरमा गायक महतको अन्तर्वाता र संगित सुन्नुहोस्:

विश्व प्रसिद्ध समाचार संस्था एपी (AP) ले उनका बारेमा लेखेको छ- "For millions of Nepalese worldwide, Prem Raja Mahat's rich, mellow voice is an instant portal to an idyllic picture of life and love beneath the vistas of the highest mountain range in the world."

गायक महतले बाल्टिमोर, मेरिल्यान्डमा अहिले चाँही आफ्नै रेस्टुरेन्ट Himalayan House स्थापना गरी संचालन गर्दै आएकाछन्।

२९ बर्ष अघी रेडियो नेपालमा पहिलो पटक लोक गीत गाएर आफ्नो सांगितिक यात्रा शुरु गरेका गायक महत उतीखेर जम्मा १६ बर्षका कलीला किशोर थिए तर गायक महत अहिले पनि उत्तिकै जोशिला देखिन्छन्।

गायक महतका अत्यन्त लोकप्रिय लोक गीतहरुमा:
"बाँझो खेतमा छड्के सलाम"
"पानको पात"
"सिमसिमे पानीमा ज्यानले बैमान गर्छौ कि जिन्दगानीमा"
"पाइन खबर" लगायतका छन्।

गायक महतका बारेमा थप जानकारी उनको निजी वेब साइटमा गएर पनि लिन सक्नुहुन्छ:


-Sitaram Baral in Kathmandu & Pradeep Thapa Magar in New York.
Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.