Inside

All Time Top 50 News

लोकप्रिय दुई नेपाली कलाकारहरु दोहोरी गायिका शिला आले मगर र अर्का चर्चित लोक पप गायक क्रान्ति आले मगर अमेरिकि भ्रमणमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Saturday, 05 April 2008 01:18

न्यूयोर्कमा मई ३ मा, अन्य ६ शहरहरुमा पनि दोहोरी र लोक पप गीत साँझको चाँजो


After long journey: Folk singer Shila Ale Magar & Pop singer Kranti Ale Magar at JFK International Airport this morning. Photo: Hem

New York- यो पन्क्तिकारसँगको भेटमा चर्चित दोहोरी गायिका शिला आले ले भनिन्- "खोइ को होला कुन्नी मेरो जोडी दोहोरी खेल्ने न्यूयोर्कका दाजुहरु? यता न्यूयोर्कका दाजुहरु पनि के कम हुन्थे र ! न्यूयोर्कबासी लोक गायक राजेश थापा मगर भन्छन्- "यसपाली त नेपालबाट आउने चेलीलाई हराउनै पर्छ र यतै राख्ने मेसो गर्नु पर्छ।" कस्ले कस्लाई हराउने हो त्यो हेर्न भने मई ३ सम्म पर्खिनै पर्छ।


Photographer Hem Rana Magar with Kranti & Shila

गत मार्च २९ तारिखमा न्यूयोर्कको आर्मेनियन चर्च, म्यानहटनमा हुने भनिएकोको दोहोरी साँझ समय मै भिशा प्रोसेस हुन नसक्दा त्यही स्थान मै हुने गरी दोहोरी साँझको मिती मई ३ मा सार्न वाध्य भएको Langhali Association USA का आयोजकहरु आज बिहानको फ्लाईटबाट चर्चित दोहोरी गायिका शिला आले मगर र अर्का चर्चित लोक पप गायक क्रान्ति आले मगर न्यूयोर्कमा ओर्लीए पछि भने निक्कै उत्साहित भएका छन्‌।




Folk singer from New York, Rajesh Thapa Magar (center) with Shila, Kranti and other Nepalese friends at the airport after receiving the artists. Photos: Hem Rana Magar

संघका महासचिब लबकुमार बुढामगर भन्छन्- "अब भने बल्ल न्यूयोर्कबासी नेपाली दाजु-भाई, दिदी-बहिनीहरुलाई नेपालको सच्चा दोहोरी र पप लोक गीतहरुको हाम्रो सस्थाकोतर्फबाट तेस्रो कोसेली पस्किन पाइने भो।"

स्मर
रहोस्, यस संघले सन्‌ २००६ र २००७ मा नेपाली दोहोरी साँझको सफलतापुर्बक आयोजना गरी सकेको छ।

सन्‌ २००३ को राष्ट्रिय दोहोरी प्रतियोगितामा प्रथम भएकी दोहोरी लोक गायिका शिला आले 'सुन्तला र स्याउ', 'गोर्खा कालिका' जस्ता ८ वटा दोहोरी एल्बमहरु र २०० भन्दा बेसी लोक गीतहरुकी प्रतिभाशाली गायिका हुन्‌।

त्यसै गरी, लोक पप गायक क्रान्ति आले सन्‌ २०००, ०२, ०३, ०५, ०६ र ०७ मा क्रमश: उत्कृष्ट ब्याण्‍ड (Dr. Pilots), उत्कृष्ट गीत (ए होई), उत्कृष्ट स्वर (ए होई), उत्कृष्ट गीत (सरकारी जागिर), उत्कृष्ट एल्बम (सरकारी जागिर), र उत्कृष्ट स्वर (च्याङ्बा होइ) छानिएका प्रतिभाशाली युवा गायक हुन्‌।

गायिका शिला आले र गायक क्रान्ति आलेसँगको भेटबार्ता पछि प्रकासित गरिनेछ।

 

-Prathaa Magar in New York


-Finally at home! In a private reception dinner hosted by singer Rajesh Thapa Magar and his wife at their home, Elmhurst, Queens, NY. Photo: eEyeCam

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.