NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाली भएर जिउँदा यो भन्दा ठुलो दासत्व अर्को के हुन सक्छ ? PDF Print E-mail
Share
User Rating: / 10
PoorBest 
Written by Santosh Thapaliya   
Saturday, 04 July 2009 02:43
न्युयोर्क - कठै । देशका लागि बोल्न पुरै सरीर नभएपनि कमसेकम जिब्रो त आफ्नो बनाउन सक्नु पर्यो नी? कति दासदासी बन्ने ? यसैवाट छुटकारा पाउन हैन र थिएन हाम्रो आन्दोलन ?
 
"यो सारै नमिठो खेल भो
जनता झुक्याउने मेलो भो
कति सहनु, सहनु नै पाप हो
लौ उठौं भन्दा, उठ्नु नै अभिषाप भो"

बिगतमा राणातन्त्रको नाममा हाम्रा पितापुर्खा दास बनाइए, हिजो राजतन्त्रको नाममा हामी पुजारी बनाइयौं भगवानको, आज अलि फरक तर भयङ्कर डरलाग्दो पाराले नेपाली युवा-युवतीलाई प्रयोग गरिंदै छ- गणतन्त्रको नाममा । कुर्सीको लागि नेपाली नेताहरु यति तल्लो र फोहोरी बाटोबाट हिजोलाइ चटक्कै बिर्सेर आफुलाइ टपरीकै प्रसादमा पुनः बिसर्जन गर्छन् भन्ने कुरामा मलाइपनि बिश्वास थिएन ।

नेपाली जनताले सहेको ज्यादती भर्खरै आफ्रिकी मुलुकमा जिउदै जलाइएका तीनजना अफ्रिकनको पिडाभन्दा कम छैन । आत्मा बलिदानपछि प्राप्त हक, अधिकार र उपलब्धि संस्थागत हुन नपाउदै प्रतिगमन हुने पुरानो इतिहास फेरी रेडी- वान, टू, थ्री भएर मैदानमा उत्रिएको छ । यसको असली उदाहरण नेपाली जनताका जितुवा उमेदवारहरुलाई हरुवाहरुले धोती लगाउदै पुजाको श्रीगणेश गरेबाट सिद्ध हुन्छ । हाम्रो देशमा हामीहरुले भोग्नुपरेका तमाम समस्याको जडका रूपमा रहेको मूल्यहीन, समर्थनहीन र पराजित राजनीतिले सत्तामा पुनः पकड जमाएको छ ।

जनताले गणतन्त्रको खुन दिएर पठाएकाहरु रक्सिको मोलमा खुनको सौदा गर्न हतारिएका देखिन्छन् । गणतन्त्रको नाममा अहिले देखिएको परिदृश्यले नेपाली राजनीति दौरा-रुवाल मात्र हैन टोपी पनि दाउमा हान्ने आन्तरिक हिम्मतमा अग्रसर छ । यस्तो राजनीतिक प्रतिशोध र व्यवहारले कहिले पनि देश र जनताप्रति प्रतिबद्ध रहँदैन ।

बास्तबमा नेपालको जनान्दोलन राजतन्त्रविरुद्ध मात्र केन्द्रित नभएर नेपाली राजनीतिको पुरानो बिक्रित विरासतविरुद्ध पनि जाइलागेको थियो । ब्राह्मण, छेत्री, बैस्य र सुद्रमा उनिएको मालालाइ ब्याकुल माइलाकै सोचको मालामा उन्न खोजेका थिए नेपाली युवा-युवतीहरुले । आफ्नैहरुवाट आगो जन्मिन्छ भने झैँ धेरै ठक्कर खाइसकेपछि सफा, पारदर्शी, जनउत्तर, मूल्य र सार्वभौमिक मान्यतामा चल्ने राजनीतिको आशा गरिएको थियो हाम्रो नेपालमा । यस्तो मुक्ति र भरोसा रातारात सम्भव पनि थिएन तथापि त्यसतर्फ भरपर्दो बोलि, दरिलो बिस्वास र अडानको आशा राखिएको थियो । तर तिनै पात्रहरु जनआन्दोलनको मर्मको सन्दर्भमा विष्मयकारी नै रहे । तिनले सत्ता र पारिवारिक मोहको अन्धो दौडमा लागेर अरू केही नदेख्नेबाहेक २१औ सदीको राजनीतिलाई ढुंगे युगमै फ्यालेर राजनीतिमा थोरै पनि विश्वास गर्नेलाई चिन्तित र सर्मानक बनाए ।

राजनीति भनेको जसरी पनि सत्ता प्राप्ति गर्ने खेल हो, यसमा राजनीतिक बदला लिनु पर्छ, अनपढ र बहिस्कृत भएपनि म राजनीतिमा हावी रहेकै मौकामा आफ्नाहरुलाई मह चाट्न दिनु पर्छ भन्ने लोभी-पापी मानसिकताले गर्दा नेपाली चेली बलात्कृत, अपहरित, र सिंगो तराइले सिमाना गुमाउन बाध्य हुनुपर्यो । यो सिंगो नेपाल र नेपालीको ख़ुलेआम हार हो ।
मधेशी पार्टीले तराइवाट पहाडेहरुले छाड्नुपर्ने मांग राखेका छन्, पहाडेहरुले तराईमा किनबेच गर्न नपाउने आन्दोलन छेडेका छन्, पहाडेहरुले पहाडी आन्दोलन बोलेका छन्, नेताहरुले स्वार्थका लागि पहाडे र मधिसेहरुलाई भिडाएको छ, खोइ त आफ्नो स्वार्थ भन्दा माथिको राजनीति ? खै त देश र जनता प्रतिको समर्पण? खै त आफु लुटिएको असर? सहीदको बलिदान, जनआन्दोलनको भावना र मर्म कतै पनि देखिँदैन । देखिन्छ खालि घात-प्रतिघात र स्वार्थको लाजमर्दो र घातक खेल । यहि हो नयाँ नेपाल ?

नेताहरुले हामीमा बिष छर्किदिएका छन् अझै लुट्नलाइ, त्यसैले त हामी नेपाल मिचिदा, नेपाली चेली बलात्कृत हुँदा र काठमाण्डौमा दिल्ही राजनीति हावी हुँदा पनि एकजुट हुन सक्दैनौ । आफै भोट दिदै तिनै हुरवाहरुलाइ सलाम गर्ने पढाई छ हामीमा । एउटा पुण्य कामका लागि पनि यो कसले गरेको ? माउबादी ? एमाले? कांग्रेस? मैले ? यसले ? त्यसले ? उसले?

कठै । देशका लागि बोल्न पुरै सरीर नभएपनि कमसेकम जिब्रो त आफ्नो बनाउन सक्नु पर्यो नी? कति दासदासी बन्ने ? यसैवाट छुटकारा पाउन हैन र थिएन हाम्रो आन्दोलन ? यति ठुलो र सभ्य संसार हेरेर पनि हरुवाहरुको बोलि पर्खिने वानी हामीमा कैले जाने? हामी आफुलाई वकिल, डाक्टर, पत्रकार र समाजको अगुवा भनेर वकालत त गरछौ तर हामीमा दास र हिनता छ भन्न लाज लाग्छ हामीलाई । भोज-भतेर र रस-रंगमा फुर्सद हुन्छ हामीलाई तर यौटा अत्यन्त सम्बेदनशील र गरिमामय यात्रामा निस्कन हामीलाई कसैले बाँधेको छ? के यो बँधाई दासत्व हैन ?

-Santosh Thapaliya in New York

Comments

avatar Faktanglung
+1
 
 
Namaste.

Santosh ji, this is true we are value less being now.

If this article wakes up Nepali Sleeping mind will be a inspiration.
Thank you very much for this directive article.

your wel-wisher,
Faktanglung
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?